`

विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ : मन्त्री गिरी

पर्वत – स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताउनुभएको छ ।

पर्वतको महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री गिरीले मङ्सिर ४ मा भएको निर्वाचनले दिएको जनादेशअनुसारको सरकार निर्माण भएको बताउँदै यो सरकारको एउटै मात्र लक्ष्य विकास र समृद्धि भएको बताउनुभयो ।

मुलुकभित्र सञ्चालित भौतिक पूर्वाधारका काम समयमै सम्पन्न गर्न सरकारले सम्बन्धित निकायलाई ताकेता गरिरहेको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्रालयका सचिव र मातहतका कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिइसकेको बताउनुभयो ।

वर्तमान सरकार गठन भएको एक महिनामै अर्थतन्त्रमा सुधारका संकेत देखिएको उहाँको दाबी थियो । अब पुँजीगत खर्चको दायरालाई तीव्र रुपमा वृद्धि गरिने र अवरुद्ध भएका राष्ट्रिय गौरवलगायत महत्वपूर्ण योजनाको काम धमाधम हुने उहाँको जिकिर छ । सरकारले आर्थिक मितव्ययिता अपनाउन विभिन्न खालका निर्णय समेत गरिसकेको बताउँदै अर्थतन्त्रको विकासमा सरकारको मुख्य ध्यान गएको जनाउनुभयो । उहाँले आफू स्वास्थ्य मन्त्रीमा नियुक्त भैसकेपछि ग्रामीण क्षेत्रसम्म कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने अध्ययन गरी समस्याहरुको पहिचान गरिरहेको बताउनुभयो ।

उहाँले केपी ओली सरकारका पालामा शुरु गरिएका सबै पालिका स्तरका आधारभुत अस्पताललाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो कुनै पनि अस्पताललाई बजेटको कमी हुन नदिइ समयमै अस्पताल निर्माण सम्पन्न गरेर गुणस्तरीय सेवा प्रवाह शुरु गर्न आफ्नो ध्यान केन्द्रत गर्ने उहाँको भनाइ छ । मन्त्री गिरीले विगत सात दशकदेखि बन्द रहेको तत्कालीन फलामखानी गाविसमा रहेको फलामखानीको पुनः उत्खनन्का लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताउँदै फलामखानी उत्खनन् गर्न सकेमा गण्डकी प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री गिरीले अघिल्लो संसदको कार्यकालमा पर्वतका सबै पालिकामा कालोपत्रे सडक सुविधा पु¥याएको बताउँदै अबको पाँच वर्षमा जिल्लाका ६१ वटै वडाका केन्द्रमा कालोपत्रे सडक पु¥याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । त्यसैगरी एक घर एक धारा खानेपानी, सिँचाई, स्वास्थ्य पूर्वाधार र गुणस्तरीय शिक्षा विस्तारमा समेत सक्रिय रहने बताउनुभयो ।

सरकारको सर्भरमा ह्याकरकाे ‘अट्याक’ !

काठमाडौं – सरकारको केन्द्रीय सर्भर ह्याक भएको आशंका गरिएको छ। शनिबार साढे १२ बजेदेखि सिंहदरवारमा रहेको केन्द्रीय सर्भर डाउन भएपछि देशभरिका सरकारी वेवसाइटहरू ठप्प भएका छन् । अध्यागमन विभागजस्तो संवेदनशील क्षेत्रको वेवसाइटहरूसमेत ठप्प हुँदा अतिआवश्यक विवरण संकलनमा कठिनाइ भइरहेको  छ।

सूचना प्रविधिका विज्ञहरूले भने सर्भर ह्याक भएको आशंका गरेका छन्। आन्तरिक समस्या आउँदा सबै वेवसाइटहरू एकैपटक डाउन नहुने तर्क गर्दै उनीहरूले ह्याकरहरूले सर्भरमा आक्रमण गरेको हुनसक्ने बताए ।

सरकारी एक अधिकारीले पनि सर्भरमा ह्याकरको अट्याक भएको स्वीकारे। ती अधिकारीका अनुसार कर्मचारीकै बदमासीका कारण पनि यस्तो भएको हुनसक्छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने प्राविधिक समस्याका कारण वेवसाइटहरू नचलेको बताए ।  के कारणले त्यसो भएको एकीन हुन नसकपनी समस्या  समाधानको लागि पहल भइरहेको उनले बताए।

अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको सर्भर डाउन

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा ५ वटा वायुसेवाका सयौं यात्रु अलपत्र गरेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

सर्भर बिग्रिएपछि दुबईको फ्लाई दुबई, कोलकाता जान लागेको एयर इन्डिया, बैंकक जान लागेको थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडानका सयौं यात्रु अलपत्र परेका छन् ।

‘अध्यागमनको सर्भर बिग्रिएको यो पहिलो घटना होइन, बारम्बर बिग्रिरहन्छ,’महाप्रबन्धक ठाकुरले भने,‘यस्को वैकल्पिक व्यवस्था गर्न पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले थुप्रैपटक गृह मन्त्रालय र अध्यागन विभागलाई तोकेता गरिसक्दा पनि सुधार हुन सकेन ।’

सर्भर बिग्रिएका कारण यी ५ वटा वायुसेवाबाट तेस्रो मुलुक जानुपर्ने दर्जनौं यात्रुका कनेक्टिङ उडान छुट्ने भएका छन् । अहिले विमानस्थलमा यात्रुहरूले अध्यागमनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

पर्यटनमन्त्री किरातीले तलबसहित दान पेटिकाको रकम विद्यालयलाई दिने

काठमाठडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताउनुभएको छ ।

यही माघ ३ गते पद बहालीका क्रममा माला र खादा लिएर नआउन आफन्त तथा शुभेच्छुकलाई आग्रह गर्नुभएको थियो ।

उहाँले माला र खादाको खर्च दान पेटिका बनाएर दुर्गम क्षेत्रको शिक्षामा लगानी गर्ने उद्घोष गर्नुभएको थियो । दान पेटिका माघ १३ गतेदेखि बन्द गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उहाँले विदाबाहेक सात दिनमा सङ्कलित रकम, आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर रु छ लाख चार सय ४४ रकम शिक्षामा खर्चिने उल्लेख गर्नुभएको हो ।

“आम जनताका लागि केही राम्रो कार्य गर्ने क्रममा बधाई दिन आउने महानुभावबाट खादा र माला लिनुको सट्टा दान पेटिकामा रकम हाल्न भन्यौँ, सङ्कलित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रुपमा दुर्गम क्षेत्रका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिनेछ”, पर्यटनमन्त्रीले उल्लेख गर्नुभएको छ ।

पर्यटनमन्त्रीको सचिवालयका अनुसार सङ्कलित रकम दुर्गमका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ । विद्यालयको छनोट गरी चाँडै हस्तान्तरण गरिने जनाइएको छ । उक्त प्रयोजनका लागि आवश्यक कार्यविधि बनाइने जनाइएको छ ।

एमालेकाे उम्मेदवार नै राष्ट्रपति : प्रदीप ज्ञवाली

पाल्पा – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने बताउनुभएको छ।

आज प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस पनि सहभागी हुन सक्ने धारणा राख्नभयो ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर धमिलो खोलामा माछा मार्न खोजेको बताउँदै पद साट्न र सत्ता मोहको पछि लाग्दा काँग्रेस असल प्रतिपक्ष समेत बन्न नसकेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी तोक्नुभएकाे छ ।

रवि लामिछानेले शुक्रबार पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै  यसबारे जानकारी गराउनुभएकाे हाे । लामिछानेले अमेरिकी नागरिकता त्यागेर पुन: नयाँ नागरिकता लिनुपर्ने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले उनलाई गैरनागरिक घोषित गरेको थियो।

भारतमा वायुसेनाका दुई लडाकु विमान एकआपसमा ठोक्किए

एजेन्सी । भारतको मध्यप्रदेशमा वायुसेनाका दुई लडाकु विमान एक आपसमा ठोक्किए छन्।

वायुसेनाको सुखोई–३० र मिराज २००० विमान शनिबार एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले दुबै विमानका पाइलटहरु दुर्घटनामा बाच्न सफल भएका छन्  ।

विमान भरतपुरमा खसेको बताइएको छ भने अर्को विमानभने मोरेना नजिकै दुर्घटना भएको बताइएको छ। अहिले घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरु पुगेका छन्।

प्रत्यक्षदर्शीहरुका अनुसार विमानमा आकाशमै आगो लागेको थियो र जलिरहेको लडाकु विमान खसेको थियो।No description available.No description available.

रवी लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन् : डा हेम राज शर्मा

लण्डन् /  गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले गृहमन्त्री रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतले सुक्रवार दिएको फैसलाले एनआरएनहरुलाई कुनै असर नपर्ने बताएका छन् ।

डा. शर्माले फैसलाले ‘गैरआवासीय नेपालीको एक पटकको नेपाली सधैंको नेपाली’ अभियानलाई पूर्ण विराम लगायो, नेपालको सम्पत्ति असुरक्षित हुने भयो, एनआरएनको लागि कालो दिन’ आदि सामाजिक संजालमा आएका प्रतिकृयामा सत्यता नरहेको बताए ।

संघ पूर्व महासचिव समेत रहेका डा.शर्माले भने ‘कसैलाई राजनीति गर्न मन लाग्यो विदेशी नागरिकता त्याग्ने बित्तिकै नेपालको नागरिकता पुनः प्राप्ति गर्नसक्छ । पहिलेको प्रस्तावित कानूनमा नेपाल फर्केर ५ वर्ष बसेपछि मात्र राजनितिक अधिकार प्राप्त गर्ने थियो तर अहिलेको कानून यति धेरै उदार बनाइएको छ कि नेपाल फर्केको भोलिपल्ट देखि नै राजनीतिमा प्रवेश गर्न पाएछन । यो उदार व्यवस्थालाई  सही किसिमले सदुपयोग गर्न सक्नु पर्छ ।’

उनले ‘प्रश्न नागरिकता पुनः प्राप्ती गर्न सम्बन्धित निकायमा निवेदन दिनुपर्छ वा पहिलेको नागरिकता स्वतः ब्युँतिन्छ भन्ने थियो तर अदालतले निवेदन दिनुपर्छ भन्ने फैसला गरे पछि पुनः नागरिकता लिने बाटो प्रष्ट पारेको’ बताए ।

 

डा शर्माले ‘फैसलाले विदेशको नागरिकता लुकाएर नेपाली नागरिकताले नेपालमा घर जग्गा किन्ने लगायतका कारोबार गर्नु गैरकानूनी हुँदो रहेछ भनेर गैरआवासीय नेपालीहरुलाई थप सचेत बनाएको’  बताए ।

उनले गैरआवासीय नेपालीहरुको सम्पतीको अधिकार प्रस्ताविक गैरआवासीय नेपाली सम्बन्धि ऐनमा विशेष व्यवस्था  हुने बताए ।

डा. शर्माले संविधानमा प्रस्तावित गैरआवासीय नेपाली नागरिकता सम्बन्धी व्यवस्थाले नेपालको पैतृक सम्पत्ती, अंशबण्डा, अपुताली लगायतका सम्पत्तिको अधिकार सुनिस्चितता गरेको बताए ।

डा. शर्माले ‘बाहिर बस्ने नेपालीको नागरिकतालाई सम्बोधन गर्न संविधानको धारा १४ मा राजनितिक अधिकार बाहेक आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको बताए । उनले रवी लामिछानेको विपक्षमा आएको फैसला पछि पनि संविधानका भएका यी विषयहरु यथावत नै रहने’ बताए ।

जुम्ला धावन मार्गको हिउँ पञ्छाए पछि हवाई सेवा सुचारु

जुम्ला  – जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ  पञ्छाएपछि हवाई सेवा सुचारु भएको छ ।

लगातरको हिउँले धावन मार्गमा नै जहाज बस्न कठिन भएको थियो । विहिवार विहानै देखी नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सुचारु भएको हो ।

नेपाल नागरिक उड्डन प्राधिकरण जुम्लाका अनुसार हिउँ पञ्छाएपछि दुई वटा उडान भएका छन् । नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार  हिउँसफा सँगै हवाईसेवा सुचारु भएको हो । उनका अनुसार जहाँज आएपछि तिन दिनदेखी थन्किएका यात्रुहरु आवत जावत हुन थालेका छन् । विहीवार विमानस्थल सफाई गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन् ।

त्यस्तै धावन मार्गमा हिउँ जमेपछि विहानै देखी नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम गरेको थियो । नेपाली सेना २४ नम्बर बाहीनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा विहानै देखी जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका थिए । तिन दिन देखी हिउँ परेर नेपालगंजमा जुम्ला आउने यात्रुहरु अलपत्र अवस्थामा थिए ।

रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन

काठमाडौँ – सर्वोच्च अदालतले निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अनागरिक गरेको भन्दै समर्थकहरुले माइतीघरमा  शान्तिपूर्ण प्रर्दशन गरेका छन् ।

शुक्रबार सर्वोच्च अदालतको आदेशले पदमुक्त हुनुभएका लामिछानेको समर्थनमा आज विहान माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए ।

पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लड्नुभएका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उहाँको मन्त्री र सांसद पद एकै पटक गएको छ ।

आज एलिजा गौतम नागरिक उन्मुक्तिमा प्रवेश गर्दै

काठमाडौँ – रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती नायिका तथा मोडेल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छिन् ।

आज भैरहवामा एक कार्यक्रममा उनी नागरिक उनमुक्ती पार्टीमा प्रवेश गर्ने भएकी हुन् । उनी अभिनेत्री तथा मोडेलसमेत हुनु ।

एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ भैरहवा आएकी हुन् ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पत्रकार ऋषि धमला पनि भैरहवा आउने कार्यक्रम रहेको छ ।

विमान दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ : नेपाली सेना

काठमाडौँ – कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ ।

कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले राससलाई जानकारी दिनुभयो ।

चालक दलका चारसहित ७२ जना यात्रु बोकोर काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको विमान यही माघ १ मा पोखराको सेती नदीको खोंचमा खसेको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो । साथै उद्धारका क्रममा भेटिएको ब्लाक बक्सलगायतका सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गरेको थियो ।

विमान दुर्घटनाको खबर प्राप्त गर्नासाथ खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तिव्रता दिएको थियो ।

जनताको मुहारमा खुशी ल्याउने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई मन्त्री राजेन्द्र राईको निर्देशन

धनकुटा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले जनताको मुहारमा खुशी ल्याउने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति धनकुटाले शुक्रबार मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीबीच गरेको अन्तरक्रियामा मन्त्री राईले यस्तो निर्देशन दिएका हुन् ।

कार्यक्रममा धनकुटा क्षेत्र नं.२ का प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, क्षेत्र नं.१ का प्रदेश सभा सदस्य निरन राईसहित सात वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु सहभागि थिए । आम नागरिकसँग सबैभन्दा नजिकको सरकारको रुपमा स्थानीय पालिकाहरु रहेको भन्दै मन्त्री राईले पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई जनताको मुहारमा खुशी ल्याउँने गरी सेवा प्रदान गर्न निर्देशन दिए । ‘जनतासँग सबैभन्दा नजिक तपाईहरु हुनुहुन्छ, तपाईहरुले विना झन्झट राम्रोसँग काम गर्दिनु भयो भने जनताहरु खुशी हुन्छन्,’ निर्देशन दिँदै मन्त्री राईले भने, ‘सामान्य काममा जनताले झन्झट बेहोर्नु नपरोस्, जनताको मुहारमा खुशी ल्याउँने गरी जनमैत्री काम गर्नुहोस् ।’

धनकुटाका कतिपय स्थानमा राजनीतिक कारणले जनतालाई सरकारी सेवामा विभेद गरेको पाइएको भन्दै मन्त्री राईले राजनीति भन्दा माथि उठेर जनताको सेवा गर्न जनप्रतिनिधिलाई आग्रह गरे । ‘राजनीतिक कारणले जनतालाई विभेद गर्नु भएन नी, तपाईहरु चुनाव लड्दा दलको प्रतिनिधि भएर लड्नुभयो, चुनाव जितेपछि तपाईहरु अब सबै जनताको प्रतिनिधि हो, जनतालाई राजनीतिक कारणले विभेद नगर्नुहोस्, सबैलाई समान व्यवहार गर्नुहोस,’ मन्त्री राईले भने ।

स्थानीय, प्रदेश र संघ सरकारबीच समन्वय गरेर अघि बढेमा छिटै जिल्लाको विकासले गति लिने भन्दै मन्त्री राईले अब जिल्लाको विकासका लागि एकताबद्ध भएर काम गर्न आग्रह गरे । आफु सांसद मात्र हुदा पनि धनकुटाको विकासमा धेरै काम गरेको स्मरण गर्दै मन्त्री राईले अब मन्त्री बनेपछि जिल्लाको विकासलाई गति दिनेगरी काम गर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय इन्द्रमणी पराजुली, निरन राई र जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ्गले तीन तहका सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राखे । त्यस्तै धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, पाख्रीवासका मेयर ज्ञानबहादुर गुरुङ्ग, महालक्ष्मीका मेयर ध्रुवराज राय, उपमेयर मञ्जु अधिकारी, सहिदभूमिका अध्यक्ष मनोज राई, चौविसेका अध्यक्ष राजकुमार चेम्जोङ्ग र छथर जोरपाटीका अध्यक्ष छत्रबहादुर लिम्बुले पालिकाको कार्यप्रगति सुनाएका थिए । कार्यक्रममा सात वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतले आ–आफ्नो पालिकाको बजेट खर्च, आइपरेका समस्या, चुनौति र भावी योजनाको बारेमा जानकारी गराएका थिए ।

एमालेले शहिदहरूको स्मृतिमा आज कार्यक्रम गर्दै

काठमाडौँ – नेकपा (एमाले) ले जहानियाँ राणा शासन अन्त्यका लागि शहादत प्राप्त गर्नुभएका वीर शहीदहरूको सम्मानमा आज शहिद स्मृति कार्यक्रम आयोजना गरेको छ ।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा शहीद स्मृति दिवस मनाउन लागेको हो ।

विक्रम संवत् १९९७ मा शहादत प्राप्त गर्नुभएका शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गङ्गालालप्रति सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी शहीद दिवस मनाउन लागिएको हो ।

शहीदहरूको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ ।

यस वर्षको एसइई परीक्षा चैत १७ गतेदेखि

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको तालिका सार्वजनिक गरेको छ।

बोर्डको ११ गतेको बैठकले एसइई चैत्र १७ गतेदेखि चैत्र २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अङ्ग्रेजी र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ।

परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

प्रेमप्रसाद आचार्यकी श्रीमतीद्वारा प्रहरीमा जाहेरी

काठमाडौँ / आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी जाहेरी दिनुभएको छ ।

उहाँले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी जिल्ला प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दिनुभएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले अधिकारीबाट घटनाको अनुसन्धान गरी पाऊँ भनी किटानी जाहेरी परेको जानकारी दिनुभयो ।

काठमाडौँको नयाँ बानेश्वरमा यही माघ १० गते शरीरमा प्रज्वलनशील पदार्थको प्रयोग गरी आगो लगाउँदा गम्भीर घाइते भएका आचार्यको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ११ गते बिहान निधन भएको थियो । आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा उल्लेख भएका व्यक्ति र संस्थाको नाम किटेर श्रीमती नानुकाले जाहेरी दिनुभएको छ । “मृतक श्रीमान्ले आफ्नो फेसबुकमा आत्महत्या गर्नुअघि पोष्ट गरेको मृत्युकालीन घोषणालाई म जाहेरवालीले मेरो फेसबुकबाट उतारेको प्रमाण र मेरो शङ्काको आधारमा १२ कसुरदार रहेको किटानी जाहेरी पेश गर्दछु”, जाहेरीमा उल्लेख छ ।

जाहेरीमा आचार्यले फेसबुक स्ट्याटसमा नाम उल्लेख गरेको कलेज, विभिन्न कम्पनी र उद्योगीको नाम समावेश छ । जाहेरीमा ‘उक्त घटना के कसरी घट्न गयो ? आवश्यक अनुसन्धान गरी पाऊँ’ उल्लेख छ ।

सर्वोच्च अदालतको गेटमा लामिछानेको पक्षमा नाराबाजी,दुई जना पक्राउ

काठमाडाैँ / सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ ।

शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले नागरिकता विवादसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै लामिछानेको सांसद पद खारेज गरेको हो ।

सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको आदेशसँगै रविका समर्थकहरूले सर्वोच्च अदालत परिसरमा उनका पक्षमा नाराबाजी गरिरहेका छन् । नाराबाजी गर्ने २ जनालाई प्रहरीले हिरासतमा लिएको छ ।

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानसहित सांसद पद खारेज

काठमाडौं ।  सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । सर्वोच्च अदालतले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको फैसला गरेसंगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको हो ।

त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् । नागरिकता सन्दर्भमा नेपालको अदालतबाट भएको यो अहिलेसम्मकै ठूलो फैसला हो । लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय नगरेपछि उनी दोब्बर मतान्तरमा चुनाव जितेका थिए ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह थिए ।

रविको फैसला आजै आउने सम्भावना, सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

काठमाडौं –  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आदेश आउने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ ।

आज (शुक्रबार) गृहमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी भएसँगै सुरक्षा बढाइएको हो । मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ । यस्तै प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यस्तै सर्वोच्चमा एसपीको कमाण्डमा नियमित टोली पनि रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा पक्ष र विपक्षमा बहस सकिएसँगै फैसलाका लागि न्यायाधीशहरु आन्तरिक गृहकार्यमा लागेका छन् । फैसला आजै आउने वा मिति तोक्ने भन्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका थिए । यस्तै निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको थियो ।

आईसीसीको वार्षिक अवार्ड पाउने आसिफ शेख पहिलो नेपाली क्रिकेटर

काठमाडौँ / नेपाली क्रिकेट टोलीका विकेटकिपर आसिफ शेखलाई आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड प्रदान गरिएको छ ।

ओमानमा भएको चार देशसम्मिलित टी–२० क्रिकेट श्रृखलामा शेखले आयरल्यान्डका एन्डी म्याकब्रिनलाई रन आउट गर्ने अवस्था भएपनि फिल्डरसँग ठोक्किएका कारण उनले गरेका थिएनन् ।

आईसीसीको वार्षिक अवार्ड पाउने आसिफ पहिलो नेपाली क्रिकेटर हुन् ।

सरकार नहुँदैमा सबै सिद्धियो भन्ने सोच्नु गलत हो : महामन्त्री थापा

तनहुँ / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने बताए ।

बिहिबार नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने धारणा राखेका हुन् ।

उनले भने, “संविधान र निर्वाचन कानून बाँझिएकाले समय धकेल्ने प्रयास भइरहेको छ ।, राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ । यो बेलामा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन प्रयास गर्छ ।”

काँग्रेसले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताए । “खासगरी नेकपा (माओवादी) केन्द्रले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने पुष्पकमल दाहाल गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ । म काठमाडौँमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ ।”

महामन्त्री थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गरे । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने भन्दै थापाले भने, “त्यसो भयो भने राजनीतिमा सन्तुलन ल्याउँछ ।”

महामन्त्री थापाले एकल तागतका आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे । अरुसँग मिलेर जाँदा कांग्रेस बलियो नहुने विगतले देखाइसकेको भन्दै पार्टीलाई एकढिक्का बनाएर जानुको विकल्प नभएको थापाले बताए । नेपाली कांग्रेस नयाँ कार्यक्रमका साथ पुनः जनतामाझ आउने थापाको भनाइ थियो ।

फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउने र वैशाखमा नीति अधिवेशन गर्ने तयारी भइरहेको महामन्त्री थापाले बताए । सरकार नहुँदैमा सबै सिद्धियो भन्ने सोच्नु गलत रहेको भन्दै उनले अब त्यसमै अल्झिएर बस्न नहुने बताए ।

सशक्त प्रतिपक्ष नै कांग्रेसको अबको बाटो : नैनसिंह महर

बाँके / नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन्। कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखे।

‘बहुदलीय व्यवस्थामा पार्टी बलियो बनाउनुपर्छ, पारदर्शी हुनुपर्छ,’ उनले भने, ‘त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो संगठन निर्माणमा लाग्नुपर्छ। अबको पाँच वर्षपछि कांग्रेस एक्लै चुनावमा होमिने र एकल दुई तिहाइ ल्याउने अवस्थामा पुगाउनुपर्छ। त्यसपछिमात्र नेपालमा विकास र लोकतन्त्रको जग बलियो हुन्छ।’

उनले अब कांग्रेस सत्ताको खेलमा लाग्न नहुने उनको तर्क छ। उनले केही दिन पहिले संसद भवन अगाडि एक जनाले आत्मदाह गरेको स्मरण गर्दै त्यो सरकारप्रतिको चरम निराशाको उदाहरण भएको बताए। उनले नयाँ आएका दलहरूप्रति पनि युवाको आसा मर्दै गएको टिप्पणी गरे। मुलुकमा केही गर्छु भन्ने युवाले आत्मदाह गर्ने अवस्था सिर्जना हुनुले हाम्रो मुलुक कता गइरहेको छ भन्ने चिन्ता लागिरहेको बताए।

‘नयाँलाई पनि जनताले भरोसा गर्न सक्ने अवस्था देखिँदैन। उनीहरूका सुरुवाती स्टेपहरू नै विवादास्पद र निराशाजनक देखिएका छन्। यो अवस्था देशका लागि सुखद होइन,’ उनले भने। उनले अहिलेको सरकार त झनै तासको महल जस्तो भएको बताए।

‘अहिलेको सरकारमा विभिन्न विचार र सिद्धान्त भएका मानिसहरू छन्। उनीहरूबीच आफैँमा लडाइ हुन्छ। यो सरकारलाई कसैले ढलाउनु पर्दैन। आफैँबीचमा स्वार्थ नमिल्दा छोटो समयमै सरकार आफैँ ढल्नेछ,’ महरले भने, ‘त्यसैले कांग्रेसका लागि प्रधानमन्त्री, राष्ट्रपति भनेका जनता हुन्। पाँच वर्ष उनीहरूकै बीचमा रहेर काम गर्नुपर्छ ।’

राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको बताएको बताउँदै अहिले अस्थिर तत्त्वले त्यसको गलत व्याख्या गर्न खोजेको आरोप लगाए।

काम नै नगरी बुझ्छन् कर्मचारी तलबभत्ता

सुर्खेत /  जाजरकोट जुनीचाँदे गाउँपालिकामा कार्यरत केही कर्मचारीहरु कार्यालयमा नआए पनि तलबभत्ता भने बुझ्ने गरेको खुलासा भएको छ । अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वासथ्यकर्मी नेपालगन्ज, सुर्खेत बसेर गाउँपालिकाबाट तलबभत्ता बुझ्ने गरेको पाइएको हो । जुनीचाँदे गाउँपालिकाको आधारभूत स्वास्थ्य इकाइ दह करुवामा कार्यरत अहेव सुवास शाही गत २९ मंसिरदेखि कार्यालय गएका छैनन् ।

उनी अध्ययनका लागि दुई महिनादेखि काठमाडौँमा छन् । काठमाडौँ बसे पनि नियमित रुपमा उनले गाउँपालिकाबाट तलबभत्ता खाँदै आएका छन् । गएको साउन महिनादेखि अहिलेसम्म कार्यालयमा नियमित छैनन् । पछिल्लो पटक मंसिर महिनामा स्वास्थ्य कार्यालय आएको उनी हाजिर गरेर गएको स्वास्थ्यकर्मीहरू नै बताउँछन् ।

मंसिरपछि उनी कार्यालयमा फर्किएका छैनन् । हाजिरी रजिष्ट्ररमा २०७९ मंसिर २९ गतेसम्म हाजिर गरेका छन् । तर, पालिकाले शाहीलाई पुस महिनासम्मको तलबभत्ता बुझाएको छ । कार्यालयले हाजिर प्रमाणित भएर तलब निकासा दिने गरेको छ । स्थानीयहरूका अनुसार शाहीको आधा तलब कार्यालयका पावरवाला व्यक्तिले लिन्छन् । कार्यालयकै मिलेमतोमा शाहीले काठमाडौँमा बसेको र गाउँपालिकाबाट सेवासुविधा लिँदै आएको जनप्रतिनिधिहरू बताउँछन् ।

जुनीचाँदे गाउँपालिकाको सामुदायिक इकाइ स्यालागाउँमा कार्यरत जीवनसागर शाही र कृष्ण शाही पनि लामो समयदेखि सुर्खेतमा छन् । दुबै जना अध्ययनका लागि सुर्खेत झरेका हुन् । उनीहरूलाई पनि स्वास्थ्य शाखाले सुटुक्क अध्ययनका लागि सुर्खेत पठाएको हो । उनीहरूले गएको साउनदेखि कार्यालयमा हाजिर गरेका छैनन् । हाजिर नगरे पनि नियमित रुपमा सेवासुविधा लिँदै आएका छन् ।

सोही गाउँपालिका डाँडाकोट स्वास्थ्य शाखाका डाक्टर हरिबहादुर शाही पनि सुर्खेत पुगेका छन् । उनलाई पनि स्वास्थ्य शाखाले नै अध्ययनका लागि बाहिर पठाएको हो । सुर्खेत बसेर पढे पनि स्वास्थ्यकर्मी शाहीले गाउँपालिकाबाट नियमित रुपमा तलबभत्ता खाँदै आएको गाउँपालिकाको स्रोतले जनाएको छ ।

उल्लेखित घटना केही प्रतिनिधि पात्र मात्रै हुन् । जुनीचाँदेका पावरवाला अधिकांश कर्मचारीहरू सुर्खेत, काठमाडौँ लगाएका सहरमा छन् । अध्ययनका लागि सहर पसेका कर्मचारीहरूले भने गाउँपालिकाबाट नियमित तलबभत्ता लिँदै आएको गाउँपालिकाको स्रोतले बताएको छ । जनप्रतिनिधि र सम्बन्धित शाखा प्रमुखसँग राम्रो सम्बन्ध भएका करार कर्मचारीहरू अध्ययनका लागि सुर्खेत, काठमाडौँ पुगेका हुन् । पावरवाला कर्मचारीहरू वर्षको दुइदेखि चारपटक मात्र स्वास्थ्य संस्थामा पुग्ने गरेको गुनासो जनप्रतिनिधिहरू पोख्छन् ।

पालिकाका विभिन्न २२ वटा स्वास्थ्य संस्थाहरूमा करार स्वास्थ्यकर्मी ६६ जना कर्मचारीहरू कार्यरत छन् । ती कर्मचारीमध्ये दर्जनाँै कर्मचारीहरूले काम नै नगरी गाउँपालिकाबाट तलबभत्ता बुझ्ने गरेका हुन् ।

गाउँमै भएका केही कर्मचारी कार्यालय नियमित जाँदैनन्, केही कर्मचारी भने सुर्खेत, काठमाडौँमा बसेर अध्ययन गर्दै आएका छन् । नियमित कार्यालयमा नजाने कार्मचारीहरूलाई भने गाउँपालिकाले नियमित रुपमा सेवासुविधा दिने गरेका जनप्रतिनिधिहरूनै स्वीकार गर्छन् ।

यता स्वास्थ्य संस्थाहरूलाई चुस्तदुस्त बनाउनुपर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले भने कुनै पनि कर्मचारीले विदामा वा अध्ययनमा नगएको दाबी गरेका छन् । केही कर्मचारीहरू काजमा अन्यत्र गए पनि अध्ययन र विदामा कुनै कर्मचारी नगएको बताउँछन् । उनी आफै गाउँपालिकाको कामको लागि भन्दै काठमाडौंमा छन् ।

स्वास्थ्य संस्थाको समग्र नेतृत्व स्वास्थ्य शाखा सहसंयोजक योज्ञेश्वर बस्नेतले हेर्दै आएका छन् । बस्नेत आफैँले सबै स्वास्थ्य संस्थामा पुगेर कर्मचारीको अवस्था अध्ययन, अनुगमन गरेका थिए । उनी अनुगमनमा जाँदा अध्ययनका लागि पालिका बाहिर रहेका कर्मचारीहरू कार्यालयमा फर्किएका थिए । सोही समयमा कर्मचारीहरूले एकैपटक महिनादिनको हाजिर गरेर फर्किएको जनप्रतिनिधिहरू बताउँछन् । कर्मचारीहरू उपस्थित भए÷नभएको बारेमा जानकारी लिन खोज्दा कर्मचारीहरूले आफूलाई नटेर्ने जनप्रतिधिहरू बताउँछन् ।

जुनीचाँदे गाउँपालिका–५ का वडाध्यक्ष जयबहादुर बस्नेत, वडा ३ का वडाध्यक्ष जयबहादुर खड्काले कर्मचारीले आफूहरुलाई नटेरेको बताए । जानकारी नदिएर आफूखुसी कर्मचारीहरु जहाँ मन लागे त्यही जाने गरेको उनीहरुको गुनासो छ ।

पालिकाको एम्बुलेन्स उपाध्यक्षको नाममा

गाउँपालिकाले सञ्चालन गर्दै आएको बा १४ च ८९७२ नम्बरको एम्बुलेन्स सात महिनदेखि बन्द भएके छ । एम्बुलेन्समा समस्या आएपछि सात महिनादेखि काम नगर्ने भएको हो ।

सरकारी नम्बर प्लेटसमेत राखिएको उक्त एम्बुलन्स बिग्रिएको सात महिनासम्म सरोकारवाला निकाय मौन रहेको बताएको छ । गाउँपालिका अध्यक्ष वेदबहादुर शाहीले भने पुरानो एम्बुलेन्स खरिद गरेका कारण पटक–पटक बिग्रने गरेको बताए ।

एम्बुलेन्स खरिदमै घोटाला भएकोले तत्काल छानबिन गर्न पहल गर्ने उनले बताए । एम्बुलेन्स निकै पुरानो भएका कारण अब कवाडमा बिक्री गर्ने तयारी गरेको छ ।  यस्तै ४ वर्ष पहिला जिल्ला समन्वय समितिबाट गाउँपालिकाले ल्याएको गाडी पनि बिग्रेर थन्काइएको छ । सो गाडी सुर्खेतमा थन्काएको हो । स्रोतका अनुसार एम्वुलेन्स गाउँपालिका उपाध्यक्ष बीरेन्द्र शाहीको नाममा रहेको छ । कर्णबहादुर शाहीको गाडीलाई काठमाडौँमा लिएर मर्मत गरी एम्बुलेन्स बनाएर पालिकाको उपाध्यक्ष शाहीको नाममा नामसारी गरी पालिकाको नाममा नगरेको पाइएको हो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ–नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

 

बैठकमा सहभागी हुन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल पुग्नु भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल हुने एक नेताले बताए ।

उनका अनुसार स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुनेछ । यस्तै आजको बैठकले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारीसमेत गरीएको छ ।

 

भन्सार बिन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ / उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार बिन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताउनुभएको छ ।

७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले पछिल्ला समयमा भन्सार बिन्दुबाट हुने चुहावट बढ्दै गएको र यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताउनुभएको हो ।

भन्सार बिन्दुबाट कुनै बस्तुको आयात घट्ने तर बजार सोही बस्तुको मौज्दात नै बढी हुने देखिएकाले यसले भन्सारका लिगल च्यानललाई चुनौती दिने काम भएको उहाँले बताउनुभयो । उहाँले वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न भन्सार विभागले गम्भीर भएर काम गर्नुपर्ने बताउनुभयो । अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षको यही अवधिको तुलना गर्दा यस आर्थिक वर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी भएको भन्दै यस्तो आँकडा सुनेर मात्रै बस्न सक्ने अवस्थामा सरकार नरहेको जिकिर गर्नुभयो । राजस्व परिचालनमा कमी आउनुमा विभिन्न तर्क सुनिने गरिएको भन्दै अर्थमन्त्री पौडेलले कुनै पनि तर्कले

राजस्व सङ्कलन गर्ने अभिभारा सङ्कलन गर्ने जिम्मेवारीबाट उम्किन नमिल्ने धारणा राख्नुभयो । राजस्व परिचालनको क्षेत्रको कमजोरीलाई समाधान गर्दै निष्ठा र कार्यक्षमतालाई प्रभावकारी बनाउँदै लक्ष्य भेटाउने काम गर्न उहाँले निर्देशन दिनुभयो ।

उहाँले भन्सार क्षेत्रलाई थप आधुनिकीकरणका योजना निर्माण गर्न पनि सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो । अन्तर्राष्ट्रिय व्यापारमा प्रविधिमैत्री भएर अघि बढ्दा लागत कम हुने र व्यापारलाई सहजीकरण गर्न सकिने उहाँको भनाइ छ ।

अब प्राथमिक तह पाठ्यपुस्तक छपाईको जिम्मा निजी क्षेत्रले पाउने

काठमाडौँ – आगामी शैक्षित्र सत्रमा कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ३ सम्मको पुस्तक छपाईको जिम्मा यसअघि निजी क्षेत्रलाई दिइएको थियो । तर अबका भावि दिनमा शैक्षिक शत्रबाट कक्षा ५ सम्मकै पुस्कत छपाईको जिम्मा निजी क्षेत्रले पाउने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले मन्त्रालयको निर्णयलाई आधार मानेर सुचना सार्वजनिक गरेको छ । निजी मुद्रकलाई पाठ्यपुस्तक छपाइको प्रयोजनका लागि सूचीकृत हुन भन्दै केन्द्रले सूचना जारी गरेको हो । निजी मुद्रक तथा वितरकहरूले कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाई गरी विक्री वितरण गर्नुपर्ने बताइएको छ ।

केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा निजीले पाठ्यपुस्तक छाप्नुपर्ने भएको छ । तर यसअघि सोही आधारमा जनक शिक्षा सामग्री केन्द्रले छाप्दै आएको थियो ।

तोकिएको समयमा नै विधार्थीहरु माझमा पुस्तक पु¥याउने उदेश्यले यो वर्ष भने नयाँ नीति तयार गरेको हो । विगतका वर्षहरुमा समयमा नै विधालयमा पाठ्यपुस्तक पु¥याउन नसकिएको थिएन  ।

गत कात्तिकमा कक्षा १–३ सम्मको छपाईको जिम्मा निजीलाई दिनेगरी प्रस्ताव केन्द्रले मन्त्रालयमा पठाएको थियो । तर, मन्त्रालयले त्यसलाई फिर्ता पठाइदिएको थियो । त्यसपछि केन्द्रले कक्षा १–५ सम्म नै छपाइको जिम्मा निजी क्षेत्रलाई दिने प्रस्ताव पुनः मन्त्रालयमा पठाएको थियो । सोही आधारमा मन्त्रालयले कक्षा ५ सम्मको छपाईको जिम्मा निजीलाई दिने निर्णय गरेको हो ।

मुलुकको शिक्षा जटिल अवस्थामा छ : शिक्षामन्त्री खनाल

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको छ ।

काठमाडौँ तारकेश्वर-११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने बताउनुयो ।

“मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “विद्यालयमा समयमै पाठ्यपुस्तक पु¥याउन र गुणस्तर बढाउने विषयमा काम गर्नेछु ।” उहाँले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४-५ लाख शिक्षक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो ।

वसन्त श्रवणका लागि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री हनुमानढोकामा (फोटो फिचर)

काठमाडौं – वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हनुमानढोका पुगेका छन् ।

बिहीबार वसन्त पञ्चमी हो । यस दिन हनुमाढोकास्थित नासल चोकमा वसन्त श्रवण मनाइएको छ । वसन्त श्रवणमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सभामुख, सांसदहरू, संवैधानिक अंकका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि

सुर्खेत – सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो ।

अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिनुभयो ।

छिमेकी जिल्ला बाँकेमा दादुराको सङ्क्रमण तीव्र भइरहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन उहाँले सुझाव  दिनुभयो ।

दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाउँमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ ।

नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो ।

 

दिउँसो २ बजेका लागि सर्‍यो माओवादीको स्थायी समिति बैठक

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहिबार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बिहान ११ बजे बस्ने भनिइको बैठक दिउँसो २ बजेका लागि सरेको छ ।

बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ ।

 

आत्मदाह गरेका प्रेमप्रसादको न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं – मंगलबार दिउँसो जनप्रतिनिधिको थलो संघीय संसद् भवनअगाडि काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएर जीवन समाप्त पारेका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै माइतीघरमा युवा पुस्ताले प्रदर्शन गरेका छन्। बुधबार बिहान उपचारका क्रममा कीर्तिपुरस्थित बर्न हस्पिटलमा आचार्यको ज्यान गएको थियो।

माइतीघर मण्डलमा भेला भएर बानेश्वरतर्फ आएका युवाहरूले नागरिकका लागि राज्यमा न्याय नामको चीज मरेको र त्यसको घानमा आचार्य परेको बताए। बानेश्वरमा उनीहरूले मौन धारण गर्दै आचार्यप्रति श्रद्धासुमन व्यक्त गरे। आचार्यले आत्मदाह गर्नुको कारण अन्य आचार्यहरूलाई नपरोस् भनेरै सरकारलाई झकझक्याउन प्रदर्शनमा उत्रिनुपरेको युवाहरूको भनाइ छ।

आचार्यले आत्मदाह गर्नुका पछाडि आर्थिक, सामाजिक, राजनीतिक कारण रहेको देखिएकाले राज्यले सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग उनीहरूले गरे। देशमा केही गरौं भन्नेहरूका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरुद्ध कडा कानुन निर्माणलगायत माग राखेर दिवंगत आचार्यलाई सम्झिएको उनीहरूले जानकारी दिए।

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

मकवानपुर / बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालय-गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालय-युवराज दुलाल ‘शरद’, सामाजिक विकास मन्त्रालय-कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्रालय-केशवप्रसाद पोखरेल, श्रम रोजगार तथा यातायात मन्त्रालय-एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रालय-रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय-डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रालय-राजु बिष्टलाई शपथ ग्रहण गराउनु भएको हो ।

यसअघि प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय-शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्रालय-जगन्नाथ थपलिया र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय-उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसक्नुभएको छ।

कांग्रेसप्रति ओलीको कटाक्ष : ‘कांग्रेसको एउटै मात्र सूत्र छ, आफू सरकारमा हुनुपर्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजलाई मार्गदर्शन गर्न सक्ने र समाजलाई बदल्न सक्ने राजनीतिक गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निष्ठाले देश र जनताका पक्षमा लाग्न निर्देशन दिएका हुन् ।

अरु दलहरुले र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको अध्यक्ष ओलीको अरोप थियो । एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको पनि उनले बताएका छन् । उनले देश विकास, संक्रमणकालीन न्यायलाई कसरी टुंगोमा पु¥याउने भन्नेलगायत विषयमा कांग्रेसको महाधिवेशनमा कुरा नउठाइएको बताएका छन् ।

कांग्रेसमा आफूलाई सचेत भन्ने वर्गले समेत आफ्नो विचार प्रकट गर्न नसक्ने जिकिर उनले गरे । देशको बारेमा सोचे त्यसको फाइदा वामपन्थीले लिन्छन् भन्ने पीर कांग्रेसका नेता कार्यकर्तालाई हुने गरेको उनले बताए । ‘उसको एउटै मात्र सूत्र छ, आफू सरकारमा हुुनुपर्छ । त्यही हो लोकतन्त्र, त्यही हो विकास’  ओलीले कटाक्ष गरे ।

लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा निवेदकको तर्फबाट सकियो बहस

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा निवेदकको तर्फबाट बहस सकिएको छ । वरिष्ठ अधिवक्ताद्वय रमण कर्ण, डा. सुरेन्द्र भण्डारी र अधिवक्ताहरु अमृत खरेल, निकिता ढुंगानाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस सकिएको हो ।

खाजापछि सरकार र गृहमन्त्री लामिछानेको तर्फबाट बहस हुनेछ । जवाफी बहस पनि आजै हुने बताइएको छ । गृहमन्त्री लामिछानेको नागरिकताको विषयमा संवैधानिक इजलासमा अन्तिम सुनुवाइ भइरहेको हो ।

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सुरु

काठमाडौँ / सर्वोच्च अदालतमा  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा  सुनुवाइ सुरु भएको हो ।

यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।

जताततै लुट्छन, कस्ले सुन्ने मलाई, सरकार तिमी सुनिदेउ : मृत्य अघिको प्रेमप्रसादको नोट

म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए। आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाइ ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, ब्यपार गर्दा, बैदेसिक रोजगारमा जादा एबम उद्योग चलाउदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसरती यो सामाजिक सन्जालमा लेख्ने अनुमती चाहान्छु। यो एक आत्मबृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो।

म विद्यार्थी कालमै रहदा २०६७ मा ब्रेन ट्युमर भएर बुवा बित्नुभयो। बुवा बिरामी हुँदै गरेको अवस्थामा नै मेरो बिबाह भयो र बुवाको मृत्यु पस्चात म काठमाडौमा श्रीमती सगै रहेर विभिन्न प्राइभेट स्कुल एबम ठमेलका ट्राभल एजेन्सिमा काम गरेर गुजारा गर्न थाले । त्यस बेला हाम्री ठुली छोरीको जन्म भैसकेको थियो। पैतृक सम्पती बाट पाएको इलाम फिक्कल बजारको घरलाइ बेचेर काठमाडौमा नै घर बनाउने प्रयत्न गरियो र त्यै अनुसार भयो। बुढानिलकण्ठमा घर बनाइयो र ठमेलमा ट्राभल एजेन्सी खोली काम गर्न थालियो। राम्रो चल्यो ट्राभल सुरुमा तर बिस्तारै उधारो बजारले गाज्न थाल्यो। चिनियाँ नागरिक, गोराहरु र काठमाडौकै +2 कलेज हरु हाम्रा ग्राहक भए। चिनियाँ पर्यटकहरुले कहिले कबोल गरेको पैसा नदिने, trekking लादा बिच बाटोमा पुगेपछी यहाँ यति उकालो छ भनेको थिइनस, यहाँ चिनियाँ खाना पाइन्दैन भनेको थिइनस आदि इत्यादी भन्दै निहु खोज्ने अनि पूरा पैसा कहिले नदिने। चिनियाँ पर्यटक छोडेर +2 का विद्यार्थीलाई आफ्नै जन्म जिल्ला इलाम लान थलियो Darjeeling र Sikkim समेत गरेर। इलाममा Tea Tourism को अवधारणा ल्याउने म र मेरा साथी युवराज गौतम हुन भन्दा फरक नपर्ला। तर काठमाडौका +2 कलेज कहिले पूरा पैसा नदिने। ४-५ लाखको व्यापार (tour package) लानुपर्ने हुदा ३ लाख जति advance दिने, तेत्रो advance पाएपछी व्यापार नगर्ने कुरै भएन, तत्पश्चात बाटो देखि नै निहु खोज्न थाल्ने, tour नै तिक्तता पुर्ण हुने। बाटोमा सबै भन्दा धेरै complain खानामा आउने। ए हजुर हाम्रो देशमा बाटोमा खाना खराब छ, यो देशका सरकारले त्यस्तै खा भन्छ, कहिले सुधार हुदैन म के गरौं । अनि काठमाडौं आएपछी को कथा उहि। कलेजमा बाकी पैसा लिन जादा अनेक बाहाना बनाउने, घरी exam time मा आउनुहोस fee उठछ अनि दिन्छौं, घरी admission time मा आउनुहोस दिन्छौं भन्ने तर पैसा नदिने। kathford college बालकुमारिले दादागिरि सैलिमै १,७५,०००/- दिएन, saan international college नक्सालले ९०,०००/- दिएन। यी त मुस्ठ हुन खुद्रा खुद्री कति दिएनन दिएनन। ठमेलमा office भाडा दिनुपरिहाल्यो, कर्मचारिलाइ तलब दिनुपरिहाल्यो अनि सुरु भयो ऋण को सिलसिला। यो देश उधारो बजारले सबैभन्दा धेरै बिग्रेको रहेछ भन्ने त्यहिबाट थाहा भयो। बजारमा जताततै लुटेरा मात्र रहेछन् । ट्राभल चलाउने क्रममा १-२ जना गोरा हरुलाइ pokhara, ghandruk, kathmandu valley, nagarkot आदि गन्तब्यमा लानु पर्ने हुदा भाडाका गाडी लानुपर्ने, महगो पर्ने भएकाले आफ्नै गाडी किनौ भन्ने लागेर suzuki ertiga गाडी लिने जमर्को गरियो। nic asia बैंक ले finance गर्दिने भयो। ६ लाख downpayment गरेर अरु किस्ता तिर्ने गरि गाडी निकालियो। downpayment मध्ये ४ लाख जम्मा गरियो २ लाख showroom ले भनेको समयमा दिन सकिएन, २ महिना समय मागे दिएन अनि गाडी फिर्ता लग्यो। suzuki showroom थापाथली ले मेरो ४ लाख खायो फिर्ता दिएन। यहाँ नहुनेलाइ र केही गर्न खोज्नेलाइ नै लुट्दा रहेछन् । हुदा हुदा ट्राभल्स बाट यति घाटा हुन थल्यो कि थाम्नै सकिएन। गोरा आउनै छाडे, चिनियाँ पर्यटक पैसै नदिने, +2 कलेजहरु पनि पैसै नदिने, भारतिय पर्यटक हरु खर्च नै नगर्ने फाइदै नहुने। ट्राभल बेचेर बिदेश जाने जमर्को गरियो। त्यस्बेलासम्म काठमाडौको घर, जग्गा सम्पती सबै सकियो र उल्टो ऋण लाग्यो।

बिदेश जाने भनी जमर्को गर्दा झण्डै १ बर्ष लाग्यो र त्यो समय पनि ऋण मै परिवार चलाइयो। जसोतसो बाहिर गैयो कतार। office assistant मा अन्तर्बार्ता पास गरेर गएको, आफ्नै दक्षता ले ६ महिनामै sales and marketing manager भैयो। ५,०००/- कतारी रियाल तलब थियो, खाने बस्ने गाडी ईन्टरनेट सबै कम्पनिले दिने के चाहियो अरु? 2014 देखि 2017 सम्म कतार बसि सबै ऋण तिरी थोरै पैसा बचाएर देश फर्किए।

श्रीमति र आफन्तको सल्लाह र आफ्नै इच्छा बमोजिम जन्म थलो इलाम घर गएर Suryodaya Agro Industries & Farm House Pvt. Ltd. – ilam agro mart नामक उद्योग खोलियो, सुर्योदय-११, केराबारी, इलाममा। गल्ती यहि गरिएछ। मैले सोचे पैसालाइ जग्गामा freeze गर्ने होइन चलायमान बनाउने, उद्योग खोल्ने, पैसा कमाउने र सबैको उदाहरण बन्ने। बचेको पैसाले जग्गा किनेको भए यतिखेर ५ डबल हुने थिएछ।

मैले कतार बस्दा इज्राएल, अस्ट्रेलिया, नर्वे, आदि देशबाट आएको ताजा फल्फुल, तरकारी, मासु, एबम विविध धेरै खाए देखे । हाम्रो देशमा पनि एस्तै गरि सुरक्षित packing गरेर मौलिक खानेकुराहरु बजारमा बेच्न सकिएला भन्ने आट आएर त्यही गर्न थालियो। इलाम घ्यु, इलाम गुन्द्रुक, इलाम अकबरे अचार, तामाको अचार आदि products बनाइ बेच्न थालियो। सुरुमा गाडी भाडामा लिएर झापाको बिर्तामोड, दमक, इटहरी, धरान, बिराट्नगर सम्म साना ठुला किराना पसल देखि गोरखा डिपार्टमेन्ट, बराहा डिपार्टमेन्ट, किनमेल डिपार्टमेन्ट, सतासी डिपार्टमेन्ट, NMC सहकारी पसल जस्ता ठुला मार्ट सबैलाइ सामान बेचियो। यति हत्तु भैयो कि पैसा कहिले समयमा पाइएन बजारबाट। सबैलाइ उधारोमा सामान बेच्नुपर्ने। र पनि हाम फाली हालियो फुत्कन सकिएन नाफा त के झन ऋण बड्न थाल्यो उधारो बजारले। कच्चा पदार्थ, factory operation cost, tax, labor/staff salary आदि सबै नगदमा किन्नुपर्ने/खर्च गर्नुपर्ने तर बजारलाइ उधारोमा सामान दिनुपर्ने त्यो पनि बाह्र बखडा लगाएर। जम्मै ३०-३५% नाफा देखिने कागजमा तर बजारमा सामान फस्ने हुदा, ६ महिनामा मात्र बल्ल तल्ल पैसा उठ्ने, केही % bad debts हुने। यता factory, raw materials, wages & salary नगदमा खर्च गर्नुपर्दा, र बैंकले पनि ऋण बन्द गरेको कारणले ब्यक्तिगत ऋण ३६% सम्म ब्याज तिरियो। अनि नाफा सक्किवरी उल्टो घाटा हुने। घाट पुर्ती गर्न लागेको ऋण र ब्याज तिर्दा तिर्दा डबल-तेब्बर घाटा हुने। एउटा ऋणको ब्याज तिर्न अर्को ऋण लाग्ने।अनि केही पसलहरुले सामान बेच्न नसक्ने अनि अन्त्यमा expire भयो सामान भन्दै फिर्ता दिने। पसलले/retailors हरुले केही risk नै नलिने। आफुले नगद लगानी गरेको products बजारमा उधारो बेच्दा त्यो लगानिको ब्याज, र त्यो ब्याज तिर्न नया ऋण, अनि नया पुरानो ऋण/ब्याज तिर्न फेरि नया ऋण। घर खर्च चलाउनै पर्यो, नानिहरुको शिक्षा र लालन पोसण गर्नै पर्यो। अनि सकिँदैन त सबै सम्पत्ति? त्यो काम फट्ट छोडौ के गर्नु अन्य? लगानी फसेको छ, नछोडै पार लाग्ने उपाय नै छैन। फेरि हाम्रो समाज यति अर्काको चासो गर्ने कि नयाँ काम थाल्दा उ फेरि गरिराखेको काम छोड्यो, यो मान्छे थिर छैन, काम फेरेको फेरै गर्छ यसले केही गर्दैन जिवनमा आदि इत्यादी भनी जता गये पनि लाल्छना र उपदेश सुनिरहनु पर्ने।

सयौं पटक आत्महत्या गर्ने प्रयास गरे सकिन। आफैले चलाएको गाडी दुर्घटना गराउने प्रयास गरे भएन। श्रीमती छोराछोरी को माया र कर्तब्य ले मर्न सकिन। फोन कल यति सामना गरेकि phonophobia नै भयो। कहिलेकाही फोन नेट्वोर्क नआउने ठाउँमा पुग्दा मन आनन्दित हुने। २-३ बर्ष देखि नै depression मा थिए कसैले बुझेन। म depression मा छु भन्दा उल्टै गाली खाइयो। लड्दै पड्दै बाचियो।

scattered retailing ले पार नलाग्ने देखिएर dealership मा जाने निर्णय गरियो। फेरि सरकारले यति सास्ती दिन थाल्यो कि, सामान लिएर धरान बिराट्नगर जान नपाइने भैयो। factory ले direct retailing गर्न नपाइने रे! अनि vcts system रे। अडिट वा कतैपनी record मा नाआउने vcts के लागू गरिराखेको? बाटोमा प्रहरिलाइ घुस उठाउने मेलो मात्र। यदि vcts छैन भने ५,०००/- सम्म तिरेको छु प्रहरिलाइ। इलामको सब्जी काठमाडौ बेच्न लिएर आउदा पनि vcts रे! अनि बाटोमा चेकिङ मा बसेका प्रहरिलाइ सब्जी बाड्दै आउनुपर्ने नदिए आफै गाडिमा चडेर झिक्ने। कति लुट्छौ हो?जता ततै लुट्ने मात्र। भाडाका गाडिले पनि लुट्ने, प्रहरिले पनि लुट्ने, सरकारले पनि करको नाममा लुट्ने, बजारका retailer ले पनि लुट्ने। अनि जग्गा जमिन नबेचेर के गर्नु त?

कृषि जन्य बस्तुको कारोबार गरेको हुनाले प्रदेश १ सरकार कृषि तथा भुमी ब्यवस्था मन्त्रालयले खुलाउने अनुदान कार्यक्रम ४ पटक अनुदान पाउ भनी निबेदन दिइयो, shortlist मा परिन्थियो नै। अनुगमन गर्न आउदा तपाइको सोच राम्रो रहेछ, काम पनि राम्रो रहेछ, यस्तो मौलिक बस्तुको बजारीकरण गरिरहनुभएको रहेछ, पक्का पाउनुहुन्छ अनुदान भन्ने अनि result आउने बेला कहिले मेरो कम्पनिको नाम नहुने। म इलाम सुर्योदय नगरपालिका -११ बासी मेरो factory पनि त्यहीँ । मेरा वडाका तत्कालिन वडा अध्यक्ष टेक बाहादुर राई ज्युको साङ्पाङ डेरि ले ३ लाख र १० लाख गरि दुई बर्ष लगातार अनुदान खाए र तेस्रो बर्ष उन्कै साङ्पाङ बङुर फार्म ले २५ लाख अनुदान खायो। मेरै आँखा अगाडी इलामकै मैनाली जि को साङृला टि स्टेट ले infrastructure development, अर्ग्यानिक प्रमाणीकरण र गाडी गरि एकै बर्ष एकै उद्योग एकै सरकारबाट २०-२५ लाख अनुदान खायो। हामी चिल्लै। अनि बल्ल थाहा भयो अनुदान लिनलाइ कि जनप्रतिनिधी, कि पार्टीको झोले कि त अनुदान दिने निकायका कर्मचारीलाई घुस दिनुपर्ने रहेछ। सच्चा कर्मनिण्ठ भएर नहुने रहेछ।

Dealer र ठुला mart मा समान दिनुपर्दा बार्शिक कारोबार ५० लाख नाघ्ने अनि उनिहरुले पनि vat bill नै खोज्ने भएकाले vat मा जानुपर्ने बाध्यता भयो र गैयो। अनि सुरु भयो अर्को दसा। फेरि हाम्रो देशको कर प्रणाली सारै अप्ठ्यारो । ब्यापार घाटामा छ, घाटा देखाउ बैंक ले loan नदिने, नाफा देखाउदा प्राली कम्पनिले बार्सिक नाफाको २५% कर तिर्नुपर्ने। खर्च देखाउन आफुले, श्रीमतिले तलब खाको देखाउदा १% TDS तिर्नुपर्ने फेरि बार्शिक ४ लाख ५० हजार नाघेमा करको दर बड्ने। महिनैपिच्छे १० लाख कारोबार भएमा १३% VAT अर्थात १ लाख ३० हजार महिनाकै सरकारलाइ बुझाउनु पर्ने, त्यो बिलम्ब भएमा २५% ब्याज तिर्नुपर्ने। बर्षमा एक पटक कम्पनी रजिस्ट्रार मा, घरेलुमा, नगरपालिकामा कम्पनी renew शुल्क बुझाउनु पर्ने, तेहेरो कर। अनि बार्शिक अडिट शुल्क आदि। कसरी थाम्छ एउटा गाउमा रहेको कम्पनिले यी सबै शुल्क र भार?

रसिया मा उद्योग/ब्यापार गरि अरबपती भएका डा. उपेन्द्र महतो एबम डा. समता प्रसादले नेपालमा चलाउनु भएको नेपाल ग्रामोध्योग भन्ने कम्पनिलाइ प्रकृति ब्राण्ड मा घ्यु बनाएर दिए। सुरु सुरुमा राम्रो payment गरे advance पनि दिए। हुँदै गएपछी पैसा नदिने, मेरो सिको गरेर आफै घ्यु बनाउने अनि बिगार्ने अनि तपाइको घ्यु expire भयो भन्दै फिर्ता लैजा भन्ने। बेच्नै सक्दैनौ भने ९ महिना सम्म तिम्रो गोदाममा राख्न एउटा निम्न स्तरको उद्यमिलाइ लुट्न किन कम्पनी खोलेको नेपाल आएर? नेपाल ग्रामोध्योग लाई म चुनौती दिन्छु। मेरो जति पैसा खाको छौ तुरुन्त फिर्ता गर अनि तिम्रो failure ले भयेको goods expire र damage को तिमी नै risk लेउ। अर्को चुनौती मलाइ सामान फिर्ता गरे भन्दै debit note काट्दै बस्छ तिम्रो ac department, पुष्टि गर मैले समान receive गरेको, मेरो company को छाप वा मेरो सहि देखाउ तिम्रो return bill मा। समान तिमिहरुको गोदाममै expire भयो भने वा बजारबाट फिर्ता आयो भने debit note काटिहाल्ने अनि मैले पाउने पैसा बाट त्यस्को value घटाउने? तिमिहरु सब लुटेरा हौ। आफ्नो factory काहीँ पनि छैन, बजारमा प्रकृति ब्राण्डका जतिपनी खाद्य बस्तु बेचिरहेका छौ, ती सबै अर्कैले बनाइदिएका हुन। म जस्तै साना साना कम्पनीबाट लुटेका हौ। margin पनि तिमिहरुले नै भनेको हुनुपर्ने, mrp पनि तिमिहरुले नै तोक्नुपर्ने, यो काहाको न्याय हो?

भाट्भटेनिका मीन बहादुर गुरुङ जि। तपाइलाइ ३०% margin दिनुपर्ने? अनि साना ठुला उत्पादक/supplier ले तिम्रो मार्ट भरिदिनुपर्ने उधारोमा? अनि contract मा १ महिना भित्र पैसा दिन्छौ भन्ने? ३ महिनामा पनि सामानको पैसा नदिने? मलाइ यति झुलायौ कि ३ महिना पछि नाम नमिलाइकन बिराटनगर चेक पठायौ, इलाम देखि बिराटनगर सम्म एउटा चेक लिन गए तर नाम नमिलेको अनि त्यो चेक सच्याउन काठमाडौ बोलायौ र एक हप्ता पर्खाएर बल्ल चेक सच्यायौ। म इलाम देखि बिराट्नगर, काठमाडौ कुद्दा कुद्दै तिमिलाइ दिएको सामानबाट हुने नाफा घाटामा परिणत भयो। त्यै भएर भाट्भटेनी लाई सामान दिन छोडे मैले। तिमिहरु लुट्ने मात्र हौ। तिमिलाइ थाहा छ सामान उत्पादन गर्न कति दु:ख छ।

Big Mart को ३२ वटा शाखा थियो काठमाडौमा मैले सामान बेच्दा। payment terms as per sales राखेउ, सामान दिन थालियो महिनामा ५-७ लाखको सामान order गर्थेउ पैसा दिने बेला ७५,०००/- डेड लाख मात्र दिन्थेउ। कुनै महिना billing भएन भने त्यो महिना payment नै दिन्थेनौ। यो कहाँको न्याय हो? मैले थाम्न नसकेर तिमिलाइ सामान दिन छाडे, सबै branch गएर सामान उठाउ भनेउ, सामान उठाए, आखिरमा मैले तिमिबाट पाउने पैसा भन्दा आधा कम मात्र सामान थियो तिम्रो branch हरुमा। as per sales payment terms राखेर किन पैसा दिएनौ समयमा? सामान त बेचिसकेका रहेछौ। सबै branch बाट सामान उठाएर फेरि factory मा लादा तिमिसग गरेको ब्यपार पनि घाटामा गयो। किन लुटेउ मलाइ यसरी? सामान त गुणस्तरीय थियो तिमी नै भन्थेउ। नेपाल सरकार खाद्य बिभाग सबैतिरबाट licensed थियो मेरो product.

पवन गोल्यानको गोल्यान एग्रो ले ११० कार्टुन घ्यु order गरेर, बनाउन लगाएर काठमाडौ ल्याएपछी order cancel गर्दियो अहिले हाम्रो मार्केट डिमाण्ड छैन भनेर। मार्केट को feasibility study नगरिकन किन सामान बनाउन लगायौ त? तिमिलाइ लाज लाग्दैन? तिमिले मलाइ अर्को पनि कुरा भनेउ कि तिम्रो माथिल्लो कर्मचारीले अन्त्यमा सामान लिन मानेन रे! तिम्रो chain of command मै त्रुटि थियो भने मलाइ किन सामान बनाउन लगाएर काठमाडौ मगायौ? मलाइ कति घाटा भयो होला इलाम देखि काठमाडौ अनि फेरि काठमाडौ देखि इलाम सामान ल्याउदा लैजादा? तिम्रो माटो ब्राण्ड पनि लुट्नैलाइ खोलेका हौ कति लुट्छौ लुट।

साथिमार्ट (sathimart) का सागर पोखरेल जि। तपाइले खुब प्रचार गर्नुभयो २ बर्ष भित्रै नेपालको सबैभन्दा ठूलो retail chain outlet बनाए भनेर। म बाट सामान टन्नै उठाउनु भयो तर १ बर्ष मा पनि बेच्न नसकेर फिर्ता दिनुभयो। किन मगाउनुभएको बेच्न नसकिने भए। मलाइ पाप लाग्छ ढिलै गरि भए पनि तपाइले चै सबै पैसा दिनुभयो। मैले फिर्ता सामान बराबरको return गर्न सकेको छैन तपाइलाइ।

अनिल बस्नेत जि ले चलाउनु भएको metrotarkari.com र NEP EXPRESS UAE भन्ने कम्पनीले म बाट गुन्द्रुक र तामा लानुभयो। दुबइ लगेर बेच्नुभयो। मैले कति नाक ठाडो पारे गुन्द्रुक र तामा दुबइ निर्यात गर्न थाले भनेर। google, facebook सबैतिर हल्ला गरे दुबइ बस्ने साथिहरुलाइ पनि भने, तपाइबाट किनेर पनि लगे। आत्मसन्तुष्टि मिल्यो। तर थाहा छ तपाइहरुलाइ? मैले दिएको सामानको पैसा अझै सम्म मैले पाएको छैन। सबै आत्मसन्तुष्टि र खुसी के रहयो र? तपाइहरु पनि लुट्नलाइ नै व्यापार गर्नुभएको रहेछ। लुट्नुहोस कति लुट्नुहुन्छ।

Dabur Nepal Pvt. Ltd. तपाइहरु पनि लुट्नलाइ नै कम्पनी खोल्नु भएको रहेछ। तपाइको factory बारा मा मैले घ्यु supply गरे तपाइका procurement का staff ले खुलेआम commission मागे शन्कर पन्त ले। र immediate cash after delivery भनेर LPO दिनुभयो र ३ महिना पछि अपुरो नगद भुक्तान गर्नुभयो। अझै मैले बाकी पैसा पाएको छैन। त्यै commission हत्याउन लाई राखेका होलाउ राख। लुटिराख कति सक्छौ!

इलामका डेरि ब्य्वसाइहरुलाई नियमन नगर्ने सरकार? २ महिनामा प्रती केजि १५०/- नौनिको दाम बढाउछन। हामिले कसरी थाम्ने? २०७९ तिज अगाडि सम्म नौनिको दाम ६००-६२५ थियो इलाम मा तर २०७९ को दशै सम्म आइपुग्दा ७००-७५० पुर्याए। अलि अलि नौनी बेच्छु भनेर advance लिएको ठाउमा पनि पठाउन सकिएन तेतै बदनाम भैयो। इलाम, पाँचथर, झापाका कुनै पनि डेरीमा पैसा दिन बाकी छैन। तपाइहरुसग किसान प्रत्यक्ष जोडिने हुनाले बरु आफू मरे तर तपाइहरुलाइ बचाए। तर एउटा आग्रह छ इलामका डेरि संचालक हरुलाइ। कानुनी मापदण्ड पूरा गर्नुहोस्, तपाइहरु खानेकुरा बनाइरख्नु भएको छ। सुङुर, कुखुरा, डेरि एकैठाउ नराख्नुहोस, hygine maintain गर्नुहोस् । खाद्य बिभाग बाट अनुज्ञापत्र लिनुहोस, स्वस्थकर घ्यु छुर्पी बनाउनुहोस। खाद्य बिभाग सग हार्दिक अपिल गर्दछु, अनुगमन गरियोस इलामका डेरिहरु, त्यहाँ खाद्य बस्तु उत्पादन गर्दा पालना गरिनुपर्ने न्युनतम मापदण्ड पनि पालना गरिएको छैन।

एउटा गाउमा बसेर, उद्योग चलाएर Bhatbhateni, Nepal Gramodhyog, Golyan Agro, Dabur Nepal, Big Mart, Sathimart जस्ता देशकै नाम चलेका औद्योगिक/ब्यपारिक घरानालाइ तथा मार्टहरुरुलाइ आफ्नो customer बनाइ सामान बेचियो, प्रदेश १ लगायत काठमाडौका अन्य मार्ट र ठुला पसल प्रायलाइ सामान बेचियो। बिर्तामोड, दुहबी, हेटौंडा, चितवन् , नवलपुर आदि ठाउँमा dabur, patanjali, uniliver आदि ठुला कम्पनीकै सामान बेच्ने dealer हरुलाइ आफ्नो पनि dealer बनाइयो। त्यहाँ भन्दा कुन level को marketing गर्नु? र पनि यो देशमा पैसा कमाइएन। मर्नेगरी घाटा खाइयो। प्रमुख कारण उधारो बजार र ठुला retailers हरुको हेपाहा प्रवृत्ति नै हो।

मलाइ लाग्छ मेरो जिन्दगिले नै मलाइ अब नबाच मर भनेको हो। भाग्य कर्मले बन्छ भन्थे होइन भाग्यमा लेखेको छैन भने जति कर्म गरे पनि फल नमिल्नेरहेछ। परिवार, घर, समाज, आफन्त मलाइ नै गाली बर्साउछन, हात तान्दिनुहोस भन्दा खुट्टा तान्छन, ओरालो लागेको मिर्गलाइ बाचो ले पनि खेद्छ भन्त्थए हो रहेेेछ। कोरोना समयमा इलामकै कन्याम मा kanyam inn नामक होटेल पनि चलाए lease मा लिएर। राम्रो चल्यो केही कमाइयो पनि। तर त्यसका owner झापाकै टीका ओडारी जि ले कमाएको देख्न सकेनन् र करार अवधी अगाडिनै होटेल नै बिक्री भयो भन्ने बाहाना बनाएर छोडाए।

नेपालका बिमा कम्पनिहरु कति लुटाहा? उद्यमी/ब्यपारी देख्नै नहुने। sun nepal life insurance company बिर्तामोड, झापा साखाका रुद्र निरौला, बिकाश श्रेष्ठ, राम प्रसाद घिमिरे, प्रकाश पौडेल ले जीवन बिमा गरौ भनेर म कहाँ धाइरहे, मैले पैसा छैन गर्दिन भन्दा उनिहरुले आफै लगानी गरेर मेरो १ करोड्को बिमा गर्दिये र पैसा किस्ता किस्ता गरेर ४-५ लाख असुलेरै छाडे। मेरि श्रीमतिको पनि त्यसै गरेका छन, उन्को पनि १ लाख लिसकेका छन मबाट। खबरदार sun nepal life insurance मेरो पैसा फिर्ता गर बिनासर्त। किन यति दु:ख दिन्छौ एउटा आम नागरिकलाइ?

दिन रात जतिखेरै पैसा तिर्नुपर्ने ठाउँको फोन, म्यासेज, धम्की कति सहनु? creditors को फोन, बैंक को फोन, कर कार्यलयको फोन, सामान माग्नेको फोन, salary माग्नेको फोन, raw materials वालाको फोन, सहकारिको फोन, साथिभाइको फोन, आफन्तको फोन कति सहनु, पैसा माग्नेकै मात्र फोन। कहिलेकाही त दिनेले पनि फोन गर्नु नि छैन। यति हुदाहुदै पनि बैंकको, किसानको, गरिबको कसैको पनि मैले पैसा तिर्न बाकी छैन। बैंकको मासिक किस्ता र ब्याज भविस्य मा तिर्पुपर्ने बाहेक हालसम्मको तिरेको छु। ब्यापारिक सम्बन्धका चितवन् मा ३ पार्टीलाई ८ लाख जति फर्काउनु छ। अरु ब्यक्तिगत ऋण र ब्याज अनि VAT तिर्न सकेको छैन। बैंकले त जग्गा लिलाम गरेर असुल गर्ला, अरुलाई कसरी फर्काउनु? उपाय लागेन। झापा धुलाबारी का अनिल भेट्वाल भन्ने ब्यक्तिले पास नै नहुने कवाडी गाडी मलाइ दिएर, यति सताए कि मैले थाम्नै सकिन उनलाइ, मैले उनलाइ ५ लाख ५० हजार दिनुपर्नेमा ४ लाख ५० हजार ऐले दिन्छु अरु गाडी पास गर्ने दिन दिन्छु भन्दा पनि मानेनन् मेरो चेक बाउन्स गर्दिन्छु पक्राउछु भने। सबै पैसा चुक्ता गरे। अनि फेरि गाडी पास गरौँ भन्दा, उनले प्रयोग गरेको अवधिको सवारी कर पनि मैले तिर्नुपर्ने? हुन्छ पक्राउनुहोस। मैले यो देशमा गरि खान सकिन। गर्न खोजे दिनरात मेहेनत गरे तर भएन।

मैले यस बिचमा ग्लोबल आइ एम इ ग्रुपका चन्द्र प्रसाद ढकाल, उद्योग बाणिज्य कि भवानी राणा, गोल्छा अर्गनाइजेसन आदिलाइ भेटी मेरो उद्योग को समस्या सुनाए, सुनुवाइ भएन। अरु कति high profile उद्यमी हरुलाई भेटे सहयोग को याचना सहित केही भएन। ५-६ बर्ष देखि बिबेकशिल साझा पार्टीमा आबद्ध थिए, इलाम जिल्ला सम्योजक नै हु। राजनीति मार्फत देशको यी र यस्तै समस्या वकालत गर्ने प्रण सहित लागेको थिए । तर चुनाब आउने बेला बिबेकशिल साझा पार्टी क्षत बिक्षद भयो। रास्टृय स्वतन्त्र पार्टीले offer नगरेको पनि होइन, इलाम क्षेत्र न १ बाट उम्मेद्बारी दिनुहोस भन्यो तर मेरो बिकल्प थिएन पैसा थिएन अनि श्रीमती परिवारले पनि उठ्ने सल्लाह दिएनन् । असफल बिगत भएकाले खासै बल पनि गरिएन। यो देशको system currupt छ, जताततै भ्रष्टाचार छ, प्रोत्साहन छैन, हर कोहिमा frustration छ, नितिगत त्रुटि छ।

जिन्दगीमा यी र यस्तै हण्डर खादा खादै मन सम्हाल्न नसकेर, आर्थिक भार थाम्न नसकेर, यहि बर्षको तिहार अघि suicide note लेखी भारतको गुहाटी ब्रम्हपुत्र नदिमा फाल हानेर मर्ने जमर्को गरे सकिन। कसैले बचायो र भागेर अरुणान्चल प्रदेश को तेजु हुँदै चाइना बोर्डर The last village of india – kohu village पुगे अनि चाइना छिर्ने प्रयास गरे सकिन। एउटा हिउँ पर्ने डाडोले छेक्यो, त्यस्लाइ पार लाउनै सकिन। चाइना छिरेर त्यतै केहि दु:ख गर्ने अनि अलिकती पैसा कमाएर केही बर्ष मा घर फर्कने योजना पनि बिफल भयो। त्यहाँबाट फर्किएर घर आए र परिवार एबम आफन्तको सहयोगमा/सल्लाहामा काठमाडौं आइ बाहिर जाने प्रयास गरे। saudi, dubai, qatar, maldives सबैतिर जाने प्रयास गरे भएन। नेपालका manpower पनि लुटाहा नै रहेछन् । माग अनुसार interview दिइयो पास भैयो तर राम्रो कमाइ हुने ठाउमा भिसा नै नदिने। manpower कै आफ्ना र पहुच्वाला घुसाइहाल्ने premedical, qr code भन्दै पैसा असुल्ने अनि passport कब्जा गर्ने। कतारमा मन्त्रालयमा driver job को लागि छानिएको थिए महिनाको १०,०००/- रियाल तलब थियो, तर manpower ले ८ लाख माग्यो लागत। काहाबाट ल्याउने त्यत्रो पैसा? अन्य select भएको ठाउँमा पनि आज भोलि भन्दै २ महिना सम्म visa नै नदिने। world cup मा कतार छिर्ने अनि पुरानो सम्पर्कमा रहेका कम्पनी मा काम पाउने भए, तर worldcup को ticket, round trip air fair र hotel booking गर्न पैसा नै पुगेन, त्यो सपना पनि तुहियो।

केही समय free बसेर एउटा vehicle rental कम्पनि काठमाडौमै काम गर्न थाले। जसोतसो आफ्नो ज्यान पाल्ने मेलो त बन्यो तर परिवार, छोराछोरी लाई खोइ? तेत्रो ऋण तिर्ने आधार खोइ? ६० लाख ऋण छ। श्रीमतिलाइ घरमा जतिखेरै torchure छ। हुदा हुदा श्रीमतिले पनि आत्महत्या गर्ने प्रयास गर्न थालिन, मलाइ त्यही आसयको मेसेज लेख्न थालिन, उनी पनि depressed भै सकिन। श्रीमती र म को पहिला suicide गर्ने भन्ने silent प्रतिस्पर्धा चलिरहेकै अवस्थामा मैले नै यो चोला बिसाउने निर्णय गरे। मलाइ बचाउने प्रयास कसैले नगर्नु होला। बाचिगए भने फेरि मर्ने नै छु। प्रहरिले पक्राउ गर्यो भने जेलमा नै आत्महत्या गर्नेछु। म क्रान्ती गर्दैछु। म जस्तै केही गर्छु भन्नेलाइ यो देशको सरकारले सहयोग गरोस । वातावरण बनाओस।

बाच्ने सबै उपाय लाउदा पनि केही भएन, आशा सबै मरिसकेको हुनाले मर्ने नै बाचा गरे। मलाइ माफ गर्नुहोला।

कोहि मनकारि/सहृदयी जन हरु हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरि श्रीमतिलाइ सहयोग गर्दिनुहोला। उनले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरिहरु टुहुरा हुने छन् ।

NANUKA ADHIKARI

SAVING AC 2907010001814

GLOBAL IME BANK, NEW BANESWOR BRANCH

Contact : 9849383133

मेरि नानुका, तिमिले सहयोग पाउने छौ, बिचलित नहुनु। मलाइ माफ गरिदेउ। मैले प्रगती गर्ने धेरै अस्त्र लाउदा पनि सकिन।छोरिहरुको अभिभारा तिम्रो काधमा छ। बुझ्ने भएपछी उनिहरुलाइ सम्झाउनु, तिमिहरुको पापुले यो देशमा सफलता हासिल गर्न सक्नुभएन, जताततै हण्डर र ठक्कर खानुभयो, जताततै लुटिनुभयो। यो देश गरि खानेलाइ होइन लुटि खानेलाइ मात्र सहज रहेछ। तिमिहरुले पनि त्यै अवस्था भोग्नुनपरोस भनेर क्रान्ति मा होमिनुभयो, आफ्नो भोगाइ र पीडा सरकारले सुन्ने गरि आफ्नो ज्यान आहुती दिनुभयो। यहि भन्देउ।

म धेरै आशावादी, धेरै नै सकारात्मक सोच राख्ने र अति महत्वाकांक्षी ब्यक्ती थिए। देखिएकै सपनाहरु पूरा गर्न तर्फ लागिन्छ, सपना नै नदेख्ने हो भने त्यो पाउने वा पूरा हुने सम्भवना नै हुँदैन। त्यसैले सपना देखियो, महत्वाकांक्षा राखियो। त्यस्लाइ पूरा गर्न हर दु:ख/कष्ट भोगियो, मेहेनत गरियो। म sales & marketing मा पोख्त थिए नै, leadership skill, motivational skill, business skill आदि प्राप्त गर्न तालिम र अनुभव सबै थियो, english language, computer skill, modern business techniques, legal formalities & environment of a business सबै ज्ञान हासिल गरिएको थियो र आफ्नो कार्य सम्पादन गर्न सवारी चालकको रुपमा पनि दक्ष थिए। motivation speakers Dr. Bibek Bindra, Shiva Kheda, बिनोद चौधरी, रतन टाटा, अमिताभ बच्चन, Osho, Swami Bibekananda, चाणक्य नीति, गिता, बेद आदि सबैलाइ सुन्थे, अध्यन गर्थे, केही idea र प्रेरणा लिन्थे। र पनि यो देशमा सफल हुन सकिएन। उधारणिय उद्योगि/ब्यवसाइ बन्न सकिएन, पैसा कमाउन सकिएन, सपना र महत्वाकांक्षा पूरा गर्न सकिएन। धेरै युवाहरूलाई बिदेश नजाउ देशमै केही गर भनी प्रोत्साहित गरे, गाउँ फर्कौ महाअभियान नै चलाए, तर अन्त्यमा किन यो देशमा काम गर्न छाडेर बिदेश नै ताक्छन युवाहरू भन्ने पाठ आफ्नै ब्यवसाइक असफल्ताबाट सिके, यो देशको भ्रष्ट नीति बाट सिके, दलालहरुले चलाएको देशको अर्थतन्त्र बाट सिके, monopoly market बाट सिके, nepotism, favoritism आदिबाट सिके तर यहाँसम्म आइपुग्दा आफ्नो सबै सके, उठ्नै नसक्ने गरि लडे। मैले जस जस्लाइ यो देशमै केही गर बिदेश नजाउ भनेको छु, म त्यो आग्रह फिर्ता लिन चाहान्छु, मलाई माफ गर्नुहोला। यो देशमा केही गर्न नसकिने रहेछ। यो देश भ्रष्ट रहेछ। पाइला पाइलामा अन्याय र विभेद रहेछ।

सपनाकै कुरा गर्दा pantanjali nepal का सहुजी युवराज जि ले इलाममै पतन्जली घ्यू को factory खोल्ने, तपाईं घ्यूमा नै काम गरिरहनुभएको रहेछ, सगै काम गरौं भनेर कति ठूलो सपना देखाउनु भयो। उत्साहित भए, सफलताको कल्पना गरे, तर अन्त्यमा त्यो सपना नै रहयो। एउटा प्रगतिशिल युवालाइ झुटो आश्वासन नदिनुहोला कृपया। उसको इच्छाशक्ति स्खलित हुन्छ। swiss embassy ले सन्चालन गरेको सहज नेपालले पटक पटक उसको अन्तर्कृयामा बोलाएर सहयोगको आश्वासन देखायो, तर उहीँ आश्वासन मात्र। आते जाते खर्च मात्र गराउनुभयो। उल्टै लुट्नुभयो। कति वटा संघ/सस्था मेरो factory हेर्न आउनुभयो, तारिफ गरेर जानुभयो, समस्या सोद्नुभयो, सहयोगको आश्वासन दिनुभयो तर फर्केर कहिले आउनुभएन, तपाइहरुको जागिरलाइ चाहिने डाटा लिन/सोधभर्ना गर्न फगत फोन मात्र गर्नुभयो। सपना देखाइरहनुभयो। सरकारी अनुदान खुलाउने, फारम भर्न दुनिया कागजपत्र, झन्झट, यातायात र कुदाइ खर्च फजुल गराइदिने गर्नुभयो तर केही दिनुभएन। तपाइलाइ घुस दिने वा जनप्रतिनिधि, साम्सद, मन्त्री का आसेपासेलाइ मात्र अनुदान बाड्नुभयो। राजनीति मार्फत सदन सरकारमा गएर यी र येस्तै देश दुखेको ठाउँमा मल्हम लगाउछु भन्ने सपना देखे राजनीति मा पनि लागे, तर रबिन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाल, केशब दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भिम प्रसाद अधिकरी, निर्देश सिलवाल, समिक्षा बान्स्कोटा, प्रकाश चन्द्र परियार जि तपाइहरुलाइ मेरो आत्माले छोड्ने छैन, किन यो देशको एउटा महत्वाकांक्षी युवाको भावना सग खेलबाड गर्नुभयो? तपाइहरु एकीकृत हुनै नसक्ने, पार्टी चलाउनै नसक्ने भए किन यो देशका म जस्ता सयौं युवालाइ राजनितिमा लगाउनुभयो? किन समय र पैसा बर्बाद गरिदिनुभयो? यो देशमा सपना बाड्ने, आश्वासन बाड्ने अनि त्यसैलाइ आफ्नो गरि खाने साधन बनाउनेको जमात ठूलो रहेछ।

मेरा परिवार, आफन्त, साथिभाइ, इष्टमित्र, गाउलेजनहरु!! मलाइ माफ गर्नुहोला। घर तथा पैतृक सम्पत्तिमा मेरो हक खोसिएको छ, अहिले समस्यामा छु, ऋणमा छु, दिलाइद्नुहोस भन्दा हजुरहरुले सुन्नुभएन, कानुनी रुपमा म पैतृक सम्पतिको हकवाला रहिन, किनभने म ७ कक्षामा पड्दा खेरी, नाबालक अवस्थामै बुवाको धेरै जग्गा जमिन भएकाले हदबन्दी जोगाउन मलाइ छुट्टै परिवार कायम गरेर अंस भर्पाइ गराइ थोरै जग्गा अंसपास गरिदिनुभएको थियो। हाम्रो देशको कानुन अनुसार दुई पटक पैतृक सम्पतिमा अंस पाइन्दैन/हक लाग्दैन। मैले धेरैलाइ/आफन्तलाइ म समस्यामा छु, कानुनी रुपमा तल परेको छु, समाधान पनि छ, सहयोग गर्दिनुहोस, म बाच्न चाहान्छु भनी याचना गरे सहयोग गर्नुभएन। के मैले सामाजिक उत्तरदायीत्व बहन गरेको थिइन? बिबाह, कार्जे, ब्रतबन्ध, सान्चेप, भजन किर्तन आदिमा सारिरिक, आर्थिक उपस्थिति जनाएको थिइन? गाउँ बिकासका कार्यक्रममा, आर्थिक लागत साझेधारिमा योगदान गरेको थिइन? टोलबिकासमा, सामाजिक छलफल र न्यायमा, कानुनी अड्चन फुकाउने मा, महिला हिम्सा हुदा न्याय दिलाउने कार्य आदिमा मेरो योगदान थिएन? समाज तपाईं भन्दिनुहोस! के मैले नातिको रूपमा, छोराको रूपमा, श्रीमान र बाबुको रुपमा पारिवारिक र सामाजिक उत्तरदायित्व बहन गरेको थिइन? सबथोक गर्दा पनि म आफैले न्याय पाइन, म नै मरे। कहिले रक्सी खाएर लडेको देख्नुभयो मलाइ? केही कुकृत्य गरे मैले? के यो देशमा उद्योग/ब्यपार गर्नु, केही उधारणिय काम गर्न खोज्नु, आफ्नै गाउँ फर्किएर सामाजिक दायित्व निर्बाह गर्न खोज्नु अपराध हो? अब कहिल्यै यहाहरुलाइ याचना गर्ने छैन, म जाँदै छु, मलाइ माफ गर्नुहोला।

मेरो पैतृक सम्पती अझै छ। दाजुको पनि टन्नै जग्गा-जमिन, घर छ, आमाको पनि छ, हजुरबुबाको पनि छ, दिदिको पनि छ। सबै पैत्रिक सम्पती हो। म सकिए, उद्योग ब्यापार घाटामा गयो, केही बेचेर मेरो ऋण तिरिदिनुहोस, सम्पती भोलि पनि कमाइएला भनेर कति बिन्ती गरे सुन्नुभएन। आमा, हजुरबुवा, दाजु-भाउजु! एकपटक सोच्नुहोस इराक, अफ्गानस्तान, सिरिया, श्रीलंका आदिका नागरिकलाइ हेर्नुहोस, धन सम्पती, जग्गा जमिन भबिस्य होइन, मानिसको जिन्दगी भविस्य हो। जिन्दगी रहे त्यो सम्पती फेरि कमाउन सकिन्छ, जिन्दगी नै नरहे, केही राजनैतिक उथलपुथल, माहामारि, प्राकृतिक बिपद आदि आएमा चुट्किको भरमा सबै सम्पत्ति मुल्यहिन हुनेछ। तपाइहरुलाइ मेरो जिन्दगी भन्दा त्यही सम्पत्ति प्यारो लाग्यो। मेरा आफन्तलाइ पनि बिन्ती बिसाए तर वहाहरुले पनि म भन्दा त्यही सम्पतिमा भबिस्य देख्नुभयो। त्यही जग्गा जमिन नै भबिस्य हो तँ भबिस्य होइनस भन्नुभयो। दिदी र भान्जिलाइ तिमिहरुको divorce पश्चात् मैले कति सहयोग गरे, हेक्का होला! मैले बाच्ने धेरै प्रयत्न गरे, परिवार सग भिख मागे, कति अनुनय बिनय गरे? कसैले सुनेनन। मेरि श्रीमती नानुका तिमी कतिपनी बिचलित नहुनु। हाम्रा परिवारले हाम्रो चीत्कार सुनेनन, तर अवस्य कोहि त छ होला यो दुनियामा तिमिलाइ साहारा दिने र यो समस्याबाट मुक्ती गराउने।

मेरा आफन्त मलाइ सुन्न छाडे, मेरा साथिभाइ सबै टाढा भए, आफ्नै आमा, दाजुले पनि मलाइ सुन्न छाडे, मेरो पीडा बिसाउने ठाउँ नै रहेन अब। मनभरि गहरौ भारी बोकेर कति दिन बाच्ने?कहाँ बिसाउने त्यो भारी? तेत्रो आर्थिक भार सल्टाउने केही उपाय छैन मेरो अगाडि। २० लाख जतिले तत्कालको गाँठो फुक्ने वाला थियो, तेति जुटाउन गरेको प्रयास पनि सबै बिफल भए। आफ्नो उठ्नु पर्ने रकम उठाउन कति रोइ कराइ गरे, वास्ता गरिदिएनन सरोकार वालाले। नयाँ काम गरौ, लगानी छैन, पुरानो ब्यवसायलाइ नै थामौ उपाय छैन, हर तरहले अगाडि बढ्ने बिकल्प लगाइयो सबै बिफल भए। के गरौं? कसो गरौं ? केही बिकल्प नै रहेन। सिधार्थ बैंकको ऋण नबिकरण गर्ने र ब्याज तिर्न पैसा छैन, माछापुच्छ्रे बैंकको मासिक किस्ता तिर्ने पैसा छैन, सरकारलाइ VAT को पैसा तिरौ बजारमै छ पैसा उठाउनै सकिदैन, राजस्व कार्यालय ताकेता गरेको गर्यै गर्छ, सबै ब्यक्तिगत र सस्थागत खाता रोक्का गरिदिन्छु, कालो सुचिमा राखिदिन्छु भन्छ, origin VAT manufacturing company ले तिर्नुपर्ने भएकाले VAT return पनि हुदैन । म राजस्व कार्यालयलाइ बिन्ती गर्छु, ब्यवसाइक बक्यौता लाई ब्यक्तिगत नबनाइदिनुहोला, सहज हुदा कर तिरेकै थिए, ब्यापार घाटा हुदा सकिन। फेरि कच्चा पदार्थ वालाले pan मा सामान दिन्छन् । घर खर्च चलाउने पैसा छैन, छोरिहरुको लालनपोशण र शिक्षामा खर्च गर्ने पैसा छैन, कोहि बिरामी परियो भने उपचार गर्ने पैसा छैन, ब्यक्तिगत ऋण र ब्याज तिर्ने पैसा छैन, ब्यवसाइक कारोबारको return गर्ने पैसा छैन। सरकार तिमी सुनिदेउ मलाइ। मेरो दोस फगत यहि मातृभुमिमा केही गर्न खोज्नु मात्र रहयो। जतिसग कारोबार गरियो, सबैले लुटे। जिन्दगिको अन्तिम समयसम्म लुटिए, गत हप्ता दाङ बाट काठमाडौ को night bus मा टिकट काटेर हिडे, केही वर आएपछि थाहा भयो मैले लिएको seat अरु दुइजनालाइ पनि बेचेको रहेछ, महिलाहरु उभिने भए मनले मानेन छोडिदिए seat. जताततै लुट्छन हौ सरकार, कस्ले सुन्ने मलाइ? सरकार तिमि सुनिदेउ!!!!

बाच्ने रहर हुँदा हुँदै बाच्न सकिन। केही नयाँ गर्ने र उधारणिय बन्ने हुटहुटि हुँदा हुँदै बन्न सकिन। यो statement लेखिसकेपछी पनि २-४ जना सग share गरे, बाच्न चाहे। सहयोग को आश्वासन पाए तर फगत आश्वासन मात्र रहयो। कसलाइ share गरे गर्भमै रहोस! वहाहरुले सार्बजनिक गर्नुभयो भने वहाहरुकै कुरा। सबै उपाय लगाइसकेपछी पनि केही नभएपछी यो निर्णय लिएको हु। रोए धेरै रोए एकान्तमा। आँसु रितिए, आशा रितिए, सम्बन्ध रितिए। सबैभन्दा ठूलो पैसा रितियो, धन रितियो, र सायद अब मलामी पनि रितिए, मेरो लास उठाउने पनि कोहि हुदैनन होला, किनकी म कंगाल भए धन सबै सकियो। छोरिहरुसग रमाउने चाहाना थियो, उनिहरुलाइ असल नागरिक बनाउने चाहाना थियो, श्रीमतिलाइ सदा अगालोमा राख्ने चाहाना थियो सबै चाहानामै सिमित भयो। कहाँ जानू? कसलाइ भन्नू? अगाडि केही देखिन मर्नु सिबाय। मलाइ माफ गर्नुहोला!!!

मेरो सालो भाइ मनोज, भतिजा छोराहरु कृष्ण, किरण कपडाको ब्यपार गर्छन् । इटहरी र बिर्तामोड मा। उनिहरु पनि बारम्बार भन्ने गर्छन् बजारमा पैसा फस्छ, २-४ करोड retail पसलमै बाकी उठाउनु छ भन्छन् । तिमिहरुको पैसाले ती retail पसल खोल्दिनुपर्ने? जो कोहि उद्यमी/ब्यपारी तेसै भन्छन् । मेरा साडु दाजु ठेकेदार हुनुहुन्छ बिद्युतिय substation निर्माण र लाइन बिस्तारको ठेक्का लिनुहुन्छ। वहाँ पनि भन्ने गर्नुहुन्छ, ठेक्का त पाइन्छ तर बर्शौ आफ्नो पैसाले निर्माण धान्नु पर्छ। ए सरकार तिम्रो बिकासको काम पनि जनताले उधारोमा गर्दिनुपर्ने? किन पैसा दिदैनौ समयमा? किन आवाज उठ्दैन कोइबाट? कसै न कसैले initiate गरौं न। यो देशको उधारो बजारको जालो चिर्नै पर्छ। सरकारले त्यतिकै सुन्दैन। तिमी सुन सरकार, मेरो बलिरहेको शरीर हेर, केही त महसुस गर। सरकार यी र यस्तै जनजिबिकाका मुद्दा उठाउ, जनताको जीवन सरल र सहज बनाउ।

मेरो देश जहाँ, गरिब भनिएका जनताको पैसाबाट/निक्षेपबाट पैसाकै व्यापार गरेर बैंकहरु एकै बर्षमा १० अरब कमाउछन, मेरो देश जहाँ सरकारी मुफ्तको औसधि नस्ट गरेर निजि medical का महँगो औषधि जनतालाइ किनाउछन, मेरो देश जहाँ सरकारी शिक्षक/कर्मचारी हरु आफैले पढाउने गरेको/नियमन गर्ने गरेको बिद्यालय मा बिस्वास नलागेर निजि बिद्यालयमा छोराछोरी पढाउछन, मेरो देश जहाँ जनता जिउन चाहिने आधारभुत बस्तुहरुमा सरकारको पहुच नै छैन, ब्यपारी र बिचौलियाको लुट्तन्त्र छ, उनिहरुकै रजगज छ, मेरो देश जहाँ ठुलालाइ चैन र सानालाइ मात्र ऐन छ, मेरो देश जताततै दुखेको छ, मेरो देश गाउँ -गाउमा रोएको छ, हरेक किसानको घरमा रोएको छ, महत्वाकांक्षी युवाको मनमा रोएको छ, गरिबको दिलमा रोएको छ, बिरामिको दिमागमा रोएको छ, मेरो देश पिल्सिएको छ। केही गर सरकार, केही गर!!!!

प्रचण्ड तिमिले १७ हजार मार्ने गरि जनयुद्ध गरेउ। देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्याएउ। संविधान सभा मार्फत देशमा नयाँ संविधान जारी गरेउ तर म जस्ता केही गर्छु भन्ने युवालाइ देशमा केही गर्नै नसक्ने बनायौ। तिमिलाइ थाहा छ? यदि युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान जस्ता देशहरुले सजिलै नेपालिलाइ भिसा दिने भए यो देशमा कोहि रहनेछैन। तिम्रो देश खाली हुनेछ। अनि रित्तो देशको प्रधानमन्त्री बन्नु। र ती १७ हजार सहिदलाई शासन गरेर बस्नु।

तिमिलाइ थाहा छ सरकार? अहिले उद्योगि /ब्यवसाइहरु बैंकबाट ८-९% मा लिएको ऋण को ब्याज बढेर १२-१५% सम्म तिरिरहेका छन् । अनि अर्को कुरो त्यही बढेको १२-१५% बैंक ब्याज तिर्न २४-३६% सम्म ब्यक्तिगत ऋण लिएर तिरिरहेका छन्। बैंकले छोड्दैन/सुन्दैन । अनि काहा पुग्यो देशको उद्योग ब्यपार? अनि अर्को लुप्त सत्य, सानो ब्यवसाय गर्न देशका कुनै पनि सहरमा खाली सटरको लाखौं deposit लिन्छन् घरधनिहरु, बिना ब्याज ब्य्वसाइको पैसा deposit राख्छन् । तर घर बाहाल कर पनि तिर्दैनन। ब्य्वसाइ कसरी बाच्छ? यस्तै अवस्था रहिरहने हो भने हाम्रो देश कंगाल हुँदै छ। कोहि त आवाज उठाउनु होस! देशमा जताततै आर्थिक मन्दिको हावा चलेको छ। म कसरी अछुतो रहुला र त्यस्बाट? यो सब उधारो बजार, अबैज्ञानिक कर नीति, पुजि पलायन, शून्य प्राय बिदेशी लगानी, पुजि घर जग्गा र शेयरमा freeze आदिले आएको समस्या हो। केही गर सरकार।

जादा जाँदै नेपाल सरकार सग निम्न मागहरु राख्दै, त्यो पूरा होस भन्ने अपिल सहित, यो शरिरलाइ अग्निकुण्डमा समाहित गर्दैछु। सबैमा अपिल! यो देश गरि खान लायक बनोस, बस्न लायक बनोस्, मेहेनत गर्नेको भलो होस, सबैको फलोस फुलोस। र अन्त्यमा मैले गरेको यो आग्रह सबैसामु पुगोस, बिस्वले पनि सुनोस। मेरो क्रान्ती हो यो। मैले माथी उल्लेख गरेका कुनैपनि भोगाइहरु, कारोबारहरु, हण्डरहरु गलत रहेछन भने त्यसलाइ प्रमाणित गर्न म चुनौती दिन्छु। माथी उल्लेखित कुनैपनी समस्याहरु ब्यक्तिगत होइनन् , सबैले भोग्दै आएका रास्टृय समस्या हुन, किन कोहि बोल्नुहुन्न? मेरो आवाज सुनिदिनुहोस। म आफैलाइ मात्र मार्दैछु। अरुलाइ नोक्सान पुर्याउने छैन। यो अपिल सरकारले महसुस गर्नेगरी सुनाउदैछु।

मेरो देश गर्व गर्न लायक बनोस, बिदेसिएका लाखौं युवाहरुले यहि देशमा केही गर्न सकुन भन्दै निम्न मागहरु नेपाल सरकारसामु राख्दै, यो शरीर सुन्दर देश नेपाल बनोस भन्ने कामना सहित बलिदान दिदैछु!!!!! अल बिदा!!!!!

१. रास्टृय उत्पादनमा vat शून्य गर। आयातित बस्तुमा बरु २०% लगाउ। उपभोग्य बस्तुमा मुल्यबृद्धिको प्रमुख कारण VAT हो।

२. Buyers Pay First जस्तो आकर्षक बजार क्रय बिक्रय नीति लागू गर सरकार। उधारो बजारको अन्त्य गर। यहाँ निमुखा उत्पादक/supplier ले भाटभटेनी, big mart, Dabur Nepal, जस्ता ब्यापारिक डनहरुलाइ पाल्नु परिरहेको छ। उधारोमा उनिहरुलाइ सामान दिइरहनुपरेको छ र त्यै सामान बेचेर पैसा अन्यतिरै (share, जग्गा) आदिमा घुमाएर बैंकमा मुद्दती खोली ब्याज खाइवरी अनि अन्य थप मुनाफा कमाइवरी मात्र उत्पादक/supplier लाई बल्लतल्ल दिन्छन् तबसम्म उत्पादक/supplier, ऋणले, ब्याजले, operating capital shortage ले मरिसकेका हुन्छन् । धनी पैसाले नै उक्लेको उक्लै, गरिब थिचिएको थिच्यै।

३. Higher the Profit – Lower the Tax Rate कर नीति लागू गर। धेरै नाफा गर्दा करको दर घट्ने हुनाले सबै उद्योगी/ब्यपारी धेरै नाफा गर्ने तर्फ लाग्नेछन।

४. Land Leasing प्रणाली लागू गर। जग्गा जमिन पुस्तौसम्म हस्तान्तरण गरिने हुँदा नेपाली जनताहरु अल्छे भएका हुन। एक जमिनको स्वामित्व एक ब्यक्तिलाइ ५० बर्ष सम्मलाइ मात्र देउ।

५. Banking Mortgage Valuation प्रणाली परिवर्तन गर। सहरका अनुत्पादक जग्गाले जति नै valuation गाउका उत्पादक जग्गाले पनि पावोस। शहरका ४ आना जग्गा बैंकमा राख्दा त्यो नबेची पैसा आउदैन। तर गाउका उत्पादनशिल जग्गाले आम्दानी दिइरहन्छ, फसल र उत्पादनले पैसा आइरहन्छ र बैंक ऋण तिर्ने आधार बढी हुन्छ।

६. सबै बाहालका घर लाई करको दायारामा ले। महिनाको १०,०००/- तलब खाने कर्मचारीले चाहिँ १% TDS तिर्नुपर्ने तर सहरका महिनाको लाखौं घर बाहाल उठाउने घरहरुले कर नतिर्दा हुने? तिमिलाइ थाहा छ सरकार? घरबाहाल तिरी हाले पनि भाडावालालाइ तिराउछन। तिम्रो धेरै राजस्व घर बहालमा चुहावट भैरहेको छ।

७. भाट्भटेनी, BIG MART, पतन्जली, डाबर नेपाल, युनिलिभर, जस्ता ठुला औद्योगिक तथा ब्यापारिक घरानाले नेपालको बजार कब्जा गरेका छन नियमन गर सरकार। उनिहरुले जसो भन्यो बजार तेतै जान्छ। तिमिलाइ थाहा छ सरकार? आफ्नो कम्पनी profile high बनाउनलाइ रास्टृय-अन्तर्राष्ट्रिय कम्पनी हरुले भाटभाटेनीमा आफ्नो सामानको उपस्थिती देखाउछन, उसलाइ उच्च margin दिएर, बरु घाटा नै सहेर। तर बाहिरी बजारमा त्यही सामान कम margin मा अझ भाटभटेनी लाई दिदाको घाटा पुर्ती हुनेगरी बेच्छन् र दैनिक उपभोग्य सामानको मुल्यबृद्धी भैरहेको छ।

८. दर्ता नगरी खुलेका online पसल हरु सब बन्द गर्दे सरकार। कि बैधानिक दर्ता भै कर तिरेको हुनुपर्यो।

९. वैदेशिक रोजगारमा official visa मा जान चाहाने लाई श्रम स्वीकृती को लफडा लनगा सरकार। तिमिलाइ थाहा छ? खाडिमा महिनाको लाखौं कमाउन सकिने visa मा त्यहाका कम्पनीहरुले demand र embassy attestation को लफडा गरि रहदैनन। जस्ले गर्दा पढेलेखेका skilled युबाहरु लाखौं कमाउन सकिने खाडिको जागिर बाट बन्चित भैरहेका छन। सरकार तिम्रो श्रम कागज नेपालको airport मा देखाउने एउटा खास्टो मात्र हो, अनि दलाल पोस्ने official घुस, त्यति हो श्रम document. अनि पत्र पत्रीका मा आउने डिमाण्ड फगत देखाउनलाइ मात्र हो manpower हरुको, राम्रो तलब र सुबिधा भएको माग मा manpower लाई सम्पर्क गर्यो भने, त्यो त देखाउनलाइ छापेको भन्छन सिधै, थाहा छ सरकार तिमिलाइ?

१०. अनुदान र subsidy प्रणाली को सबै पुरानो file निकाल सरकार, कति भ्रस्टाचार भएको रहेछ थाहा पाउछस। गर्नेलाइ हर तरहको प्रोत्साहन, अनुदान मिलोस। कागज पत्रमा सिमित कम्पनिहरुलाइ मात्र होइन। यहाँ अनुदानका लागि proposal लेखिदिने, कागजपत्र दरिलो बनाइदिने, केही दिनलाइ भाडामा अनुगमनका लागि फर्म देखाइदिनेको झुण्ड नै छ यो देशमा।

११. बिचौलियाको अन्त्य गर सरकार। देशका सबै पालिकाहरु लाई एकै ठाउमा भेट गराउने गरि पालिका बजार नामक online national web server को बिकास गर सरकार। जहाँ सम्बन्धित पालिकाको कृषि तथा औद्योगिक उत्पादनको बिबरण हुने छ मुल्यसहित। नेपाल भित्र कुन पालिकामा के उपलब्ध छ र कुन पालिकालाइ के चाइहेको छ, demand and supply command त्यहिबाट हुने गरि ब्यवस्था मिला सरकार। बिचौलिया सब चट हुनेछन् ।

१२. यहाँ अलैंची भारत बेचेर imported cardamom dust किनेर खान्छन नेपाली उपभोक्ता, अदुवा बोरामा भारत बेचेर imported ginger paste किनेर खान्छन, इलामको orthodox green tea, black tea बोरामा कलकत्ता बेचेर imported lipton चिया खान्छन् । यी सबै चिजहरु नेपाली ब्राण्डमै नेपाली बजारमा पाइयोस् । नेपाली ब्राण्डमै बिस्वमा निर्यात होस। बिस्वले हाम्रा उत्पादन चिनुन। त्यतातिर लाग सरकार।

१३. गाजा खेतिले बैधानिकता पाओस। गाजा र त्यसको बोटबाट बन्ने सामानको बिस्व बजारमा धेरै माग छ। देश २-४ बर्शमै समृद्ध हुनेछ।

१४. शिक्षा, स्वस्थ, सार्बजनिक यातायातमा निजिकरण दुरुत्साहित गर सरकार। यी राज्यले जनतालाइ दिनुपर्ने आधारभुत सेवा हुन। सबैको पहुचमा सरल र सहज तरिकाले यी बस्तु तथा सेवा उपलब्ध गरा सरकार। यो देशमा बिरामी परियो भने उपचार गर्ने पैसा नभएर मर्नु पर्छ सर्बसाधारण।

१५. सरकारी कर्मचारी, शिक्षक आदिलाइ घर पायक जागिर नभएमा अनिबार्य आवास सुबिधा उपलब्ध गरा सरकार। तिमिलाइ थाहा छ? एउटा सरकारी अधिकृतले सहरमा बसि जागिर खादा आवास, बच्चाको शिक्षा, औसधि उपचार आदि गर्न महिनाको ४०-४५ हजार तलबले पुग्दैन। अनि भ्रष्टाचार नगरेर के गरोस त?

१६. सार्बजनिक खरिद ऐन मा व्यापक सुधार गर सरकार। जस्ले थोरै कबोल गर्छ उस्लाइ ठेक्का होइन। जस्ले बैज्ञानिक र आधुनिक बिकास अवधारणा अनुसार आफै बजेटिङ गरेर ठेक्का प्रस्ताब गर्छ उसलाइ बिकास निर्माणको ठेक्का दिने गर सरकार।

१७. भ्रष्टाचार, जघन्य हत्या र बलात्कार आदिमा मृत्युदण्ड सम्मको सजाय हुने ब्य्वस्था लागू गर संसद।

१८. जातिय आरक्षणको अन्त्य गरि किसान र गरिबलाइ पहिचान परिचयपत्र मार्फत मात्र त्यस्ता आरक्षण प्रदान गर सरकार।

१९. भारतसगको खुल्ला सिमाना अन्त्य गर सरकार। कमसेकम भारतिय नागरिक नेपाल आउदा जहाँसुकैको boarder बाट on arrival visa निश्चित समयलाइ दिने गर र त्यस्को अभिलेख सधैं अद्यावधिक गर सरकार।

२०. आयात प्रतिस्थापन गरि सधै घरेलु उत्पादन र निर्यातलाइ प्रोत्साहान गर सरकार। उत्पादन वृद्धिमुखी कार्यक्रम आओस देशमा। उत्पादनमुलक उद्योगले हर तरहको प्रोत्साहन पाओस् सरकार।

२१. बचत तथा ऋण सहकारी तथा microfinance बन्द गर। तिमिलाइ थाहा छ सरकार? हाम्रो देशको ६०% पैसा बचत तथा ऋण सहकारी मार्फत परिचालित छ, ४०% मात्र निजि तथा सरकारि बैंक मार्फत परिचालित छ। सहकारिको अवधारणा कृषि सहकारी, उद्योग सहकारी, आदिमा मात्र लागू गर।

२२. बिकास खर्च जनताले राज्यलाइ दिएको करबाट गर्ने हो। बिकास साझेदारिको नाममा फेरि पुर्बाधार बिकास हुने ठाउको उपभोक्ताबाट २५% रकम उठाइने गरिएको छ, त्यो बन्द गर सरकार।

२३. कक्षा ६ देखि नै “उद्यमशिलता – entrepreneurship” बिसयलाइ बिद्यालय शिक्षामा अनिवार्य गर सरकार। जिवनयापन गर्न, पैसा कमाउन सीप र कला नै चाहिन्छ।

२४. सरकारी कर्मचारी/शिक्षक/सस्थानका कर्मचारी/जनप्रतिनिधि/साम्सद/मन्त्री/प्रधानमन्त्री सबैका छोराछोरी अनिबार्य सरकारी/सामुदायिक स्कुल/कलेजमा पढाउनुपर्ने नियम तत्काल लागू गर सरकार।

२५. बैंक ऋणको ब्याजदर ७% भन्दा कहिले माथी नउठ्ने गरि सिमित गर सरकार। तिमिलाइ थाहा छ? देशको पैसा जति सबै ठुला ब्यपारिको हातमा छ र देशका अधिकाम्स बैंकमा तिनै ठुला ब्यपारिको लगानी छ। मुद्दतीमा धेरै ब्याज लिन उनिहरुले नै रचेको बैंकको ब्याजदर वृद्धि हो ऐले।

ब्यवस्था परिवर्तन धेरै गर्यौ यो देशमा। धेरै क्रान्ती गर्यौ, जनयुद्ध लडेउ, जनआन्दोलन गर्यौ, जनता मार्यौ। अब जनताको अवस्था परिवर्तन गर। यी र यस्तै दैनिक जनजिबिकाका मुद्दा, राज्य संचालनका प्राबिधिक विषय मा केन्द्रित रहेर शासन गर सरकार। एउटा साधारण जनताले सहज तरिकाले उद्योग/ब्यपार गर्न सकोस, जागिर खान सकोस, खेतिकिसानी गर्न सकोस, सुखको श्वास फेर्न सकोस। देश बनाउनलाइ हावा गफले मात्र हुदैन, हेर्दा सानो/झिनोमसिनो देखिने सुक्ष्म कुराहरु तर जनताको जनजिबिकामा ठूलो असर गर्ने मुद्दाहरुमा ध्यान दे सरकर, हार्दिक अपिल!!!!

यदि कोही मेरो मागमा सहमत हुनुहुन्छ भने शान्तिपुर्ण ऐक्यबद्धता जनाइदिनु होला। आन्दोलन र हिम्सा मेरो देशले धेरै सह्यो, त्यता नलाग्नुहोला। सरकारलाइ झक्झकाइ रहनु होला। सम्झाइदिरहनुहोला। सुन्दर देशको कल्पना गर्दै मैले लिएको यो अभियान हो, यसलाइ मर्न नदिनुहोला। मलाइ राजनीतिमा लगाउने महानुभाबहरुलाइ आग्रह, मेरो अभियान लाई अगाडि बडाइदिनुहोला, सरकारलाइ झक्झकाइ रहनुहोला। यो देश दुखेको ठाउँमा मल्हम लगाइदिरहनुहोला।

नेपाल सरकार, देश चलाउने हुटहुटीमा सत्तामा पुग्नुभएका नयाँ पार्टी तथा नयाँ साम्साद, रबि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोबिता गौतम, गगन थापा, बिस्वप्रकास शर्मा, योगेश भट्टराई, तोसिमा कार्की, लगायत तमाम नयाँ अनुहार हरुलाइ बिन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुहोस, समाधान गर्नुहोस। यहाँहरु सबैलाई पुनः स्मरण गराउन चाहान्छु। निम्न बुदाहरु यहाँहरुको दिमागमा बसिरहोस!!!

१. BUYERS PAY FIRST

२. रास्टृय उत्पादनमा VAT शून्य।

३. LAND LEASING SYSTEM

४. HIGHER THE PROFIT, LOWER THE TAX RATE

५. शिक्षित MANPOWER वैदेशिक रोजगारमा जादा श्रम स्वीकृतिको झण्झट नगराइयोस। श्रम कागज भन्दा दरिलो foreign company ले दिएको offer letter र employment contract उनिहरुसग नै हुन्छ।

६. देशका सबै पालिकाहरु र उत्पादनहरु समेटिएको “पालिका बजार” नामक national web server को बिकास।

७. बाहालमा लाएका घरहरुलाइ अनिबार्य कर। घर बाहाल लिदा घरधनिले लिने deposit money गैरकानुनी हो, त्यसको अन्त्य।

८. स्वस्थ्य, शिक्षा र सार्बजनिक यातायात सहज र सरल।

९. BANKING MORTGAGE VALUATION नितिमा परिमार्जन।

१०. बचत तथा ऋण सहकारि, FINANCE CO. र MICRO FINANCE को खारेजी।

११. गाजा खेतिलाइ बैधानिकता।

स-धन्यबाद

यहि देशको एउटा सर्बसाधरण नागरिक।

प्रेम प्रसाद आचार्य सन्तोष

सुर्योदय-११, केराबारी, इलाम, प्रदेश १ नेपाल। हाल काठमाडौ ।

म मरे पनि मेरो देश बाचिरहोस!!!!

अल बिदा!!!

 

आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

काठमाडौं / संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको हो । चिकित्सकका अनुशार उहाँको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।

इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उहाँलाई अस्पताल पुर्‍याएको थियो ।

अभूतपूर्व विश्वासको मत, २१ दिन सिंहदरबारबाट कामकाज

काठमाडौं / सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक महिना पुगेको छ । कोभिड महामारी, विश्वव्यापी रूपमा देखा परेको आर्थिक मन्दी र त्यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव नेपालमा पारिरहेको परिपेक्ष्यमा प्रधानमन्त्री प्रचण्डले देशको नेतृत्व गरिरहनुभएको छ । त्यसलाई स्वयं प्रधानमन्त्रीले चुनौतीपूर्ण अवसरका रूपमा संश्लेषण गर्दै आउनुभएको छ ।

२०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणामप्रति सिङ्गो देश सशङ्कित थियो । त्रिशङ्कु चरित्रको संसद्, राजनीतिक दर्शन र विचारधारामा अनेकता, संसद्मा नयाँ दलहरूको उपस्थितिलगायतका विषयलाई कतिपयले संसद् पूर्णकाल अगाडि बढ्दैन कि भन्ने ढङ्गले विश्लेषण गरेका थिए । तर, नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले चुनौतीभित्र अवसर देख्नुभयो, जोखिमपूर्ण राजनीतिक परिस्थितिको नेतृत्व गर्ने वातावरण निर्माण गर्नुभयो र सरकारको नेतृत्व गर्नुभयो । आजको दिनसम्म आइपुग्दा संसद् पूर्णकाल जाँदैन कि भन्ने आशङ्का निवारण भएको छ । लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवं प्रभावकारी कार्यान्वयन र राजनीतिक स्थिरताका निम्ति यो महìवपूर्ण सन्देश हो ।

प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् प्रचण्डलाई दुवै छिमेकी मुलुकका साथै अधिकांश मुलुकले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै पारस्पारिक सद्भाव, एकता र सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता गर्नुले वर्तमान सरकारको सन्तुलित कूटनीतिको पहिचान दिन्छ । यसै अवधिमा प्रधानमन्त्रीले भारत, चीन, अमेरिका, स्विट्जरल्यान्ड, जर्मनी, कतार र यूएईका राजदूतसाथै युरोपेली युनियनलगायतका प्रतिनिधिसँग भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा सबै मुलुकका राजदूतले वर्तमान सरकारसँगको सहकार्य थप मजबुत हुने प्रतिबद्धता व्यक्त गर्दै मित्रराष्ट्रबाट प्राप्त हुँदै आएको सद्भाव र सहयोगमा बढोत्तरी हुने विश्वास दिलाउनुभएको छ । यसले वर्तमान सरकारको कूटनीतिक सामथ्र्य र सन्तुलित विदेश नीतिलाई प्रस्ट पार्छ ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो ३० दिनको अवधिमा ध्रुवीकृत राजनीतिलाई राष्ट्रिय सहमतिको फ्रेमवर्कमा ल्याउन निकै मेहनत गरिरहनुभएको छ । सत्ता साझेदार दलका नेतासँग गरिएका औपचारिक र अनौपचारिक संवादहरूले सकारात्मक दिशा लिएका छन्, जसका कारण सरकारको पूर्णता, प्रदेश सरकारको गठनदेखि सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रमलगायतका काम सम्पादन भएका छन् । यसका साथै प्रधानमन्त्रीको टिमले लगभग पूर्णता प्राप्त गरी कार्यसम्पादन प्रारम्भ गरेका छन् । यसबाट आगामी दिनमा नतिजामुखी काम हुने विश्वास गरिएको छ ।

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको तथ्य कहीँकतै लुकेको छैन । यही यथार्थलाई हृदयगम् गरी प्रधानमन्त्रीले अर्थतन्त्रका क्षेत्रमा सकारात्मक परिणाम ल्याउन मेहनत गरिरहनुभएको छ । नेपाल सरकारका अर्थमन्त्री, गभर्नरका साथै आर्थिक क्षेत्रका विज्ञहरूसँग गरिएका पटकपटकका छलफल अर्थतन्त्रको सुधारमा केन्द्रित छन् । मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै वर्तमान सरकारले अर्थतन्त्र सुधारका क्षेत्रमा केही नीतिगत निर्णय मात्र लिएको छैन, सबल कार्यसम्पादनका कारण अर्थतन्त्रका प्रारम्भिक सूचकहरू सकारात्मक देखिएका छन् । पुँजी बजारमा देखिएको उत्साह, सुशासन एवं समृद्धिबारे प्रधानमन्त्रीले व्यक्त गर्नुभएको प्रतिबद्धताले मुलुकभरि गरेको सकारात्मक रक्तसञ्चार, सरकारी संयन्त्रमा अब केही हुन्छ भन्ने मनोविज्ञानको विकास, निजी क्षेत्रको सद्भावपूर्ण प्रतिक्रिया त्यसैका उपज हुन् । अर्थतन्त्रमा सकारात्मक योगदान दिने र उत्साहपूर्ण र परिस्थिति निर्माण गर्ने हेतुले मौद्रिक नीति परिमार्जनसमेत भएको छ ।

३० दिनको अवधिमा प्रधानमन्त्रीले आर्थिक र सामाजिक महत्वका सार्वजनिक कार्यक्रमहरूमा सम्बोधन गर्नुभएको छ । ती सबै कार्यक्रममा सरकारको प्राथमिकता प्रस्टाउँदै प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि वर्तमान सरकारको लक्ष्य भएको स्पष्ट गर्नुभएको छ । यस अवधिमा नेपाल हस्तकला महासङ्घको साधारण सभा, ग्लोबल आईएमई बैङ्कको एकीकृत कारोबार शुभारम्भ, राष्ट्रिय योग दिवस समारोह, एक हजार मुटु प्रत्यारोपण गरिएको सन्दर्भमा गङ्गालाल हृदयरोग केन्द्रको विशेष कार्यक्रम, सोनाम ल्होछार समारोह, भेटेरिनरी सङ्घको कार्यक्रम, सशस्त्र प्रहरी बलको स्थापना दिवसलगायतका सार्वजनिक कार्यक्रममा सहभागी भई सरकारको प्राथमिकतामा साथ र सहयोगका लागि समस्त देशवासीलाई सार्वजनिक अपिल गर्नुभएको छ ।

सुशासन र सेवा प्रवाहका क्षेत्रमा समेत प्रधानमन्त्रीले प्रारम्भिक पहल लिइसक्नुभएको छ । प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग छलफल गरी सुशासनका क्षेत्रमा विशेष पहल लिन आग्रह मात्र गर्नुभएको छैन, आवश्यक नीतिगत, संस्थागत, संरचनागत सहयोगका लागि सरकार प्रतिबद्ध रहेकोसमेत स्पष्ट पार्नुभएको छ । यसका साथै राहदानीको प्राविधिक कक्षमा देखा परेको समस्या प्रधानमन्त्रीकै विशेष निर्देशनमा सम्बोधन भएको छ । प्रधानमन्त्रीकै निर्देशनमा पेट्रोलियम पदार्थको मूल्यमा कटौती भएको छ, यद्यपि प्रधानमन्त्रीले निर्देशन गरेअनुसारको मूल्य कटौतीका लागि थप अध्ययन र सहजीकरणको आवश्यकता देखिन्छ ।

राजनीतिक र सामाजिक प्रकृतिका माग र मुद्दा सम्बोधनको प्रक्रियासमेत अगाडि बढाइएको छ । यस अवधिमा मिटरब्याजीपीडित किसानहरूसँग भेट गरी उनीहरूका समस्या समाधानका लागि गरिएको पहल, बादी समुदायका माग र मुद्दाप्रति चासो, एनआरएनका पदाधिकारीसँग छलफल भएको छ । साथै नेपाल पत्रकार महासङ्घ र सञ्चार क्षेत्रका विज्ञहरूसँग संवाद गरी प्रधानमन्त्रीले वर्तमान सरकारले ध्यान दिनुपर्ने विषयहरूबारे सुझाव माग्नुभएको छ । यी छलफल सामान्य रूपमा देखिए पनि सरकारको आगामी गन्तव्य निर्धारणका निम्ति महत्वपूर्ण हुनेछन् ।

यसै अवधिमा देशले निकै ठूलो दुर्घटनाको सामना गर्नुप-यो । गत माघ १ गते पोखरामा भएको जहाज दुर्घटनामा ७२ यात्रुको निधन भएपश्चात् सिङ्गो देश नै स्तब्ध बन्यो । दुर्घटनाको सूचना प्राप्त गर्नेबित्तिकै स्वयं प्रधानमन्त्री त्रिभुवन विमानस्थलको प्राविधिक कक्षमा पुगेर उद्धारको नेतृत्व लिनुभयो । तत्पश्चात् बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोक घोषणा गर्दै माघ २ गतेका लागि शोक बिदा घोषणा ग-यो । जहाज दुर्घटनाको छानबिनका लागि उच्चस्तरीय कार्यदल बनाउनुका साथै सम्पूर्ण जहाजको प्राविधिक परीक्षण अनिवार्य गर्ने निर्णय ग-यो । साथै कम्बोडियामा निधन भएका निराकार पाण्डेको परिवारसँग भेटी सद्भाव र शव ल्याउने कामको सहजीकरण गर्नुभयो । यसै अवधिमा वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा अलपत्र परेका र सास्ती भोगेका नेपालीलाई स्वदेश फर्काउने कार्यसमेत सम्पादन गरिएको छ ।

यस अवधिमा प्रधानमन्त्री कार्यालयका कामलाई प्रभावकारी बनाउन आवश्यक आन्तरिक गृहकार्य सम्पन्न गरिएको छ । हेलो सरकारको प्रभावकारी सञ्चालन, प्रधानमन्त्री कार्यालयमा रहेको प्राविधिक कक्षको चुस्तता, विगत लामो समयदेखि थन्किएका प्राविधिक सामानहरूको निरीक्षण, मर्मतलगायतका काम पनि यसै अवधिमा गरिएको छ । यसले आगामी दिनमा प्रविधिमार्फत चुस्त र द्रुत कार्यसम्पादनमा सहयोग पुग्नेछ । प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेर नै देशको नेतृत्व गर्ने सङ्कल्प गर्नुभएको छ । ३० दिनको अवधिमा २१ दिन सिंहदरबार बसेर कार्यसम्पादन गर्नुले नै प्रधानमन्त्रीको उक्त सङ्कल्पको व्यावहारिकता पुष्टि हुन्छ । सार्वजनिक बिदाबाहेक उहाँ जम्मा चार दिन मात्र सिंहदरबार जानुभएको छैन, बाँकी सबै दिन सिंहदरबारबाटै कार्यसम्पादन गर्नुभएको छ । यसले सम्पूर्ण मन्त्रालय, सिङ्गो प्रशासन संयन्त्रलाई प्रभावकारी परिचालन गर्ने वातावरण बनेको छ ।

निर्वाचनमार्फत आएको नयाँ संसद्ले सभामुख र उपसभामुख निर्वाचित गरिसकेको छ । साथै प्रदेश सरकारहरू गठन कार्य आधारभूत रूपमा पूरा भएको छ । यी निर्वाचनमा प्रधानमन्त्रीको प्रत्यक्ष भूमिका नहुने भए पनि सहकार्यको आधार तय, सहमतिको वातावरण निर्माण र निर्वाचन प्रक्रियामा उहाँले अभिभावकीय भूमिका निर्वाह गर्नुभएको छ । सङ्घीय प्रणाली पहिचान र सामथ्र्य दुवै दृष्टिले नेपालका लागि आवश्यक भएकै कारण आज हामी यसको अभ्यासमा छौँ तर सङ्घीयताको अभ्यासका क्रममा भएका त्रुटि र कतिपय अनुभवका सीमालाई समेत लिएर एकात्मक व्यवस्थाका पक्षधर शक्तिहरू सङ्घीयता अनावश्यक भएको तर्क गरिरहेका छन् । यस्तो परिस्थितिमा एकातर्फ सङ्घीयताको पहरेदारी गर्नु र अर्कोतर्फ सङ्घीयताको अभ्यासका क्रममा भएका त्रुटि सच्याउनु आवश्यक हुन्छ । यही यथार्थलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाएर सांसद सङ्ख्याको १० प्रतिशत राख्न प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्रीको उक्त प्रस्ताव सत्ता साझेदार दलका नेताहरूले समेत स्वीकार गर्नुभएको छ । तत्पश्चात् प्रधानमन्त्रीकै प्रस्तावअनुरूप प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशले मन्त्रालयको सङ्ख्या कटौती गरिसकेको छ, बागमती प्रदेशले सङ्ख्या कटौतीको गृहकार्य थालेको छ । बाँकी प्रदेशले पनि यसलाई कार्यान्वयन गरेर जाने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीको यो प्रस्तावले एकातर्फ प्रदेशहरूको खर्चभार घट्ने, प्रशासनिक क्षेत्रमा हुँदै आएको खर्च विकास र जनताको जीवनस्तर उकास्न स्थानान्तरण गर्न सकिने र अर्कोतर्फ वित्तीय सुशासन तथा मितव्ययिताको आधार हुनेछ ।

प्रधानमन्त्रीले नेपाल सरकारका सचिवहरूलाई दिनुभएको निर्देशन र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपूर्व गर्नुभएको सम्बोधनको विशेष महत्व छ । ती निर्देशन र सम्बोधनमा प्रधानमन्त्रीले देशका समस्याको पहिचान मात्र गर्नुभएको छैन, समाधानका आधारसमेत प्रस्तुत गर्नुभएको छ । प्रधानमन्त्रीकै प्राथमिकताका आधारमा सत्ता साझेदार दलहरूले सरकारको नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रमसमेत प्रस्तुत गरिसकेका छन्, जुन कार्यक्रमलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरी कार्यान्वयनका लागि निर्देशित गरिसकेको छ । नेपाल सरकारका सचिवहरूलाई प्रधानमन्त्रीले दिनुभएको निर्देशनमा एक महिनाभित्र निर्देशनको सम्बोधन गर्न भनिएको थियो । त्यसै आधारमा मन्त्रालयहरूले प्रधानमन्त्रीको निर्देशन सम्बोधन गर्ने कार्ययोजना तयार पारिसकेका छन् । आगामी दिनमा उक्त कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको नेतृत्व र अनुगमन गर्नु सरकारको कार्यभार हुनेछ । साथै प्रधानमन्त्री स्वयंले राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला आयोजनाको आफैँ स्थलगत निरीक्षण गर्ने, देखिएका समस्या पहिचान गर्ने, त्यसको समाधानका लागि कार्ययोजना बनाउने र जनशक्ति परिचालन गर्ने गरी तयारी गरिरहनुभएको छ ।

पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डप्रति जुन समर्थन देखा प¥यो, त्यो नेपाली राजनीतिकै निम्ति अभूतपूर्व र ऐतिहासिक छ । सत्ता साझेदार दलहरूले मात्र होइन, प्रमुख प्रतिपक्षी दललगायत संसद्मा सहभागी सबैजसो दलले विश्वास मत दिनु देशको सर्वस्वीकार नेतृत्व वर्तमान प्रधानमन्त्री नै भएको सर्वस्वीकारोक्ति हो । २७० जना सांसद उपस्थित भएको सदनबाट २६८ मत प्राप्त गर्नु प्रधानमन्त्रीका निम्ति गौरवको कुरा मात्र होइन, विश्वासको मत कदर गर्दै राष्ट्रिय सहमति र सहकार्यको नेतृत्व गर्ने चुनौतीसमेत हो । यही चुनौतीलाई स्वीकार गरेर नै प्रधानमन्त्रीले राष्ट्रका संवैधानिक र सर्वोच्च पदहरूमा राष्ट्रिय सहमतिका निम्ति प्रयत्न गरिरहनुभएको छ ।

सामान्य अर्थमा हेर्दा सरकार गठनको ३० दिन ठूलो समय होइन तर प्रत्येक दिन केही नयाँ गर्नैपर्छ भन्नेहरूका निम्ति भने मूल्यवान् समय हो । प्रधानमन्त्री प्रचण्डको एक महिना प्रत्येक दिन केही गर्नैपर्छ भन्ने सङ्कल्पमा आधारित छ । ‘मेरो तेस्रो कार्यकाल चुनौतीपूर्ण अवसर हो, तसर्थ मेरो कार्यकालमा नराम्रो काम गर्दै गर्दिनँ, गर्न पनि दिन्नँ, जति सक्छु, देश र इतिहासले सम्झिने सन्देशमूलक काम गर्छु’ भन्ने प्रधानमन्त्रीको सङ्कल्पभित्र नै सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता केन्द्रित छ ।

(मनहरि तिमिल्सिना/प्रधानमन्त्रीको सचिवालय)  

बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने

हेटौंडा / बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो ।

यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको थियोे । सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियोे ।

आज माघ ११ गते अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियोे ।

गण्डकी प्रदेशमा मन्त्रीपरिषद् विस्तार,१२ बाट झारेर अब ७ मान्त्रालयमात्र

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तार सँगै गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो । यसअघि एमालेबाट सिता सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङलाई मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्रीमा नियुक्त गर्नुभएको थियो । मन्त्री परिषद् विस्तार सँगै मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी पनि तोकिएको छ ।
नेकपा माओवादी केन्द्रका हरि ब.चुमानलाई भौतिक पूर्वाधार विकास, एमालेका रोशन गाह मगरलाई आर्थीक मामिला, एमालेकै सिता कुमारी सुन्दासलाई आन्तरिक मामिला तथा कानुन, एमालका वेद ब. गुरुङलाई कृषि तथा जलस्रोत, माओवादीका रेशम जुग्जालीलाई उद्योग, पर्यटन, वन तथा वातावरण र राप्रपामा मञ्चराम गुरुङलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

गण्डकी प्रदेशमा हिजो मात्र १२ ओटा मन्त्रालयबाट घटाएर ७ ओटा मन्त्रालय बनाउने निर्णय भएको थियो ।