`

एमालेले आज पनि संसद बैठक अवरुद्ध गर्ने

Nepal One HD २२ असार २०८० १२:१७
राजनीति

काठमाडौँ / नेकपा एमालेले आज पनि संसद् बैठक अवरुद्ध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले) ले आज पनि संसद बैठक अवरुद्ध गर्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले उहाँको राजीनामा माग्दै आएको छ ।

एमाले सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले राजीनामा नदिँदा सम्म संसद् बैठक चल्न नदिने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको राजीनामाबाट एमाले पछि नहट्ने स्पष्ट पार्नुभयो ।

यसैबीच संसद् सञ्चालन गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरुसँ छलफल गर्नुहुने भएको छ ।


प्रतिक्रिया