`

शरणार्थी प्रकरणमा कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पाले शरणार्थी प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग भेट गरेका थिए ।

भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको बताइएको छ । 

वन डढेलो र आगलागिका घटना बढ्दै

काठमाडौँ – आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् ।

प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले ज्यान गुमाएका थिए भने ६५ जना घाइते भएका छन् । गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका र एक महिनामा आगलागी र वन डढेलोका छ सय २१ घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले जानकारी दिनुभयो ।

आगो तथा डढेलो लागेको देख्नेबित्तिकै पूर्वतयारीबिना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिममा पर्ने भएकाले आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायबिना त्यस्तो ठाउँमा नजान उहाँले आग्रह गर्नुभयो ।
यसैगरी जङ्गलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिने भएकाले सोको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । सकेसम्म आगो तथा डढेलो लाग्न नदिन चुरोटका ठुटा जथाभावी नफाल्न, आगो लागिसकेको ठाउँमा जलेका वस्तु माटोले पुरिदिन पनि प्राधिकरणको समुदायलाई आग्रह छ ।

प्रमुख दलका शीर्ष तीन नेता बिच बालुवाटारमा भेटवार्ता

काठमाडौँ – प्रमुख दलका शीर्ष तीन नेता बिच बालुवाटारमा भेटवार्ता भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवाश बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच छलफलमा भएको हो ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरू बिच पटक पटक भेटघाट भएको छ ।

एमालेको प्रस्ताव- लडाकु शिविरदेखि चर्चामा आएका सबै काण्डहरू छानबिन गरौँ

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले १६ बुँदे समसामयिक प्रस्ताव तय गरेको छ। तीन दिन बसेको बैठकले समसामयिमक विषयलाई समेटेर प्रस्ताव तयार पारेको हो।

प्रस्तावमा विगत लामो समयदेखि भित्रभित्रै चलिरहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी–धन्दा हालै सतहमा आएको उल्लेख गरेको छ।

प्रस्तावमा भनिएको छ, ‘सोच्न पनि नसकिने यस्तो काममा एकातिर गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध कति सङ्गठित रूपमा अघि बढाइएको रहेछ भन्ने देखिन्छ भने अर्कातिर यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको छ । यो बैठक उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ ।’

राज्यका वैधानिक निकायबाट गरिने यस्ता विषयको निष्पक्ष अनुसन्धानमा हाम्रो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने पनि स्पष्ट पारेको छ।

लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दै यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाएका छन्।

यस्तै, पाँच दलीय गठबन्धन सत्तामा रहँदा चालिएका विगतका राष्ट्र विरोधी नीति र कदमहरूको प्रभाव यतिबेला मुलुकको अर्थतन्त्रले झेल्नुपरेको उल्लेख गरेको छ।

प्रस्ताव भनिएको छ, ‘व्यापारीका प्रतिनिधिहरूलाई अर्थ मन्त्रालयमा राखेर उनीहरूका स्वार्थ अनुकूल करका दर हेरफेर गरी बजेट बनाएको र अर्थतन्त्रको ठेक्का निश्चित व्यापारिक घरानालाई दिएको प्रभाव स्वरूप यतिबेला मुलुक चरम आर्थिक सङ्कटतर्फ धकेलिएको छ। यही गठबन्धनकै सरकारले चालू आर्थिक वर्षमा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुन्छ भनेर बजेटमा घोषणा गरेकोमा दुई प्रतिशत पनि हुन्छ कि हुन्न भन्ने अवस्था उत्पन्न भएको छ ।’

हाइटेन्सन लाइनमा चढेका युवक निर्माणाधिन पर्खाल रोक्ने प्रतिवद्धतापछि ओर्लिए

काठमाडौं – सडक निर्माणाधिन पर्खाल रोक्ने प्रतिवद्धतापछि मोरङको बुढीगंगामा बिजुलीको हाइटेन्सन लाइनको खम्बामा चढेका दिनेश माझी ११ घण्टापछी ओर्लीनुभएको छ ।

सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राखेका बुढीगंगा गाउँपालिका– ७ डंग्राहाका ४० वर्षीय माझी शनिबार विहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढ्नु भएको थियो ।
गाउापालिका अध्यक्ष जितनारायण थापा मगरले पोलमा चढेको ठाउँमा पुगेर उनको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि माझी खम्बाबाट तल झरेका डीएसपी दाहालले जानकारी दिनुभयो ।

उहाा अपरान्ह साढे ४ बजे ओर्लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । खम्बामा चढेका व्यक्तिले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिवद्धता जनाउनुपर्ने माग गरेका थिए ।

कालापानीबाट भारतले सुरक्षाफौज फिर्ता गर्नुपर्छ : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक ‘नेपाल भारत फर्नलेयर डिप्लोमेसी इन रिफ्रेन्स टु काली रिभर : पर्सपेक्टिभ अफ इन्टरनेसनल ल’को विमोचन कार्यक्रममा बोल्दै उनले उक्त भूभाग नेपालको भएको र भारतले सेता फिर्ता लिनुपर्ने धारणा राखेका हुन् ।

नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनैपर्ने उनको भनाइ थियो । भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनले पनि सहयोग गर्ने उनले स्पष्ट पारे ।

नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्शामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गर्दै सांसद गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने बताए ।

नेपाल ४ हजार वर्षदेखि स्थापित रहेको तर भारत १९४७ बाट बनेको उल्लेख गर्दै उनले त्यो भन्दाअघि किम्वदन्ती र पुराणमा उल्लेख भएको भारत भएको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन हुनेमा शंका छ : बाबुराम भट्टराई

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन् । 

काठमाडौंको नक्सालमा शनिबार भएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुँदै भट्टराईले स्थिर सरकार नहुनाले निष्पक्षरुपमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको बताए । उनले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु बच्न नसक्ने बताए ।

‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठीक भयो । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन् । हामीले यो गर्नसके राजनीतिक शुद्धीकरण र सुशासनको दिशामा जान सकिन्छ । अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार त्यसैले आफ्नो सरकार जोगाउन कार्यकारी प्रमुखले दरोसँग कदम चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा त्रुटि छ,’ उनले भने ।

भूटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरुले विरोध गर्दै आइरहेका छन् । भुटानी शरणार्थी प्रकरणमा एमाले नेता, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । जसमा पूर्वगृहमन्त्री खाँण अनुसन्धनार्थ थुनामा छन् भने पूर्वउपप्रधानमन्त्री रायमाझी फरार छन् ।

आर्थिक स्थायित्व र लगानी अभिवृद्धिलाई प्राथमिकतामा राख्न सुझाव

काठमाडौँ – आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी नेपाल उद्योग वाणिज्य महासङ्घले राजस्व परामर्श समितिलाई सुझाव पठाएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आर्थिक स्थायित्व, लगानी अभिवृद्धि, दिगो आर्थिक विकासका लागि सार्वजनिक निजी साझेदारी र दक्ष जनशक्ति विकासको विषयलाई केन्द्रमा राख्नुपर्ने सुझाव महासङ्घले दिएको हो ।

“आर्थिक मन्दीलाई सम्बोधन गर्न उद्यमी व्यवसायी एवं सर्वसाधारणको मनोबल उच्च बनाई आर्थिक गतिविधि बढाउन नीतिगत दर, बैंकदर, अनिवार्य नगद मौज्दात घटाउनेलगायत नीतिगत मौद्रिक उपकरणसँगै वित्तीय नीतिमा माग सिर्जना गर्ने कार्यक्रम ल्याइनुपर्छ”, महासङ्घको सुझावमा भनिएको छ ।

निर्यातमूलक, निर्माण, कृषि, पर्यटन पूर्वाधार, यातायात, साना तथा मझौला उद्यम, आयात प्रतिस्थापन गर्ने उद्योग र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा तत्कालै पुनर्कर्जाको व्यवस्था गरिनुपर्ने सुझाव महासङ्घको छ ।

त्यस्तै २० प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्ने नीति प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्ने, रु एक लाखसम्मको आन्तरिक रेमिट्यान्स खुलाउनुपर्ने, महिला उद्यमीले हाल पाइरहेको सहुलियतपूर्ण कर्जाको सीमा रु २० लाखबाट बढाइनुपर्ने महासङ्घको माग छ । उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याज लाग्ने व्यवस्था कार्यान्वयन गरिनुपर्ने र उत्पादनमूलक उद्योगमा जाने रु पाँच करोडसम्मको ऋणमा दुई प्रतिशतमात्रै प्रिमियम जोड्न पाउनुपर्ने सुझाव महासङ्घको छ ।

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण खुला गरिनुपर्ने र वातावरणीय परीक्षण भइसकेका खानीजन्य आयोजनालाई सञ्चालनको स्वीकृति दिनुपर्ने सुझावमा भनिएको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषजस्ता संस्थागत कोषलाई कम्तीमा २० प्रतिशत रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने, निजी क्षेत्रसँगको सहकार्यमा उद्यमशीलता प्रवद्र्धनका लागि सातवटै प्रदेशमा साना तथा मझौला उद्यम र स्टार्टअप विकास केन्द्र स्थापना गर्नुपर्ने तथा स्टार्टअपसम्बन्धी नीति यथाशीघ्र पारित गर्नुपर्ने सुझाव महासङ्घको छ ।

त्यसैगरी सुशासन प्रवर्द्धनतर्फ अन्तर्राष्ट्रिय अनलाइन पेमेन्ट गेटवेको व्यवस्था गर्नुपर्ने, सबै सरकारी सेवा अनलाइनबाट हुने व्यवस्था गर्ने, विद्युतीय माध्यमबाट कर परीक्षण गरिनुपर्नेलगायतका सुझाव दिइएको छ ।

नेपालको औद्योगिक उत्पादनलाई प्रतिस्पर्धी बनाउनका लागि विद्यमान कानुनी प्रावधान परिमार्जन आवश्यक रहेको महासङ्घले जनाएको छ । त्यसैगरी लगानी बोर्डको कार्यालय, उद्योग विभाग, विशेष आर्थिक क्षेत्र, कम्पनी रजिष्ट्रार कार्यालय, कर कार्यालय, वाणिज्य विभाग, घरेलु कार्यालय, प्रदेश र स्थानीय तहबाट सेवा लिन एकीकृत सेवा प्रणालीको स्थापना गरिनुपर्ने सुझाव दिइएको छ ।

उद्योगलाई सहजरूपमा विद्युत् उपलब्ध गराउने र उत्पादनमूलक उद्योगलाई विद्युत् खरिद सम्झौता (पिपीए) दरमा प्रतियुनिट रु एक सेवाशुल्क लिई विद्युत् बिक्रीको व्यवस्था गरिनुपर्ने सुझाव महासङ्घले राजस्व परामर्श समितिलाई दिएको छ ।

लघु, घरेलु, साना तथा मझौला उद्यम र स्टार्टअप प्रवद्र्धनका लागि बिनाधितो परियोजना कर्जा, स्थानीय तहमा स्थापना हुने औद्योगिकग्राममा साना तथा मझौला उद्यमलाई प्रोत्साहन, ‘मेरो उत्पादन, मेरो पहिचान’ कार्यक्रम सञ्चालनलगायत सुझाव दिइएको छ । त्यस्तै स्टार्टअपसम्बन्धी नीति पारित गर्नुपर्ने र निजी साझेदारीमा कोसेली घरलाई प्रोत्साहन गर्नुपर्ने माग महासङ्घको छ ।

चीन तथा भारतमा पर्यटन सम्मेलन गर्ने, भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने, अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र विज्ञापन कोष स्थापना गरिनुपर्नेलगायत सुझाव छन् । भारतीय पर्यटकले नेपालमा आउँदा प्रतिव्यक्ति भारतीय रुपैयाँ एक लाखसम्म नगद ल्याउन पाउनुपर्ने तथा मुलुकको समृद्धिको आधारका रूपमा पर्यटन व्यवसायलाई स्थापित गर्न सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रूपमा घोषणा गरिनुपर्ने महासङ्घको माग छ ।

त्यस्तै ऊर्जाक्षेत्रको विकासका लागि निजी क्षेत्रलाई व्यापार र निर्यातको इजाजत दिइनुपर्ने महासङ्घको धारणा छ । निजी तथा सरकारी साझेदारीमा जलाशययुक्त आयोजना निर्माण, भारत तथा बङ्गलादेशसँग विद्युत् व्यापारका लागि उच्चस्तरीय संयन्त्र गठन, स्वदेशी पुँजीबाट निर्माण भएका आयोजनामा १५ वर्षसम्म रोयल्टी मिनाहालगायतका सुझाव छ ।

राजस्व प्रणाली सुधारका लागि पाँच वर्षभन्दा पुरानो बक्यौता कर रकमको फरकफारक गर्न ब्याज र जरिवाना छुट गरी एक पटकलाई विशेष व्यवस्था गरिनुपर्ने सुझाव महासङ्घले दिएको छ । लेखाङ्कन प्रयोजनका लागि आवश्यक न्यूनतम शूल्क लिई एकपटकका लागि सम्पत्ति अभिलेखीकरणको व्यवस्था गरिनुपर्ने, रु एक करोडसम्मका कारोबार भएका सबै करदाताले कर विवरण बुझाउँदा लेखा परीक्षण अनिवार्य गर्न नपर्ने व्यवस्था गर्ने, मिसम्याच समायोजना अवधि एक वर्ष थप गरिनुपर्नेलगायतका सुझाव महासङ्घले दिएको छ ।

नेपालमा थपिए ३७ कोरोना संक्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको छैन । सोही समयमा १४ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १२६ रहेको छ ।

एमाले बैठक- ३ वटा बैठकमा अनुपस्थित भए कमिटीबाटै हटाउने

काठमाडौं – नेकपा एमालेले पार्टी कमिटी भद्दा भएको निष्कर्ष निकालेको छ।

तीन दिन पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पदमा बस्न मरिहत्ते गर्ने तर जिम्मेवारी बहन नगर्ने प्रवृत्ति बढेको निष्कर्ष निकालेको हो।

बैठकपछि प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निरन्तर पार्टीको ३ वटा बैठकमा अनुपस्थित हुनेलाई हटाउने निर्णय भएको बताउनुभयाे।

कमिटीमा हरेका पदाधिकारी थपेपनि हटिसकेपछि नथप्ने बताउनुभयाे।

असार १५ गतेसम्म पार्टीको सदस्यता नवीकरण गर्नुपर्ने एमालेको निर्णय

काठमाडौँ – नेकपा एमालेले असार १५ गतेसम्ममा जिल्ला कमिटीले पार्टीको सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकपछि प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पार्टी सदस्यता नवीकरण गर्दा भौतिक रूपमा उपस्थित हुनुपर्ने बताए।

जिल्ला कमिटीले नवीकरण गरिसकेपछि असार मसान्तसम्ममा प्रदेश कमिटीमा पठाउने बताए।

प्रसारण लाइनको टावरमा चढेका युवा सेनाका पूर्व जवान रहेकाे खुलासा

​​​​​​​मोरङ –​ मोरङमा निमार्णाधीन ‘रिटेनिङ वाल’ गुणस्तरहीन भएको भन्दै प्रसारण लाइनको टावरमा चढेका युवा नेपाली सेनाका पूर्व जवान रहेको खुलेको छ । टावरमा चढेका ४० वर्षीय दिनेश कुमार माझीले शान्ति सेनाबाट फर्केपछि जागिर छोडेका उनका छिमेकीहरूले बताएका छन् ।​

बुढीगंगा गाउँपालिका ७ डंग्राहास्थित वडा कार्यालयदेखि दक्षिण जाने सडकमा ‘रिटेनिङ वाल’ निर्माण भइरहेको छ । निमार्णाधीन रिटेनिङ वालको गुणस्तरमा प्रश्न उठाउँदै उनी १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन् । आफ्नो माग पूरा नभए आत्मदाह गर्ने उनले चेतावनी दिएका छन् ।​

गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार थारुले निमार्णाधीन काम रोकेर गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाए पछि मात्रै आफू पोलबाट झर्ने उनले बताउँदै आइरहेकाे छ ।

विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री डा महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ ।

आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सन्दर्भमा छलफल तथा सुझाव सङ्कलन कार्यक्रम’मा अर्थमन्त्री महतले स्रोतका सीमितताका कारण ठूलो आकारको बजेट ल्याउन सम्भव नहुने बताउनुभएको हो ।

“अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा राजस्वको न्यूनता देखिएको छ । विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सीमितता छन्”, उहाँले भन्नुभयो ।

अर्थतन्त्र सुधारका लागि सरकार र अर्थमन्त्रीका रुपमा आफूले अधिकतम प्रयास गरिरहेको उहाँको भनाइ छ । “अर्थ मन्त्रालयमा आएपछि मैले धेरै समस्याहरू देखे । जति बाहिर बसेर हेर्दा देखिन्थ्यो त्यो भन्दा धेरै समस्या रहेछन् । तर म सबै समस्या निवारण गर्न सक्छु भन्ने होइन । सुधारका लागि इमान्दार प्रयास हुनेछ”, अर्थमन्त्री महतले भन्नुभयो ।

उहाँले अर्थतन्त्र सुधारका लागि जादु गरे जस्तो आजको भोलि नतिजा नआउने भन्दै यसका लागि धैर्यता चाहिने बताउनुभयो । “धैर्यता नागरिकले गर्ने तर सरकारले प्रयास नगर्ने भन्ने हुँदैन”, उहाँले भन्नुभयो, “ अर्थतन्त्र सुधारका लागि राज्य संरचनाको सम्पूर्ण प्रयास रहने छ ।” उहाँले यसका लागि निजी क्षेत्रको पनि सहयोग चाहिने बताउनुभयो ।

अहिले सार्वजनिक ऋणको साँवा ब्याजको दायित्व निकै बढेको अर्थमन्त्री महतको भनाइ छ । भूकम्पपछिको पुनर्निर्माणका लागि लिएको ऋणको साँवा अर्को वर्षबाट तिर्नुपर्ने दायित्व आएको उहाँले बताउनुभयो । त्यस्तै, बजेट विनियोजनमा कुशलता र कार्यान्वयनमा क्रियाशीलताका लागि पनि सरकारको जोड रहने उहाँको भनाइ छ ।

“हाम्रा संरचनामा धेरै ठूलो सुधार आवश्यक छ । बजेटको प्रभावकारिता बढाउनु पर्नेछ । अहिलेको समस्या पुँजीगत खर्च नहुँदा बजारमा चाहिए जति पुँजी प्रवाह भएको छैन”, उहाँले भन्नुभयो, “अर्कोतर्फ बैंकिङ प्रणालीमार्फत पनि पुँजी प्रवाह हुन सकेको छैन ।” आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्तिमा सुधार आवश्यक रहेको महतले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले विभिन्न क्षेत्रबाट आएका सुझाव आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रयास गरिने बताउनुभयो । त्यस्तै बजेटमा समेटिन नसकेका विषयहरु १६औँ आवधिक योजनामा समेटिने बताउनुभयो ।

पूर्वमुख्यसचिव लीलामणि पौड्यालले सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा भएको लगानीले पुँजी निर्माण गर्न र रोजगारी सिर्जना गर्न नसकेको बताउनुभयो । ऋण लिएको रकम पनि अनुत्पादक क्षेत्रमा खर्च भइरहेको उहाँले बताउनुभयो ।

अहिले अर्थतन्त्रमा देखिएको समस्या अहिले एकैपटक आएको नभई पछिल्लो तीन दशकयताका नीतिको नतिजा रहेको उहाँको भनाइ छ । “विगत तीन दशक देखिका नीतिको साङ्गो–पाङ्गो नतिजा अहिले देखिएको हो । गलत नीतिका कारण थुप्रिएका समस्या हुन्”, उहाँले भन्नुभयो ।

बढ्दो चालु खर्च र खुम्चिएको राजस्वका कारण सिर्जित वित्तीय असन्तुलन अहिलेको चुनौती भएको उहाँको भनाइ छ । त्यस्तै, अब पूर्वाधार केन्द्रित बजेट नभई जनताका आधारभूत आवश्यकता केन्द्रित बजेट बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । आयोजना र कार्यक्रमको प्राथमिकीकरण हुन नसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्राडा शिवराज अधिकारीले नेपालमा भइरहेको लगानीअनुसार आर्थिक वृद्धिदर देखिन नसकेको र आर्थिक वृद्धिदरको तुलनामा रोजगारी सिर्जना हुन नसकेको बताउनुभयो ।

“लगानी बढेको छ तर त्यसको तुलनामा आर्थिक वृद्धिदर बढेको देखिँदैन । रोजगारी पनि बढेको छैन । सार्वजनिक ऋण र लगानी बढ्ने तर आर्थिक वृद्धिदर नबढ्ने भनेको पक्कै यहाँ केही समस्या छ”, अधिकारीले भन्नुभयो ।

जनताले महसुस गर्ने गरी काम गर्छौ : मुख्यमन्त्री पाण्डे

ढोरपाटन – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताउनुभयो ।

“आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरे जस्तो बजेटले विकास हुन सक्दैन, जनताले दख्ने र महशुस गर्ने गरी काम गर्नेछौँ”, उहाँले भन्नुभयो ।

साना योजना र कामका लागि स्थानीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

आजदेखि सगरमाथा आरोहण शुरु

काठमाडौँ – यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।

प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले आज दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् । 

 “सगरमाथा समिटसम्मको रुट फिक्सिङ सक्यो, दिउँसो १ बजेर ५२ मिनेटमा आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगे”, कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले राससलाई जानकारी दिनुभयो ।

अहिले धेरै संख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले भोलि विहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको उहाँको भनाइ छ । “इमेजिन नेपालको शेर्पाको टोलीले समिटसम्म बाटो खोलेको छ । भोलि मे १४ देखि २० तारिखसम्म सगरमाथाको मौसम राम्रो रहेकाले धेरै आरोही चुुचुरोमा पुग्नेछन्”, उहाँले भन्नुभयो ।

दावा ग्याल्जे शेर्पा दोलखा रोलवालिङका शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत हुनुहुन्छ । रोप फिक्सिङ गर्ने समूहका अन्य सदस्यमा सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा,  दावा जङ्बु शेर्पा र सङ्खुवासभाका दीपेन गुरुङ रहनुभएको छ ।

यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौं संख्यामा आरोही यतिबेला प्रतिक्षारत छन् । उनीहरु मौसम अनुकूलताअनुसार सगरमाथाको शिखरतर्फ अघि बढ्नेछन् ।

आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो खुलाइसकेका थिए । मौसम अनुकूल भइदिएको भए वैशाख २१ गतेसगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो । 

वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहनुभएका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीव्र वेगको हावा चलेकाले पूर्वनिर्धारित ससयमा चुचुरोसम्म बाटो खुलाउन कठिन भएको थियो । ्

उक्त क्षेत्रमा वैशाख २० गतेदेखि बिग्रिएको मौसम अहिले केही सुधार आएको हो । प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा केही ढिलाइ भएको हो ।    

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ६७ आरोहीले आरोहण अनुमति लिएका हुन् । जसमध्ये ९८ महिला र तीन सय ६९ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।

आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । पर्यटन विभागको विवरणमा सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् ।

सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पुगेर आरोहणको ढोका खुलाएका थिए । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । 

सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशीले आरोहण गरेका छन् । तथ्याङ्क अनुसार हालसम्म तीनसय भन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् ।

देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्छ : सुदन किराती

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताउनुभएको छ ।

बाहिङ किरात मुलुखिमले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको भन्दै देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताउनुभएको हो ।

नेपालीलाई सुख र नेपालको विकास र समृद्धि होस भनेर लोकतन्त्र ल्याएको भन्दै उहाँले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको धारणा राख्नुभयो । मन्त्री किरातीले अव ढिलो नगरी ठुला ठुला भ्रष्टाचारका फाइलहरू खोल्नुपर्ने र यसमा आम नागरिकबिच एकता हुनुपर्नेमा जोड दिनुभयो । हिजोसम्म देशको गृह प्रशासन चलाउनेहरू नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा रहेको भन्दै उहाँले समय भन्दा ठुलो केही नभएको जिकिर गर्नुभयो । अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले अव दुवै कुराको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा मन्त्री किरातीले बाहिङ–नेपाली–अङ्ग्रेजी शब्दकोश विमोचन गर्नुभएको थियो ।

भ्रष्टचारविरुद्ध ऐक्यद्धता जनाउन गएका रविको स्वागत,बाबुरामविरुद्ध नाराबाजी

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन भइरहेको स्थलमा आन्दोलनकारीले राजनीतिक दलका नेताहरुमाथि पक्षपात गरेका छन् । 

नागरिक समाजको अगुवाइमा भ्रष्टाचारविरुद्ध काठमाडौँको माइतीघर र नक्सालमा भईरहेको प्रदर्शनमा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध नाराबाजी गरेका छन् ।

विरोध कार्यक्रममा ऐक्यवद्धता जनाउन गएका भट्टराईमाथि नाराबाजी गरेका हुन् । आन्दोलनकारीले विरोध गरेपछि भट्टराई कार्यक्रमबाट फर्किएका थिए । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माइतीघर पुगेर प्रदर्शनमा ऐक्यवद्धता जनाउनभएको छ । उहाँलाई भने आन्दोलनकारीले स्वागत गरेका थिए । 

प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री बालकृष्णा खाँणसहित १२ जना पक्राउ परेका छन् । प्रकरणमा नाम जोडिएका  एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् । उनको खोजी भइरहेको छ ।

जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ : सभापति लामिछाने

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको छ ।

आज यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा उहाँले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग गर्ने प्रतिपक्षका रुपमा उभिने बताउनुभयो ।

सभापति लामिछानेले भन्नुभयो, “प्रधानमन्त्रीलाई मैले हिजो बालुवाटारमा गएर भेटेको छु, मैले उहाँलाई हौसला दिएर आएको छु, भ्रष्टाचारका सबै फाइल एकपछि अर्को खोल्नूस्, जुनसुकै दलका नेता परे पनि जोगाउन नलाग्नूस्, दोषीमाथि कारबाही गर्नूस्, हाम्रो पार्टीबाट नागरिकका पक्षमा काम गरे सहयोग गर्छौं ।”

उहाँले सरकारलाई दोषीमाथि कारबाही र पक्राउ गर्न खुट्टा नकमाउन आग्रह गर्दै नक्कली भूटानी शरणार्थी काण्डमा सरकारलाई धन्यवाद दिएको तथा वाइडबडी, यति, ओम्नी लगायतका सबै काण्डहरुको फाइल खोल्दै गए धन्यवाद दिँदै जाने र सहयोग गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सबै पार्टी मिलेर भ्रष्टाचार निर्मूल पार्दै राजनीतिलाई शुद्धिकरण गर्नुपर्ने औँल्याउँदै नेताले भ्रष्टाचार गरेर नियतवश जनतालाई गरिब बनाएको आरोप लगाउनुभयो ।

रास्वपाका केन्द्रीय सदस्य डा तोसिमा कार्कीले देशमा व्यवस्था परिवर्तन भए पनि शासकीय सोच परिवर्तन नभएको भन्दै व्यवस्था नभई देशको अवस्था परिवर्तन गर्ने अभियान आफ्नो पार्टीले चलाएको बताउनुभयो ।

युवकको नदीमा डुबेर मृत्यु

जानकी – बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो । मृतक साहानी बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका हुन् ।

प्रहरीका अनुसार साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका थिए । उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक साहानीसँगै उनका जेठान दत्त पुन रहेका थिए । घटनाको वास्तविक विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साहानीको शव मेडिकल कलेज कोहलपुरमा राखिएको छ ।

सरकारले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रकम दिइने

काठमाडौँ -  सरकारले भूकम्पपीडितहरुलाई अस्थायी आवास निर्माणका लागि रकम प्रदान गर्ने भएको छ । विसं २०७८ जेठ महिनायतादेखिका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रु ५० हजार अनुदान उपलब्ध गराइने भएको छ ।

    भूकम्पबाट घरबारविहीन भएपछि अहिलेसम्म अधिकांश पीडितको पालमुनिको बास भएको गुनासो बढेपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले सो निर्णय गरेको हो ।

    विसं २०७८ र २०७९ मा गएका भूकम्पबाट घर पूर्ण रुपमा क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा उक्त अनुदानको रकम दिने निर्णय गरिएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जनाएको छ । 

    विसं २०७८ जेठमा लमजुङ, २०७८ साउनमा खोटाङ, २०७९ माघमा बाजुरा तथा २०७९ कात्तिकमा डोटी केन्द्रविन्दु भएर गएका भूकम्पबाट लमजुङ, खोटाङ, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा तथा डोटीका पाँच हजार आठ सय ८० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
 

नौ महिनामा छ लाखले लिए श्रम स्वीकृति

काठमाडौँ – चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति र पुनःश्रमस्वीकृति लिनेको सङ्ख्या हो ।

प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेका छन् । गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार चार सय तीन, असोजमा ६२ हजार सात सय छ, कात्तिकमा ७८ हजार तीन सय ७०, मङ्सिरमा ६८ हजार पाँच सय ६४, पुसमा ६५ हजार चार सय ६४, माघमा ६४ हजार दुई सय ८४, फागुनमा ६१ हजार आठ सय ४५ र चैत महिनामा ६१ हजार चार सय ७८ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्याङ्क छ ।

सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति जारी भएको छ । गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५१.५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५.५ प्रतिशतले वृद्धि भएको छ । चैतसम्म तीन लाख ८७ हजार आठ सय ३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र दुई लाख १७ हजार नौ सय ५९ जनाले पुनःश्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ । चालु आवको नौ महिनामा रु नौ खर्ब तीन अर्ब ३९ करोड विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो ।

मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने देखिएन : महासङ्घ

काठमाडौँ – नेपाल वाणिज्य महासङ्घले मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने नदेखिएको टिप्पणी गरेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक दर घटाउने, कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सकिने, नियमित ब्याज भुक्तानी भइरहेको ऋण भुक्तानीको समयसीमा थप गर्न सकिने लगायतका व्यवस्था कार्यान्वयनमा ल्याएको छ । तर मौद्रिक नीतिका समीक्षाबाट गरिएको व्यवस्थाले बजार चलायमान हुन सक्ने अवस्था नरहेको महासङ्घको भनाइ छ ।

“समीक्षाले खराब कर्जाको जोखिम, बढ्दै गएको मुद्रास्फीति, उच्च ब्याजदर लगायतका समस्यालाई स्वीकार गरे पनि ठोस र पर्याप्त उपाय अवलम्बन हुन नसक्दा तत्काल बजार चलायमान हुने अपेक्षा न्यून छ”, मौद्रिक नीतिको समीक्षामाथि प्रतिक्रिया दिँदै महासङ्घले भनेको छ ।

आर्थिक गतिविधिहरु शिथिल हुँदा उद्यमी व्यवसायीमा कर्जाको साँवाब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको भन्दै राष्ट्र बैंकले आंशिक रुपमा ऋणको पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा दिएको छ ।

ञहोटल तथा रेस्टुरेन्ट, पशुपक्षीपालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र रु पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० साल असार मसान्तभित्र पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ । तर यसमा उत्पादनमूलक क्षेत्र छुटेको महासङ्घको भनाइ छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंकदर घटाए पनि कर्जाको ब्याजदर तत्काल घट्नसक्ने अवस्था नरहेको महासङ्घको ठहर छ । “समीक्षामार्फत बैंक दरलाई एक प्रतिशत विन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरिएको छ । यसबाट सैद्धान्तिक रुपमा ब्याजदर घटने अपेक्षा गरिन्छ”, महासङ्घले भनेको छ, “तर बैंकर्स सङ्घले आगामी महिनाका लागि ब्याजदर यथावत् राख्ने निर्णय गरिसकेको हँुदा तत्काल कर्जाको ब्याजदर घट्ने सम्भावना न्यून देखिन्छ ।”

बैंक तथा वित्तीय संस्थाबाट जारी भएका ऋणपत्रलाई कर्जा निक्षेप अनुपात (सिडी रेसियो) गणना गर्ने प्रयोजनाका लागि स्रोत (निक्षेप) का रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मका लागि निरन्तरता दिएको छ । यो व्यवस्थाबाट बैंकहरूलाई कर्जा प्रवाह गर्न प्रेरित गर्ने भए पनि दीर्घकालीन समाधान भने दिन सक्ने महासङ्घले जनाएको छ ।

पछिल्ला दुुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रसँग सम्बद्ध ऋणीहरुले पुनर्कर्जा सुविधा पाउने व्यवस्था मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत गरिएको छ । यो व्यवस्थाअनुसार उद्योग, निर्माण र व्यापार क्षेत्रसँग सम्बन्धित व्यवसायले सुविधा पाउनेछन् । तर व्यापार क्षेत्रलाई नकारात्मक सूचीमा राख्न सक्ने सम्भावना पनि रहेको हुँदा मर्का परेका सबैलाई सुविधा दिइनुपर्ने माग महासङ्घको छ । ऋणात्मक भएका मात्र नभई अन्य न्यून वृद्धि भएका क्षेत्रहरु पनि समस्यामा रहेको हुँदा सबै क्षेत्रलाई उक्त सुविधा उपलब्ध गराउनुपर्ने उसको भनाइ छ ।

चालुपूँजी कर्जा मार्गदर्शन २०७९ मा रहेको वार्षिक रुपमा सात दिनसम्म शून्य बक्यौता कायम गर्ने लगायतका व्यवस्था पुनरावलोकन गर्न महासङ्घले राष्ट्र बैंकलाई आग्रह गरेको छ । त्यसैगरी, चालु पूँजी कर्जाको सीमा २५ प्रतिशतमात्र गरिनु अव्यावहारिक रहेकाले यसलाई हटाउनुपर्ने माग उसको छ ।

आन्तरिक रेमिट्यान्स खुला नगर्दा अझै समस्या रहेको निजी क्षेत्रको भनाइ छ । “मौद्रिक नीतिको त्रैमासिक समीक्षामा आन्तरिक रेमिट्यान्स भने खुला गरिएको छैन । यसबाट विद्यार्थी, निर्माण क्षेत्रमा कार्यरत श्रमिक, अनौपचारिक क्षेत्रमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, साना व्यवसायीलगायत सर्वसाधारणलाई रकम पठाउन कठिनाई भइरहेको छ”, महासङ्घले भनेको छ । उत्पादनमूलक क्षेत्रमा दिइने कर्जाको ब्याजदर कम हुने नीतिगत व्यवस्थाको यथाशीघ्र कार्यान्वयन हुनुुपर्ने माग महासङ्घको छ ।

दुर्गा प्रसाईंकाे दाबी : नेताहरुले हुण्डाइमार्फत ३२ खर्ब रुपैयाँ विदेशी बैंकमा पठाएका छन्

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईंले जनताले नेताहरुलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने बताउनु भएको छ ।

शनिवार काठमाडौंको परिस डाँडामा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले नेपालका बैंकहरुले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा हुण्डाइमार्फत वैधानिक रुपमा पठाएको प्रमाण आफूसँग रहेको जिकिर गर्नुभयो । उहाँले अहिलेसम्म नेताहरुले देशबाट ३२ खर्ब रुपैयाँ विदेशी बैंकमा पठाएको पाइएको बताउनु भयो । उहाँले नेपालका राजनीतिज्ञ भन्दा आफू सयक कदम अगाडि रहेको भन्दै आफूले संघीयता ठिक छैन भनेको कुरालाई अहिले नेकपा एमालेले पनि प्रश्न उठाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘३३ किलो सुनको पैसा दुबईको यो कम्पनीमा पेमेण्ट भएको छ । लिगल्ली रुपमा पेमेण्ट भएको छ, बैंकहरुले हुण्डीमार्फत पठाएको छ । एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा पेमेण्ट भएको छ । ग्ल्याक्सी कम्पनी भन्ने हङकङमा छ एउटा त्यसको एडभान्स रेमिटेन्स भन्ने शाखा नेपालमा छ । ३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ ।मैले जुन माग राखेँ नि अहिले एमालेले पनि त्यही माग राख्यो होइन, संघीयता खारेज गर्नुपर्छ भन्ने । दुर्गा प्रसाईं सय कमद अघि रहेछ नि त यी राजनीतिज्ञ भन्दा यहाँ अब अमेरिकी सेना छिटै आउँदैछन् ।’

उहाँले यहाँका नेताहरुले देश बेचिसकेको र देश बेचेको पैसा दुबई लगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरुको नाममा ट्रान्सफर गर्ने गरेको बताउनु भयो । अब नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको उहाँ बताउनुभएको छ ।

पहिचानवादीले निषेधको राजनीति गर्नु हुँदैन : मन्त्री लिम्बू

मोरङ – युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेशसभाले विविधरुपमा नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकारप्राप्तिका लागि हिंसाग्रस्त आन्दोलन छाडि शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गर्नुभयो ।

मन्त्री लिम्बूले नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक जात समुदाय बस्ने फूलबारी भएकाले नेपालीबीच मिलेर बस्ने वातावरण बनाउन गम्भीरतापूर्वक सोच्नुपर्ने सबै पक्षसँग आग्रह गर्नुभयो ।

उहाँले हिंसाग्रत आन्दोलनले मुलुकको विकास गतिलाई ठप्प पार्ने भन्दै यस सम्बन्धमा पहिचानवादी आन्दोलन पक्षले गम्भीरतापूर्वक सोच्नुपर्नेमा जोड दिनुभयो । मन्त्री लिम्बूले पहिचानवादीले उठाएका माग सम्बोधन गरेमा मुलुकलाई शान्तिपूर्ण बाटोमा डो¥याउन सकिने धारणा राख्नुभयो ।

उहाँले मोरङको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम ‘गिरिजा प्रसाद’ नामकरण गरी पूर्वाधार निर्माण चाँडै सम्पन्न गर्न सङ्घीय सरकारको आगामी नीति तथा कार्यक्रममा समेटने बताउनुभयो ।

उहाँले खेलकुदका प्रशिक्षकहरु विगत २८ वर्षदेखि एकै पदमा रहेको र सरुवासमेत नभएको अवस्थामा आवश्यक ऐन संशोधन गरी आगामी बजेटपछि व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन : रास्वपा

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोरकिशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ ।

पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा राईले किशोरकिशोरीमाथि गरेको यौन दुव्र्यवहार निन्दनीय भएको समेत जनाइएको छ ।

“राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषिविज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, हाम्रो पार्टीले २०७९ साल भदौ ११ गते खुलामञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रुपमा स्थान दिइएको थियो, राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रुपमा निम्ता गरिनु तत्कालीन अवस्थामा अस्वाभाविक थिएन, सो कार्यक्रमपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराउँछौँ”, विज्ञप्तिमा भनिएको छ ।

यसैगरी राईले किशोरकिशोरीमाथि गरेको दुव्र्यवहार निन्दनीय भएको र निजलाई कानुनबमोजिम कारबाही हुनुपर्ने विज्ञप्तिमार्फत जनाइएको छ ।

भ्रष्टाचारविरुद्ध बालकृष्ण खाँणको क्षेत्रमा प्रदर्शन

काठमाडौं – युवाहरूको समूहले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा प्रदर्शन भएकाे हाे  ।

खाँणको निर्वाचन क्षेत्र रुपन्देही-३ हो । गत चुनावमा सोही क्षेत्रबाट पराजित भएका खाँण अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।

यो प्रकरणमा राज्यकै माथिल्लो तहमा रहेर काम गरेका व्यक्ति मुछिएपछि अहिले देशैभर प्रदर्शन भइरहेको छ ।

मासिक २५ रुपैयाँको बचतबाट दुई करोड ऋण लगानी

लेश्वर – म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटस्थित ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था बचत सङ्कलन र ऋण लगानीमा अब्बल सावित भएको छ ।

पाँच वर्षअघि विसं २०७५ मा छ जना दिदीबहिनी सङ्गठित भएर मासिक रु २५ सङ्कलन गरेर सुरु भएको संस्थामा यतिबेला रु ५० लाख शेयर रकम, रु एक करोड ४५ लाख बचत रकम र दुई करोड ऋण लगानी रहेको संस्थाका अध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो ।

“हामीले संस्थामा जम्मा भएको रकम तीन सय दिदीबहिनीलाई ऋण लगानी गरेका छौँ, सदस्यबाट सङ्कलन गरेको बचत र शेयर रकम सदस्यमा नै लगानी भएको छ”, अध्यक्ष थापाले भन्नुभयो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रविधिक सहयोगमा ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुईदिने सहकारी शिक्षा तालिमका सहभागी महिलाले आफ्नो सहकारी आफँैले सुरक्षित गर्ने र समस्या आउन नदिने महिलाले प्रतिबद्धता जनाएका छन् ।

देशका विभिन्न ठाउँमा ठूलो कारोबार गर्ने सहकारीले बचत फिर्ता गर्न नसकेका समाचारको प्रभाव गाउँघरमा समेत पर्न थालेको चर्चा गर्दै उनीहरुले आफूहरुले चलाएको सहकारीमा कुनै समस्या नभएको र आगामी दिनमा पनि समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अन्यत्र यस्तो भयो, उस्तो भयो, हाम्रोमा के हुन्छ ? भन्ने आशङ्का व्यक्त गर्ने शेयर सदस्यलाई समेत उनीहरुले निर्धक्क भएर कारोबार गर्न आह्वान गरेका छन् । सहकारीमा गैरसदस्य समेतबाट रकम सङ्कलन गर्ने र सञ्चालकलगायत सीमित व्यक्तिले रकम चलाउने गरेका कारण केही सहकारीमा आएको समस्याले आमजनतामा नै सहकारीप्रति आशङ्का देखिएको उहाँले बताउनुभयो । अध्यक्ष थापाले सहकारीको समस्या पहिचान गर्ने, समस्या परेमा सहयोग गर्ने जिम्मेवारी शेयर सदस्यको भएकाले सहकारी क्षेत्रमा आएको समस्यालाई समाधान गर्न सदस्यको जागरुकता बढाउनुपर्नेमा जोड दिनुभयो ।

संस्थाका सचिव उमा शर्माले सहकारीप्रति देखिँदै गएको अविश्वास हटाएर सहकारीलाई थप व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालनका लागि सदस्य जागरण अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीको दिगोपना र प्रभावकारीताका लागि सदस्यलाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो ।

नारायणपुर विमानस्थलका लागि इआइए गरिँदै

तुलसीपुर – दाङको नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयारीको काम अघि बढेको छ । इआइएका लागि यही वैशाख १० गते नै सार्वजनिक सूचना जारी गरिसकेको छ ।

प्राकृतिक, भौतिक प्रणाली, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा कस्तो असर पार्छ भनी नागरिक उड्डयन प्राधिकरणले इआइए गर्न लागेको इन्जिनियर मुरारी भण्डारीले जानकारी दिनुभयो ।

आन्तरिक उडानका लागि घोराही उपमहानगरपालिका–८ र ९ मा पर्ने नारायणपुरमा विमानस्थल निर्माणका लागि इआइए थालिएको उहाँले बताउनुभयो । “तीन हजार दुई सय मिटर लम्बाइ र ४५ मिटर चौडाइ रहने, ट्याक्सी मार्ग, एप्रोन विमानस्थल टर्मिनल, कार्गो भवन, पार्किङ क्षेत्र, जलवायु मापण केन्द्र, राडर, इन्धन डिपो, उद्धार तथा अग्नि नियन्त्रण स्टेसन, स्टाफ क्वाटर, प्रहरी पोष्ट, प्रकोप सहायता केन्द्र, स्टाफ क्वाटर निर्माण गर्ने गरी तयारी गरिएको छ”, इन्जिनियर भण्डारीले भन्नुभयो । उहाँका अनुसार विमानस्थल निर्माणका लागि तीन सय ६४ हेक्टर जग्गा आवश्यक पर्दछ ।

दाङको तुलसीपुरमा विसं २०११ सालमा विमानस्थल स्थापना भएको थियो । हाल उक्त विमानस्थलमा १९ सिटे टिवनेटर विमान मात्रै अवतरण गर्न सक्छ । अहिले यस विमानस्थलमा सात सय ५० मिटर लम्बाइ धावनमार्ग छ । उक्त धावनमार्ग विस्तारका लागि इआइए तयार गर्न लागिएको इन्जिनियर भण्डारीको भनाइ थियो ।

केही दिनअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मन्त्री धनबहादुर मास्कीलगायतको टोली टरिगाउँ विमानस्थलमा पुगेर केन्द्र सरकारसँग समन्वय गरी प्रदेश सरकारले विमानस्थलको धावन मार्ग विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

सडकमा गुणस्तरहीन काम भएको भन्दै एक युवा विद्युत हाइटेसन पोलमा चढे

मोरङ –  मोरङको बूढीगंगा गाउँपालिकाका एक युवक सडकमा बनिरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै बिजुलीको हाइटेन्सन पोलमा चढेका छन्। 

बूढीगंगा गाउँपालिका वडा नं. ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको गुणस्तर कमसल भएको विरोधमा १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा चढेका हुन् ।

उनले गुणस्तरहीन काम रोक्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले  आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता नजनाएसम्म पोलबाट नझर्ने अडान लिइरहेका छन्। आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत माझीले दिएका छन् ।

बिहान पोलमा चढेका उनलाई ओराल्ने प्रयास भइरहेको छ ।

विश्वकप एसिया छनोट चरणको प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – नेपालले टी–२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने भएको छ  ।

अमेरिका र वेस्ट इन्डिजमा सन् २०२४ को जुनमा आयोजना हुने टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट नेपालले एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न अनुमति पाएको हो ।

नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको टी–२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई छनोट चरण पार गरेर आउनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएनेछ । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । उनका अनुसार प्रतियोगिताका खेलहरू टियु क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउनेछ  । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ । हालै सम्पन्न एसीसी प्रिमियर कपबाट मूलपानी क्रिकेट मैदानलाई प्रयोगमा ल्याइएको हो ।

यूएईले पनि प्रतियोगिता आयोजना गर्ने दाबी देखाएको थियो । नेपालले पहिलो पटक आईसीसीको यति ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजक अमेरिका र वेस्ट इन्डिज २०२४ को विश्वकपका लागि सोझै छनोट भएका छन्  । २०२२ मा अस्ट्रेलियामा भएको पछिल्लो ट्वान्टी–२० विश्वकपमा शीर्ष ८ भित्र रहेका राष्ट्रहरू अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका पनि अर्को वर्ष हुने टी–२० विश्वकपका लागि छनोट भइसकेका छन् ।

साथै, विश्व ट्वान्टी–२० वरीयतामा शीर्ष रहेका अफगानिस्तान र बंगलादेशले पनि टी–२० विश्वकपका लागि स्थान बनाइसकेका छन् । टी–२० विश्वकपमा पहिलोपटक २० राष्ट्रले सहभागिता जनाउनेछन् । एसियासहित अफ्रिका र युरोपबाट २–२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएर आएको १–१ टोलीले टी– २० विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् ।

साल्पासिलिछोमा स्वास्थ्य एकाइ स्थापनाले स्थानीय दङ्ग

भोजपुर – भौगोलिकरुपमा जिल्लाको विकट मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाको तीन स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।

गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका यहाँका तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले सडकसम्म विस्तार नभएको ओखरबोटे र याङ्माका स्थानीयलाई लक्षित गरेर वडा न ६ याङमा र थुम्लुङ भन्ने स्थानमा ती इकाइ स्थापना गरेको हो । वडा नं ३ को तालखर्कमा पनि स्वास्थ्य एकाइ स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिनुभयो । एकाइ स्थापना गरेर तीन स्थानबाट सेवा थालिएको छ ।

“हाम्रो गाउँपालिका भौगोलिकरुपमा विकट छ”, प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, “यहाँका नागरिकलाई सामान्य स्वास्थ्योपचार पाउन नै मुस्किल छ । नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालेका छौँ ।” गाउँपालिकाबाट दरबन्दी सिर्जना गरेर प्रत्येक स्वास्थ्य एकाइमा एक÷एक जना अहेव, अनमी र कार्यालय सहयोगी राखिने प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

छ वटा वडा रहेको यो गाउँपालिकामा वडास्तरीय एक÷एक वटा स्वास्थ्यचौकी भए पनि भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक सो एकाइ सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो ।

अन्य स्थानमा पनि स्थानीयको सहजताको लागि आवश्यकताको आधारमा स्वास्थ्य एकाइ स्थापना गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

“गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवाको अति नै समस्या छ”, अध्यक्ष कुलुङले भन्नुभयो, “भौगोलिकरुपमा निकै विकट क्षेत्र पनि छन् । जहाँबाट वडामा रहेको स्वास्थ्यचौकीमा पुग्न नै घन्टौँ हिँड्नुपर्ने अवस्था छ । नागरिकलाई सहज आधारभूत सेवा दिन हामीले पहल थालेका छौँ ।”

स्वास्थ्य एकाइ स्थापनासँगै दुर्गमका नागरिकलाई सहज सेवा दिन समय÷समयमा शिविरको आयोजना गरेर स्वास्थ्य सेवा दिने गरेको अध्यक्ष कुलुङको भनाइ छ । निर्वाचित भएर आएपछि स्वास्थ्य, शिक्षासँगै यहाँको सडक, विद्युत्, पूर्वाधार लगायतको विकासमा योजनाबद्ध थालनी गरेको उहाँको भनाइ छ । “विविध समस्यालाई झेल्दै यहाँको बृहत्तर विकासमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “योजनाको प्राथमिकता निर्धारण गरेर योजनाबद्ध विकासमा ध्यान दिएका छौँ । पाँच वर्षमा यहाँका नागरिकले केही न केही विकासको अनुभूति गर्न सकून् भन्ने हाम्रो लक्ष्य छ ।”

गाउँपालिकाले नागरिकलाई सहजरुपमा स्वास्थ्यसँगै आधारभूत सेवा पु¥याउन भूमिका खेलिरहेको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले बताउनुभयो । खास गरेर महिलाको स्वास्थ्यमा हुने समस्यालाई मध्यनजर गरेर पनि विभिन्न खालका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ छ ।

“हामीले सेवा प्रवाहमा सहजता थप्ने गरी काम गरेका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो”, राज्यले दिएको सेवा सुविध जनस्तरमा पु¥याउन लागि परेका छौँ ।” यहाँका स्थानीयलाई सामान्य घाउचोटसँगै सिटामोल लिन पनि तीन घन्टादेखि एक दिनसम्म लाग्छ । सामान्य प्राथमिक स्वास्थ्योपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको वडा नं ६ याङमाका स्थानीय विर्खबहादुर राईले बताउनुभयो ।

सामान्यबाहेकका अन्य उपचार लिनका लागि भोजपुर सदरमुकाम तथा सङ्खुवासभा जानुपर्ने बाध्यता छ । “स्वास्थ्य एकाइ स्थापनाले सहज भएको छ”, उहाँले भन्नुभयो, “हामीले आधारभूत स्वास्थ्य सेवा पाउन नै कठिन थियो । सहरका अस्पताल पुग्न धेरै कठिन छ । वडामा रहेको स्वास्थ्यचौकी पुग्न नै तीनदेखि चार घन्टा लाग्छ ।”

स्वास्थ्य एकाइ स्थापनाले बिरामी हुँदा सिटामोल तथा जीवनजल पाउन घन्टाँै धाउनुपर्ने अवस्थाको अन्त्य भएको वडा नं ३ तालखर्कका स्थानीय दिलकुमार राईले बताउनुभयो । स्वास्थ्य एकाइ स्थापनाले वर्षौंदेखि स्थानीयले भोग्दै आएको समस्याको अन्त्य हुनेमा आशावादी रहेको उहाँको भनाइ छ ।

“लामो समयदेखि स्वास्थ्य सेवामा समस्या भोग्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा नै स्वास्थ्य एकाइ सञ्चालन भएको छ । यही स्वास्थ्य परीक्षण गराउन पाउँदा खुसी लागेको छ । गाउँपालिकाले गरेको यो काम प्रशांसायोग्य छ ।”

सामान्य औषधि लिनसमेत घन्टौँ पैदल हिँड्नुपर्दा अकालमा ज्यान जाने अवस्था रहेको वडा ६ थुम्लुङका स्थानीय हेमराज राईले बताउनुभयो । बर्सात याम सुरु भएपछि यातायात सेवा पूर्णरुपमा बन्दा हँुदा झनै समस्या हुने गरेको उहाँको भनाइ छ । “ थुम्लुङ क्षेत्रमा स्वास्थ्यको असाध्यै समस्या छ”, उहाँले भन्नुभयो, “वर्षौंबाट यही समस्या भोग्दै आएका छौँ । यो भेगका मानिसलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्था थिएन । यहाँबाट गाउँपालिका केन्द्र चौकी डाँडा पुग्न नै छदेखि सात घन्टासम्म लाग्छ । बर्सात सुरु भएपछि यातयात सेवा ठप्प हुन्छ । अब भने सामान्य स्वास्थ्य उपचार र औषधि लिन अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।”

ठूला भ्रष्टाचार काण्ड दबाउन गलत हल्ला चलाइयो : पूर्वमन्त्री महेश बस्नेत (काण्डसहित)

भक्तपुर । नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई बदनाम गराएर ६ वटा ठूला ठूला काण्डहरू दबाउने प्रयास भइरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै नेता बस्नेतले एमाले विरुद्ध गलत हल्ला फिँजाएर ठुलठुला घोटाला र आर्थिक चलखेल छोप्ने प्रयास भइरहेको बताउनुभएको हो । 

नेता बस्नेतले एमाले नेताहरुसँग जोडिएका तीन काण्डको विषय निराधार रहेको बताउँदै दबाउन खोजिएका ६ वटा काण्डको विषयमा खुलासा गर्नुभएको हो ।

पूर्वमन्त्री बस्नेतले फेसबुक मार्फत राख्नु भएको धारणा :

ठूला ठूला भ्रष्टाचार काण्डहरु र सो काण्ड दबाउन र एमालेलाई बदनाम गराउन चलाइएका हल्लाहरु :

१) ओम्नि काण्ड – कोभिडको दौरान स्वास्थ्य सेवा बिभागले आव्हान गरेको टेण्डर स्वीकार गरेर ओम्नि कम्पनिको चाइना बाट चलन चल्तिको भन्दा महंगो मूल्यमा सामाग्री खरिद गर्ने प्रक्रिया रद्ध गरी धरौटी जफत गरिएको हो । कुनै आर्थिक लेनदेन भएको बिषय होइन ।

२) यति काण्ड – बर्षौ देखि गोकर्णको जंगल क्षेत्र लिजमा लिएर यति कम्पनिले रिसोर्ट चलाएर बसेकोमा पर्यटन मन्त्रालयले उक्त सम्झौंता रिनो गर्दा सस्तो मूल्यमा गर्यो भन्ने आरोप हो । सरकारले पब्लिक प्राइभेट पाटनरसीप प्रोग्राम ल्याएपछि निजी क्षेत्रलाई बिभिन्न सेवा र अनुदान राज्यले दिने चलन छ । जस्तो कतिपय ब्यबसायीलाई vat फ्री , ब्याज छुट ,सफ्ट लोन , जुट उधोगलाई ७५% बिधुत महशुलमा छुट, जडिबुटी उध्योगमा पहुँच मार्ग सिमेन्ट उध्योगमा पहुँच मार्ग जस्ता क्षेत्रमा सरकारले सहयोग गरेकै छ ।

३) ७० करोड काण्ड – सेक्युरिटी प्रेस स्थापना गरेर नोट , बैंक चेक ,लगायत संबेदनसिल बस्तुहरु छाप्ने प्रक्रिया एमाले सरकारले सुरु गर्यो । सोही दौरानमा, तत्कालिन मन्त्री गोकुल बाँस्कोटाको भनेर एउटा अडियो बाहिर आयो ।स्वंम गोकुल जीले मन्त्री पदबाट राजिनामा दिएर त्यसको छानबिन गर्न अनुरोध गर्नु भएको छ । हाम्रो बिरोधि गठबन्धन निमाण भएको अढाइ बर्ष भएको छ । यथार्त त्यस्तो हो भने अनियमितता थियो भने सरकारवाला पक्कै चुप किन छन ?

दबाउन खोजिएका काण्डहरु :-

१) बालुवाटार ( ललिता निवास काण्ड)- पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल , बाबुराम भट्टराई पूर्व भौतिक योजना मन्त्री बिजयकुमार गच्छदार , सचिब दिप बस्नेत लगायत को मिलोमतोमा ३०० रोपनि भन्दा बढी जमिन हिनामिना गरिएको काण्ड हो ।

( जहाँ सम्म बिष्णु पौडेलको छोराको कुरा छ उनले अन्जानबस ६ आना जग्गा खरिद गरेका हुन । अहिले उक्त जग्गा सरकारलाईनै फिर्ता गरिने प्रकृया अगाडी बडेको छ । सोही क्षेत्रमा NRN लगायतले पनि प्रसस्त जग्गा खरिद गरेका छन )

यो बिषयमा टुइस्ट गर्न यो प्रोपोगाण्डा ल्याइएको छ।

२) नक्कलि लडाकु प्रकरण – माओबादी लडाकु ब्यबस्थापन गर्ने दौरानमा क्यान्टलमेन्टमा रहेका लडाकुको संख्या घटबड गरेर ४ अर्व भन्दा बढी रकम घोटाला भएकोछ । प्रचण्ड, बाबुराम र जनार्दन शर्मा समेत संलग्न भएको काण्ड केस मेरै पहलमा अख्तियारमा मुद्धा छ तुरुन्त छानबिन हुनुपर्छ ।

३) सिसि टिभि फुटेज काण्ड – तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले निश्चित माफियासँग मिलेर बजेटमा सेटिङ्ग गरेर ,दर रेट हेरफेर गर्न अबैध ब्यक्ति घुसपैठ गरेको र अमेरिकाबाट श्रोत नखुलेको अरबौ गैरकानूनी पैसा ल्याउने , भ्याटिकन सिटीबाट श्रोत नखुलेको ४ अर्ब उनकै संरक्षणमा अजय सुमार्गी ले ल्याउने लगायत गम्भिर अपराध गरेका छन् यो बिषयमा छानबिन गर्नु पर्छ ।

४) नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल स्टक एक्स्चेन्ज कमजोर गरेर नयाँ स्टक एक्स्चेन्ज लाइसेन्स बितरण गर्ने क्रममा सरकारका मूख्य घटक काँग्रेसको देउवा पत्नि आरजु देउवा र प्रचण्ड पुत्री गंगा दहालले २० अर्बको आर्थिक अपराध गर्न लागेको भनि युवराज सफलले अख्तियारमा मुद्धा हालेको तुरुन्त छानबिन होस् ।

५) रबि लामिछानेको भ्रष्टाचार :-

पुस ११ मा गृहमन्त्रीको कार्यभार समालेपछि रबि लामिछानेले कार्यविधि स्वीकृत गरेर राष्ट्रिय परिचयपत्रमा संकलित ब्यक्तिगत र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय गरेका थिए । लामिछानेले जारी गरेको कार्यविधिको आधारमा एड्भान्टेज इन्टरनेशल प्रा.लि.ले एक्लै प्रतिस्पर्धा गरेर इजाजत पाएको थियो । द्रुत गतिमा कार्यविधि स्वीकृत गरेर बोलपत्र आह्वान, योग्यता मूल्यांकन छनौट गरेर माघ १२ मा सो कम्पनीले इजाजत पाएको थियो सेवा प्रदायक अड्डा र परिचयपत्र विभागको डेटा सेन्टरको बीचमा निजी कम्पनी हुने कार्यविधि लामिछाने आफैँले जारी गरेका हुन् । पुस २७ मा बोलपत्र आह्वान गरेर २ साताको मात्र म्याद राखिएको थियो तर सार्वजनिक खरिद ऐनको दफा–१४ अनुसार ‘राष्ट्रिय स्तरको बोलपत्र वा पूर्वयोग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचनाको हकमा कम्तीमा ३० दिन र अन्तर्राष्ट्रिय स्तरको हकमा कम्तीमा ४५ दिनको अवधि दिनुपर्ने’ कानूनी व्यवस्था छ ।

धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’

पाल्पा – कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले सबैलाई लोभ्याउछ ।

निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेको यहाँ विभिन्न जिल्लाबाट दर्शनार्थी आउँछन् । केलादीधामको दर्शन गर्न नसके नाम उच्चारण गरे मात्र पुण्य मिल्ने जनविश्वास छ । मुक्तिनाथबाट उत्पत्ति भई बगेको कालीगण्डकी नदी किनारमा अवस्थित यहाँ विशेषत हिन्दू धर्म संस्कारका कार्यका लागि यो धार्मिक पर्यटकीय गन्तव्यस्थल बनेको छ ।

मन्दिर पुनःनिर्माण, ज्येष्ठ नागरिक भवन, महन्त निवास, भान्छाघर, खानेपानी ट्याङ्की निर्माणलगायतका पूर्वाधार विकास हुँदै गएपछि धार्मिक पर्यटक बढेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाम संरक्षण समितिका सचिव घनश्याम खनालले बताउनुभयो ।

“देवघाटधाम जस्तै बनाउने सङ्कल्पसाथ भौतिक संरचना तयार पारेपछि सबैजसो उमेर समूहका मानिस आउनेक्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “पहिला काम विशेषले मात्रै आउने अचेल घुमफिर, अवलोकनलाई आउँछन् ।”

शनिबार र बिदामा चहलपहल बढ्दो छ । कालीनदीको धार्मिक तथा ऐतिहासिक महत्वसँग जोडिएको केलादीधामका बारेमा चासो राख्दै अध्ययन अवलोकनलाई आउने गर्छन् ।

बस, कार, भ्यान, जीप मन्दिरसम्म पुग्ने सुविधा भएपछि गाडी रिजर्भ गरेर नदी स्नान र धाम दर्शन गरेर फर्कने गरेको पाइएको छ । पहिला हिँडेर बाँस बस्ने चलन थियो । यहाँ गौशाला, ज्येष्ठ नागरिकको बसोबासका लागि ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ जहाँ २२ ज्येष्ठ नागरिक बस्नुहुन्छ । विसं २०१० मा निर्माण भएका पुराना कुटी (ज्येष्ठ नागरिक बस्ने घर) अझै भेटिन्छन् ।

आश्रममा चार दशकदेखि आश्रयस्थल बनाएर बसोबास गर्दै आइरहेको ८० वर्षीय श्यामदासी सिग्देलले बताउनुभयो । तनहुँको किहुँ घर बताउने उहाँ श्रीमान्को मृत्युपश्चात् केलादी आएर बस्नुभएको छ । १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभएकी सिग्देल १५ वर्षको कलिलो उमेरमा श्रीमान्को मृत्यु भएपछि केलादीधामलाई आश्रयस्थलका रुपमा लिनुभएको छ ।

“सानै उमेरमा बिवाह बन्धनमा बाँधियो, श्रीमान्को मृत्यु भएपछि एक्लो जीवन जीउन सकिएन”, उहाँले भन्नुभयो, “श्रीमान् नभएपछि आफन्त छरछिमेक सबैबाट अपहेलित भइयो, आश्रममा आएर बस्न थालेपछि कसैको अपहेलना सहनु परेको छैन ।” उहाँले सरकारले उपलब्ध गराएको ज्येष्ठ नागरिक भक्ताबाट आफ्नो जीविकोपार्जन गरिरहनुभएको छ । मन्दिरको आश्रममा आफैँले पकाएर खाना खाने गर्नुहुन्छ । जीवनको अन्तिम समय नै यहीँ बिताउने सङ्कल्पका साथ मन्दिरको पूजाआजा, भजनकीर्तनमा सहभागी भएर जीवन व्यतित गरिरहेको पाइन्छ ।

आश्रममा बस्न थालेपछि एक्लोपनको महसुस नभएको बताउनुहुन्छ, ९१ वर्षीय गोपालदासी । मन्दिरमा भजनकीर्तनमा सहभागी हुँदा समय बिताउन सजिलो भएको उहाँले अनुभव सुनाउनुभयो । बिहे गरेको एक वर्षमा नै श्रीमान् बितेपछि सहाराविहीन हुनुभएकी उहाँ बाँकी जीवन बिताउन केलादीधाम आश्रममा आउनुभएको हो ।

“खाने, उपचार खर्च आफैँले जुटाए पनि बास बस्ने सुविधा पाउँदा हामी असाध्यै खुसी छौँ, कसैको दुव्र्यवहार सहनु पर्दैन, सहाराविहीनका लागि यसरी बस्ने आश्रम पाउँदा धेरै सजिलो भएको छ, घरमा छोराछोरी भएर पनि हेरेनन् भनेपनि यहीँ आएर बस्न पाइने व्यवस्था छ”, उहाँले भन्नुभयो ।

ज्येष्ठ नागरिक भक्ता बुझेको रकमले यहाँ बसोबास गर्ने नागरिकले बिहान साँझको जोहो गरिरहेका छन् । पहिला यहाँ एक सय २० कुटी (ज्येष्ठ नागरिक बस्ने घर) थिए । कुटीमा एक सय ५० ज्येष्ठ नागरिकले केलादीधाम क्षेत्रलाई बासस्थान बनाएर बसोबास गर्ने गरेको बूढापाका बताउँछन् । आजभन्दा दुई दशकअघिसम्म यहाँ बसोबास गर्ने ज्येष्ठ नागरिकको ठूलो सङ्ख्या हुन्थ्यो । पहिलाको तुलनामा आश्रममा बसोबास गर्ने अहिले घटेका छन् । विभिन्न प्राचीन पूर्वीय धर्मग्रन्थमा पनि यसको महिमा र गरिमा वर्णन गरिएको छ । शालिग्राम पाइने विश्वको एकमात्र नदी कालीगण्डकीको किनारमा रहेको यो स्थानमा पुगेपछि मनको बोझ हट्ने र शान्ति प्राप्त हुने विश्वास लिइन्छ । यहाँ मुलुकका पूर्वदेखि पश्चिमसम्मका दर्शनार्थी भित्रिन्छन् ।

यहाँ निर्मित राधा दामोदरको मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । कालीगण्डकीको नजिकै रहेकाले शीतल हावासँगै मन्दिर दर्शन, अवलोकन गर्न जानेक्रम बढ्दो छ । यो क्षेत्र कालीगण्डकी तटमा रहेकाले पनि पुण्यप्राप्तिका लागि धेरै जिल्लाका स्थानीयले आफ्ना दिवङ्गत परिवारजनको अन्तिम संस्कार गर्ने, विभिन्न चापडपर्व, वैशाखे, माघे सङ्क्रान्ति, एकादशी जस्ता पर्वमा नदी स्नान गर्ने गर्दछन् । पुण्यभूमि रहेकाले यहाँ धेरै ठाउँबाट शव दाहसंस्कार गर्न ल्याइने गरिन्छ ।

केलादीधामको पौराणिक इतिहास

विसं २००६ मा निर्माण कार्य थालनी भई २००८ मा सम्पन्न भएको पुरानो सत्तल (दर्शनार्थी तथा बटुवा बास बस्ने ठाउँ) अहिले जीर्ण अवस्थामा छ । नौ कोठासहितको चारतले सत्तल नदी स्नान गर्न आउने, बाटो हिँड्ने बटुवा तथा मन्दिर दर्शन गर्न आउनेको आश्रयस्थलका रुपमा लिइन्थ्यो । विसं २०७२ को विनाशकारी भूकम्पले जीर्ण बनाएकाले पुनःनिर्माण गर्नुपर्ने अवस्थामा छ ।

राधा दामोदरको पुरानो मन्दिर विसं २०१३ मा पुनःनिर्माण गरी विधिवत् पूजाआजा गर्ने कार्य सुरु गरियो । सो मन्दिर पनि जीर्ण बनेपछि २०७० सालदेखि निर्माण कार्य थालेर २०७४ मा नयाँ निर्माण भएपछि पूजाआजा सञ्चालन भइरहेको छ ।

मन्दिरको नामबाट राधा दामोदर मावि र राधा दामोदर संस्कृत क्याम्पस चलेको छ । विसं २०३८ मा स्थापित राधा दामोदर माविमा उच्च शिक्षासम्म आधुनिक तथा संस्कृत भाषामा पनि पठनपाठन हुन्छ । उच्च शिक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई मध्यनजर गर्दै विसं २०५१ मा राधा दामोदर संस्कृत क्याम्पस स्थापना गरी शास्त्री तहसम्मको पठनपाठन भइरहेको छ । मन्दिरमा नै बसेर पढ्न चाहनेका लागि गुरुकूल शिक्षाको पनि व्यवस्था छ । मन्दिरमा गोपाल शरण देव महन्तका रुपमा हुनुहुन्छ ।

बाटो हिँड्ने क्रममा समस्यामा परेका नागरिक, नदी स्नान गर्न आउने तथा मन्दिर दर्शन गर्न आउनेलाई आपत परेमा संस्थाको संरक्षणमा यहीँ खाना तथा बसोबासको पनि व्यवस्था छ । राधा दामोदर मन्दिरका नाममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरमा गरी करिब एक सय ८५ रोपनी जग्गा छ । यसको संरक्षण, रेखदेख, भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा पाल्पा, स्याङ्जा र तनहुँका स्थानीयले सहयोग गरिरहेका छन् ।

केलादीधाममा दैनिक बिहान ६ देखि साँझ ६ वजेसम्म अखण्ड भजनकीर्तन हुन्छ । एक समूहले दुई घण्टा भजन गर्छन् । दिनमा छ समूहमा पालोअनुसार भजनमा सहभागी हुँछन् । चौबिसै घण्टा अखण्ड भजनकीर्तन भइरहने गरेकोमा जनशक्ति अभावमा दिनमा मात्रै नियमित हुन्छ । विसं २०३७ वैशाखदेखि हुँदै आएको अखण्ड भजन २०७६ वैशाख देखि १२ घण्टा मात्रै चलेको छ । रातको भजन भने बन्द छ ।

क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने

चितवन – जिल्लामा रहेर व्यवस्थापन सङ्काय अध्यापन गराउने तीन वटा क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले विश्वविद्यालय अनुदान आयोगको ‘एनइएचइपी’ परियोजनाअन्तर्गत उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्न लागेका हुन् ।

विश्वविद्यालयले माग गरेको आशयपत्रको मूल्याङ्कनअनुसार १८ वटा क्याम्पसमा यस परियोजनामा छनोट भएकोमा ती क्याम्पसले संयुक्तरुपमा शुक्रबार यहाँ पत्रकार सम्मेलन गरेर कार्यक्रम कार्यान्वयनको लागि अहिले पाठ्यक्रम निर्माण गरी तालिम र आर्थिक सहायतालाई इच्छुक उद्यमी छनोट गर्ने चरणमा रहेको जानकारी दिइयो ।
कार्यक्रममा प्रतिवर्ष प्रतिक्याम्पस ३० जना विद्यार्थी, पूर्वविद्यार्थी र युवा प्राध्यापक छनोट हुने छन् । तालिम प्राप्त गरिसकेपछि मूल्याकङ्नमा छनोट भएमा आफ्नो व्यावसायिक सोचअनुरुपको प्रस्ताव पेस गरेर विश्वविद्यालय अनुदान आयोगको मापदण्ड पूरा गरेपछि प्रस्तावित लगानी रकमको ६० प्रतिशत विश्वविद्यालयले बेहोर्ने छ । रु पाँच लाखदेखि रु ४० लाखसम्म प्रतिप्रस्ताव सहायता रकम प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो रकम तीन वर्षसम्म बिनाब्याज प्रयोग गर्न पाइने छ । सहायता रकम पाउन कार्यक्रमको प्रक्रियाभित्र रही आवेदन पेस गरेपछि प्राप्त आवेदनमध्येबाट प्रत्येक क्याम्पसमा गठन भएको निर्णायक समितिले इच्छुक उद्यमी छनोट गर्ने छ ।

क्याम्पसबाट छानिएको आवेदन विश्वविद्यालय अनुदान आयोगले स्वीकृत गरेपछि मात्र तोकिएको अनुदान किस्ताबन्दीमा व्यवसायको प्रगतिअनुसार प्राप्त गर्नसक्ने छन् । प्राप्त अनुदान रकम उद्यमशीलताबाट आम्दानी गरेपछि उद्यमीले फिर्ता गर्नुपर्ने प्रावधान छ । यही जेठ १० गतेबाट उद्यमी बन्न चाहने व्यक्तिमध्येबाट तीनवटै क्याम्पसले एकै समयमा आवेदन माग गर्ने जनाइएको छ । आवेदन सङ्कलनको समय १५ दिन हुनेछ । निश्चित प्रक्रिया र मापदण्ड पूरा गरेका आवदेन छनोट गरिसकेपछि चितवनका तीनवटै क्याम्पसले असारको पहिलो हप्ताबाट कम्तीमा ४५ घण्टा प्रशिक्षार्थीलाइ तालिम दिइने छ । चितवनलाई उद्यमशीलता र नवप्रवर्तनको केन्द्रको रुपमा विकास गर्ने यस कार्यक्रमको लक्ष्य रहेको छ । पत्रकार सम्मेलनमा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतो, कपिल सुवेदी, सहिद स्मृति बहुमुखी क्याम्पसका प्रमुख बुद्धिराज सेढाइ, सागर तिवारी, प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइसन्सका चोकबहादुर क्षेत्रीलगायतले कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

खडेरीको असर जङ्गली निगुरोमा पनि

बेलबारी – विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् ।

मोरङको उत्तरी भेगको जङ्गलमा वर्षा याममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्तै बढेको छ तर डढेलोलेको कारण जङ्गलमा सिला खोज्ने पनि अवस्था नरहेको बेलबारी–१० भाउन्नेका टेकबहादुर याखा बताउनुहुन्छ । याखा विगत पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गको चिसाङ खोला डिलमा निगुरो बेच्दै आउनुभएको छ । “यो साल समयमा पानी पर्न सकेन, अझै केही समय यस्तै हो भने यो साल निगुरो खान पाइन्छ जस्तो छैन”, याखा बताउनुहुन्छ । पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका सामुदायिक वनमा पाइने निगुरो टिप्न विगत वर्षहरूमा बिहानैदेखि साँझसम्म स्थानीयको जङ्गलमा भीड नै हुन्थ्यो । सयौँ परिवारको गुजारा निगुरो टिपेरै चलाउने गरेको बेलबारी–११ का मेघराज बस्नेत बताउनुहुन्छ । उहाँ निगुरो टिपेर ल्याउनेसँग खरिद गरेर काठमाडौँ पठाउने गरेको बताउनुहुन्छ ।

मौसमले साथ दिने हो भने दैनिक दर्जनौँ गाडी निगुरो काठमाडौँ, पोखरालगायत सहरमा निर्यात हुन्छ तर यस विषयमा सरकारी निकायले नत कुनै तथ्याङ्क नै राखेको छ नत चासो नै । कृषि मन्त्रालय कोसी प्रदेशका प्रवक्ता पशुपति पोख्रेलका अनुसार हालसम्म मन्त्रालयमा निगुरो निर्यातको विषयमा कुनै पनि तथ्याङ्क नरहेको बताउनुभयो । व्यावसायिक हिसाबले किसानद्वारा उत्पादित वस्तुको मात्र मन्त्रालयले तथ्याङ्क राखेको तर जङ्गलमा आफैँ उम्रिएको निगुरोको विषयमा कुनै पनि तथ्याङ्क नरहेको तर सामुदायिक वनले तथ्याङ्क राखेको हुनसक्ने प्रवक्ता पोख्रेल बताउनुहुन्छ । 

कृषि विज्ञ डा राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उनिउ प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउने गरेको बताउनुहुन्छ । समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने डा उप्रेती बताउनुहुन्छ ।

चैत दोस्रो हप्तादेखि जङ्गलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिने र जति टिप्यो त्यति राम्रो निगुरो पलाउने निगुरो व्यवसायी भद्रमाया भट्टराई बताउनुहुन्छ । 

उहाँका अनुसार केही वर्ष पहिले यसरी निगुरो काठमाडौँ निर्यात हुँदैन थियो र बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पुर्‍याउनुपर्थ्यो  । “तर अहिले अरूले टिपेर ल्याएको हामीले सङ्कलन गर्छौँ र हामीसँग काठमाडौँका व्यापारीले किनेर लैजान्छन्”, उहाँ भन्नुहुन्छ ।  जनसेवा सामुदायिक, कमलपुर सामुदायिक, सिंहदेवी सामुदायिक, सिर्जना र लक्ष्मी सामुदायिक वनमा दैनिक निगुरो टिप्न आउने धेरै भएकाले पनि यस क्षेत्र निगुरो सङ्कलन केन्द्रका रूपमा विकसित हुँदै गएको छ । विद्यालय तथा कलेज स्तरमा पढ्दै गरेका विद्यार्थीले समेत बिदाको समयमा निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । रासस

एमालेको स्थायी कमिटी बैठक जारी, वार्षिक कार्ययोजनाबारे छलफल

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ । 

बिहीबारदेखि सुरु भएको एमालेको पाँचौँ केन्द्रीय कमिटीको बैठकबीच स्थायी कमिटीको बैठक सुरु भएको हो ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने विषयमा छलफल भइरहेको छ । स्थायी कमिटीले तयार पार्ने वार्षिक कार्ययोजना केन्द्रीय कमिटीको बैठकमा पेस गरी पारित गरिने एमालेले जनाएको छ ।  

शुक्रवार बसेको बैठकमा गैर–भौगोलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो । जसअनुसार गण्डकीबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आआफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नुभएको थियो ।  

सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल गरिएको थियो । आज बस्ने केन्द्रीय समिति बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शङ्कर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । 

नेपालमा चक्रवातको प्रभाव देखिँदैन : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले यसको नेपालमा उल्लेखनीय प्रभाव नरहने देखिन्छ ।

 हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ । 

दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही ती पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  

२२ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ – नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयका अनुसार शुक्रवार बसेको समितिको बैठकले २२ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो।  

महेश बस्नेतद्वारा केन्द्रीय कमिटी बैठकमा ११ बुँदे सुझाव प्रस्तुत

काठमाडौं। वैशाख २८ देखि ३० गते सम्म सञ्चालन भइरहेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पार्टीको पोलिटव्युरो सदस्य महेश बस्नेतले ११ बुँदे सुझाव प्रस्तुत गर्नुभएको छ।

नेता बस्नेतले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र सबै नेताहरूको सम्पत्ति हरेक वर्ष सार्वजनिक गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ।

दुई दिनदेखि च्यासलमा जारी पाँचौँ केन्द्रीय कमिटी बैठकमा ११ बुँदे सुझाव प्रस्तुत गर्दै उहाँले यस्तो प्रस्ताव राख्नुभएको हो।

‘विगतमा भएका कमीकमजोरीको समीक्षा गरौँ। गल्ती सुधार गर्दै सुशासन दिने, भ्रष्टाचार उन्मुलन गर्ने र असल समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाऊँ’, उहाँले केन्द्रीय कमिटीमा सुझाव प्रस्तुत गर्दै भन्नुभएको छ, ‘पार्टी नेताहरु र जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गरौँ। त्यसलाई वर्षैपिच्छे अद्यावधिक गरौँ।’

पूर्वमन्त्रीसमेत रहेका बस्नेतले संघीयताको पुनरावलोकन गर्ने समय पनि आइसकेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘संघीयताको पुनरावलोकन गरौँ। शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाऊँ। निर्वाचन कम खर्चिलो बनाऊँ। राजनैतिक स्थिरताका लागि दुई दलीय व्यवस्था अथवा ५ प्रतिशत थ्रेस होल्ड राखौँ।’ 

एमाले केन्द्रीय कमिटी बैठकमा नेता महेश बस्नेतले राख्नुभएको सुझाव:

१) विज्ञ सदस्य बनाउ विविध क्षेत्र, पेशागत, व्यावसायिक र सामाजिक क्षेत्रका १६ देखि २५ वर्षका नवयुवा र महिलाहरुलाई फोकस गरेर डिजिटल सदस्यता आव्हान गरौं । त्यस्को तीन महिनापछि उक्त सदस्यहरुलाई संगठित गरी पार्टी नेता र मुलुक हाक्ने जनप्रतिनिधि बनाउ।

२) युवाहरुलाई उनीहरुको आधारभूत आवश्यकता पूरा गराउन शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशिलता विकास हुने गरी निर्वाचित जनप्रतिनिधिहरुलाइ खटाउने र पार्टी कमिटी पनि सोही उद्देश्य पूरा गर्नेगरी दक्ष साथीहरु राखेर जाउँ ।

३) पार्टीले विगतमा गरेको महत्वपूर्ण उपलब्धि व्पापक प्रचार गर्ने नयाँ कार्यक्रमहरुलाई ब्राण्डेड गरेर प्रचार गराैं।

४) विगतमा भएका कमिकमजोरीको समिक्षा गरौं। गल्ति सुधार गर्दै सुशासन दिने भ्रष्टाचार उन्मुलन गर्ने र असल समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाउँ।

५) पार्टी नेताहरु र जनप्रतिनिधिहरुको सम्पति विवरण सार्वजनिक गराै र वर्षै पिच्छे अध्यावधिक गरौं।

६) संघीयताको पुनराबलोकन गरौं । शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाउँ। निर्वाचन कम खर्चिलो बनाउँ । राजनैतिक स्थिरताको लागि दुई दलिय व्यवस्था अथवा ५ प्रतिशत थ्रेस होल्ड राखाैं।

७) दुई कार्यकाल प्रधानमन्त्री तीन कार्यकाल मन्त्री र चार कार्यकाल सांसद भन्दा बढी हुन नपाउने संबैधानिक ब्यवस्था गरौं ।

८) पार्टीको केन्द्र र प्रदेश कमिटीमा २५ प्रतिशत जिल्ला र स्थानीय तहको कमिटीमा ३५ प्रतिशत ४० वर्ष मुनिका युवा प्रतिनिधित्व ग्यारेन्टी गरौं।

९) युवा संघको उमेरहद ३५ वर्ष, अनेरास्ववियुको ३० वर्ष र पार्टीको सबै तहमा जनसगठन परिचालन संयन्त्र निर्माण गरौं ।

१०) सोसियल मिडिया र मिडिया परिचालन, कानूनी क्षेत्र, प्रचारको क्षेत्र, युवा विद्यार्थीको परिचालन, परराष्ट्र क्षेत्र, प्रवासको काम कमजोर भएकोले यो क्षेत्रमा सही स्मार्ट र कृयटिभ नेतृत्वलाई जिम्मा दिउँ।

११) देश भक्त, जनवादी र प्रगतिशील शक्तिहरुको बीचमा एकता अभियान चलाउदै साम्रज्यवादी, सामन्तवादी, यथास्थितिवादी र सस्तो लोकप्रीयतावादीहरुका विरुद्ध र तिनले शृजना गरेका भ्रम चिर्न लागौं।

आरजु राणाको कर्तुत वाहिर आउँदै : विटो नवुझाउँदा रोकिन वढुवा

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणसँग राष्ट्रिय भाउजु उर्फ आरजु राणाको बदमासीको पनि खुलासा हुन थालेको छ। पूर्वएसएसपी लव विष्टले भाउजुलाई पैसा नवुझाएकै कारण आफनो वढुवा रोकिएको वताएका छन्।

विष्टले राणालाई लक्षित गर्दै बुढानिलकण्ठ बस्ने भाउजूको चाकडी गर्न मनले नमान्दा बढुवाबाट वञ्चित हुनुपरेको बताएका छन् ।

बिहीबार फेसबुकमा स्टाटस लेखेका विष्टले आफू प्रहरी सेवामा रहँदा विभिन्न राजनैतिक आक्रमण भएको समेत खुलाएका छन् ।

‘बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट वञ्चित भई अवधि नै नपुगी प्रहरी सेवा बाट हटनु परेको हो’ उनले लेखेका छन्–‘बिसं २०७३ मा ‘सिनियारिटी’को हिसाबमा १ नम्बरमा रही कार्य सम्पादनमा अब्बल हुँदाहुँदै पनि नोटको बिटोसहित बिमलेन्द्र निधिमार्फत बुढानीलकण्ठ बस्ने भाउजुलाई बुझाउन सकिन।’

सप्तरीको रूपनीका निमुखा गाउँलेलाई फसाउन रचिएको झुठा डाका मुद्दा दर्ता गर्न नमान्दा सप्तरी कांग्रेसका नेता एवम् पूर्वगृह राज्यमन्त्री रामकुमार चौधरीको योजनामा आफुलाई दार्चुला सरुवा गरिएको पनि उनले वताएका छन्।