राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश
राजनीति

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक सुजित केसीलाई रिहा गर्ने आदेश दिएको छ ।
सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा बुधबार न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीलाई रिहा गर्ने आदेश दिएको हो ।
सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार श्रेष्ठले केसी पक्राउ र पक्राउको आदेश विरुद्ध शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।
प्रतिक्रिया