शरणार्थी प्रकरणमा कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

प्रमुख खबर

काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पाले शरणार्थी प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग भेट गरेका थिए ।
भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट