`

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

Nepal One HD १४ वैशाख २०८० १६:००
प्रमुख खबर

काठमाडौँ – गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

बिहिबार उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका हुन् । नेता पाण्डेलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ३५ सांसदको समर्थन छ ।

गत शनिबार विश्वासको मत पाउन नसकेपछि नेकपा (एमाले)का खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो ।


प्रतिक्रिया