`

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

Nepal One HD ८ जेठ २०८० १७:५५
प्रमुख खबर

तुलसीपुर । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राजु खनाललाई दिइएको छ ।

यस्तै, सामाजिक विकास मन्त्रीमा चन्द्रकेश गुप्ता, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रीमा सन्तोसकुमार पाण्डेय नियुक्त भएका छन् भने कृषि तथा भूमि व्यवस्था मन्त्रीमा भण्डारी लाल अहिर, भौतिक पूर्वाधार विकास मन्त्रीमा धर्मबहादुर चौधरी नियुक्त भएका छन् । खनाल, अहिर र गुप्तालाई आज नियुक्त गरिएको हो ।

साथै, धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया