नीति तथा कार्यक्रम नजान्ने मान्छेले चिट चोरेको जस्तो आयो, शब्दजाल बाहेक केही छैन : ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम समाजप्रति गम्भीर नबनेको आरोप लगाउनुभएको छ । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले नीति तथा कार्यक्रममा ‘शब्दजाल’ बाहेक केही नभएको बताउनभयो ।
‘नीति तथा कार्यक्रम नजान्ने मान्छेले चिट चोरेको जस्तो छ। अघि डा साबले भन्नुभयो नि हामीले राखेका कार्यक्रम पनि राखेको रहेछ। अरु कुराहरु राख्ने उहाँहरुको आँट, मनस्थिति नै छैन,’ ओलीले भन्नुभयो।
अध्धयक्ष ओलीले भन्नुभयो, ‘पञ्चवर्षीय योजना भनेको पाँचवटा नीति तथा कार्यक्रम पाँच वटा बजेट हो। तर, त्यसतिर छुवाएकै छैन। त्यसतिर अर्थ राखेको छैन। हामी अर्को पञ्चवर्षीय योजनामा कसरी प्रवेश गर्छौं भन्ने कुरा आउनुपर्ने हो। तर, यो यस कोणबाट हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो छ। विभिन्न ठाउँमा लिइएको छ। अघि उहाँले भन्नुभयो हामीले राखेको कार्यक्रम पनि राख्नुभएको रहेछ भनेर त्यो राख्या हैन परेको हाे। त्यो चिट चोर्ने बेलामा परेको हो। राख्ने खालको परिस्थिति नै छैन।’
नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता र अराजकताको बारेमा कुनै चिन्ता नभएको ओलीको भनाई छ। ‘नीति नै छैन नि यसमा। नीतिमाथि कुनै छलफल नै छैन। यो हाम्रो डेस्टिनेशन हो, यसबाटोबाट जाने हो, भनेर नीति तथा कार्यक्रम आउनुपर्ने हो,’ ओलीले भन्नुभयो, ‘त्यसले काम पनि गर्नसक्थ्यो। यो त नजानेर बेग्लै कुरा हो, सबै राम्रा शब्दहरू राख्न खोजिएको छ।’ उलोले भन्नुभयो, ‘यस नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता र अराजकताको बारेमा कुनै चिन्ता छैन। समाजले हजारौं वर्ष लगाएर बनाएका मूल्य मान्यताका बारेमा ध्यान छैन,’ ओलीको भनाई थियो ।
ओलीले संघीयतामाथि प्रश्न उठेका विषयमासमेत जवाफ माग गर्नुभयो । ‘संघीयतामाथि जे जति प्रश्न उठेका छन् त्यसको उत्तर के हो ? संघीयता आवश्यक छ यस अर्थले र यसलाई सवलीकरणल गर्छौं भनेर कहीँपनि भनिएको छैन,’ उहाँले भन्नुभयो। ‘नीति नै छैन नि यसमा। नीतिमाथि कुनै छलफल नै छैन। यो हाम्रो डेस्टिनेशन हो, यसबाटोबाट जाने हो, भनेर नीति तथा कार्यक्रम आउनुपर्ने हो,’ ओलीले भन्नुभयो , ‘त्यसले काम पनि गर्नसक्थ्यो। यो त नजानेर बेग्लै कुरा हो, सबै राम्रा शब्दहरू राख्न खोजिएको छ।’