एमालेका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित

प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका सांसदहरूले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक २० मिनेटको लागी स्थगित भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले वेल घेराउसहित विरोध जनाएपछि सभा स्थगित भएको हो । उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले संसद चल्न नदिने अडान लिएका थिए ।
यसैबीच, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएम्म संसद चल्न नदिने अडान राखेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट