`

कैलालीमा भिरबाट लडेर महिलाको मृत्यु

धनगढी, १५ चैत – धनगढीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

चुरे गाउँपालिका वडा नम्बर १ सायलकी २९ वर्षीया पवित्रा थापा मगरको भिरबाट लडेर मृत्यु भएको हो ।

मंगलबार घरबाट ५ किलोमिटर टाढा रहेको घोडेथर बजारमा घरायसी सामान किनमेल गरेर घर फर्किनेबेला  थापाको भिरबाट लडेर मृत्यु भएको गाउँपालिकाका कर्मचारी लोकेन्द्रबहादु बोहराले जानकारी दिए ।

अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो

काठमाडौं, १५ चैत । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बुधबार पनि अमेरिकी डलरको भाउ २९ पैसाले घटेको छ ।

यसअघि मंगलबार १८ पैसाले उक्त डलरको भाउ घटेको थियो । बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । अघिल्लो दिन मंगलबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ १० पैसा कायम गरिएको थियो ।  

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युरोमा १४ पैसाले घटेर युरोको खरिददर १४१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६२ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ४१ पैसाले बढेको हो । मंगलबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ २१ पैसा कायम गरिएको थियो। 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बुधबार १६१ रुपैयाँ ५० पैसा र बिक्रीदर १६२ रुपैयाँ २४ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य १६१ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ९० पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३९ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा तोकेको छ ।

बुधबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८९ पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ८१ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ३६ पैसा र बिक्रीमा ४३० रुपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५५ पैसा तोकिएको छ।
 

आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौ, १५ चैत  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला १०० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैया, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी १०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैया, लोकल परवर ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी १३० रुपैया केजी, मूला रातो ५० रुपैयाँ, रुख टमाटर १३० रुपैयाँ, रुख कटहर ९० रुपैयाँ, भुई कटहर १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २८० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३२० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

एमाले सिध्याउँछौं भन्ने भित्तामा पुगे – ईश्वर पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको माया र स्नेहले नै आफ्नो पार्टी समानुपातिक मतमा पहिलो भएको बताउका छन् ।

पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत रौतहटमा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनलेएमालेलाई सिध्याउँछौं भन्नेहरूलाई निर्वाचनमार्फत जनताले भित्तामा पुर्‍याइदिएको बताए। अब आउने निर्वाचनमा स्पष्ट बहुमत ल्याउनेगरी पार्टीले योजनाबद्ध ढङ्गले काम गरिरहेको उनको भनाई थियो ।

मन्त्रालयको भागबन्डा टुङ्ग्याउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं – सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । आज बस्ने बैठकमा मन्त्रालयको भागबन्डा टुङ्ग्याइने बतायएको छ । मंगलबार साँझ बसेको बैठक विनानिष्कर्ष टुङ्गिएपछि बैठक आज बिहान ९ बजेका लागि बोलाइएको थियो । बैठकमा सरकारको साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिने तयारी छ ।

सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न ढिलो भइरहेको छ । नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालयमा दाबी गरेको छ भने कांग्रेसले आठ मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।

संसद सचिवालयका अनुसार आज बस्ने बैठकका २ सम्भावित कार्यसूची रहेका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८र७९) पेस गर्ने रहेकबो छ भने अर्को अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ रहेको छ ।

यस विधेयकमाथि विचार गरियोस् भनी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रस्ताव पेस गर्ने छन् ।

साना आयोजनामा नअल्झिओं, देखिने गरी काम गरौँ – मुख्यमन्त्री जम्मकट्टेल

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साना आयोजनामा नअल्झिन सुझाव दिएका छन् । मंगलबार बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् ।

उनले अब गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताए । उनले समाजले खोजेअनुसारका विकासका काम गर्न सबैलाई आग्रह गरे । उनले भने “वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ” प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर नागरिकको चाहनाअनुरुपको काम गर्नमा दृढ रहेको उनको भनाई छ ।

ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं – ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । गए राति नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

उक्त भूकम्प गए राति ११ बजेर ४१ मिनेट जाँदा गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण

‘हामी तपाईंको समस्या समाधान गछौं । नो प्रोब्लम हामी सहयोग गर्न सक्छौं ,’ बाँझोपनको उपचारका लागि अस्पताल पुगेकी बेलायतको योर्कसायरकी जेनिफर हानिइटनलाई चिकित्सकले दिएको आश्वासन हो यो । ती चिकित्सक जेनिफरका पति सियारनतर्फ फर्कन्छन् र भन्छन्, ‘तपाईंका लागि हामीले गर्न सक्ने उपचारको सम्भावना अत्यन्त न्यून छ ।

‘जेनिफरलाई डिम्ब उत्पादन गर्न समस्या हुने रोग’पोलिसिस्टिक ओभारियन सिन्ड्रोमछ । यसले उनको प्रजनन क्षमतालाई प्रभाव पार्न सक्छ। चिकित्सकले उनका पति सियारनसँग पनि प्रजननसम्बन्धी समस्या भएको आशा गरेका थिएनन् । प्रयोगशालामा गरिएका परीक्षणले सियारनले उत्सर्जन गर्ने शुक्रकीटको संख्या अत्यन्त कम रहेको र गतिशिलता पनि न्यून रहेको देखाएको थियो।

जेनिफरको समस्याभन्दा उनका पति सियारनको समस्या निदान गर्न कठिन अथवा झन्डै असम्भव रहेको चिकित्सकको निष्कर्ष थियो। चिकित्सकले त्यसो भनिरहँदा आफ्ना पतिले दिएको प्रतिक्रिया अझै पनि जेनिफर स्मरण गर्छिन् । मेरा पतिले ठुलो आघात र शोक प्रकट गरेका थिए । चिकित्सकको भनाइलाई उनले स्वीकार्न सकेका थिएनन् । चिकित्सकीय परीक्षण गलत भएको उनले ठानेका थिए,’ जेनिफरले भनिन् ।

त्यसपछि सियारनको मानसिक स्वास्थ्य बिग्रन थाल्यो । एक्लै बस्न रुचाउने, बेडमा धेरै समय रहने र आफूलाई खुसी राख्न मदिरा सेवन गर्ने आदतले उनमा झन् समस्या थपेको थियो । ‘म क्रमशस् संकटको एउटा गहिरो र अँध्यारो बिन्दुतर्फ धकेलिँदै थिएँ,’ सिवारन भन्छन् । कुल अनुपातमा पुरुष बाँझोपनको हिस्सा झन्डै ५० प्रतिशत छ । पुरुषको कुल जनसंख्यामा ७ प्रतिशतमा यो समस्या छ । यो समाचार नागरिक दैनिकमा छ ।

श्रमिकलाई आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा सुरु

सरकारले बुधवार (आज)देखि निःशुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै सेवा सुरु गर्न लागिएको हो । बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्नेछन् ।

विदेशमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पु-याउनका लागि पहिलो पटक यस्तो सेवा सुरु गर्न लागिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार यसमार्फत श्रमिकको आवश्यकताअनुसार स्वास्थ्यसम्बन्धी सल्लाह, सुझाव र परामर्श उपलब्ध गराइनेछ । बोर्डका प्रवक्ता राजन पौडेलले सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह हुने जानकारी दिए ।

विदेशमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिनुपरेमा ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइबर, ह्वाट्स एप वा इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्यालाई टेलिमेडिसिनका मेडिकल अधिकृतले सुनेर बिरामी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा हरेक आइतबार र शुक्रबार उपलब्ध गराउने व्यवस्था गरिने पनि पौडेलले जानकारी दिए । आइतबार र शुक्रबार विदेशी मुलुकमा सार्वजनिक बिदा पर्ने हुँदा ती दिनमा श्रमिकसँग समय हुने भएकाले सेवा उपलब्ध गराउन लागिएको उनले जानकारी दिए ।

बोर्डका अनुसार सेवा लिने श्रमिकका लागि चिकित्सकको ‘प्रेस्क्रिप्सन’ अनलाइनमार्फत उपलब्ध गराउने र यसको सम्पूर्ण खर्च बोर्डले बेहोर्नेछ । सामान्य स्वास्थ्य समस्याबारेमा उपचार गराउने व्यवस्था नहुँदा वैदेशिक रोजगारमा गएका कैयौँ श्रमिकको मृत्यु हुने गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजन पोखरेलले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई स्वास्थ्य समस्याबारेमा सल्लाह र सुझाव लिने ठाउँ नहुँदा हाम्रा श्रमिकले मृत्यु वरण गर्नुपरेकाले यसबाट केही हदसम्म कम हुने विश्वास व्यक्त गरे ।

उहाँले वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि सरकारले यसलाई कम गर्न यो उपायबाट कम गर्न लागेको जानकारी दिए । यसैगरी श्रम मन्त्रालयले विदेशमा अलपत्र, मुत्यु र अङ्गभङ्ग भएका श्रमिकको उद्धार छिटोछरितो गर्ने व्यवस्था मिलाउन विदेशस्थित दूतावासलाई आग्रह गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

डलर दुई हप्तायताकै सस्तो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर दुई हप्तायताकै सस्तो भएको छ । गत फागुन ३० गते १३१ रुपैयाँ ७० पैसा रहेको डलरको विक्रीदर बुधवार पुनः १३१ रुपैयाँ ८१ पैसामा झरेको छ ।

मंगलवार राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ १० पैसा थियो । बैंकहरूले भने १३१ रुपैयाँ ७० पैसादेखि १३१ रुपैयाँ ९० पैसाको बीचमा रहेर डलर विक्री गरेका थिए । यसले पनि बुधवार डलरको मूल्य घट्ने संकेत गरिसकेको थियो ।

गत चैत ३ गते १३२ रुपैयाँ ६८ पैसासम्म उक्लिएको डलरको भाउ डेढ हप्ताको बीचमै उच्चतम विन्दुबाट ८७ पैसा घटिसकेको छ । अमेरिकी डलरसँगै चिनियाँ युआनको विक्रीदर पनि घटेको छ । तर, युआनको मंगलवार र बुधवारको विक्रीदरमा चार पैसाको मात्रै फरक छ । मंगलवार १९ रुपैयाँ १९ पैसा रहेको चिनियाँ युआनको विक्रीदर बुधवार १९ रुपैयाँ १५ पैसामा झरेको छ ।

बुधवार युरोको विनिमय दर भने बढेको छ । बुधवारका लागि युरोको विक्रीदर १४२ रुपैयाँ ६२ पैसा तोकिएको छ । मंगलवार युरोको विक्रीदर १४२ रुपैयाँ २१ पैसा तोकिएको थियो । बैंकहरूले भने १४१ रुपैयाँ ९१ पैसादेखि १४२ रुपैयाँ ९१ पैसाको बीचमा रहेर युरो विक्री गरेका थिए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका बर्षा हुने

काठमाडौं, १५ चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। 

देशका पहाडी भू–भागका एक(दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

उता देशका पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावा(हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भयो – ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दश गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास गरेको बताएका छन् । मंगलबार एमालेको मिसन ग्रासरुट अभियानको क्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हु्न् ।

उनले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भएको बताए । उनले सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला एमालेले देशमा राम्रो काम गरेको दाबी गरे सुरुदेखि हालसम्म एमाले सरकारमा रहेका बेला देशको विकास र समृद्धिमा असाधारणमा काम गरेको उनले बताए ।

एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेलेको भन्दै उनले त्यसतर्फ सचेत रहन पनि कार्यकर्तालाई निर्देशन दिए । उनले दश दलीय गठबन्धनले एमालेले अघि सारेका राम्रो योजनामा बजेट रोक्ने काम गरेको पनि बताए ।

मिटरब्याजीहरूले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्छ – झलनाथ खनाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजी पीडितका मागप्रति ऐक्यबद्धता जनाएका छन् । मंगलबार बानेश्वरमा पीडितहरूले आयोजना गरेको धर्ना कार्यक्रममा पुगी नेता खनालले मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्ने बताए ।

उनले भने “तपाईँहरूका माग जायज छन् । तपाईंहरूमाथि अन्याय भएको छ । यो अन्याय सच्चिनुपर्छ, सरकारले माग पूरा गर्नुपर्छ ।” पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने बताउदै उनले मिटरब्याजीहरूले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने बताएयो ।

प्रकाशशरण महतलाई अर्थ मन्त्रालय ?

अशोक दाहाल/बीबीसी न्यूज नेपाली – सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेसले अर्थ मन्त्रालय लिने छलफल चलिरहँदा यो दलले कसलाई अर्थमन्त्री बनाउला भन्ने चासो धेरैमा देखिएको छ। कमजोर राजस्व सङ्कलन, बढ्दो आन्तरिक ऋण र शेअर बजारमा देखिएको गिरावटका कारण पनि अर्थ मन्त्रालयको नेतृत्वमा धेरै मानिसहरूको चासो देखिन्छ।

कांग्रेसले पाउने भनिएको सबैभन्दा महत्त्वपूर्ण मन्त्रालयमा सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र प्रकाशशरण महतलाई पठाउने तयारी गरेको पार्टी नेताहरू बताउँछन्।

बीबीसीको जिज्ञासामा महतले पनि आफू यसका लागि तयार रहेको बताए।“अर्थतन्त्र अप्ठ्यारो स्थितिमा छ। लगानी जोखिममा छ प्रतिफल कम छ। माग र आपूर्तिमा समस्या छ। यो परिवेशमा बजारमा देखिएको नकारात्मक भावनालाई सकारात्मकतामा बदल्न जरुरी छ,” महतले भने।

“यो अवस्थामा कांग्रेसभित्र यो विषय पढेको, परराष्ट्र र ऊर्जा मन्त्रालय पनि चलाएको हिसाबले पनि मेरो लागि यो विषय अरूभन्दा उपयुक्त हुन्छ भन्ने सोच पनि राखेको हो। … तर सबैको सल्लाह सुझाव लिएर सभापतिजी [देउवा]ले निर्णय गर्ने कुरा हो।”

प्रकाशशरण महतको पृष्ठभूमि के हो?
अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका महत दुई पटक मन्त्री र एक पटक राज्यमन्त्री भइसकेका छन्। तर उनले अर्थ मन्त्रालयको नेतृत्व गरेका छैनन्।उनी यसअघि परराष्ट्र र ऊर्जामन्त्री भइसकेका छन्। उनले राष्ट्रिय योजना आयोगमा बसेर पनि काम गरेका छन्।उनका दाइ रामशरण महत बारम्बार अर्थमन्त्री भएका थिए।

अहिले देउवाले प्रकाशशरण महतलाई अर्थमन्त्रीमा अघि सार्न सक्ने कांग्रेस नेताहरूको आकलन पछाडि केही रोचक पक्षहरू पनि छन्।“मेरै दाजु रामशरण महतले अर्थतन्त्रको मजबुत जग खडा गरेको हो। अन्तर्राष्ट्रिय सहयोग र विश्वास आर्जित गरेको हो, भूकम्पकै बेला जोकोहीले त्यस्तो सहयोग ल्याउन सक्ने अवस्था थिएन,” उनले भने।

“विषयवस्तु बुझ्न सक्ने, सम्बन्धित मन्त्रालयमा पनि नतिजा दिएको र अर्थशास्त्रमै अमेरिकाबाट पीएचडी गरेर आएको भएर पनि म यसमा योग्य छु भन्ने लाग्छ।”

तर प्रधानमन्त्री प्रचण्ड ‘अनिच्छुक’
अहिलेको सरकारको मूल्याङ्कन नै अर्थतन्त्रमा देखिएको चुनौतीको समाधानबाट हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति देउवालाई अर्थमन्त्रीमा अब्बल नेता पठाउने आग्रह गरेको माओवादीका एक नेताले बताए।

देउवाले आफ्नो दलबाट अर्थमन्त्रीमा महतलाई पठाउने सङ्केत सोमवार भएको भेटमा दिएको दाबी ती नेताले गरे। उनले आफ्नो नाम उल्लेख नहोस् भन्ने चाहेका छन्।माओवादी नेताहरूका अनुसार महतलाई अर्थ मन्त्रालय दिन प्रधानमन्त्री दाहाल “अनिच्छुक” देखिएका छन्। तर देउवाले नाम सिफारिस गरे प्रचण्ड उनलाई अर्थमन्त्री बनाउन बाध्य हुनेछन्।

अघिल्लो कार्यकालमा प्रचण्डको मन्त्रिपरिषद्‌मा महत परराष्ट्रमन्त्री थिए।प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले गठबन्धनभित्र सन्तुलन हुनेगरी प्रमुख मन्त्रालयहरूको जिम्मेवारी विभाजन हुने बताए।”कुन मन्त्रालय कुन दलले पाउने र को व्यक्ति त्यसमा हुने भन्ने अझैसम्म टुङ्गो लागिसकेको छैन तर साझेदार दलहरूबीच सन्तुलन हुने गरि मन्त्रालय बाँडफाँट हुन्छ,” उनले भने।

देउवासँग सोमवार भेट गरेकी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय “अन्तिम टुङ्गो लाग्न बाँकी रहे पनि कांग्रेसबाट महत नै अर्थमन्त्री बन्न सक्ने” बताउँछिन्।“आर्थिक क्षेत्रमा उहाँ (महत) गर्न सक्ने मान्छे नै हो भन्ने हामीलाई लागेको छ। अब उहाँलाई नै पठाउनुहुन्छ कि भन्ने छ तर निर्णय भएर यही व्यक्ति भन्ने भइसकेको छैन,” उनले भनिन्।

उनका अनुसार अर्थतन्त्रका चुनौती सामना गर्न सक्ने, आर्थिक क्षेत्रमा केही गर्ने अठोट भएको, निर्णय लिन सक्ने र पार्टीबाट हुने दबाव सामना गर्न सक्ने नेता भावी अर्थमन्त्रीका लागि कांग्रेसबाट सिफारिस हुनसक्छ।

“पार्टीबाट र सांसदहरूबाट पनि अर्थ मन्त्रालयमा दबाव हुन्छ त्यसको व्यवस्थापन गर्न सक्ने क्षमता पनि चाहियो,” उनले भनिन्।देउवानिकट मानिने कांग्रेसकै अर्का सहमहामन्त्री महेन्द्र यादव पनि कांग्रेसको भागमा अर्थमन्त्री आए महत नै दाबेदार हुने ठान्छन्।“अर्थशास्त्रमा पीएचडी गरेको, अर्थतन्त्रको ज्ञान भएको उहाँ नै हो। पार्टीको पनि प्रतिबद्ध साथी हो,” उनले भने।

‘देउवाप्रति बफादार’
कांग्रेस नेताहरूको भनाइ र कांग्रेस निकट विश्लेषक पुरञ्जन आचार्यको बुझाइमा धेरै समानता देखिन्छ।“देउवाले अर्थमन्त्रीमा आफूप्रति शत प्रतिशत बफादार व्यक्ति छान्छन्। त्यसो हुँदा प्रकाशशरण महतबाहेक विकल्प छैन,” उनले भने।

आचार्यका अनुसार देउवासँगको निष्ठा र अर्थशास्त्रको पनि पृष्ठभूमिका कारण अन्य दाबेदारहरूभन्दा महत बलिया छन्।“उनीसँग अहिलेको अर्थशास्त्रको चुनौती सामना गर्न सक्ने क्षमता छ कि छैन, त्यो मूल्याङ्कन हुन बाँकी कुरा हो। तर कम्तीमा पृष्ठभूमि छ। देउवाले राजनीतिशास्त्रका ज्ञानेन्द्रबहादुर कार्कीलाई त अर्थमन्त्री बनाए भने प्रकाशशरण महत हुँदा त उनैलाई छान्ने भइहाले,” आचार्य थप्छन्।“किन‍भने देउवाप्रतिको निष्ठाका कारण पनि हो।”अर्थतन्त्र पढे पनि आर्थिक मामिलामा हुने बहसमा उनका दाइ रामशरण महतजस्तो प्रकाशशरण महतको सार्वजनिक प्रस्तुति नभएको उनका आलोचकहरू बताउँछन्।

महतका आलोचकहरूको भनाइमा केही सत्यता रहेको स्वीकार गर्दै आचार्य भन्छन्, “नेपालको अर्थतन्त्र कुन दिशामा जाने के गर्ने र अर्थतन्त्रले सामना गरेका चुनौतीबारे बोल्ने लेख्ने छलफल गर्ने चाहिँ उनीसँग छैन।”

नाम उल्लेख नगर्ने सर्तमा माओवादीका एक नेताले महतलाई प्रधानमन्त्रीले विश्वास गर्न हिचकिचाएको कारणमध्ये यो पनि एक हुनसक्ने बताए।तर प्रकाशशरण महत भने यस्तो आरोप अस्वीकार गर्छन्।

“त्यस्तो होइन। म पटकपटक त्यस्ता मञ्चहरूमा सहभागी भएको छु। पछिल्लो पटक परराष्ट्रमन्त्री भएर काम पनि देखाएँ त्यसपछि धेरै परराष्ट्र सम्बन्धमा बोलाउने गरिएको हो,” उनले भने।“कि त रामशरण महत त हुनुहुन्थ्यो, अहिले उहाँ संसद्‌मा हुनुहुन्न।”

भुटानसँगको हारबाट जोगियो नेपाल

काठमाडौं, १४ चैत – दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै भुटानसँगको सम्भावित हार टार्दै १–१ गोलको बराबरी खेलेको छ ।

नेपालका लागि दीपकराज सिंह ठकुरीले ९०औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । 

भुटान नेपालसँगको अन्तिम समयको बराबरीसँगै प्रतियोगिताबाट बाहिरिँदा लाओसले भने फाइनलमा स्थान बनाएको छ । अब प्रतियोगिताको उपाधिका लागि नेपाल र लाओस प्रतिस्पर्धा गर्नेछन् ।

विधि र पद्धतिका कुरा गर्दा पार्टीबाट घचेट्न खोजे विकल्प खोज्छु – भीम रावल

काठमाडौं – नेकपा एमालेका नेता भीमबहादुर रावलले आफूले सधै देशको हितमा काम गर्दै आएको बताएका छन् । मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता रावलले यस्तो बताएका हुन् ।

राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै पार्टीले बस्न पाइँदैन भनेको अवस्थामा मात्र विकल्प खोज्ने बताए । उनले भने अहिलेसम्म नेकपा ९एमाले०को सदस्यमा छु । राष्ट्रियताको प्रश्न उठाउँदा, पार्टीमा विधि र पद्धतिका कुरा गर्दा, पार्टीबाट घचेट्न खोजे विकल्प खोज्छु उनले थपे पार्टीमा ५० वर्षसम्म काम गरेको छु । पार्टीमा अन्तिमसम्म सङ्घर्ष गरिरहनेछु ।

उनले एमालेमा सुदूरपश्चिमका नागरिकलाई नेतृत्वमा आएको देख्न नसक्नेहरुले आफुलाई किनारा लगाएको आरोप लगाए । ‘एमाले अध्यक्ष केपी ओलीसँग ८औं महाधिवेशनमा झलनाथ खनालले प्रतिष्पर्धा गरेर जितेका थिए, ९औं महाधिवेसनमा माधव नेपालले प्रतिष्पर्धा गरे केही भएन,’ रावलले भने, ‘तर सुदूरपश्चिमबाट मैले प्रतिष्पर्धा गर्दा त्यो सुहाएन रे, पार्टीको विधानमै सुदूरपश्चिमबाट प्रतिष्पर्धा गर्न नपाइने लेखिदिए हुन्छ अब ।’

भारतमा भीरबाट लडेर एक नेपाली मजदुरको मृत्यु

दार्चुला, १४ चैत – भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गतको छिरकिलामा मजदुरी गर्न पुगेका नेपाली कामदारको मृत्यु भएको छ । 

सोमबार मजदुरी गर्ने क्रममा भीरमा खसेर बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ का ३० वर्षीय कालुराम ओडको मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मजदुरीका क्रममा मृत्यु भएका नेपाली कामदारको धारचुलास्थित चिकित्सालयमा शवको पोस्टमार्टम गरी शव मंगलबार बैतडी पठाइएको हाे ।

मजदुरीका क्रममा मृत्यु भएका हुनाले निर्माण कम्पनीले उनको परिवारलाई ५ लाख भारतीय रुपैयाँ सहयोग दिएको बुझिएको छ ।

नेपाली क्रिकेट टिमका फरवार्ड विष्ट घाइते

काठमाडौं, १४ चैत – नेपाली टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् ।

भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर विष्ट मंगलबार घाइते भएका हुन् । विष्टलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भएका हुन्

।

गठबन्धन बैठकमा प्रधानमन्त्रीले पेश गरे सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौं, १४ चैत – सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् । 
उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएकाे र भोलि त्यसमा छलफल हुने उनले बताए ।
न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।

प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परेका तीन जना रिहा

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परेका तीन जना रिहा भएका छन् । डिल्ली बजार कारागारमा जेल चलान भएका तीन जना आज मंगलबार पाँच हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो ।

सोमबार बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । ७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूलाई पक्राउ गरीएको बिषयमा सडकदेखि संसदसम्म सरकारको चर्को आलोचना हुँदै आएको छ ।

नाबालिक बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ

धनगढी, १४ चैत – नाबालिक बलात्कारको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३ मा घर भाडामा बस्दै आएका भारतीय नागरिकले गत चैत्र १० गते ६र७ वर्षकी एक नाबालिकलाई ललाईफकाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशको रामपुर जिल्ला क्यामरी थाना घर भएका ५० वर्षीय रिजवान खान रहेका छन् ।

खानले बालिकालाई बिस्कुटको प्रलोभन देखाई आफ्नै डेरामा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका खानलाई हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

मुख्य सचिव बैरागी र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडाैं, १४ चैत – नेपालका सरकारका मुख्य सचिव शंकरदास वैरागी र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरवारमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोको विषयमा छलफल भएको बताइएको छ । 

जनताबाट अनुमोदित भएका योजना सरकारको प्राथमिकतामा : मुख्यमन्त्री शाह

धनगढी, १४ चैत – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताबाट अनुमोदन भएका योजनालाई मात्र प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । अछामका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका मुख्य मन्त्री शाहले आज साँफेबगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारलाई आम नागरिकको सरकार बनाउनतर्फ आफ्नो नेतृत्व लागिपरेको बताए ।

मुख्य मन्त्री शाहले प्रदेशका योजनाका बारेमा स्थानीय सरकारलाई जानकारीबिना अब कुनै पनि योजना पास नगर्ने भन्दै सामूहिक रुपमा आएको साझा योजनालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गराउने बताए ।

उनले भने,‘अब व्यक्तिगत योजना पास हुनेवाला छैनन्, वडा तहमा बढिभन्दा बढि जनताको सहभाीतामा पास भएको योजना आउनु पर्‍यो,स्थानीय सरकारलाई गुमराहमा राखेर कुनै पनि योजना बजेट प्रदेश सरकारबाट आउने छैन,स्थानीय सरकारलाई पनि बलियो बनाउनतर्फ मेरो जोड छ,स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश सरकारले आफ्ना क्रियाकलाप गर्ने छ ।’

मुख्यमन्त्री शाहले साना साना टुक्रे योजना,व्यक्तिगत योजना र कमिस र झ्यालबाट आउने योजनाको अन्त्य आफ्नो कार्यकालमा हुने र यसका लागि कर्मचारी जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेको बताए। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन पक्षमा कोहि कसैसँग पनि सम्झौता गर्ने बताए ।

यस्तै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले पहाडको बसाइसराई रोक्न यहाँका आधारभूत आवश्यकता परिपूर्ति गर्नतर्फ लाग्नु पर्नेमा जोड दिए । उनले यहाँको शिक्षा,स्वास्थको आधारभूत आवश्यकता र रोजगारको क्षेत्रमा विशेष योजना बनाएर अगाडि बढ्न सके मात्र बसाइसराई रोक्न सकिने बताए। यसो हुन नसके अबका केहि वर्षमा पहाडका गाउँबस्ती रित्तिने बताए ।

उनले भने,‘स्वास्थमा सहज पहुँच,शिक्षामा गुणस्तर र गाउँघरमै रोजगार,यहाँको पर्यटन प्रबर्धन,पूर्वाधार जस्ता विषयलाई जोडेर काम गर्न जरुरी छ ,तब मात्र केहि हदसम्म बसाइसराई रोकिन्छ,योजनाबद्ध तरिकाले अगाडि बढ्छौं, तपाईं सबैलेको साथ सहयोग चाहिन्छ ,यो तेरो मेरो भन्ने भावना त्यागेर हाम्रो हो भन्नेमा एक मत हुनुपर्‍यो।

अनि मात्र तपाईं हामीले चाहेको विकास सम्भव छ ।’ मन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि नयाँ सोच र योजना बनाएर अहिलेको सरकारले विकासको नमूना खडा गर्ने दावी गरे।

मस्कको इमेलः टविटरको मुल्य २४ अर्ब डलरले घटयो

काठमाडौं, १४ चैत । सोसल मिडिया प्लेटफर्म टविटरको मूल्य २४ अर्ब अमेरिकी डलरले घटेको छ । 

टविटरका प्रमुख एलन मस्कले मूल्य मस्कले २० अर्ब डलरले मुल्य घटेको बताएका हुन । पाँच महिनाअघि मात्र ४४ अर्ब डलरमा खरिद गरेको टविटर अहिले आधाभन्दा कम मूल्यले घटेको उनले जनाएका हुन् ।

मस्कले कर्मचारीहरूलाई पठाइएको इमेलमा सानफ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट्विटरको छाता कम्पनी एक्स होल्डिङ्सका कर्मचारीहरूलाई शेयर बाँडफाँड गर्ने तयारी गरिरहेकाे बेला मस्कले उक्त मुल्य उल्लेख गरेर इमेल गरेका हुन । क्षतिपूर्ति योजना सुरू हुन लागेकाे बेला टविटरको मूल्य २० अर्ब डलर तोकिएको छ। 

आन्तरिक इमेलमा मस्कले ट्विटरको मूल्यमा भएको क्रुर सङ्कुचनको वर्णन गर्दै उनले भनेका छन, ‘ट्वीटरले यस्तो गम्भीर वित्तीय कठिनाइहरूको सामना गर्नुपर्‍यो कि एक बिन्दुमा यो चरम आर्थिक संकटको संघारमा पुगेको छ ।’

मस्कले शनिबार गरेको टविट अनुसार टविटरले प्रति वर्ष तीन अर्ब अमेरिकी डलर गुमाउने जनाएका थिए ।  

प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम

काठमाडौं, १४ चैत ।  गायक प्रमोद खरेलको स्वर रहेको ‘कर्मै मेरो रैछ खोटी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । संगीतकार ऋषि खड्काको शब्द संगीत रहेको सार्वजनिक गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ ।

विक्रम चौहानले निर्देशन गरेको भिडियोले प्रेम, रोमान्स र  वियोगको कथालाई देखाएको छ । जसमा नायिका शिल्पा पोखरेल र मोडल विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । प्रेममा मान्छे कतिसम्म डुब्न सक्छ भन्ने विषयलाई देखाइएको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन् । फिल्मी शैलीमा निर्माण गरिएको गीतलाई शाईराम पिक्चर्स प्रालीले बजारमा ल्याएको हो ।

बैंकको रकम लुटेको आरोपमा पक्राउ तीनलाइ डाँका मुद्धा

सिरहा, १४ चैत।  सिरहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ अरङ्गका  ४५ वर्षिय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुर का ३६ वर्षिय जिवछ बि.क. र लहान १९ छपरारी का ४७ वर्षिय सत्य नारायन मण्डललाई पहरीले पक्राउ गरेको हो।

उनीहरुले वैंकका कर्मचारीले मिर्चैयाबाट कल्याणपुर शाखामा लादै गरेको नौं लाख रकम लुटपाट गरेको आरोप  छ। प्रहरी सहित गएका ज. ६ प ८१८५ नम्वरको मोटरसाईकलमा बैंकका कर्मचारी गत फागुन १० गते नम्बर नखुलेको मोटरसाईकलमा आएका ४ जना अपरिचित ब्यक्तिहरुले पेस्तोल देखाई रकम लुटिएका थिए। 

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहा लगाएत मातहतका प्रहरी टोलीले उपलब्ध श्रोत साधन तथा प्रबिधिको प्रयोग गरि सिरहा सदरमुकास्थित हेमनारायण चोक स्थितबाट पक्राउ गरेको बताएको छ। 

उनीहरुमाथि शरिर बन्धक तथा डाँका मुद्दामा सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

दुई सय २० केभीकाे सबस्टेसन निर्माण अन्तिम चरणमा, एक हजार ६ सय मेगावाट विधुत प्रवाह हुने

लमजुङ १४ चैत । मर्स्यायाङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुई वटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो ।

भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेको आयोजनाले जनाएका छन् । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माणाधीन छन् । खुदी सबस्टेसन आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ ।

भौगोलिक रुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरणहरु लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने बताइएको छ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ ।

उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरणहरु निर्माण स्थलमा ढुवानी भइसकेका छन् । उपकरणहरु जडान जारी छ । 

प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधिन छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।

दुई सय २० केभीकाे सबस्टेसन निर्माण अन्तिम चरणमा, एक हजार ६ सय मेगावाट विधुत प्रवाह हुने

लमजुङ १४ चैत । मर्स्यायाङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुई वटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो ।

भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेको आयोजनाले जनाएका छन् । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माणाधीन छन् । खुदी सबस्टेसन आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ ।

भौगोलिक रुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरणहरु लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने बताइएको छ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ ।

उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरणहरु निर्माण स्थलमा ढुवानी भइसकेका छन् । उपकरणहरु जडान जारी छ । 

प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधिन छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।

ताप्लेजुङमा साथीले चलाएको बन्दुक पड्किदा गुरुङको मृत्यु

ताप्लेजुङ, १४ चैत । शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ। 

आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार शिकार खेल्न सँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु भएको हो । 

सोमबार राति करिब १० बजे कालिदह जंगलमा शिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ ।

मृतक गुरुङको शव भने कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमको लागि सदरमुकाम लगिनेछ । 

आज कृषि बिकास बैंकको साधारणसभा, १३ प्रतिशत लाभांस पारित हुदैँ

काठमाडौं, १४ चैत । कृषि विकास बैंक लिमिटेडले १६ औं वार्षिक साधारण आज बस्दैछ । 

कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बस्न लागेको साधारणसभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश पारित गर्ने कार्यतालिका रहेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ  ।

फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुक क्लोजको मिति तोकेको बैकको  साधारणसभामा  फागुन २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउने र्बैकले जनाएको छ ।
 

अन्नपूर्ण पदमार्गमा बिदेशी पर्यटक बढे

लमजुङ १४ चैत । चक्रीय अन्नपूर्ण पदमार्गमा बिदेशी पर्यटकहरूको आगमन वृद्धि हुन थालेको छ । 

पदमार्गमा सन् २०२३ को जनवरीदेखि हालसम्म  तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक पदमार्गमा आएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार अहिले दैनिक ४०/५० जना पर्यटक पदमार्गमा आउने गरेका छन् ।अन्नपूर्ण पदमार्गमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म पदयात्राको राम्रो समयका रूपमा लिइन्छ ।

अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गर्छन् । लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

देउवा पत्नि राणा नयाँ दिल्लीमा

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली पुगेकी छिन् । 

सोमबार साँझ आमा प्रतिभा राणासहित भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन । 

मन्त्री परिषद् विस्तारमा राणाको नाम पनि चर्चामा रहेको बेला कांग्रेस केन्द्रिय सदस्यसमेत रहेकी नेतृ राणा सोमबार साँझ७ बजे नयाँ दिल्लीतर्फ गएकी थिइन । 

नियमित स्वास्थ जाँचका लागि नयाँ दिल्ली गए पनि उनले सो क्रममा राजनीतिक भेटघाट गर्ने पनि बुझिएको छ । 

राहुल गान्धी माथी निरन्तर प्रहार, सरकारी निवास छाडन नोटिस जारी

नयादिल्ली, १४ चैत । भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न आदेश दिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिजसमेत जारी गरिसकेको छ । 

उता, लोकसभाको सांसद सुची रहेकाे वेबसाइटबाट पनि नाम हटाउँदै राहुल गान्धी निर्वाचित क्षेत्र वायनाडलाई रिक्त घोषितसमेत गरिएको छ। 

गान्धीको सो निर्वाचन क्षेत्र खाली भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन घोषणाको तयारीसमेत सुरु गरेको छ ।

कांग्रेस नेता गान्धीलाई गत बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाए पछि उनी माथी निरन्तर प्रहार हुदैँ आएको छ ।

राहुल गान्धीको सांसद  पद खारेजीलाई भारतीय लोकतन्त्रमा सबैभन्दा ठुलो उपहासको रुपमा लिएको छ भने देशैभरी सो निर्णयको बिरोध भइरहेको छ । 

यस्तो छ आजकाे हरियो तरकारी तथा फलफुलको मूल्य

काठमाडौ, १४ चैत ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला १०० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैया, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैया, लोकल परवर ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ४० रुपैयाँ, भिण्डी १३० रुपैया केजी, रुख टमाटर १३० रुपैयाँ, रुख कटहर ९० रुपैयाँ, भुई कटहर १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २८० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३२० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

अमेरिकी डलरसंगै युरोको पनि घट्याे भाउ

काठमाडौं, १४ चैत । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । सोमबार स्थिर रहेको डलर मंगलबार १८ पैसाले घटेको हो। आज यसको खरिददर १३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा कायम गरिएको छ । अघिल्लो दिन सोमबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ २८ पैसा कायम गरिएको थियो । आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।  

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरोमा १४ पैसाले घटेर युरोको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ३५ पैसा कायम गरिएको थियो। उक्त दिन एक रुपैयाँ पाँच पैसाले युरोको भाउमा ओरालो लागेको थियो । सोमबार भने ३९ पैसाले युरोको भाउ बढेको थियो । 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा तोकिएको छ भने अघिल्लो दिन यसको खरिदमूल्य १६१ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ८० पैसा कायम गरिएको थियो ।  

उता, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९६ रुपैयाँ २५ पैसा छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८७ पैसामा काराेबार हुनेछ । 

यसैगरी  कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९४ पैसामा काराेबार हुनेछ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५० रुपैयाँ ३० पैसा तोकिएको छ।
 

थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै

काठमाडाैं, १४ चैत । प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै छ। 

दशरथ रंगशाललामा खेल साझ ६ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जीत हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ। 

नेपालले पहिलो खेलमा लाओसलाइ २–० गोलले पराजित गरेका थियो भने भने लाओससँग पराजित भएर आएको भुटान नेपालसँग पहिलो जीतका लागि प्रतिस्पर्धामा हुनेछ ।

पछिल्लो पटक भुटानले नेपाल सँग सन २०१९ मा भएको १३ औं दक्षिण एसियाली सागमा प्रतिस्पर्धा गरेको थियो।

नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने

काठमाडौं, १४ चैत । नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठले ‘शिव दाई’ नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन् । 

नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसंग अन्तरंग कुराकानी गर्नेगरि कार्यक्रम सञ्चालनको तयारी गरेका हुन ।

उनले आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जिवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जनाएका छन् भने विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उनले कार्यक्रम सञ्चालन गर्नेछन् । 

नेपाली फिल्ममा अहिले पनि शीर्ष भूमिकामा रहने श्रेष्ठको पछिल्लो समय सार्वजनिक भएको चलचित्र प्रेम गीत ३ ले नेपाल र भारतमा लोकप्रियता कमाएको थियो ।

फिल्मी कर्ममा आफ्नो ४१ वर्ष बिताएका श्रेष्ठले आफ्नो कार्यक्रममार्फत फिल्म लाइनका ४१ बर्षको अनुभव सेयर गर्नेछन । उनले प्रोमोमा भनेका भावुक हुदै भनेका छन्, ‘आज मैले रोकेर आफुलाई रोक्न सकिन । मलाई बनाउने दर्शक, स्रोतालाई म यस कार्यक्रमबाट सम्झीन सकु ।’

उनले आफ्नो कार्यक्रम मार्फत आफैलाई नजिकबाट चिन्न सक्ने बताएका छन् । उनले एक औपचारिक कार्यक्रममार्फत कार्यक्रमको औपचारिक घोषणा गर्नेछन् ।

प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित

काठमाडौं । प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरू गम्भीर बनेका छन् । 

संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष भन्दा कम गर्ने तयारी गरिए पछि न्यायधिसहरु गम्भिर र तरंगित बनेका हुन् ।

गत चैत ५ गते राष्ट्रिय सभामा दर्ता भएको ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ले यसअघि चौथो नम्बरमा रहदै आएको प्रधानन्यायाधीशको मर्यादाक्रम घटाएर पाँचौ नम्बरमा झार्न प्रस्ताव गरे पछि यतिखेर न्यायपालिका र नेपाल बार यशोसियन तरंगितसमेत हुन पुगेको छ ।

राष्ट्रियसभाका सांसदहरुले गैरसरकारी विधेयकको रुपमा यो विधेयक संसद सचिवालयमा दर्ता गरेका हुन ।

सो बिद्येयक दर्ता गर्ने सांसदहरुमा एमाले संसदीय दलको नेता देवेन्द्र दाहाल, गोपी अछामी, तुलबहादुर विक, प्रकाश पन्थ, प्रमिला कुमारी, वेदुराम भुसाल रहेका छन भने कांग्रेस दलको नेता रमेशजंग रायमाझी र शेखर सिंहलगायतका छन् ।

यो विधेयक राष्ट्रिय सभामा पेस गरेर बहुमतले स्वीकृत भयो भने सरकारी विधेयकको मान्यता पाउँछ । 

राष्ट्रिय मर्यादाक्रम अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायधिस रहने प्रस्ताव गरिएको छ । तर, यसअघि भने प्रधानमन्त्रीपछि प्रधानन्यायाधीश र त्यसपछि मात्र सभामुख रहने ब्यवस्था रहेको थियो । 

मर्यादाक्रम घटाउने गरी आएको सो बिद्येयकको बिषयलाई लिएर प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित सर्वोच्चका न्यायाधीहरुबीचमा गम्भिर रुपमा छलफल भएको स्रोतले बतायो ।


 

वायु प्रदूषणको असरले हरेक वर्ष १० लाखको जीवन गर्भमै तुहिन्छ

काठमाडौं । वायु प्रदूषणको असरले विश्वमा हरेक वर्ष १० लाख जीवनले यो बाहिरी संसार देख्न नपाई आमाको गर्भमै निधन हुने गरेको पाइएको छ । नेचर जर्नलमा प्रकाशित अनुसन्धात्मक प्रतिवेदनअनुसार वायु प्रदूषणको प्रमुख कारणले गर्भमै शिशुको मृत्यु हुने गरेको र मृत शिशु जन्मने गरेको तथ्य भेटिएको उल्लेख छ ।

नेपालसहित विश्वका १ सय ३७ वटा देशमा गरिएको बृहत् अध्ययन प्रतिवेदनअनुुसार जन्मेका, जवान र पाका भइसकेका मानिसमा मात्रै नभई गर्भमा रहेका शिशुमा समेत वायु प्रदूषणको गम्भीर असर देखिएको जनाएको छ । अध्ययनअनुसार विश्वमा धेरै बालबालिका मृत जन्मनुमा वायु प्रदूषणलाई कारक मानिएको छ । वायुमण्डलमा रहने धुलाका मसिना कण २ दशमलव ५ पीएम र मृत शिशुसँगको सम्बन्ध रहेको भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

वायुमण्डलमा हुने २ दशमलव ५ पीएम पेट्रोल, डिजेल, धुवाँ र धुलोमा रहने गर्छ । धुलोका मसिना कण शरीरमा प्रवेश गरेपछि फोक्सोलाई असर गर्नुका साथै मानिसको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गराइदिन्छ । विशेषगरी, बालबालिकालाई धुलोका कणले नराम्रोसँग असर गरिरहेको हुन्छ ।

आँखाले देख्न सकिने धुलोका कणलाई पीएम १० मा मापन गरिन्छ । पीएम २ दशमलव ५ मा आँखाले देख्न सकिनेभन्दा चारगुणा साना कण हुन्छन् । वातावरणविद्का अनुसार पीएम २ दशमलव ५ मा कम आकारका धुलोका कण, कार्बनमोनोअक्साइड र नाइट्रोेजनअक्साइड हुन्छ । यस्ता कण स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । यी कण श्वासप्रश्वासमार्फत शरीरभित्र सजिलै पस्ने हुनाले श्वासनलीमा संक्रमण हुने गर्छ ।

चिकित्सकका अनुसार वायु प्रदूषणको तत्कालीन असर सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वासमा असरदेखि दीर्घकालीन रूपमा मुटुरोग, मस्तिष्काघात, फोक्सोको क्यान्सर, दम र बालबालिकामा मस्तिष्क विकास तथा प्रजनन क्षमतामा समेत ह्रास गराउनेलगायत हुन्छन् ।

प्रतिवेदनअनुसार वायु प्रदूषण र मृत शिशु जन्मनुको सम्बन्ध’दयगत यो अहिलेसम्मको विस्तृत अध्ययन हो । अध्ययनअनुसार सन् १९९८ देखि २०१६ सम्म १३ हजार ८ सय ७० आमासँग जोडिएको गर्भावस्थाका ४६ हजार ३ सय १९ वटा घटना विश्लेषण गरिएको जनाइएको छ । अ

ध्ययन प्रतिवेदनमा भनिएको छ, मृत शिशु जन्मनुको प्रमुख कारकका रूपमा वायुमण्डलमा धुलोका मसिना कण २ दशमलव ५ पीएमले प्रतिकूल प्रभाव पार्ने गरेको भेटिएको उल्लेख छ ।

मृत शिशु जन्मनुमा आमाको शरीर हुँदै गर्भमा रहेको बच्चामा प्रदूषित हावा पुग्दा त्यसले गम्भीर समस्या उत्पन्न गर्नसक्नेमा सन् २०१८ मा एक अध्ययन प्रतिवेदनमा समेत उल्लेख छ । बेलायतको लन्डनमा बस्ने गर्भावस्था आमाहरूलाई समावेश गरिएको नयाँ अध्ययनले उनीहरूको प्रत्येक बच्चाको प्लेसेन्टामा काला कण पत्ता लगाएको अनुसन्धानकर्ताले भनेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी, कुन दलबाट को बन्दै छ मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ दलका बीचमा मन्त्रिपरिषद् विस्तारको विषयमा मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्दै छ । सोही बैठकमा दलहरूले पाउने मन्त्रालयको संख्या र मन्त्रालय’मा अन्तिम टुंगो लाग्नेछ ।

मन्त्रिपरिषद् विस्तार गर्दा विश्वासको मत दिने सबै दललाई समेट्ने प्रयासमा रहेका प्रचण्डले करिब मन्त्रालयको भागबन्डा टुंगो लगाइसकेका छन् । सत्तारूढ गठबन्धनभित्र नेपाली कांग्रेसले एक राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्रालय लिनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एक राज्यमन्त्रीसहित ३÷३ मन्त्रालय, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले दुई मन्त्रालय पाउनेगरी प्रचण्डले आन्तरिक भागबन्डा गरेका छन् ।

जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), आमजनता पार्टी (आजपा), राष्ट्रिय जनमोर्चासहितका साना दललाई समेत एक÷एक मन्त्रालय छुट्याइएको बालुवाटर स्रोतको जनाएको छ ।

कुन दलबाट को हुँदै छन् मन्त्री ?
कांग्रेसले बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सोही बैठकबाट मन्त्री हुने नेताको नामावली टुंगो लाग्ने बताइएको छ । माओवादी केन्द्रले दुई मन्त्रीलाई हेरफेर गर्ने भएको छ । भौतिक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थामन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिने र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ऊर्जा र सहरी विकास मन्त्रालयमध्ये एउटा दिने तयारी भएको छ ।

एकीकृत समाजवादीले पार्टीका तर्फबाट नेतृत्व गरेर उपाध्यक्ष एवं संस्थापक महासचिव डा बेदुराम भुसाललाई पठाउँदै छ । भुसाल हालसम्म मन्त्री भएका छैनन् । उनलाई सरकारमा पठाउने निश्चित गरेरै महासचिवबाट बढुवा गरेर उपाध्यक्ष बनाएर महासचिवको जिम्मेवारी घनश्याम भुसाललाई पार्टीले गत साता दिएको हो । यस्तै, एकीकृत समाजवादीले उपमहासचिव प्रकाश ज्वालालाई समेत मन्त्री बनाउने भएको छ । भुसाल, ज्वाला र भानुभक्त जोशी एकीकृत समाजवादीबाट मन्त्री बन्नेछन् । जोशी राज्यमन्त्री बन्ने सम्भावना छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्री बन्ने तीनजनाको नाम फाइनल गरेको छ । डोलप्रसाद अर्याल, सोविता गौतम, विराजभक्त श्रेष्ठ, मनीष झा र तोसिमा कार्कीमध्ये तीन जना मन्त्री हुनेछन् । यद्यपि, रास्वपा पहिला पाएको मन्त्रालय पाए मात्रै सरकारमा जाने अडानमा छ । गृह मन्त्रालय पाएको रास्वपाले यसपालि गृह मन्त्रालय नपाउने निश्चित छ । गृह माओवादीले आफैंसग राख्नेछ ।

लोसपाबाट शरदसिंह भण्डारी, जसपाबाट अशोक राई, राजकिशोर यादव, प्रदीप यादवको मन्त्री हुने चर्चा छ । यस्तै, आम जनता पार्टी अध्यक्ष प्रभु साह र स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहसमेत मन्त्री हुने चर्चा छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।