`

लोमश शर्माको अभिनयमा नयाँ गीत ओ प्यारो सार्वजनिक

Nepal One HD २ असार २०८० २२:०९
मनोरञ्जन

काठमाडौँ – सर्वप्रिय मोडल लोमश शर्माको अभिनयमा नयाँ गीत ओ प्यारो सार्वजनिक भएको छ । एलिना चौहान र राधे बिक्की कार्कीको स्वर रहेको गीत ओ प्यारो लाई गायक कार्कीले नै लेखेर सङ्गीत भरेका हुन भने जीवन बडुले सङ्गीत संयोजन सँगै मिक्सिङ्ग मास्टरीङ्ग गरेका छन् । गीतको अडियो बिग परिवेश स्टुडियोमा तयार भएको हो ।

अजय रेग्मीको छायाकंन,प्रबिन भट्टको को सम्पादन,मिलन विश्वकर्माको रङ्ग संयोजन र कुमार केसीको निर्देशनमा तयार गीतको भिडियोमा लोमशसँगै स्मारिका र समारिका ढकालको अभिनय देख्न सकिन्छ ।

युवापुस्तालाई लक्षित गर्दै तयार गीत ओ प्यारो लाई मोडल शर्माले आफ्नै अफिसियल युट्युब च्यानलबाट प्रसारण गरेका छन् ।
गीतले टिकटकमा पनि निरन्तर दर्शक श्रोताको भरपुर माया पाईरहेको छ ।


प्रतिक्रिया