तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा. वाग्लेको अग्रता कायमै

प्रमुख खबर

काठमाडौँ – आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा.स्वर्णिम वाग्लेले अग्रता कायमै रहेको छ ।
तनहुँ नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको ११ वडाको १६ हजार ३७२ मत गनिसक्दा रास्वपाका डा. वाग्लेले ९२०९ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म गणना गरिएको मतको स्वर्णिमले मात्र ५६ प्रतिशत भोट प्राप्त गरेका छन् ।
गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ४२१३ मत ल्याएर दोस्रो स्थानमा रहँदा एमालेका सर्वेन्द्र खनाल २४३० मतका साथ तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट