`

लुम्बिनी प्रदेश का मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लिए शपथ

Nepal One HD १५ वैशाख २०८० १३:१६
प्रमुख खबर

काठमाडौँ – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज शपथ ग्रहण गरेका छन् ।

शुक्रबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ गराएका हुन् । चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डेले मन्त्रीको शपथ लिएका हुन् । उनीहरूको मन्त्रालय भने टुंगिएको छैन ।

मास्की दाङ क्षेत्र नं.३ (२) बाट निर्वाचित हुन् भने लोसपाबाट मन्त्री बनेका पाण्डे रूपन्देही २ बाट र नागरिक उन्मुक्तिका चौधरी बर्दियाबाट निर्वाचित भएका हुन् ।


प्रतिक्रिया