`

कांग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

काठमाडौं, १६ चैत-नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ ।कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो ।

कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

यस्तै अर्का उपसभापति धनराज गुरुङ् सामान्य प्रशासन, एनपी साउँद शहरी विकास, सिता गुरुङ् भूमि ब्यवस्था, डिग बहादुर लिम्बू कानुन, प्रकाश शरण महत अर्थ र मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

मनाङमा भीरबाट खसेर चिनियाँ पर्यटकको मृत्यु

पोखरा, १६ चैत-मनाङमा भीरबाट खसेर एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा चिनियाँ नागरिक झाङ जी रहेका छन् ।

जी नासो गाउँपालिका वडा नम्बर २ खोत्रो भीरबाट खसेर गम्भीर घाइते भएकोमा उनको उद्धार गरी लमजुङको बेंसीसहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

मस्र्याङ्दी नदी किनारमा रहेको गोरेटो बाटोमा हिड्ने क्रममा जी बाटोबाट तल खसेका थिए ।

जसपाबाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई

काठमाडौं, १६ चैत-जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । 

आज बसेको बैठकले अध्यक्ष यादवलाई नै सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मेवारी दिएको हो । मन्त्रीको नाम छनोट गर्दा सन्तुलन मिलाउन पनि आग्रह गरिएको छ । 

विस्तार हुन लागेको मन्त्रिपरिषद्‌मा जसपाले दुईवटा मन्त्रालय पाएको छ । जसपाको भागमा शिक्षा र कृषि मन्त्रालय परेका छन् ।
 

गीतकार लोकराज अधिकारीको नयाँ गीत ‘तिम्रो संसार बेग्लै भयो’ बजारमा

काठमाडौँ । प्रसिद्ध गीतकार लोकराज अधिकारीले नयाँ गीत ‘तिम्रो संसार बेग्लै भयो’ को भिडियो रिलिज गरेका छन् । गीतमा प्रबिण बेडवालको स्वर रहेको छ भने ज्योती प्रकाशको संगीत रहेको छ । मनोहर सुनामले संगीत संयोजन गरेको गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोका कृष्ण भान्जाले रेकर्डिङ र स्याम स्बेत रसाईलीले मिक्सीङ मास्र्टरिङ गरेका हुन ।

नेपाली सुगम संगीत र चलचित्रमा गीतलेखेर नाम कमाएका गीतकार अधिकारीले यो गीत पनि सुगम संगीत मनपराउने दर्शक श्रोताबाट मायाँ पाउने आशा गरेका छन् । गीतको भिडियोमा अमेरिका बस्दै आएका प्रतिभाशाली मोडल बिकाश चौहान र अभिनेत्री रुषा न्यौपानेको मुख्य भुमिका छ । अन्तरजातिय प्रेम र बियोगको कथा रहेको म्यूजिक भिडियोमा रमेश खडका सूर्य ओली लगायतको पनि अभिनय छ ।

उत्सव दाहालले खिचेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन भने निर्देशन प्रकाश धितालले गरेका हुन । रमणिय स्थल भकुण्डेबेशीमा छायाँङकन गरिएको भिडियो हेरेर आँशु खसेको अभिनेत्री न्यौपानेले बताएकि छन ।तिला खतिवडाको प्रस्तुतिमा बनेको भिडियोलाई द बेभ डिजिटल यूट्युव बाट सार्बजनिक गरिएको हो ।

दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

चितवन – प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने आश्वासन दिएका छन् । 

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको एक वा दुई हप्तामासमस्या समाधान हुने आश्वासन दिएका हुन् । 

धुर्मुस–सुन्तली फाउन्डेसको अगुवामा निर्माण सुरु गरिए पनि पछि ऋणको भार बढ्दै गएपछि फाउन्डेसनले भरतपुर महानगरलाई जिम्मा लगाएको थियो । महानगर प्रमुख रेणु दाहाल हुन् । उनी प्रधानमन्त्री प्रचण्डकी पुत्री हुन् । 

बिहीबार महानगर प्रमुख रेणुसमेत सहभागी उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या समाधान गरेर निर्माण प्रक्रिया अघि बढाउने वचन दिएका हुन् । 

उक्त रंगशाला निर्माणका क्रममा सामान ल्याएको उधारो र ऋण करिब १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको फाउन्डेसनले बताउँदै आएको छ । 
 

बेलायतको स्थानीय राजनीतिमा सक्रिय सुमनले ल्याइन् ‘यस्तो एउटा संसार’

काठमाडौं, १६ चैत।  गायिका सुनिता थेगिम र गायक गंगाराज राईको स्वर रहेको ‘यस्तो एउटा संसार’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक गंगाराजकै संगीत रहेको सार्वजनिक गीतका शब्द जानु काम्बाङ लिम्बुका हुन् ।

एक प्रेमील जोडीको रोमाञ्चिक प्रेम कहानीले भरिएको ‘यस्तो एउटा संसार’काे भिडियोमा अभिनेता ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको छ ।

डेढ दशकदेखि लन्डनमा बसेर म्युजिक भिडियो निर्देशनसँगै संचारकर्ममा पनि व्यस्त रहेका निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको निर्माण लन्डनको स्थानीय राजनीतिमा पाइला चाल्दै गरेकी सुमन पुनले गरेकी हुन् ।

यस्तै म्‍युजिक भिडियोको छायांकन र सम्पादन निर्देशक श्रेष्ठले नै गरेका हुन् । कुशल बेलायतका सञ्चारकर्मी हुन् । उनले निर्देशन गरेका दर्जनौं म्युजिक भिडियोभन्दा यो केही पृथक रहेकाे दाबी गरिएकाे छ । दीपिका श्रेष्ठको  कोरियोग्राफी र मेकअप रहेको गीतमा उदयराज पौडेलको एरेन्ज तथा किशोर थापाको मिक्सिङ छ ।

रजनीकान्तको बाबाले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

मुम्बई, १५ चैत । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले रजनीकान्तको तमिल फिल्म ‘बाबा’ बक्सअफिसमा फ्लप भएपछि आफूलाई साउथ फिल्मबाट अफर आउन बन्द भएको खुलासा गरेकी छन् । यद्यपि यो फिल्म सन् २०२२  डिसेम्बरमा पुनः रिलिज हुँदा भने हिट भएको थियो ।

मनिषाले ‘बम्बे’, ‘इण्डियन’ र ‘मुधालवन’ जस्ता साउथ फिल्ममा पनि अभिनय गरेकी थिइन् । जुन फिल्मलाई दर्शकले निकै मनपराएका थिए । ‘बाबा’ सन् २००२ मा रिलिज भएको थियो । तर फिल्म फ्लप भएपछि साउथ फिल्ममा उनको करियर करिब समाप्त नै भएको थियो ।

हालैमात्र ट्वीटरमा मनिषाको एक अन्तरवार्ताको क्लिप भाइरल भइरहेको छ । जहाँ उनले ‘बाबा’ फ्लप भएपछि उनको करियरको बारेमा परेको असरबारे सुन्न सकिन्छ । ‘बाबा मेरो तमिल फिल्म उद्योगमा अन्तिम ठूलो फिल्म थियो । यो फिल्म त्यो बेला यति नराम्रो गरी फ्लप भयो कि डिजास्टर नै साबित भयो । यो फिल्मबाट आम दर्शकमा धेरै अपेक्षा थियो । जब फ्लप भयो, त्यसपछि मलाई लाग्यो कि मेरो करियर समाप्त भयो’, उनले भनेकी छन् ।

मनिषाका अनुसार ‘बाबा’ अघि उनले कैयौं साउथ फिल्ममा काम गरेकी थिइन् । ‘बाबा फ्लप भएपछि मलाई फिल्मको अफर आउन बन्द भयो । तर रजनीकान्तको जन्मदिनमा पुनः यो फिल्म रिलिज गरिएपछि २० वर्षपछि सफलता पायो’, मनिषा भन्छिन्, ‘यो अनौठो कुरा हो । जब फिल्म हालैमात्र पुनः रिलिज भयो, तब हिट साबित भयो । रजनी सर कहिल्यै पनि फ्लप फिल्म दिनुहुन्न । उहाँसँग काम गर्न निकै मजा आउँछ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने विषयमा छछलफल भइरहेको छ । 

सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई आठवटा मन्त्रालय दिने सहमति भएपछि बसेको कार्यसम्पादन समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने नेताहरुले जानकारी दिएका छन् । 

साथै बैठकले आगामी १० वैशाखमा हुने उपनिर्वाचनसहित समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जानकारी दिइएको छ । 
 

प्रधानमन्त्री चितवन जाने भएपछि गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जाने भएपछि आज बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष बिहिन हुन पुगेको छ ।

मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डाका लागि आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री दाहाल चितवनवाट फर्के पछि पुनः बैठक बसी मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डा हुने जनाईएको छ । यद्धपी, प्रधानमन्त्री दाहालले भागबन्डा अनुसारको मन्त्रीहरुको नाम दिनका लागि अनुरोध गरेका छन् । 

प्रधानमन्त्री दाहाल चितवनस्थित आन्तरिक विमानस्थलको शिलन्यासका लागि अहिले चितवन जाने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । चितवनवाट फर्के पछि पुनः गठबन्धनको बैठक बसेर मन्त्रालय र मन्त्रालयको भागबन्डा टुंगाइनेछ । प्रधानमन्त्री दाहाल आजै नयाँ मन्त्रीहरुको सपथ खुवाउने तयारीमा छन । 

बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताईसकेका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई  ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

श्रीलङ्काको आर्थिक स्थिति सुध्रिएको भन्दै इन्धनको मूल्य घटाइयो

काठमाडौं, १६ चैत । चरम आर्थिक संकटवाट गुज्रिएको श्रीलङ्काले आफनो आर्थिक स्थितिमा सुधार ल्याएसँगै इन्धनको मूल्य घटाउने भएको छ ।आर्थिक स्थीति क्रमश नियन्त्रणका साथै सुधार हुदैँ गएकाे जनाउँदै ऊर्जामन्त्री कञ्चना विजेसेकराले बिहिवार मध्यरातदेखि इन्धनको मूल्य घटाइने जनाएकी छिन ।

मन्त्री विजेसेकराका अनुसार मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर रु ६०, डिजेलमा रु ८० र मट्टितेलमा रु १० ले घटनेछ भने जसअनुसार उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु ३२५ र मट्टितेल रु २९५ मा पाउनेछन् ।

अन्तरराष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएकी छिन् ।साथै अमेरिकी डलरको  तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो ।

मन्त्रालयको भागबन्डा टुंग्याउन सत्तारुढ दलको निर्णायक बैठक जारी

काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समावेश हुने मन्त्री र मन्त्रालयको भागबन्डा लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

आज सपथ गराउने तयारीका साथ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको हो । सो गठबन्धनको बैठकको निर्णय पछि आजै नयाँ मन्त्रीहरुको सपथ ग्रहण हुनेछ । 

बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताईसकेका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई  ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

तर, नेकपा एसले तीन मन्त्रालयमा दावी गरेको तथा राष्ट्रिय स्वतन्त्र पार्टीले भागबन्डा नपाएको मात्रै होइनन, कुन पार्टीले कुन कुन मन्त्रालय पाउने भन्नेमा निर्णयमा नपुगे पछि आज बिहान पुनः सत्तारुढ गठबन्धनको बैठक बसेको हो । 
 

मोदी इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, १६ चैत । आयोजना प्रभावित स्थानीयले मोदी इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ।

आज चैत १६ गते बैंकिङ समयपश्चात आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री बन्द हुने कम्पनीले जनाएकाे छ । 

जसअनुसार पर्वत जिल्ला अन्तर्गत कुश्मा नगरपालिकाकाे ३ र ८ वडा तथा मोदी गाउँपालिकाकाे ५, २, ६ वडाका  बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। जसअनुसार स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ। आयोजना प्रभावित स्थानियले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक र कुमारी बैंकको कुस्मा, पर्वत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

मोदी इनर्जीले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो। मोदी इनर्जीको आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई भने चैत ९ गतेसम्म आइपीओ बिक्री खुला भएको थियो। कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १०५ अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो। 

यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  

आठ बर्ष पछि जुरे पहिरो पीडितले नगद राहात पाउने

काठमाडौं, १६ चैत । सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले ८ बर्ष पछि नगद राहात पाउने भएका छन् । 

गत म‌गलबार बसेको मन्त्रिपरिषद्को बैठककाे निर्णयअनुसार जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जुरे पहिराे पीडितले उक्त राहत रकम पाउन लागेका हुन । 

स्थानीय तहको समन्वयमा पीडितको तथ्याङ्क एकिन गरी मापदण्ड बनाएर रकम दिनका लागि निर्देशन भएको सिन्धुपाल्चोक–१ सांसद  माधव सापकोटाले जानकारी दिए । उनका अनुसार नेपाल बैंक लिमिटेड, चौतारा शाखामा रहेको रु दुई करोड २४ लाख ६६ हजार छ सय ५७ स्थानीय तहको समन्वयमा पीडितलाई नगद राहत उपलब्ध गराउनका लागि मन्त्रीपरिषदको निर्णयसँगै अब खुल्ला हुन पुगेकाे छ ।

२०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहाडै खसेर भोटेकोसी नदी थुनिदा गएको पहिरोमा परी एक सय ४५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५३ घरमा क्षति पुगेको सार्वजनिक भएको थियो ।
 

अमेरिकी डलरसंगै युरोको भाउपनि बढ्यो

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । लगातार तिनदिन देखि घटेको अमेरिकी डलरको भाउ आज २४ पैसाले बढेको छ । यसअघि बुधबार २९ पैसाले उक्त डलरको भाउ घटेको थियो । बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ । अघिल्लो दिन बुधबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ८१ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार युरोपियन युरो भने उकालो लागेको छ । आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७० पैसाले बढेको हो ।
बुधबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ६२ पैसा कायम गरिएको थियो। 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बुधबार १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यो मूल्य बुधबारको तुलनामा ७२ पैसाले बढेको हो । बुधबार यसको खरिदमूल्य १६१ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ २४ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८८ रुपैयाँ १६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ११ पैसा कायम भएकाे छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ एक पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा,  युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३५ रुपैयाँ १७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९३ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५० रुपैयाँ १५ पैसा तोकिएको छ।

यस्तो छ आजकाे हरियो तरकारी तथा फलफुलको मूल्य

काठमाडौ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ११० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैया, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ६० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैया, लोकल परवर १०० रुपैयाँ, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी ११० रुपैया केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ८० रुपैयाँ, भुई कटहर १४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ ।यसैगरी, ताजा छडी माछा प्रतिकेजी २८० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३२० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

काठ्माडौं, १६ चैत । बैदेसिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन् ।

रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते) साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका बिनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन् । श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दा समेत रोजगार विहिन बनाइएको राईले गुनासो गरेका छन् । 

राई लगायतका युवा इन्नोभेटिभ ह्युमन रिसोर्स डेभलपमेन्ट प्रालि, काठडौंमार्फत साउदी अरेबियाको नास मेनपावर सोलुसन कम्पनीमा पुगेका थिए । उनीहरु मासिक एक हजार साउदी रियाल पाउने सम्झौतामा लेवरका रुपमा नास मेनपावर सोलुसन कम्पनीमा पुर्‍याइएका हुन् । हाल होटल किचन वर्करका रुपमा काम लगाइएका उनीहरुकाे सामान्यः खाने र बस्ने व्यवस्था भने नास मेनपावर सोलुसन कम्पनीले नै मिलाएको छ । रोजगारका लागि कम्पनीलाई कुरा गर्दा मेनपावरलाई कुरा गर्न लगाउने गरेको पिडित युवाले बताएका छन् ।

‘मेनपावरको हुँ भन्ने प्रकाश पन्थीलाई एक लाख ३७ हजार तिरेर साउदी अरेबिया पुगेका हौँ । रोजगारी देउ भनेर कुरा राख्दा नेपालको मेनपावरसँग कुरा गर भन्छ,’ राईले भने, ‘मेनपावरमा कुरा गर्दा फोन रिसिभ हुँदैन । प्रकाश पन्थीले मैले काम छाडेर बंगुर पालनमा लागिसकेँ भन्छ । हामीमाथि सरासर ठगी गरिएको छ ।’ 

काम र दाम बिहिन बनाइएका १०/१५ जना युवालाई अल्खारेजमा राखिएको छ । उनीहरुका अनुसार काम र दाम नपाउँदा साउदी अरेबियामा सयौं युवा अलपत्र छन् । अलपत्र युवा उद्धारको प्रतिक्षामा छन् । अलपत्र युवाका आफन्तले उद्धारका लागि बैदेसिक रोजगार विभागलाई गुहार्ने तयारी थालेका छन् । उद्धारका लागि बैदेसिक रोजगार विभागमा पुग्दा मेनपावरको कार्यालयमा पठाएको आफन्त रोमन राईले बताए । 

एसएमई प्लेटफर्मको खाका बिहीबार सार्वजनिक गर्ने 

काठमाडौं, १६ चैत । नेपाल धितोपत्र बोर्डले एसएमई प्लेटफर्मको खाका विहीबार सार्वजनिक गर्ने भएको छ।

साना कम्पनीहरुको कारोबारका लागि तयारी गरिएको प्लेट फर्म अर्थात एसएमई प्लेटफर्मको खाका बिहिवार सार्वजनिक गर्ने बोर्डका कार्यकारी अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए । विहीबार बिहान १० बजे बोर्डको आधिकारिक वेबसाइटमार्फत एसएमई प्लेटफर्मको खाका सार्वजनिक हुनेछ । 

साना तथा मझौला कम्पनीहरुका लागि एउटा अनुकुल वातावरण बनाउन तथा सबै कम्पनीहरु एउटै वास्केटमा राखेर अन्योलता नहोस् भन्नका लागि एसएमईको खाका सार्वजनिक गर्न लागेको हमालले जानकारी दिए । 

रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति

काठमाडौं । रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र मानिसको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बुधवारको पहिलो बैठकमा सो सहमति भएको हो ।

सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी–पुलाङबाट मानव आवागमन सन् २०२३ मे १ ९२०८० वैशाख १८ गते) देखि खुला हुनेछ ।

संयन्त्रको बैठक बुधवार बिहान जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको हो । बैठकमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

बैठकमा सीमापार व्यापार र जनताबीचको आवतजावतलाई अधिकतम स्तरमा सञ्चालन गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधार, सीमा व्यापार र सहकार्यमा सहयोगको नयाँ बाटो खोज्नेलगायत विषयमा छलफल भएको थियो ।

नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न विचार गर्न सहमत भएको छ । नेपालले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्ने र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रस्तावलाई पनि चीनले स्वागत गरेको छ । चिनियाँ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासनसमेत दिएको महावाणिज्य दूतावासले जनाएको छ ।

दुई देशबीचको घनिष्ठ आर्थिक र व्यापारिक सम्बन्धको महत्त्वलाई स्वीकार गर्दै दुवै प्रतिनिधिमण्डलले चीनमा अमिला फलफूल, ड्राइ मिट र औषधीय जडीबुटीजस्ता कृषि तथा पशुजन्य उत्पादनको निर्यातलगायत क्षेत्रमा सम्भावित सहयोगबारे विचार आदानप्रदान गरेका थिए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

रानीमहलमा सेल्फी खिच्दै ओलीले भने ‘रानीमहल आएपछि सबै किसिमको पीर चिन्ता हराउने रहेछ’

प्रेम गर्ने मान्छेहरूका लागि त रानीमहल तीर्थस्थल नै रहेछ ।’ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रानीमहल प्रांगणमा भने । श्रीमती राधिका शाक्यसहित बुधबार बिहान ९ बजे पाल्पाको रानीमहल दरबार पुगेका ओलीले आफूलाई निकै आनन्द महसुस भएको सुनाए ।

यसअघि हेलिकोप्टरबाट हेरेको जानकारी दिँदै रानी महलमा प्रवेश गरेपछि पीर चिन्ता सब हराएको उनको भनाइ थियो । ‘रानीमहल आएपछि सबै किसिमको पीर चिन्ता हराउने रहेछ,’ ओलीले भने, ‘बाचुञ्जले मात्र होइन प्रेम मरेपछि पनि कायम राख्नुपर्ने रहेछ भन्ने सन्देश रानीमहल दरबारले दिएको छ ।’

पत्नी राधिका शाक्यसँग सेल्फी खिच्दै अध्यक्ष ओलीले प्रेमको सन्दर्भमा कुरा गरे । उनले युवायुवतीलाई कच्चा प्रेम नगर्न सुझावसमेत दिए । ‘सानोतिनो मनमुटावले सम्बन्ध तोड्नु राम्रो होइन,’ ओलीको सुझाव थियो । ओलीको सुझावमा साथ दिँदै पत्नी राधिका शाक्यले प्रेम सम्बन्ध राणा खड्गशमशेर र रानी तेजकुमारीको जस्तै बलियो हुनुपर्ने टिप्पणी गरिन् ।

केहीबेर दरबार क्षेत्र घुमेपछि अध्यक्ष ओलीले १ सय २५ वर्षअघि बनेको पुरातात्विक महत्वको दरबार हेर्नलायक भएको टिप्पणी गरे । पछिल्लो समय यस क्षेत्रमा विकास हुनुको जस पनि उनले रानीमहललाई नै दिए । ‘रानीमहलकै कारण यस क्षेत्रको विकास निर्माण सुरु भएको छ, सडक कालोपत्रे भएको छ,’ ओलीले भने, ‘हामीहरूलाई तानेर यसैले यहाँसम्म ल्यायो ।’

चारैतिर जंगल भएको क्षेत्रमा प्रेमको सम्झनामा बनाइएको रानीमहल देश विदेशमा बस्नेहरूलाई एकपटक हेर्न ओलीले सुझावसमेत दिए । विदेशीहरूलाई प्रेम के हो भन्ने ’दयगत बुझ्न र इतिहास’दयगत जानकारी लिन पनि रानीमहल पुग्नैपर्ने ओलीको सुझाव थियो । यहाँका प्राकृतिक सम्पदाको प्रशंसा गरेका ओलीले भने, ‘तनावमुक्त हुन पनि रानीमहल पुग्नैपर्छ ।’

कालीगण्डकीको भेलले रानीमहल दरबारको जग कटान गरेको सुनेको भन्दै उनले जग कटान रोक्न, तटबन्ध गर्न आवश्यक परेकाले रकम विनियोजन गरी इतिहास, प्रेमको तीर्थस्थल बचाउन सरकारलाई अनुरोध गरे ।

ओली दम्पती टिकट काटेर दरबार छिरेका थिए । ओलीसहितको टोलीलाई एमाले तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका र एमाले नागरिक उड्डयन तथा पर्यटन विभाग पाल्पाले सम्मान गरेको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

आज देखी लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन

वुटवल, १६ चैत । आज देखी नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुदैँछ ।

यसैगरी, महासंघले आफनो ६८औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो ।

महासंघका अध्यक्ष विपुल पोखरेलका अनुसार बिहीबार देखी लुम्बिनीमा सुरु हुने लुम्बिनीमा गरिने मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरण, आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनलगायत अन्य बिषयमा छलफल हुनेछन् । सो सम्मेलनमा सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र अनुसन्धाताको समेत सहभागी रहनेछ भने  सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुनेछन् । 

चैत १६ गते महासंघले स्थापना दिवसको अवसमार पश्चिम नवलपरासीमा प्रभातफेरि गर्नेछ भने परासीमै महासंघको ८औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ ।

भारतबाट आयात हुँदा नेपाली मह विस्थापित

काठमाडौं । स्वदेशी मह तथा मौरी व्यापार केन्द्र सर्लाहीका सञ्चालक हेमराज देवकोटा मह बिक्री नहुँदा चिन्तित छन्। देवकोटाले मौरी फार्ममा उत्पादन गरेको साढे ६ टन मह बिक्री भएको छैन। ‘पोहोरको मह जेनतेन यो माघमा बेचेर सकियो,’ देवकोटाले भने, ‘यो वर्ष उत्पादन भएको मह कहिले बिक्री हुन्छ, कुनै ठेगान छैन।’

२५ वर्षदेखि मौरीपालन गर्दै आएका देवकोटा मह बिक्री नहुने समस्या पहिलोपटक झेलिरहेका छन्। ‘आयातित महका कारण मह बिक्री हुन सकेन,’ उनले भने, ‘मह बिक्री नहुँदा कठिनाइ भोगिरहेका छौं।’ देवकोटाले २८० घार मौरी पालिरहेका छन्।

मह बिक्री नभएर समस्या झेल्ने देवकोटा एक्ला किसान होइनन्। मुलुकभरिकै मौरीपालक किसान मह बिक्री नहुँदा चिन्तित छन्। भारतबाट आयातित महका कारण स्वदेशी मह बिक्री नभएको किसानको गुनासो छ। भारतबाट वैधानिक ‘च्यानल’बाट मात्र नभएर अवैध बाटोबाट पनि मह आयात भइरहेको मौरीपालक महासंघले जनाएको छ। करिब ३ हजार मेट्रिक टन मह बिक्री नभएको महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले बताए। ‘पोहोरदेखि मह बिक्री भएको छैन,’ उनले भने, ‘भारतीय महका कारण बिक्री नभएको हो।’

सस्तो भन्सार हुनुका साथै गैरकानुनी रूपमा मह आयात हुने भएकाले यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ। ‘मह बिक्री नभएर किसानको बिजोग भएको छ,’ उनले भने, ‘बिक्री नभएको मह थुपारेर राखेका छौं।’ पौडेल बी फार्म सञ्चालन गर्दै आएका उनीसँग करिब ३५ क्विन्टल मह स्टक छ।

अहिलेको बजार भाउअनुसार त्यति महको मूल्य १६ लाख रूपैयाँभन्दा बढी पर्छ। ‘मह बिक्री नहुँदा समस्यामा परेका छौं,’ पौडेलले भने, ‘२० वर्षको अनुभवमा महका लागि अहिलेसम्म बजार अभाव भएको थिएन।’

भारतबाट किलोको २११ रूपैयाँमा मह आयात भइरहेको छ। नेपालमा उत्पादन भएको महको उत्पादन लागत नै किलोको करिब ४०० रूपैयाँ छ। महको होलसेल मूल्य किलोको ४०० देखि ५०० रूपैयाँ र खुद्रा मूल्य ७०० देखि ८०० रूपैयाँ रहेको महासंघले जनाएको छ। नेपालमा वार्षिक करिब ७ हजार मेट्रिक टन हाराहारीमा मह खपत हुने महासंघको अनुमान छ।

स्वदेशमा ४ हजार मेट्रिक टन उत्पादन हुन्छ। करिब १४ सय मेट्रिक टन आयात भएको भन्सारको तथ्यांकले देखाउँछ। अरू मह गैरकानुनी च्यानलबाट आएको महासंघका पदाधिकारीको दाबी छ। ‘वैध र अवैध च्यानलबाट मह आउँदा यहाँको मह बिक्री भएन,’ निवर्तमान अध्यक्ष पौडेलले भने।

मह बिक्री नभएको गुनासो किसानबाट आएको व्यावसायिक किट विकास केन्द्रले जनाएको छ। भारतबाट सस्तोमा मह आयात र आन्तरिक कारणले बिक्री नभएको व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले बताए। यो समाचार नागरिक दैनिकमा छ्र ।

कर्जा लिँदा ब्याजसँगै शुल्कबारे पनि सचेत हुनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा लिने शुल्कका बारेमा राम्रोसँग जानकारी लिन सर्वसाधारणसँग आग्रह गरेको छ । कर्जा उपयोग गर्दा ब्याज मात्र नभई अन्य विभिन्न शुल्कहरु भुक्तानीका बारेमा समेत जानकारी लिन बैंकले अनुरोध गरेको हो ।

शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रष्ट भएपछि मात्र कारोबार गर्न पनि केन्द्रीय बैंकले अनुरोध गरेकाको छ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व भएको केन्द्रीय बैंकको भनाइ छ ।

विगतमा खुला छोडिएको शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।

यी संस्थाले तोकिएको बाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन् । साथै कर्जासँग सम्बन्धित सम्पूर्ण लागतबारे जानकारी हासिल गरेरमात्र कर्जा लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले मिटरब्याजी पीडितको न्यायका लागि रुलिङ जारी गर्न माग गरेका छन् ।बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सिरहाबाट हिँँडेर न्यायका लागि काठमाडौं आइपुगेका मिटरब्याजी पीडितको न्यायका लागि रुलिङ जारी गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेका हुन् ।

सुदखोरबाट पीडित भएकाको न्यायका लागि सरकार गम्भीर हुनुपर्ने भन्दै उनले लघुवित्त र बैंकले जनतमाथि अन्याय गरेकाले गम्भीर हुनुपर्ने बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितका बिचकाे बार्ता आज

काठमाडौं, १५ चैत । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समुहका बिचमा आज बार्ता हुदैँछ । 

पीडितको माग सम्वोधनका लागि सरकारद्धारा गठित समिति र मिटर ब्याज पीडित समुहले आज बिहीबार बिहान छलफल गर्ने भएका हुन् ।

गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बिचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ । बिहिवार बिहान १० बजे हुने छलफलमा सरकारी समितिकातर्फवाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन ।

सो समितिमा शर्माकाे नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनालीसदस्य रहेका छन् भने मिटर ब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन् ।

मन्त्रालय टुंग्याउन गठबन्धनको बैठक ८ बजे

काठमाडौं, १६ चैत । सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ ।बुधवार बिहान र साँझ बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बारेमा छलफल गरे पनि निर्णयमा पुग्न नसके पछि गठबन्धनको बैठक आज बिहान ८ बजे बस्न लागेको हो ।

हिजो साँझ बसेको बैठकमा उपस्थित दलले आ आफनो दाबी प्रस्तुत गरेको भए पनि कुन दलले कति वटा र कुन कुन मन्त्रालय पाउने निर्णय नभएकाले बिहिवार बिहान बैठक बोलाईएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार सोही बैठकवाट मन्त्रालयको संख्या र मन्त्रालयको भागबन्डा हुनेछ । 
 

प्रचण्ड नेतृत्वको सरकारले पुर्णता पाउँदै, आज नयाँ मन्त्रीहरुले सपथ लिने

काठमाडौं, १५ चैत  । प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफनो सरकारको विस्तार गर्ने भएका छन् ।बुधवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार आज प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो । जसअनुसार हाल रिक्त रहेको १६ वटा मन्त्रालयसहित २५ वटा मन्त्रालयको भागबन्डा टुगो लागेकाे जनाउँदै बिहिवार अपरान्ह सपथ ग्रहण गराउने गरी भागवन्डा टुंगिएको हो । 

बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई  ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

सो सहमति पछि प्रचण्ड सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउनका लागि नेपाली कांग्रेसले केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाएको छ भने नेकपा एकीकृत समाजवादीले बुधवार आकस्मिक रुपमा सचिवालय बैठक बोलाएर उपाध्यक्ष बेदुराम भुषाल र उपमहासचिव प्रकाश ज्वालालाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरिसकेको छ । तर, सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने तीनवटा मन्त्रालय पाउनु पर्ने जनाउँदै तीनवटा मन्त्रालय नदिएमा नाम सार्वजनिक नगर्ने जनाएका छन । 

उता, प्रचण्ड नेतृत्वको सरकारमा सहभागितालाई लिएर अन्य राजनीतिक दलले भने बिहिवार नै निर्णय लिने गरी बैठक बाेलाएका छन् ।

मन्त्रीमण्डलमा सहभागितावारे कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, १६ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने  बिषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।

‘पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ,’ केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।

यसअघि गत मंगलवारका लागि बोलाईएको बैठक दुई दिन पछि बिहिवारका लागि सारिएको हो । 

बालुवाटारमा हिजाे बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई  ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई एक राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएकाे छ ।

आजको मौसम: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश आंशिक बदली रहने

काठमाडौं, १५ चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  देशका पहाडी भू–भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उता राती भने कर्णाली र सुदूरपश्चिमसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ । 

यस फिल्मका कारण मानसिक तनाव झेलेकी थिइन् दीपिका पादुकोणले

फिल्ममा आफ्नो भूमिकालाई वास्तविक देखाउनका लागि कलाकारले तमाम पापड बेल्नुपर्छ । शारीरिक रूपले भूमिकामा ढाल्नका लागि जिममा घण्टौं पसिना बगाउनुपर्छ । आवश्यकता परे तौल बढाउन पनि कञ्जुस्याइ गर्दैनन् । यो रह्यो शारीरिक बद्लावको कुरा ।

तर, कैयौं यस्ता कलाकार छन्, जसले कुनै पनि भूमिकाको लागि मानसिक बद्लावको पनि सामना गर्नु परेको छ । सुटिङका समयमा कैयौं भूमिका निभाउँदा निभाउँदै उनीहरू सोही चरित्रमा डुबिरहन्छन् । जसको कारण उनीहरूको मानसिक स्वास्थ्यमा असर पर्ने गरेको छ । कैयौं पटक त उनीहरू मानसिक रुपले विक्षिप्त पनि हुन्छन् । बलिउडमा यस्ता केही कलाकार छन्, जो चरित्र निभाइरहँदा मानसिक रुपमा विक्षिप्त पनि बने ।

सन् २०२० मा रिलिज फिल्म ‘छपाक’मा दीपिका पादुकोणले एसिड आक्रमणबाट पीडित महिला लक्ष्मीको भूमिका निर्वाह गरेकी थिइन् । १५ वर्षको उमेरमा लक्ष्मीमाथि एसिड आक्रमण भएको हुन्छ । यो घटनापछि उनी एसिड बिक्री रोक्नका लागि लामो कानूनी लडाईँ लडेकी हुन्छिन् । फिल्ममा दीपिकाको अभिनयको सबैले प्रशंसा गरेका थिए । दीपिकाका अनुसार यो भूमिकाको प्रभावबाट बाहिर निस्कनलाई उनले यसमा प्रयोग गरिएको प्रोस्थेटिक्स नष्ट गर्नु परेको थियो ।

ठूलो कमाइ हुने लोभ देखाएर अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जना पक्राउ

काठमाडौं – अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन् ।अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौँ बस्ने वुद्धिराज श्रेष्ठ, नुवाकोटका इन्द्र तामाङ, सोही जिल्लाका रामकुमार लामा, काठमाडौँ बूढानीलकण्ठका प्रयास भण्डारी, दोलखाका अर्जुन श्रेष्ठ, उदयपुरका अनिता मगर, लमजुङका सुनिता गुरुङ, रामेछापका रविना सुनुवार, गोरखाका अनु गुरुङसहित नौ जना चिनियाँ नागरिक रहेका छन् । उनीहरुले ब्यापारबाट ठूलो कमाइ हुने लोभ देखाएर ह्वाट्एपमार्फत चिनजान गरी अपरेशन टिचर्स नामको च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी ठगी गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

उक्त विषयमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रहरीले जानकारी दिएको छ । उनीहरुबाट ठगी कार्यमा प्रयोग भएका विभिन्न विद्युतीय सामग्री १२ थान ल्यापटप, ७४ थान सिमकार्ड, ७७ मोबाइल र नगद चार लाख बरामद गरिएको प्रहरीले जनाएको छ ।

सत्तागठबन्धनमा  मिल्यो भागबन्डा, कसलाई कति मन्त्रालय ?

काठमाडौं, १५ चैत – सत्ता गठबन्धन दलमा भागबन्डा मिलेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले भागबन्डा मिलाएको हो ।

जसअन्तर्गत नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ । साथै माओवादीले थप एक राज्यमन्त्री पनि पाउने भएको छ । 

त्यस्तै एकीकृत समाजवादी र जनता समाजवादीले दुई/दुई मन्त्रालय पाउने भएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु शाहले एक/एक मन्त्रालय पाएका छन् । 

यस्तै सिके राउतको जनमत पार्टीले एक मन्त्री र राज्यमन्त्री गरी दुई पाउने भएका छन् । एक राज्यमन्त्रीबारे भने अझै टुंगो लागेको छैन ।

बक्सअफिसमा धमाल मच्चाउने तयारीमा ‘टाइगर बनाम पठान’, शाहरुख र सलमानको द्वन्द्व

मुम्बई, १५ चैत । अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ले बक्सअफिसमा धमाल नै गर्यो । यो फिल्मले भारतमा मात्र ५ सय करोडको कलेक्सन गर्यो । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय थियो । फिल्ममा अभिनेता सलमान खानले पनि केमियो गरेका थिए ।

अब चाँडै नै दर्शकले शाहरुख र सलमानलाई अर्को फिल्म ‘टाइगर बनाम पठान’मा एकसाथ देख्नेभएका छन् । यशराज फिल्मस्को स्पाई युनिभर्सबाट निर्माण हुने नयाँ फिल्मको तयारी सुरु भइसकेको छ । फिल्ममा शाहरुख र सलमान एकअर्काका विरोधी हुनेछन् । फिल्मको सुटिङ २०२४ को जनवरीबाट सुरु हुनेछ ।

‘टाइगर बनाम पठान’अघि शाहरुख र सलमान फिल्म ‘टाइगर ३’मा एकसाथ देखिँदैछन् । कटरीना कैफको समय अभिनय रहने फिल्ममा शाहरुखको कमियो हुनेछ । सलमानको ‘टाइगर ३’ नोभेम्बर १० मा रिलिज हुँदैछ ।  

सरकारले पूर्णता पाएसँगै जनताको विकासको चाहना पूरा गरिन्छ – महासचिव गुरुङ

काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले सरकारले पूर्णता पाएसँगै जनताको विकासको चाहना पूरा गर्ने बताएका छन् । बुधबार प्रगतिशिल चिकित्सक सङ्घ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारले पूर्णता पाएसँगै देशमा तीव्र विकास र समृद्धिको अभियान अघि बढ्ने बताए । उनले एक दुई दिनमै सरकार विस्तार भएर पूर्णता पाएसँगै विकासलाई अघि बढाइने बताए । उनले भने “मौलिक हकको कार्यान्वयनका लागि मुद्दामा समानता हुने दलहरुसँग सहमति र सहकार्यका साथ अघि बढ्ने गरी मोर्चाबन्दी गरेका छौँ । वर्तमान सरकारले पूर्णता पाएसँगै जनताको विकासको चाहना पूरा गर्ने गरी सरकारले काम गर्छ ।”

उनले सहमति र सहकार्यको मोडलमा जानुपर्दछ भन्ने देशभक्त र राष्ट्रवादी शक्तिहरुको कार्यनीति रहेपनि साम्राज्यवादीले राष्ट्रिय सहमति हुन नदिने गरेको बताए ।

अब एमालेमा गुटबन्दी र गैर एमाले गतिविधि स्वीकार्य हुँदैन – अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने बताएका छन् । बुधबार एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्ग रुपन्देही पार्टीले बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले देशमा लोकतन्त्र राजनीतिक अधिकारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा अवसर प्राप्त हुनुपर्ने बताए ।

उनले भने “देश बनाउने कुनै दृष्टिकोण र सङ्कल्प नभएको शक्तिले देशमा बहुमत ल्याएमा देशमा स्थिरता र स्थायित्व ल्याउन सक्दैन”, उनले थपे, “त्यसले जनतामा जनतामा तीव्र निराशा, असन्तुष्टि बढाउने, विकास निर्माणका काम अवरोध हुन्छ, शान्ति सुव्यवस्था कायम हुन सक्दैन ।”

उनले अब आउने चुनावमा वडादेखि सङ्घसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत अर्थात् बहुमत आउने गरी एकताबद्ध भएर लाग्नुपर्ने बताउ । उनले अब एमालेमा गुटबन्दी र गैर एमाले गतिविधि स्वीकार्य नहुने बताए ।

‘ठिटो झापाको’मा गायक आशिषसँग रोमान्टिक शनिशा

काठमाडौं, १५ चैत।  गायक आशिष सचिनको  ‘ठिटो झापाको’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक सचिनसँगै गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतमा  शब्द तथा संगीत सन्तोष सुनुवारको रहेको छ ।

पर्यटकीय नगरी इलाम र झापामा छायांकन गरिएको सार्वजनिक गीतमा गायक सचिनसँगै मोडल शनिशा भट्टराइको अभिनय देख्न सकिन्छ । गहिरो प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक शान थापाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जसमा प्रेमीकाले आफ्नो प्रेमी आफ्ना लागि बानी परीसकेका कारण छाड्न नसक्ने बताउँछिन् । 

अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो ओएसआर डिजिटलले निर्माण गरेको हो । गायक सचिनका  ‘दारी फुल्यो बैंसैमा’ ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन् ।

बागमती प्रदेश सरकारको प्रवक्तामा गंगानारायण श्रेष्ठ

हेटौंडा, १५ चैत – बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले पाएका छन् । प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि प्रवक्तामा नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया थिए ।  नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएपछि श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

मन्त्रिपरिषद बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्रा.डा.नरबिक्रम थापालाई  नियुक्त गर्ने  निर्णय गरेको छ ।

भ्रष्टाचार न्युनिकरण गर्न कुच्चो उपहार

मुगु १५ चैत – मुगुमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढ्दै गएको भन्दै त्यसको न्युनिकरणका लागि ११ बुँदे मागसहित ज्ञापन पत्र र कुच्चो उपहार दिइएको छ । वास नेपालका लागि  मुगु जिल्ला स्तरमा आवद्ध युवा युवतीहरूको आयोजनामा मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी खड्क बहादुर रोकायालाई  ज्ञापन पत्र बुझाउनुका साथै कुच्चो उपहार प्रदान गरिएको हो । 

जिल्लामा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिला सुस्ती, घुसखोरी जस्ता बेथितिकाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा कुच्चो उपहार र ज्ञापनपत्र बुझाउने कार्य भएको वास नेपाल मुगुका  अध्यक्ष चीन बहादुर शाही (कुमार) ले  बताए ।  

उनका अनुसार विशेष गरेर भ्रष्टाचारको कसिङ्गर बढार्नका लागि कुच्चो उपहार दिइएको हो । ‘भ्रष्टचारी पनि कार्यालय, समाज, र राष्ट्रका फोहोरी हुन् ।  भाइरस हुन् ।यिनीहरूलाई पनि कुच्चोले फोहोर बढारे झैँ बढार्न  आवश्यक छ ,’ उनले नभे ।

असल शासन, सामाजिक जवाफ देहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, युवा सशक्तीकरण, स्वयंसेवा, बाल अधिकार, बाल संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण, सामुदायिक सशक्तीकरण र संस्थागत विकासका क्षेत्रमा सुधारका लागि यो कार्यक्रम आयोजना गरिएको उनले बताए ।  

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी रोकायाले  कुनै पनि सरकारी निकायले सरल र सहज ढङ्गले जनतालाई सुविधा दिनुपर्ने, सरकारी कर्मचारी जनताप्रति जवाफदेही हुनुका साथै सेवाग्राहीलाई सम्मान गर्ने खालको हुनुपर्ने उल्लेख बतााए ।

मनाङ खप्तड गोल्डकपको फाइनलमा

धनगढी, १५  चैत  – मनाङ मस्र्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

कागजात पुरा नभएर क्यामरुनका दुई जना खेलाडीले खेल्न नपाएपछि ९ जनाको टोली मनाङविरुद्ध मैदान उत्रिएको थियो । 

मनाङलाई जित दिलाउन सायीजमलले ह्याट्रीक गोल गरे । मनाङका लागिखेलको १२ औं मिनेटमा जीवन गुरुङले गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले सात खेलाडीमा सिमित हुन पुगेको एभिनरमाथि दोस्रो हाफमा फाइदा उठायो । 

पहिलो हाफमा फउल गरेका जोर्डन जुनियरले पहेलो कार्ड पाए । उनले त्यसको विरोधमा विपक्षी टोली र अम्पायरसित गरेको व्यवहारका कारण रातो कार्ड पाएर बाहिरिनु पर्यो । त्यसको केहि मिनेट पछि गोल किपर विल्सनले पनि रातो कार्ड पाएपछि एभिनरको टीम सात जनामा सिमित रहन पुगेको थियो । 

खेलको ५४ औं मिनेटमा प्रसन्न श्रेष्ठले गोल गरे । यस्तै ५९ औं, ६७ औं र ७७ औं मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रीक पुरा गरे । खेलको ८१ औं मिनेटमा अनिल गुरुङले मनाङका लागि छैठौं गोल गरे । 
क्यामरुनले आज ४ खेलाडीको अनुपस्थितिमा पनि  मैदानमा केहि अवसर बनायो तर गोल गर्न सकेन । 

मनाङका सायीजमलले आजको खेलको ‘एसपीए म्यान अफ दि म्याच’ भएर नगद दश हजार जिते ।

जितसँगै मनाङ चैत १८ गते हुने फाइनल खेल्ने छ । विहिबार हुने आयोजक सुदूरपश्चिम–११ र थ्री स्टार क्लवबीचो दोस्रो सेमीफाइनलको विजेतासंग मनाङले उपाधिका लागि खेल्ने छ । दोस्रो सेमिफाइनल खेल विहिबार दिउसो ३ः३० बजे सुरु हुनेछ । 

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।
 

अभिनेत्री शोभितासँग डेटमा नागा

मुम्बई, १५ चैत । दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र उनकी तत्कालीन पत्नी सामन्था रुथ प्रभु सन् २०२१ मा अलग्गिएका थिए । सामन्थासँग अलग्गिएपछि नागा यतिबेला अभिनेत्री शोभिता धुलिपालाको प्रेममा छन् ।

सुरुवाती दिनमा उनीहरुको अफेयरलाई केवल चर्चा मात्र भनिए पनि अहिले आएर भने उनीहरु डेटमा रहेको खुलेको छ । हालैमात्र नागा र शोभिताको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जहाँ नागा एक रेष्टुरेन्टमा छन् र रेष्टुरेन्टका शेफ उनीसँग पोज दिइरहेका छन् । तस्बिरको पृष्ठभूमिमा शोभितालाई प्रष्ट रुपमा देख्न सकिन्छ । तस्बिरमा शोभिताले हातले अनुहार छोपेकी छन् ।

तस्बिर सार्वजनिक हुनासाथ सामाजिक सञ्जाल प्रयोगकर्ताले तिब्र रुपमा प्रतिक्रिया दिइरहेका छन् । ‘लाग्छ कि नागा डेटमा छन् । कति राम्रो जोडी देखिएको छ’, एक प्रयोगकर्ताले लेखेका छन् ।

नागाले सन् २०१७ मा सामन्थासँग विवाह गरेका थिए । विवाहअघि केही समय डेटमा रहेका यो जोडीको सम्बन्ध विवाहपछि भने खटपट भएको थियो । उनीहरुले सन् २०२१ अक्टोबरमा अलग्गिने निर्णय लिए ।

खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने

नेपालगञ्ज, १५ चैत – बाँकेको खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने भएको छ ।

केही विद्यालयमा दरबन्दीका शिक्षक नै नभएपछि गाउँपालिकाले त्यस्ता विद्यालयमा दरबन्दी भएका शिक्षक पठाउने काम थालेको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले तहगत दरबन्दी नभएका एक दर्जन स्कुल रहेको बताए । उनले मावि र निमाविमा दरबन्दी अभाव रहेको जानकारी दिए ।

पालिकाले प्राविका शिक्षक माविको प्रधानाध्यापक रहने परिपाटी पनि अन्त्य गर्ने जनाएको छ । खजुरामा १५ वटा मावि, निमावि चार, प्रावि मदरसासहित ४७ वटा स्कुल छन् ।

माविमा राहतसहित ६७ जना, निमाविमा ४२ र प्राविमा राहतसहित १ सय ५६ दरबन्दी रहेको छ । 

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

कर्णाली, १५ चैत – कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष वि.सं. २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक सङ्घसंस्थामा बिदा दिइएको बताए ।

कर्णाली प्रदेशको विशेषगरी जुम्ला जिल्लामा बारुवाँ ९चैत १२० गते मार्सी धानको बेर्नाका लागि खोला वा नदी किनारमा भिजाइएको मार्सीको बीउ घरमा ल्याएर चुल्हो नजिक राखी तताउने र टुसा निकालेर आलीमा छर्न योग्य बनाउने चलन छ ।