प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन


काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले भारतसँग आँखामा आँखा जुधाएर कुरा गर्न नसक्ने ठोकुवा गर्नु भएको छ ।
एमाले जिल्ला कमिटी सिरहाले गोलबजारमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बाउनु भएको हो । उहाँले भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर नबस्ने चेतावनी दिनु भयो।
उहाँले आफ्नो पार्टी सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरित हुने कुनैपनि सहमति सम्झौता मान्य नहुने बताउनु भयो । नेता पोखरेलले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी बृहत र व्यवस्थित पार्टी बनाउन कार्यकर्ताहरुलाई आव्हान गर्नु भयो ।
जनता समावादी पार्टीका प्रदेश सदस्य विना शर्मा, टीका लामा, जिल्ला सदस्य कृष्णा सिंह ज्ञान कुमार सिंह सहित विभिन्न पार्टी परित्याग गरी सयौँको संख्यामा एमालेमा प्रवेश गरेका छन् ।
बुधबार जिल्लाकै सखुवानन्कारकट्टी गाउँपालिकामा नेकपा ९एकीकृत समाजवादी० केन्द्रीय सदस्य सागरदेवी चौधरी, पार्टीका नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादवलगात जिल्ला स्तरका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
प्रवेश कार्यक्रममा नेता पोखरेलले पार्टीका नेता कार्यकर्ताले केही समयको लागि बाटो विराए पनि अहिले सही ठाउँमा आएको बताउनु भयो । उहाँले सवैको भविष्य यहि पार्टीमा भएकाले बाटो विराएकाहरुलाई मूलघरमै पुनः स्वागत गर्नु भयो।