प्रकाश ढकालको नयाँ गीत हिरो पोई सार्वजनिक

मनोरञ्जन

काठमाडौँ – सर्वप्रिय गायक तथा सर्जक प्रकाश ढकालको नयाँ गीत हिरो पोई सार्वजनिक भएको छ ।
सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतलाई गायक ढकालले नै लेखेर सङ्गीत भरेका हुन भने राकेश सोनीले सङ्गीत संयोजन गरेका छन् । हिरो पोइ को अडियो गोबिन्द अनेकको रेकर्डिङ्ग तथा कमल थापाको मिक्सिङ्ग मास्टरीङ्गमा प्रिज्म स्टुडियोमा तयार भएको हो ।
शम्भु चालिसेको छायाकंन,रमेश बि.क.रसाईलीको सम्पादन,रबिन बि.क.को रंग संयोजन,मुकेश नेपालीको नृत्य रचना र प्रकाश ढकालको निर्देशनमा तयार गीतको भिडियोमा नारायणी खत्री,सञ्चिता बोलाखेसँगै गायक ढकालको पनि अभिनय देख्न सकिन्छ ।
आफ्ना पछिल्ला सृजना बैमानी मोया र मोयाको जुठोले जस्तै नयाँ गीत हिरो पोईले पनि दर्शक श्रोताको भरपुर माया पाउनेमा गायक ढकाल विश्वस्त रहेको छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट