`

अयोग्य लडाकुका नाममा राज्यको ढुकुटीबाट पैसा बाँड्न हुँदैन

Nepal One HD १५ वैशाख २०८० १३:०४
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय युवा सङ्घ नेपालले अयोग्य लडाकुका नाममा राज्यको ढुकुटीबाट पैसा बाँड्न नहुने भन्दै अर्थमन्त्री डा प्रकाशशरण महतलाई आज सातबुँदे ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार युवा सङ्घ नेपालले अर्थमन्त्री महतलाई ज्ञापनपत्र बुझाएको हो ।

“गत चैत ६ गतेको मन्त्रिपरिषद् निर्णयबाट अयोग्य लडाकुलाई प्रतिव्यक्ति रू दुई लाख वितरण गर्नेगरी गृह मन्त्रालयद्वारा तयार गरी यही वैशाख ६ गतेको मन्त्रिपरिषद् वैठकमा प्रस्तुत भएको सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ” राष्ट्रिय युवा सङ्घले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।


प्रतिक्रिया