`

प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि दुई महिनामै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभो : अध्यक्ष एमाले

Nepal One HD ७ जेठ २०८० १२:२५
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको निर्णायक पहलमा सात दलको प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामै सरकारको मुटु प्रत्यारोपण गरेको टिप्पणी गरेका छन्।

आइतबार आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले जनताले नीति तथा कार्यक्रमकै आधारमा सरकार गन्तव्य हेरेको हुने बताए।

उनले भने,‘ जनआकांक्षाको सम्बोधन र सरकारको गन्तव्य नै मार्गचित्र नै नीति तथा कार्यक्रम हो। एमालेको निर्णायक पहलमा सात दलको प्रधानमन्त्रीको प्रस्तावमा नियुक्त हुनुभएको प्रधानमन्त्रीज्यू। भलै दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो। मुटु प्रत्यारोपण भइसकेपछि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रम को समर्थन गर्ने प्रयासका साथ मैले सुने र पढे। तर, नीति कार्यक्रम के उद्देश्य र गन्तव्यको लागि आएको छ रु मैले पहिल्याउने कोसिस गरे। तर, त्यस्तो छैन।’


प्रतिक्रिया