नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्छ : राजेन्द्र लिङ्देन

राजनीति

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताउनुभएकाे छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललमा सहभागी हुँदै उहाँले प्रस्तुत नीति तथा कार्यक्रमले अहिलेको आर्थिक समस्या समाधानदेखि देशको समृद्धिमा काम गर्न नसक्ने भन्दै पुनर्लेखन गर्नु हिच्किचाउन नहुने बताउनुभयाे ।
सरकारलाई नीति तथा कार्यक्रम पुनर्लेखन गरेर ल्याउन सुझाव दिँदै उहाँले बिनाअध्ययन कार्यक्रम समावेश गरिएको बताउनुभयाे । विद्युत् प्राधिकरणको सेयर निष्कासन गर्न सुझाव दिँदै उहाँले बुढीगण्डकी, दुधकोशी र तमोरजस्ता आयोजनामा नेपालकै पैसा लगानी गर्नुपर्ने बताउनुभयाे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट