सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई
काठमाडौं – जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा बिजयी उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन ।
राउतले सामाजिक सञ्जालवाट बधाई दिदै भने जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं( २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले बधाई दिदै भनेका छन, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु हुने सम्पूर्णमा कोटिकोटि प्रणाम ।
सत्तारुढ गठबन्धनका उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत ल्याएका छन् भने निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २ हजार ८२९ मत ल्याएका छन् ।
