`

आज नेप्से आज बन्द रहने

काठमाडौं, ७ चैत – घोडेजात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। 

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा प्रधानमन्त्रीको शुभकामना 

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।

मंगलबार बिहान एक शुभकामना सन्देश जारी गर्दै जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपील गर्दै प्रधानमन्त्री प्रचण्डले शुभकामना व्यक्त गरेका हुन् ।

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, २८ जना घाइते

धनगढी, ७ चैत – कैलालीको जोशीपुर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २८ जना घाइते भएका छन्।

सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो। बर्दगोरिया गाउँपालिका ६ सुगरखालमा आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन्। मृत्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन्। उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने फरार रहेका ट्याक्टर चालकको खोजी गरिरहेको छ।

वर्दगोरीया अस्पतालमा उपचाररत घाइतेहरू 

भजनी ९ बस्ने दोहती डगौरा

पेपी डगौरा

ज्योती चौधरी

मगुली चौधरी

मेदी डगौरा

मधु चौधरी

रुपा चौधरी

हिमान्सु चौधरी

अनिता चौधरी

रिदम चौधरी

आरोही चौधरी

तुन्नि चौधरी

ओली चरण चौधरी

रिवस चौधरी

घोडाघोडी अस्पताल सुखडमा उपचाररत घाइतेहरू

भजनी ९ बस्ने रोहन चौधरी

कृष्णी देवी डगौरा

रत्ना चौधरी

आशा देवी डगौरा

सग्रामी चौधरी

विपिन चौधरी

फुलराम चौधरी

सन्तोष चौधरी

हिरा चौधरी

रिता चौधरी

क्षितिज चौधरी

अमन चौधरी

रिया चौधरी

बिरेन्द्र चौधरी

सानु चौधरी

अपेक्षा चौधरी

राकेश चौधरी

सबिन चौधरी

आज बैंक तथा वित्तिय संख्या खुल्लै रहने

काठमाडौं, ७ चैत । काठमाडौं उपत्यकामा घोडेजात्राको अवसरमा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्लै रहने छन्।

काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको  । 

राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो।
 

राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने

काठमाडौं, ७ चैत । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ। 

सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफनो सेवा नरोकिने जनाएको हो । 

बिभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।
 

उपराष्ट्रपति निवासको सुखसयल चम्पालाई फिक्का

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार पद तथा गोपनियताको शपथ लिन राष्ट्रपति भवन शीतल निवास पुग्दा श्रीमती चम्पादेवीसँगै थिइन् । तामझामका साथ सुरक्षा घेराभित्र बसेर शीतल निवास छिरेकी चम्पाको ध्यान भने आज घर (कलैया) फर्किन नपाइने हो कि भन्ने चिन्ता थियो ।

शनिबार काठमाडौं आइपुगेकी चम्पा देवी उपराष्ट्रपति यादवसँग घरीघरी छिट्टै कलैया फर्किने माग गर्दै थिइन् । शपथ ग्रहण कार्यक्रम सकेपछि नाइट बस चढेरै सिधै कलैया जाने योजना थियो ।

छोरा शत्रुधन यादवले सम्झाए । मंगलबार टुडिखेलमा हुने घोडेजात्रा हेरेर मात्रै कलैया फर्किने भनेपछि उनी थप एकदिन काठमाडौंमै बस्न राजी भइन् ।

शपथ ग्रहण कार्यक्रममा पनि चम्पादेवी घरमा पालेको गाई, खेतबारी, घरवारको चिन्ता गर्दै थिइन् । ‘घरे लगेके एक आदमीले गाईके खिआ देवेला आ गोठमे बाध देवेके कहके आईल बानी । हमरा काठमाण्डुमे अईला तीन दिन होगैल, गाई खईलख की ना खईलख, कैईसन बा ईहा खाली रहलासे नाहोई ।’

उनले भोजपुरी भाषामा कुरा गर्दै भनिन् ‘ओहीसे जायला खहतानी’ चम्पाले राजधानीसँग भनिन्, ‘काठमाण्डुमे हम्मर कौनो कामे नईखे । घरे जायम त गाईके रेखदेख करेम, खेतवारी देखेम ।’

उनको भनाइ थियो, छिमेकीलाई गाईको रेखदेख गर्ने जिम्मा दिएर म काठमाडौं आएको तीन दिन भयो । काठमाडौंमा मेरो काम छैन । अब घरै जान्छु ।उच्च तहको पदमा आफ्नो श्रीमान पुगेकोमा उनले खुसी व्यक्त गरिन् । आफूलाई पनि धेरै मान्छेले नमस्ते गर्दा आश्चर्य लागेको बताइन् ।

श्रीमानसँगै काठमाडौंमै बसेर सरकारी निवासको सुविधा उवभोग गर्नेतर्फ उनको कुनै मोह छैन । उपराष्ट्रपति निवासको त्यो भव्य र सुखसयल उनलाई फिक्का लाग्यो । उनले भव्य सरकारी निवासभन्दा आफ्नै सानो घर प्यारो हुने बताइन् । यो समाचार राजधानी दैनिकमा छ ।

मन्त्री छनोटमा कांग्रेसको प्राथमिकता प्रत्यक्षलाई

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा सहभागी हुने निर्णय गरेको छ। तर कसको नेतृत्वमा कोको नेता सहभागी हुने भन्ने कांग्रेसले निर्णय गरेको छैन। उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि वा प्रकाशमान सिंह र शेखर कोइरालामध्येबाट पार्टीको नेतृत्व गराई पठाउने देउवाको तयारी रहेको स्रोतको दाबी छ।

उपसभापति खड्काले आफू सरकारभन्दा पार्टी संगठनमै लाग्ने बताउँदै आएका छन्। तर उपप्रधानमन्त्रीसहित पार्टीको नेतृत्व गरेर खड्का दाहाल नेतृत्वको सरकारमा जान सक्ने सम्भावना टरिनसकेको निकटस्थ बताउँछन्।खड्का सहभागी नभएको अवस्थामा सिंह वा निधिले सरकारको नेतृत्व गर्न सक्ने नेताहरूको दाबी छ। सरकारको नेतृत्वसहित पराराष्ट्र मन्त्रालयको जिम्मेवारी पाए शेखर नै सहभागी हुन सक्ने आकलन गरिए पनि निकटस्थहरूलेत्यसलाई अस्वीकार गर्दै आएका छन्।

बरु शेखरको कोटाबाट उपसभापति धनराज गुरुङ, डिकबहादुर लिम्बुलाई दाहाल नेतृत्व सरकारमा पठाउने तयारी रहेको निकटहरूको दाबी छ। शेखर समूहबाटै सहमहामन्त्री बद्री पाण्डे, जीवनबहादुर शाही, दीपक गिरी, रामनाथ अधिकारी, रामकृष्ण यादवसहितका नेता मन्त्रीका आकांक्षी छन्।

त्यस्तै, सभापति देउवानिकट नेताहरू प्रवक्ता प्रकाशशरण महत, नेताहरू एनपी साउद, सीता गुरुङ, वीरबहादुर बलायर, मोहनबहादुर बस्नेत, अजय चौरसिया, रमेश रिजाल, किशोर सिंह राठोर, रामहरि खतिवडा र मोहनबहादुर बस्नेत मन्त्रीका आकांक्षी छन्। सभापति देउवा पत्नी आरजु राणाले आफैं सरकारमा सहभागी हुन चाहेकी छिन्। अर्थ मन्त्रालयको जिम्मेवारीसहित राणाले उद्योगीसमेत रहेका सांसद विनोद चौधरीलाई सरकारमा सहभागी गराउने चाहना राख्दै आएको स्रोतको दाबी छ।

साउद र बलायर कसलाई सरकारमा सहभागी गराउने भन्नेमा सभापति देउवा र पत्नी राणाको चाहना फरक रहेको निकट स्रोतको दाबी छ। पूर्वमहामन्त्री शशांक कोइराला दीपक खड्कालाई मन्त्री बनाउनुपर्ने पक्षमा उभिएका छन् भने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा प्रदीप पौडेलको पक्षमा रहेको बताइएको छ।

देउवा नेतृत्व अघिल्लो सरकारमा सहभागी भएर पनि कार्यसम्पादनमा चुकेको भन्दै पार्टीभित्रबाट आलोचना खेप्दै आएका ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, दिलेन्द्रप्रसाद बडुसहितका नेता पनि फेरि मन्त्री बन्न लागिपरेका छन्। सञ्जय गौतम, सन्तोष चालिसे, जीवन परियार, राजेन्द्र केसी, अर्जुननरसिंह केसीसहितका नेताहरू पनि मन्त्रीका आकांक्षी छन्।

समानुपातिकबाट सांसद बनेर पहिलो पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका नेताहरूले दाहाल नेतृत्व सरकारमा नपठाउन सभापति देउवामाथि नेताहरूले दबाब बढाउँदै गएका छन्। पहिलो पटक संसद् प्रवेश गरेका सांसदलाई केही समय संसदीय अभ्यासमा लगाउनुपर्ने भन्दै एक नेताले भने, ‘पटक पटक सांसद भएका तर अहिलेसम्म सरकारमा सहभागी नभएकालाई प्राथमिकतामा राख्नुपर्छ।’

एउटै व्यक्तिले पटकपटक सरकारमा सहभागी हुने अवसर पाएकालाई दोहोर्याउँदा अन्य नेतालाई अन्याय हुने प्रत्यक्षतर्फबाट निर्वाचित कांग्रेस सांसदको बुझाइ छ। प्रत्यक्ष निर्वाचित र अहिलेसम्म अवसर नपाएका नेतालाई सरकारमा पठाउनुपर्ने भन्दै सांसदहरूले सभापति देउवालाई नै भेटेर ‘पाँच वर्षमा तीन सरकार गठन हुने’ भन्दै नयाँ र समानुपातिकतर्फका सांसदलाई दोस्रो र तेस्रो सरकारमा सहभागी गराउन सुझाउँदै आएका छन्।यो समाचार नागरिक दैनिकमा छ ।

८ लाख सेवाग्राही लाइसेन्सको पर्खाइमा

काठमाडौं । यातायात व्यवस्था विभागमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ८ लाख बढी सेवाग्राही कुरिरहेका छन्। उनीहरू एक दिन होइन वर्ष दिनदेखि लाइसेन्स लिन प्रतिक्षा गरिरहेका छन्। तर, यातायात व्यवस्था विभागले उनीहरूलाई लाइसेन्स प्रिन्ट गरेर दिन सकेको छैन।

विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुका अनुसार विभागसँग लाइसेन्स प्रिन्ट गर्ने एउटा मात्रै प्रिन्टर छ। प्रत्येक दिन झण्डै ८ हजार लाइसेन्सको माग हुन्छ। तर, साढे चार हजार मात्रै प्रिन्ट हुन्छ। यसले गर्दा सेवाग्राही मर्कामा छन्।

कीर्तिपुरकी अरुणा खड्काले यातायात व्यवस्था कार्यालय एकान्तकुना सवारी चालक अनुमतिपत्रको परीक्षा पास गरेको १ वर्ष भइसक्यो। पास भएको कागज बोकेर स्कुटर चलाउने अरुणाले अहिलेसम्म लाइसेन्स हात पारेकी छेैनन्। उनी भन्छिन्, ‘३ महिनामा लाइसेन्स लिन आउनु भनेको थियो तर ३ पटक गइसकेँ प्रिन्ट भएकै छैन भन्छन्।’

यस्तै, लाइसेन्स नवीकरण शाखामा दोलखाका मानबहादुर तामाङ भेटिए। ट्रक चलाएर जीविकोपार्जन गर्ने तामाङले सवारी अनुमतिपत्र नवीकरण गर्नका लागि निवेदन दिएका छन्। एक वर्ष अगाडि फारम बुझाएका उनले अहिलेसम्म नयाँ लाइसेन्स पाएका छैनन्। मिति सकिएको पुरानै लाइसेन्स बोकेर सवारी कुदाइरहेका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

चिनियाँ जहाज बेच्न मूल्याङ्कनका लागि आयो टोली

काठमाडौँ । नेपाल वायुसेवा निगमले पाँचवटा चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको छ। तीन वर्षयता भूमिस्थ गरिएका (ग्राउन्डेड) चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन्।

निगमका प्रवक्ता अर्चना खड्काले प्रतिनिधिले सोमबारदेखि काम सुरु गरेर एक महिनाभित्रै मूल्याङ्कन गरिसक्ने बताए । कम्पनीका प्रतिनिधिले सोमबारदेखि काम सुरु गर्ने र मूल्याङ्कनसँगै बिक्री प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ।

उनले भने, “चिनियाँ जहाज बिक्रीका लागि दुईवटा एमए ६० र तीनवटा वाई १२ जहाज बिक्री गर्न मूल्याङ्कनका लागि गत मङ्सिरमै कम्पनी छनोटको टेन्डर आह्वान गरेको थियो। मूल्याङ्कनका लागि सर्ट लिस्टमा एभियन एसेट म्यानेजमेन्ट छनोट भएपछि २०७७ साउनदेखि ग्राउन्डेड जहाजको इन्टरनेसनल सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङको मापदण्डभित्र रहेर पूर्ण मूल्याङ्कन हुन लागेको हो।”

चीनबाट भित्र्याइएका यी जहाजले नाफा दिन नसकेपछि निगमले भाडामा लगाउने अथवा नेपाली सेनालाई स्काई ट्रक बनाउन दिनेलगायतबारे सोच बनाए पनि जहाजमा कसैले रुचि नदेखाएपछि बेच्नका लागि मूल्याङ्कन प्रक्रिया सुरु गर्न लागिएको हो। जहाज भाडामा लगाउन निगमले दुई पटक बोलपत्र आह्वानसमेत गरेको थियो तर कसैको आवेदन परेन।

निगमले जहाज बिक्रीका लागि जहाज जे जस्तो अवस्थामा छ, सोही अवस्थामा मूल्याङ्कन गर्न लागेको प्रवक्ता खड्काको भनाइ छ। निगमले यही मूल्याङ्कनका आधारमा जहाज बिक्रीको टेन्डर गर्ने उनले बताए ।

जहाज ल्याउँदा नेपालले अनुदान र सफ्ट लोनमा गरी छ अर्ब ६७ करोड १० लाख रुपियाँ खर्च गरेको थियो। कुल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने तीन अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत ब्याजदरको ऋण थियो।

छवटा चिनियाँ जहाजमध्ये एउटा एमआई ६० र एउटा वाई १२ जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चारवटा जहाज जीटुजी–मोडेल (सरकारद्वारा सरकारसँग खरिद प्रणालीअन्तर्गत) चीनको एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा नेपाल सरकारले खरिद गरेको थियो।

छवटा जहाजमध्ये एक वाई १२ नेपालगञ्जमा दुर्घटनामा परेको थियो। पाइलट अभाव, मर्मतसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत र नाफा दिन नसकेको भन्दै निगमले विमान हटाउन लागेको हो।

अधिक खर्च र न्यून आम्दानीका कारण उडाएर लाभ लिन नसक्ने निष्कर्ष निकाल्दै निगमले जहाज ग्राउन्डेड गरेको थियो। हाल निगमले दुईवटा एयरबस–३२० र दुईवटा एयरबस–३३० सिरिज गरी कुल चारवटा जहाजमार्फत दिल्ली, मुम्बई, बैङ्लुरु, थाइल्यान्ड, हङकङ, जापान, साउदी अरेबिया, दुबई, कतार, मलेसियालगायतका गन्तव्यमा नियमित उडान गर्दै आएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

कृषि ज्ञान केन्द्रका पाँच जनाविरुद्ध ६६ लाखको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाखौं रकम हिनामिना गर्ने कार्यमा संलग्न कृषि ज्ञान केन्द्रका कालिकोटका निमित्त कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

हाइटेक नर्सरी सञ्चालन गर्न भनी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट लिएको ६६ लाख ५० हजार लिई काम नै नगरी फछ्र्यौट गरेका कारण आयोगले सो मुद्दा दायर गरेको हो । सो कार्यमा संलग्न इन्जिनियर, सम्झौता गरी काम नगर्ने सिमनाथ कृषि विकास सहकारी संस्थाका पदाधिकारी र छनोट तथा मूल्यांकन समितिका पदाधिकारीलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

सो मुद्दामा कृषि केन्द्रका तत्कालीन निमित्त प्रमुख भरतबहादुर बस्नेत, खाँडाचक्र नगरपालिका, कालिकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, कालिकोटका तत्कालीन सब–इन्जिनियर गुरुराज सञ्ज्याललाई विपक्षी बनाइएको छ ।

त्यस्तै, सहकारी संस्था, कालिकोटका अध्यक्ष कमलबहादुर शाही र कोषाध्यक्ष सुरेन्द्रबहादुर शाहीविरुद्धमा पनि मुद्दा दायर गरिएको छ । सो मुद्दामा सहकारी संस्थाले पेस गरेको कार्यसम्पन्न प्रतिवेदन छानबिन नगरी जस्ताको तस्तै मन्त्रालयमा पेस गर्ने समितिका पदाधिकारीहरूलाई पनि विपक्षी बनाइएको छ ।

समितिमा हरिप्रसाद पण्डित, श्रीधर अधिकारी, दीपककुमार भण्डारी, हीरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा, होमनाथ लम्साल रहेका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

आयोजना बैंकमा ७९ खर्बका परियोजना

काठमाडौं । राष्ट्रिय आयोजना बैंकमा ७९ खर्ब रुपैयाँ लागतका आयोजना सूचीकृत भएका छन् । संघीय सरकारले आयोजना कार्यान्वयन गर्नुपूर्व निर्धारित मापदण्डका आधारमा पहिचान, लेखाजोखा र प्राथमिकीकरण प्रक्रियाबाट छानिएका लगानीयोग्य आयोजनाको सूची तयार गर्न उक्त बैंक बनाएको थियो ।

त्यसमा हालसम्म ७ हजार २ सय १९ परियोजना प्रविष्ट गरिएको छ । राष्ट्रिय योजना आयोगअन्तर्गत रहेको आयोजना बैंकमा दर्ता भएका ती परियोजनाको अनुमानित लागत ७९ खर्ब रुपैयाँभन्दा धेरै रहेको र तिनलाई सम्पन्न गर्न अहिलेको बजेट प्रणालीअनुसार कम्तीमा २६ वर्ष लाग्ने अधिकारीहरूले बताएका छन् ।

योजना आयोगमा दर्ता भएका त्यस्ता परियोजनामा खासगरी सडक, खानेपानी, पुलपुलेसा, नदी तटबन्धदेखि एयरपोर्ट बनाउनेसम्मका छन् । पहिलेपहिले बजेट बनाउने बेलामा आयोजनाहरू रातो किताबमा पार्न नेता र सांसदहरू अर्थ मन्त्रालय धाउँथे । त्यस्ता योजना स्रोतविनै रातो किताबमा समावेश गर्दा सरकारलाई धान्न मुश्किल परेपछि २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आयोजना बैंक शुरू गरेका थिए ।

योजना आयोग मातहत रहने गरी आयोजना बैंक बनाइएको र सोही च्यानलमार्फत आउने आयोजनालाई प्राथमिकताअनुसार बजेटमा राख्ने परिपाटी बसालिएको थियो । शुरुआती चरणमा केही द्विविधा भए पनि पछिल्लो समय आयोजनाहरू बैंकमा प्रविष्ट गराउने क्रम बढेको योजना आयोगले जानकारी दिएको छ ।

आयोगका सदस्य रामकुमार फुयालका अनुसार तथ्यपरक र मापदण्डमा आधारित आयोजना पहिचान, छनोट, मूल्यांकन र प्राथमिकीकरण गर्ने प्रणालीको विकास एवं अभ्यासका लागि आयोजना बैंकको अवधारणा अघि सारिएको हो । सोहीअनुसार नै प्रविष्ट गराउने क्रम बढेको हो । उनका अनुसार यसबाट आयोजना व्यवस्थापनलाई थप प्रभावकारी बनाई कार्यान्वयनमा कुशलता प्राप्त गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

यी आयोजना सम्पन्न गर्न स्रोत जोहो गर्नेदेखि विनियोजित बजेट खर्च गर्नेसम्मको काम सरकारका लागि चुनौतीपूर्ण देखिन्छ । विगतमा सरकारले विकासको मूल फुटाउने भन्दै आयोजनाहरूलाई प्राथमिकतामा राख्न राष्ट्रिय गौरवका आयोजनाको अवधारणा ल्याएको थियो ।

सरकारले आर्थिक वर्ष २०६८/६९ मा पहिलोपटक १७ परियोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा वर्गीकरण गरेको थियो । हालसम्म आइपुग्दा राष्ट्रिय गौरवका आयोजनामा २४ परियोजना सूचीकृत छन् । सरकारले गौरवका आयोजना घोषणा गरेको १० वर्ष बित्दा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।

यीबाहेक अन्य परियोजना सम्पन्न हुन बाँकी छ । निर्माणमा ढिलाइ हुँदा ठूला आयोजनाको लागत बढेर खर्बौं रुपैयाँ पुगेको छ । राष्ट्रिय गौरवको सूचीमा रहेका कुनै आयोजनाको कामै शुरू भएको छैन भने कुनै कहिले सम्पन्न हुने हो पत्तो छैन । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

आजको मौसमः आजपनि हावाहुरीसहित पानी पर्ने

काठमाडौं, ७ फागुन । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ।  

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिनासहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिना सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिनासहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

कोहलीको बायोपिकमा अभिनय चाहन्छन् रामचरण

मुम्बई । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरण हालै अमेरिकाबाट फर्किए । उनी अभिनित ब्लकबस्टर फिल्म ‘आरआरआर’को गीत ‘नाटू नाटू’ ले हालै सम्पन्न ‘ओस्कार अवार्ड’मा ‘बेस्ट ओरिजिनल सङ’ विधाबाट ओस्कार अवार्ड जितेको थियो ।

यो जितपछि फिल्मको निर्माता तथा कलाकार खुशी छन् । यिनै रामचरणले क्रिकेटर विराट कोहलीको बायोपिकमा अभिनय गर्ने इच्छा व्यक्त गरेका छन् । एक अन्तरवार्तमा उनलाई कस्तो चरित्र निर्वाह गर्न चाहनुहुन्छ भनी सोधिएको प्रश्नमा उनले खेलसँग जोडिएको चरित्रमा काम गर्न चाहेको खुलाएका थिए ।

उनलाई ‘यदी विराट कोहलीको बायोपिक बन्यो भने त्यसमा शीर्ष भूमिका निभाउनुहुन्छ ?’ भनी सोधिएको प्रश्नमा उनले आफूले चाहेको बताएका छन् । उनले विराटको बायोपिकमा काम गर्न पाउनु अहोभाग्य हुने उल्लेख गरेका छन् । 

भाषा आयोगको अध्यक्षमा गोपाल ठाकुर नियुक्त

काठमाडौं, ६ चैत – सरकारले भाषाविद् गोपाल ठाकुरलाई भाषा आयोगको अध्यक्ष नियुक्त गरेको छ । ठाकुरलाई सोमबारको मन्त्रिपरिषद् बैठकले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेको हो । 

सुदूरपश्चिम प्रदेशबाट सदस्यमा पुष्कर भट्ट नियुक्त भएका छन् । 

मकवानपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

मकवानपुर, ६ चैत – मकवानपुरमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ को चौतारा जंगलमा घाँस काट्न जाँदा रुखबाट लडेर एक महिलाको मृत्यु भएको हो ।

स्थानीय ३८ वर्षकी राजलक्ष्मी गोले जंगलमा घाँस काट्न जाँदा लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 

मलको अनुदान कटौतीको गरिएको विरोधमा राप्रपा खोटाङको प्रदर्शन

खोटाङ, ६ चैत  – सरकारले मलको अनुदान कटौती गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले प्रदर्शन गरेको छ । खेती गर्ने समय अगावै माग बमोजिम मल आपूर्ति गर्न नसकिएको अवस्थामा अनुदान कटौती गर्ने निर्णय गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार दिक्तेलमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर अनुदान कटौतीको निर्णय फिर्ता लिन सरकार समक्ष माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै राप्रपाका जिल्ला अध्यक्ष ललितकुमार राईले मलको अनुदान कटौती तथा मूल्या वृद्धि सम्बन्धी निर्णय तत्काल फिर्ता लिन र सर्वसुलभ ढंगले मल आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेका छन् । 

सरकार समक्ष मल आपूर्तिको दीर्घकालिन समस्या समाधानका लागि देशभित्र रासायनिक मल कारखाना स्थापनाको प्रक्रिया तत्काल प्रारम्भ गर्न तथा किसानबाट उत्पादित वस्तुको उचित मूल्या र वजारको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइएको राप्रपाका अध्यक्ष राईले बताए । ‘किसानले रासायनिक मलमा पाउँदैआएको अनुदान घटाउने र मूल्य बृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय र अनुचित छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘कृषिजन्य वस्तुको उत्पादन लागत बढेको अवस्थामा यसले किसानलाई उत्पादन लागत बढाई छिमेकी देशहरुको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने थप जोखिम वढाएको छ । अनुदान कटौतीको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भत्र्सना गर्दछ ।’

राप्रपाको बिरोध प्रदर्शन भइरहँदा सरकारले सोमबार रासायनिक मलमा दिंदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ । 

सेती प्रदेशिक अस्पतालले माग्यो कर्मचारी

काठमाडौं, ६ चैत – धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । एक सूचना जारी गर्दै अस्पतालले चौथो, पाँचौ, आठौ र नवौ तहका कर्मचारी माग गरेको हो ।

करारमा कर्मचारी माग गरिएको छ । अस्पतालले जारी गरेको सूचनामा करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने सम्बन्धि मापदण्ड २०७७ अनुसार विज्ञापन आह्वान गरिएको उल्लेख छ ।

इच्छुक व्यक्तिलाई सात दिन भित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।

रारा बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका तामाङ विजयी

मुगु, ६ फागुन – मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको रारा बहुमुखी क्याम्पस मुगुको स्ववियु सभापतिमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका राज तामाङ विजयी भएका छन् । तामाङका मुख्य प्रतिस्पर्धी अनेरास्ववियुका बैदेवि बुढा र अनेरास्ववियु समाजवादीका कविराज शाहीलाई पराजित गर्दे नेविसंघका राज तामाङ रारा बहुमुखी क्याम्पसको सभापतिमा विजयी भएका हुन् । 

२ सय ६० मतदाता रहेको उक्त क्याम्पसका २ सय ७ जना मतदातादे मतदान गरेका थिए । विजयी तामाङले १ सय १७ मत प्राप्त गरी स्ववियु सभापतिमा विजयी भएको निर्वाचन मण्डलले जनाएको छ । अध्यक्ष पदको उम्मेदवारमा अनेरास्ववियुकी बैवैदेवी बुढाले ७२ मत ल्याएकी छन् भने अनेरास्ववियु समाजवादीका कविराज शाहीले १२ मत ल्याएका थिए । 

यस्तै कोषाध्यक्षमा नेविसंघकी रक्षा महताराले ९० मत पाउँदा अनेरास्ववियुकी बसन्ती रोकाया ९८ मत प्राप्तका साथ कोषाध्यक्षमा निर्वाचित भइन् । सचिवमा नेविसंघका असल विक निर्वाचित भएका थिए ।

सदस्यमा नेविसंघका पंचदेवी सेजुवाल र सपना रावल विजय भएको निर्वाचन अधिकृत लालकेशर रोकायाले जानकारी दिए । उनले  ९ मत वदर भएको पनि जानकारी दिए । समानुपातिकतर्फ अनेरास्ववियु ८३ , अनेरास्ववियु समाजवादि १३ , अनेरास्ववियु क्रान्तिकारी ८ र नेविसंघले ९४ मत प्राप्त गरेको छ । 

भक्तपुर बहुमुखी क्याम्पसमा ठूला तीन दलीय विद्यार्थीको संयुक्त प्यानल विजयी

भक्तपुर, ६ चैत – भक्तपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा तीन ठूला दल निकटको विद्यार्थीको संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा संयुक्त प्यालनकोतर्फबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वको प्यानल विजयी भएको हो ।

स्ववियुको आइतबार सम्पन्न निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघका पुकार पराजुली ‘बी’ एक हजार एक सय ६७ मतका साथ निर्वाचित भएको सोमबार सार्वजनिक भएको हो । उनका निकतम प्रतिष्पर्धी नेपाल क्रान्तिकारी विद्यार्थी संघ (नेक्राविसंघ) का दिनेश खड्गीले ७ सय ६१ मत प्राप्त गरे ।

स्ववियुको सचिवमा यादव दुलाल १ हजार १ सय ४६, कोषाध्यक्षमा सुजन प्रधान ११७६ विजयी मत ल्यायी विजयी भए । सदस्यहरुमा संयुक्त प्यानलका अस्मिता खनाल १२६९, निमेश नायभा १२२३, सजगकृष्ण पोखरेल ११८३, निरज कार्की १२९१, नवराज सिंह धामी १२५२, धिराज खड्का १२७०, सजना हुमागाईं १२६१ र तिलक पराजुली १२६२ मतका साथ विजयी भए ।

समानुपातिकतर्फ नेविसंघले ७६४, नेक्राविसंघले ५१६, अनेरास्ववियुले ३५३ र अखिल क्रान्तिकारीले २७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा. शेरसिंह रैखोलाले बताए । यस अनुसार नेविसंघले चार, नेक्राविसंघले तीन, अनेरास्ववियुले दुई र अखिल (क्रान्तिकारी) एक सदस्य सिट पाएका छन् । यस्तै भक्तपुरकै सानोठिमी शिक्षा क्याम्पस सानोथिमिको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका रेशमलाल श्रेष्ठ विजयी भएका छन् ।

भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा दुई हजार २२ मत खसेको थियो । कुल चार हजार एक मतदाता भएको क्याम्पसमा (५०.५३०) मत खसेको थियो । 
भक्तपुर बहुमुखी क्याम्पसमा तीन वटा ठूला दल निकटको नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) संयुक्तले सयुक्त रुपमा प्यानलसहित उम्मेदबारी दिएको थियो ।

यसबाहेक यहाँं नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिनेश खड्गीको अध्यक्षतामा एकल प्यानलसहित उम्मेदबारी दिएको थियो । यसबाहेक राष्टिय प्रजातन्त्रिक विद्यार्थी संगठन र भक्तपुर बहुमुखी क्याम्पस स्पोटर्स ग्रुपले स्वतन्त्र रुपमा एकल उम्मेदबारी दिएका थिए ।

यसअघि चुनावको मुखमा जित्नकै लागि विद्यार्थी नभई नेतागिरी गर्नका लागि नक्कली विद्यार्थी भर्ना गरिएको भन्दै विद्यार्थी संगठनहरुले विरोध गरेका थिए । नेपाली कांग्रेस निकटको ठूला तीन वटा दल निकटको संयुक्त प्यानलबाहेकका अरु विद्यार्थी संगठनहरुले यसको विरोध जनाएका थिए । कलेजमा दुई सय ५० रुपैयाँंमा विद्यार्थी भर्ना गरिएको भन्दै विरोध भएको थियो ।

जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु

रौतहट, ६ चैत – रौतहटमा जंगली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । चन्द्रपुर धन्सार सडकखण्डअन्तर्गत जंगलमा घाँस काट्न गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

सोमबार बिहान साढे ९ बजेतिर घाँस काट्न गएकी चन्द्रपुर नगरपालिका-४ बस्ने ४९ वर्षीया मिना मगरलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो । हात्तीको आक्रमणबाट मगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

हात्तीको आक्रमणपछि घटनास्थलमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिलकुमार कर्ण, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटालगायत पुगेका थिए ।

रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा २० वर्षीय बलजित पक्राउ

वीरगञ्ज, ६ चैत-ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको वी.म.न.पा.१ ह १–०११८ नम्बरको ई–रिक्सा चेकजाँच गर्दा ठूलो मात्रामा लागूऔषध बरामद गरेको हो ।

चेकजाँचको क्रममा ई–रिक्साको सिटमुनि लुकाई ल्याइएको प्रतिबन्धित लागूऔषध ओनेरेक्स सय एमएलको एक सय ७८ बोतल बरामद गरेको थियो ।
लागूऔषध बरामद भएपछि ई-रिक्सा चालक वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने २० वर्षीय बलजित यादवलाई पनि पक्राउ गरिएको पर्साका प्रहरीले जानकारी दिएको छ ।

यादलाई लागुऔषध मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको गिरीले बताए ।

भन्सार छली ल्याएका पाँच लाख ७० हजारका लत्ताकपडा तथा खाद्यान्न बरामद

वीरगञ्ज, ६ चैत- प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाभित्र ईनर्वागाउँ, नगवा र छपकैयाबाट अवैध रूपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिइएको हो ।

भन्सार छली ल्याइएका पाँच लाख ७० हजार ७ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामग्री आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सरकारले गरयाे प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा

काठमाडौं, ६ चैत । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। 

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो। जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा थियो।

अपडेटः एमाले निकट अखिल ९४ वटा क्याम्पसमा बिजयी (सुचीसहित)

काठमाडौं, ६ चैत । नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ९४ वटा क्याम्पसमा बिजय हासिल गरेको छ ।

आइतवार सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्बिरोध भएका क्याम्पसहित ९४  वटा क्याम्पसमा बिजय हासिल गरेको हो । 

आइतवार १० बजेसम्म आएको मतपरिणाम अनुसार एमाले निकट अखिलले नेपाली कांग्रेस निकट नेबिसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियुलगायतको गठबन्धनलाई पराजित गर्दैै ९४ वटा क्याम्पसमा बिजय हासिल गरेको अखिलका नेताहरुले बताएका छन । 
 

१. जिरी क्याम्पस दोलखा, ज्योती खड्का

२. सिद्धार्थ क्याम्पस स्याङजा, सञ्जोग थापा

३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी

४. साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का

५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने

६. जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने

७. खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक

८. कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी

९. नवप्रभात क्याम्पस बैतडी, रेखा घटाल

१०. थलारा वहुमुखी क्याम्पस बझाङ, महेश जेठारा

११. मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर

१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा

१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी

१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु

१५. ज्ञानोदय वहुमुखी क्याम्पस बाँके, विनय यादव

१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल

१७. शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली

१८. रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी

१९. माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी

२०. गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी

२१. पुल्चोक इन्जिनियरिङ क्याम्पस, बिराज अर्याल

२२. बुद्धभुमि क्याम्पस कपिलवस्तु, बाबुराम गिरी

२३. कृषि क्याम्पस लमजुङ, बिरेन्द्र जिसी

२४. नारद आदर्श क्याम्पस उदयपुर, केबल तामाङ

२५. भेरी क्याम्पस सुर्खेत, शक्ति पौडेल

२६. हरैया बहुमुखी क्याम्पस रुपन्देही, प्रदिप सापकोटा

२७. खप्तड क्याम्पस कैलाली, पुष्कर अवस्थी

२८. बुलबुले बहुमुखी क्याम्पस कैलाली, पुष्पा खाती

२९. लेटाङ क्याम्पस मोरङ, छवि श्रेष्ठ

३०. सगरमाथा इन्जिनियरिङ क्याम्पस, यज्ञराज सापकोटा

३१. पिपुल क्याम्पस काठमाडाैं, रञ्जित भण्डारी

३२. नर्सिङ क्याम्पस विराटनगर, प्रशंसा पौडेल

३३. डिग्री क्याम्पस बिराटनगर निर्मल गजुरेल

३४. हटिया जनप्रिय बहुमुखी क्याम्पस, मकवानपुर मुना गोले

३५. बंशगोपाल बहुमुखी क्याम्पस, मकवानपुरदिवस सिलवाल

३६. मनहरि ब क्याम्पस, मकवानपुर, कुमार घिसिङ 

३७. महाराजगन्ज नर्सिङ क्याम्पस, नोबिना बस्नेत

३८. सेति क्याम्पस बझाङ, लक्ष्मण गिरी

३९. सुनकुडा क्याम्पस, बझाङ, दिलिप अधिकारी

४०.सुनकोशी क्याम्पस, सिन्धुपाल्चोक

४१. इन्द्रावती क्याम्पस, सिन्धुपाल्चोक, किशन दुलाल

४२. हेटौडा क्याम्पस, मकवानपुर, अभी मैनाली

४३. निर्मल बहुमुखी क्याम्पस, मकवानपुर सरोज अर्याल

४४. रुद्रावति क्याम्पस वामीटक्सार गुल्मी अनिश पाठक 

४५. षडानन्द बहुमुखी क्याम्पस, भोजपुर गिरिजा कार्की

४६. नमुना बागेश्वरी क्याम्पस, गल्छी, धादिङ अध्यक्ष अन्दाज श्रेष्ठ

४७. कञ्चन बहुमुखी क्याम्पस, गुलरिया कंचनपुर, देब बहादुर साउद 

४८. बबई बहुमुखी क्याम्पस गुलरिया,  बर्दिया, लक्ष्मण भण्डारी

४९. ऐश्वर्य बहुमुखी क्याम्पस, कैलाली, कुबेर खड्का

५०. देवदह आदर्श बहुमुखी क्याम्पस, अर्जुन गैरे

५१. कोहलपुर बागेश्वरी बहुमुखी क्याम्पस, देबेन्द्र बुढा

५२. भोजपुर बहुमुखी क्याम्पस, भोजपुर निसान राई

५३. जनप्रशासन क्याम्पस, 

५४. बरुवा क्याम्पस गाईघाट, शरद खडका

५५. चौमाला बहुमुखी क्याम्पस, कैलाली, हरेन्द्र बुढा 

५६. सप्तकोशी बहुमुखि क्याम्पस बराहक्षेत्र, चित्रमान राई

५७. नव नेपाल क्याम्पस जुगार, रोल्पा, एकराज डाँगी

५८. जन प्रशासन क्याम्पस,  काठमाडौं, अग्र शाही

५९. ललितकला क्याम्पस, काठमाडौं

६०. लम्की बहुमुखी क्याम्पस, कैलाली, कल्पना तिमिल्सिना

६१, महेन्द्ररत्न क्यापस ताहाचल,

६२. मध्यबिन्दु क्याम्पस, नवलपरासी, केशव भुषाल

६३. महाराजगञ्ज मेडिकल कलेज, आनन्दकुमार सिंह

६४. सर्लाही क्याम्पस मलंगवा, धर्मेन्द्र राय

निर्बिराेध निर्वाचित

१. धनकुटा बहुमुखी क्याम्पस, सन्तोष बुढाथोकी

२. सुनकोशी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, हीरा थामी

३. ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, प्रकाश गौतम

४. कोटदेवल क्याम्पस, दैलेख, सीता कार्की

५. गरुवा वहुमुखी क्याम्पस, इलाम, गोपाल आचार्य

६. एकतप्पा बहुमुखी क्याम्पस, इलाम, प्रतीक्षा खनाल

७. स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान टेकराज केसि

८. गरामनी दुर्गा क्याम्पस झापा, सन्तोष तिम्सिना

९. मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी, आकाश खरेल

१०. तीनपाटन बहुमुखी क्याम्पस सिन्धुली, प्रेमबहादुर पुलामी

११. सरस्वती क्याम्पस सिन्धुली, देवराज गौतम

१२. भीमज्योति क्याम्पस सिन्धुली, लक्ष्मी श्रेष्ठ

१३. गौमती बहुमुखी क्याम्पस सिन्धुली, प्रज्वल तिमल्सिना

१४. पिण्डेश्वर विद्यापिठ, सुनसरी, एनिश रेग्मी

१५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा, सरोज अधिकारी

१६. जाल्पादेवी क्याम्पस पाख्रीवास, धनकुटा, निर्मला कार्की

१७. सल्यान बहुमुखी क्याम्पस, सल्यान, राजेश ओली

१८. हिले क्याम्पस, धनकुटा, विशाल तामाङ

१९. थर्पु क्याम्पस , पाँचथर, योम्बाहाङ योङ्गहाङ्ग

२०. यासोक क्याम्पस, पाँचथर, मनोज थापा

२१. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत सिर्जना रसाइली

२२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी अस्मिता भण्डारी

२३. रिडि बहुमुखी क्याम्पस, गुल्मी गंगा कुँवर

२४. साकेला बहुमुखी क्याम्पस, खोटाङ यम कुमार खड्का

२५. मादी बहुमुखी क्याम्पस, संखुवासभा गोपाल प्रसाईं

२६. संखुवासभा बहुमुखी क्याम्पस, आमोद कार्की

२७. बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा, युदिन चेम्जोङ

२८. दाङ भ्याली कलेज, घोराही दाङ, प्रबिन पुन

२९. सिद्ध जनता बहुमुखी क्याम्पस दाङ, आरती चलाउने

३०. जिरी खिम्ती क्याम्पस, तेह्रथुम, कंचन लिम्बू

३१. मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा, मुना न्यौपाने

अमेरिकी डलरको भाउ स्थिर हुदाँ युरोको भाउ बढ्यो

काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।
सोमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । आज खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार पनि सोहिमूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो ।   

राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४१ पैसाले बढेको हो । आइतबार यसको खरिदमूल्य १४० रुपैयाँ १९ पैसा र बिक्रीमूल्य १४० रुपैयाँ ८२ पैसामा कारोबार भएको थियो ।

 
यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा तोकिएको छ। यसअघि आइतबार उक्त पाउण्डको खरिद १५९ रुपैयाँ ९६ पैसा र बिक्री १६० रुपैयाँ ६९ पैसामा खरिदबिक्री भएको थियो । 

त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४३ पैसामा कारोबार भइरहेको छ। 

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ९ पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा,  मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ३८ पैसा र बिक्रीमा २९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

आज कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ९८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ९४ पैसा तोकिएको छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५१ रुपैयाँ १७ पैसामा किनबेच भएको छ।
 

यस्तो रहेको छ आज हरियो तरकारी र फलफूलको मुल्य 

काठमाडौ, ६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री हुनेछ  ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २४ रुपैया, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २५० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै,  लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ४०  रुपैयाँ, पुदीना २५० रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी १०० रुपैया केजी, रुख टमाटर १४० रुपैयाँ, रुख कटहर ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३०० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

अखिल नेतृत्वले कारबाही गरेका भुषाल मध्यबिन्दु क्याम्पसकाे सभापतिमा बिजयी

नवलपरासी, ६ चैत । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय नेतृत्वले कारबाही गरेका एक उम्मेदवारले बिजय हासिल गरेका छन । अखिलको केन्द्रिय नेतृत्वले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका केशव भुसालले नवलपुरस्थीत मध्यविन्दु बहुमुखि क्याम्पसको सभापतिमा बिजय हासिल गरेका हुन । अखिलको केन्द्रिय नेतृत्वकाे कारबाहीका बाबजुद उनले सभापतिमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।

केन्द्रीय अध्यक्ष समिक बडालले गत चैत ४ गते अखिलको नवलपुर जिल्ला सह इन्चार्जसहित रहेका भुसाललाई संगठनको हित तथा अनुशाषन बिपरित कार्य गरेको भन्दै अखिलको बिद्यानको धारा ३० अनुसार साधारण सदस्यसमेत नरहने गरी निष्काषन गरेका थिए ।

ललितपुरले लियो ‘महाराज’ नामक पाटेबाघको बार्षिक आहाराको जिम्मा

काठमाडौं, ६ चैत  । सदर चिडियाखाना जावलाखेलमा रहेको एउटा पाटेबाघको आहार व्यवस्थापनको जिम्मेवारी ललितपुर महानगरपालिकाले लिएको छ ।

महानगर प्रमुख चिरीबाबु महर्जनले पाटेबाघको आहार व्यवस्थापनका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । आइतबार महानगर र सदर चिडियाखाना जावलाखेलबीच समझदारी पत्रमा हस्ताक्षर गरी सो चेक हस्तान्तरण गरेका छन् ।

महानगरले ५ वटा मध्ये ‘महाराजा’ नामक पाटेबाघको आहार ब्यवस्थापनको जिम्मा लिएको हो, जसलाई दैनिक ६ केजी मासु व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसअघि पनि महानगरले कोभिड–१९ संक्रमण अवधिमा वन्यजन्तु तथा पन्छीको आहार व्यवस्थापनका लागि १० लाख रुपैयाँ सहयोग गरेको थियो ।

सदर चिडियाखानामा रहेका ५ सय भन्दा बढी जनावर तथा पन्छीको आहार ब्यवस्थापनमा वार्षिक करिब ४ करोड रुपैयाँ खर्च लाग्ने चिडियाखाना प्रशासनले जनाएको छ ।

मेस्सी र एमबाप्पेको जादु नचल्दा पिएसजीकाे चौथो हार

काठमाडौं, ६ चैत । फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चौथो हार ब्योहोरेको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा रेनेसले २–० पराजित गरेसँगै पिएसजीले चौथो हार ब्योर्होनु परेको हो ।  

पिएसीको हारमा रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गरेको गोल नै काफी हुन पुग्यो । पहिलो हाफको इन्ज्युरी समयमा एकम्वीले गोल गरेपछि पिएसजी खेलमा सुरुमा नै पछि पर्यो भने पहिलो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा  मुइनगाले थप गोल गरे, जुन गोल नै पिएसजीलाई समग्र खेलको चौथो हारका लागि काफी भयो । अग्रपङ्तिमा लियोनेल मेस्सी र केलियन एमबाप्पे रहे पनि गोल गर्न नसक्दा पिएसजीको केही लागेन ।

यस हारका बावजुत पिएसजी २८ खेलबाट ६६ अंक जोडेर शीर्षस्थानमा यथावत नै छ भने पिएसजीलाई चौथो हार दिएको रेनेस ५० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

स्ववियु निर्वाचनः एमाले निकट अखिल ९४ वटा क्याम्पसमा बिजयी (सुचीसहित)

काठमाडौं, ६ चैत । नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ९४ वटा क्याम्पसमा बिजय हासिल गरेको छ ।

आइतवार सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्बिरोध भएका क्याम्पसहित ९४  वटा क्याम्पसमा बिजय हासिल गरेको हो । 

आइतवार १० बजेसम्म आएको मतपरिणाम अनुसार एमाले निकट अखिलले नेपाली कांग्रेस निकट नेबिसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियुलगायतको गठबन्धनलाई पराजित गर्दैै ९४ वटा क्याम्पसमा बिजय हासिल गरेको अखिलका नेताहरुले बताएका छन । 
 

१. जिरी क्याम्पस दोलखा, ज्योती खड्का

२. सिद्धार्थ क्याम्पस स्याङजा, सञ्जोग थापा

३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी

४. साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का

५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने

६. जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने

७. खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक

८. कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी

९. नवप्रभात क्याम्पस बैतडी, रेखा घटाल

१०. थलारा वहुमुखी क्याम्पस बझाङ, महेश जेठारा

११. मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर

१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा

१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी

१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु

१५. ज्ञानोदय वहुमुखी क्याम्पस बाँके, विनय यादव

१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल

१७. शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली

१८. रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी

१९. माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी

२०. गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी

२१. पुल्चोक इन्जिनियरिङ क्याम्पस, बिराज अर्याल

२२. बुद्धभुमि क्याम्पस कपिलवस्तु, बाबुराम गिरी

२३. कृषि क्याम्पस लमजुङ, बिरेन्द्र जिसी

२४. नारद आदर्श क्याम्पस उदयपुर, केबल तामाङ

२५. भेरी क्याम्पस सुर्खेत, शक्ति पौडेल

२६. हरैया बहुमुखी क्याम्पस रुपन्देही, प्रदिप सापकोटा

२७. खप्तड क्याम्पस कैलाली, पुष्कर अवस्थी

२८. बुलबुले बहुमुखी क्याम्पस कैलाली, पुष्पा खाती

२९. लेटाङ क्याम्पस मोरङ, छवि श्रेष्ठ

३०. सगरमाथा इन्जिनियरिङ क्याम्पस, यज्ञराज सापकोटा

३१. पिपुल क्याम्पस काठमाडाैं, रञ्जित भण्डारी

३२. नर्सिङ क्याम्पस विराटनगर, प्रशंसा पौडेल

३३. डिग्री क्याम्पस बिराटनगर निर्मल गजुरेल

३४. हटिया जनप्रिय बहुमुखी क्याम्पस, मकवानपुर मुना गोले

३५. बंशगोपाल बहुमुखी क्याम्पस, मकवानपुरदिवस सिलवाल

३६. मनहरि ब क्याम्पस, मकवानपुर, कुमार घिसिङ 

३७. महाराजगन्ज नर्सिङ क्याम्पस, नोबिना बस्नेत

३८. सेति क्याम्पस बझाङ, लक्ष्मण गिरी

३९. सुनकुडा क्याम्पस, बझाङ, दिलिप अधिकारी

४०.सुनकोशी क्याम्पस, सिन्धुपाल्चोक

४१. इन्द्रावती क्याम्पस, सिन्धुपाल्चोक, किशन दुलाल

४२. हेटौडा क्याम्पस, मकवानपुर, अभी मैनाली

४३. निर्मल बहुमुखी क्याम्पस, मकवानपुर सरोज अर्याल

४४. रुद्रावति क्याम्पस वामीटक्सार गुल्मी अनिश पाठक 

४५. षडानन्द बहुमुखी क्याम्पस, भोजपुर गिरिजा कार्की

४६. नमुना बागेश्वरी क्याम्पस, गल्छी, धादिङ अध्यक्ष अन्दाज श्रेष्ठ

४७. कञ्चन बहुमुखी क्याम्पस, गुलरिया कंचनपुर, देब बहादुर साउद 

४८. बबई बहुमुखी क्याम्पस गुलरिया,  बर्दिया, लक्ष्मण भण्डारी

४९. ऐश्वर्य बहुमुखी क्याम्पस, कैलाली, कुबेर खड्का

५०. देवदह आदर्श बहुमुखी क्याम्पस, अर्जुन गैरे

५१. कोहलपुर बागेश्वरी बहुमुखी क्याम्पस, देबेन्द्र बुढा

५२. भोजपुर बहुमुखी क्याम्पस, भोजपुर निसान राई

५३. जनप्रशासन क्याम्पस, 

५४. बरुवा क्याम्पस गाईघाट, शरद खडका

५५. चौमाला बहुमुखी क्याम्पस, कैलाली, हरेन्द्र बुढा 

५६. सप्तकोशी बहुमुखि क्याम्पस बराहक्षेत्र, चित्रमान राई

५७. नव नेपाल क्याम्पस जुगार, रोल्पा, एकराज डाँगी

५८. जन प्रशासन क्याम्पस,  काठमाडौं, अग्र शाही

५९. ललितकला क्याम्पस, काठमाडौं

६०. लम्की बहुमुखी क्याम्पस, कैलाली, कल्पना तिमिल्सिना

६१, महेन्द्ररत्न क्यापस ताहाचल,

६२. मध्यबिन्दु क्याम्पस, नवलपरासी, केशव भुषाल

६३. महाराजगञ्ज मेडिकल कलेज, आनन्दकुमार सिंह

६४. सर्लाही क्याम्पस मलंगवा, धर्मेन्द्र राय

निर्बिराेध निर्वाचित

१. धनकुटा बहुमुखी क्याम्पस, सन्तोष बुढाथोकी

२. सुनकोशी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, हीरा थामी

३. ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, प्रकाश गौतम

४. कोटदेवल क्याम्पस, दैलेख, सीता कार्की

५. गरुवा वहुमुखी क्याम्पस, इलाम, गोपाल आचार्य

६. एकतप्पा बहुमुखी क्याम्पस, इलाम, प्रतीक्षा खनाल

७. स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान टेकराज केसि

८. गरामनी दुर्गा क्याम्पस झापा, सन्तोष तिम्सिना

९. मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी, आकाश खरेल

१०. तीनपाटन बहुमुखी क्याम्पस सिन्धुली, प्रेमबहादुर पुलामी

११. सरस्वती क्याम्पस सिन्धुली, देवराज गौतम

१२. भीमज्योति क्याम्पस सिन्धुली, लक्ष्मी श्रेष्ठ

१३. गौमती बहुमुखी क्याम्पस सिन्धुली, प्रज्वल तिमल्सिना

१४. पिण्डेश्वर विद्यापिठ, सुनसरी, एनिश रेग्मी

१५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा, सरोज अधिकारी

१६. जाल्पादेवी क्याम्पस पाख्रीवास, धनकुटा, निर्मला कार्की

१७. सल्यान बहुमुखी क्याम्पस, सल्यान, राजेश ओली

१८. हिले क्याम्पस, धनकुटा, विशाल तामाङ

१९. थर्पु क्याम्पस , पाँचथर, योम्बाहाङ योङ्गहाङ्ग

२०. यासोक क्याम्पस, पाँचथर, मनोज थापा

२१. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत सिर्जना रसाइली

२२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी अस्मिता भण्डारी

२३. रिडि बहुमुखी क्याम्पस, गुल्मी गंगा कुँवर

२४. साकेला बहुमुखी क्याम्पस, खोटाङ यम कुमार खड्का

२५. मादी बहुमुखी क्याम्पस, संखुवासभा गोपाल प्रसाईं

२६. संखुवासभा बहुमुखी क्याम्पस, आमोद कार्की

२७. बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा, युदिन चेम्जोङ

२८. दाङ भ्याली कलेज, घोराही दाङ, प्रबिन पुन

२९. सिद्ध जनता बहुमुखी क्याम्पस दाङ, आरती चलाउने

३०. जिरी खिम्ती क्याम्पस, तेह्रथुम, कंचन लिम्बू

३१. मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा, मुना न्यौपाने

साकाको जादुमय गोलसँगै आर्सनलको सानदार जीत

काठमाडौं, ६ चैत । लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।घरेलु मैदानमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ४–१ को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ।

इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको सहज जितमा बुकायो साकाले दुई तथा गाब्रिएल मार्टिनेली र ग्रानिट झाकाले समान एक गोल गरे भने प्यालेसका जेफरे स्कलपले एक गोल फर्काए ।

पहिलो हाफको २८औं मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीको गोलबाट आर्सनलले १–० को अग्रतासहित खेल देखाउन सुरू गरिसकेकाे थियो, त्यसमाथी ४३औं मिनेटमा बुकायो साकाले गोल थपे पछि आर्सनलले पहिलो हाफमा नै २–० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफको सुरूवाती मै अर्थात ५५औं मिनेटमा झाकाले गोल थपे पछि आर्सनललाई सहज जिततर्फ अघि बढयो तर ६३औं मिनेटमा प्यालेसका जेफरेले गोल फर्काउदै खेललाई ३–१ को स्थिति बनाए ।

तर, ७४औं मिनेटमा काइरन टाइएरनीको पासमा साकाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे पछि आर्सनल सानदार जित निकाल्न सफल भयो ।

यस जितसँगै आर्सनलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । आर्सनलले २८ खेलबाट ६९ अंक जोडेको छ भने पराजित प्यालेस २७ अंक जोडेर १२औं स्थानमा छ । आर्सनलाई पछयाउँदै आएको म्यानचेस्टर सिटीको ६१ अंकमा छ ।

आत्मघाती गोलका बाबजुद रियललाई हराउँदै बार्सिलोनाको जीत

काठमाडौं, ६ चैत । आत्मघाती गोलका बाबजुद बार्सिलोनाले स्पेनिस ला लिगमा रियल म्याड्रिडलाई पराजित गरेको छ ।घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलमा म्याड्रिडलाई हराउँदै बार्सिलोना २–१ ले विजयी भएको हो ।

आत्मघाती गोलसमेत खाएको बार्सिलोनाका जीतमा सजी रोबर्टो र फ्रान्क केस्सीले याेगदान गरे । जसअनुसार पहिलो हाफको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोल गरे पछि परेको बार्सिलोना ४५औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै खेललाई पहिलो हाफमा नै १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।

दोस्रो हाफको ८१औं मिनेटमा मार्को एसेन्सियोले थप गोल गरे पनि भिएआरबाट मान्यता पाउन सकेन, जसका कारण बार्सिलोना १–१ को बराबरीमा सिमित रहन पुग्यो तर इन्ज्युरी समयको थप दोस्रो मिनेटमा फ्रान्क केस्सीले एलेक्स बाल्डेको पासमा गोल गरे पछि बार्सिलोना २–१ को जीत हासिल गर्न सफल भयो ।

यो जीतसँगै बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ भने पराजित रियल ५६ अंकमा सिमित छ । १२ अंकको अग्रता लिएको बार्सिलोना उपाधिको नजिक छ ।

प्रधानमन्त्रीको सम्पत्ति विवरण किन गोप्य ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको तीन महिना बित्न लाग्दा पनि आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहालसहित सात जना मन्त्रीको सम्पत्ति विवरण’दयगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘वेबसाइट’ मा सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ । तर, कति भनेर सार्वजनिक गरेको छैन ।

सार्वजनिक पदधारण गरेको व्यक्तिले त्यसरी प्राप्त सम्पत्ति विवरण हेर्न पाउने गरी सार्वजनिक गर्नुपर्नेमा गोप्य राखिएको छ । यदि सम्पत्ति विवरण सार्वजनिक गरिदिने हो भने यसअघि प्रधानमन्त्री हुदाँ भएको सम्पत्ति र अहिलेको सम्पत्ति कति बढ्यो वा घट्यो भने आमनागरिकले जाँच्न पाउँथे । तर, प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति गोप्य राख्दा नागरिकमा आशंका बढेको छ ।

दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा ५ भदौ २०७३ मा भने सम्पत्ति सार्वजनिक भएको थियो । उतिखेरको सम्पत्ति विवरण केवल एक कठ्ठा मात्र जग्गा थियो । दाहालले सम्पत्ति विवरणमा देखाएको सो सम्पत्ति पैत्रिक भएको उल्लेख गरेका थिए । तर, सो सम्पत्ति श्रीमती सीता दाहालको नाममा राखेका थिए । साथै उनले त्यतिखेर तीन तोला सुन रहेको र आफ्नो कतै सेयर एवं जग्गा जमिन नभएको उल्लेख गरेका थिए ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

लोकसेवा परीक्षामा उत्साह: ३ हजार ७ सय पदका लगि ३ लाख ६५ हजारको दरखास्त

काठमाडौं । लोकसेवा आयोगद्वारा लिइने सरकारी निकायका विभिन्न पदका परीक्षामा परीक्षा दिनेहरुको ठूलो उत्साह देखिएको छ । लोकसेवा आयोगद्वारा आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन गरिएका ३ हजार ७ सय २७ पदका लागि ३ लाख ६५ हजार ४ सय ३४ जनाको दरखास्त परेको छ । बेरोजगारी बढेको र लोकसेवाले निस्पक्षतापूर्वक परीक्षा सञ्चालन गर्ने भएकाले लोकसेवाको परीक्षाप्रति युवायुवतीहरुको आकर्षण बढेको हो । लोकसेवामा कुनै सोर्सफोर्स हुँदैन ।

लोकसेवाले मेरिटोक्रेसी (योग्यता, दक्षता र क्षमता) को आधारमा परीक्षा लिएर सोहीअनुसार कर्मचारी छनोट गर्दै आइरहेको छ । सोर्सफोर्स नलाग्ने भएकाले पनि यसतर्फ धेरैको आकर्षण बढेको हो । लोकसेवा आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न निकायबाट रिक्त पदपूर्तिका लागि आयोगमा माग भएअनुरुप ५ सय ८२ वटा बढुवा सूचना, १ सय २५ वटा आन्तरिक प्रतियोगिता, २ सय ५२ वटा खुला प्रतियोगिता र ४ सय ३८ वटा विभिन्न समावेशी समूहका गरी जम्मा १ हजार ३ सय ९७ वटा विज्ञापन प्रकाशन गरिएको थियो ।

सोमध्ये बढुवातर्फ आप्रबाहेक १ हजार २ सय ३३, आन्तरिक प्रतियोगितातर्फ २ सय ७१, खुला प्रतियोगितातर्फ १ हजार २ सय ६ तथा समावेशीतर्फ १ हजार १७ गरी ३ हजार ७ सय २७ पदका लागि आयोगले दरखास्त माग गरेको थियो । ३ हजार ७ सय २७ पदका लागि परेको ३ लाख ६५ हजार ४ सय ३४ वटा दरखास्तमा देशका ७७ जिल्लाकै सहभागिता रहेको पाइएको लोकसेवा आयोगले जनाएको छ । आयोगका अनुसार लोकसेवाको परीक्षामा सबैभन्दा बढी दरखास्त पर्ने ५ जिल्लामा क्रमशः सप्तरी, धनुषा, सर्लाही, महोत्तरी र सिराहा रहेका छन् । ती पाँच जिल्लाबाट मात्रै कुल ६६ हजार ५ सय ९५ दरखास्त परेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

म्याग्दीका तीन युवा कलाकार दीपक शर्मा, सुधिर श्रेष्ठ र झलक पुनको ‘डाँडै पिपल’को चर्चा

काठमाडौँ । म्याग्दीको बरंजामा जन्मे हुर्केका गायक झलक पुन सांगीतिक दुनियामा रमाउन रुचाउने युवक हुन् । स्वदेशमा बस्दा होस् वा परवासमा रहँदा नै किन नहोस् यी सुमधुर स्वरका म्याग्देली गायक झलकले म्याग्दीकै लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्मासँग सहकार्य गरेर सार्वजनिक गरेको डाँडै पिपल बोलको गीतको भिडियो रिलिज गरेसँगै यसले राम्रो चर्चा पाइरहेको छ ।

गायक झलक र गायिका समिक्षा अधिकारीको स्वरमा तयार डाँडै पिपलमा पछिल्लो समयका चर्चित गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडियो यो समाचार तयार पार्दासम्म करिब साडे २ लाख दर्शकले हेरिसकेका छन् । लोक शैलीमा तयार पारिएको छमछम नचाउने डाँडै पिपलको एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् । भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय सुधिर श्रेष्ठ र आरुषी मगरको बेजोड अभिनय देख्न सकिन्छ ।

लोक शैलीको रोमान्टिक डाँडै पिपललमा एक जोडीको सफल प्रेम कहानीलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा तयार पारेका छन् । भिडियोमा प्रेमीलाई गर्मी हुँदा प्रेमीकाले शितलता दिने र प्रेमीकालाई घाम हुँदा प्रेमीले चर्को घाम सहने कुरा रोमान्टिक लाग्छ । जसमा सुधिर आरुषी गज्जबसँग खुलेका छन् । हाल अष्ट्रेलियामा रहेका गायक पुनका यसअघि मगरको छोरो सालैजो भाका, झरी परेको त्यो दिन पप, लगायत अन्य गीतका भिडियोहरु बजारमा आइसकेका छन् ।

स्ववियु निर्वाचनः अखिल क्रान्तिकारी ३७ वटा क्याम्पसमा बिजयी (सुचीसहित)

काठमाडौं – नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ३७ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ ।

अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष हिमाल शर्माका अनुसार आईतवार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत अखिल क्रान्तिकारीले ३७ वटा क्याम्पसमा बिजयी हासिल गरेको हो । आइतवार राती १० बजेसम्म आएको परिणाम अनुसार तल उल्लेखित क्याम्पसमा अखिल क्रान्तिकारीले बिजय हासिल गरेको हो । 

आइतवार सम्पन्न निर्वाचन र यसअघि भएको निबिर्रोध भएकासहित

१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य

२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा

३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी

४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी

५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की

६) बन्गाड क्याम्पस, सल्यान : अजय बिष्ट

७) फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने

८) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही

९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा

१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ

११) चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल

१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल

१३) सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने

१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी

१५) गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे

१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ

१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ

१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना

१९) पालुङ बहुमुखी क्याम्पस -पुष्कल श्रेष्ठ

२०) रवि क्याम्पस,पाचथर – चन्द्रहाङ लावती

२१) सहयोगी बहुमुखी क्याम्पस -काठमाडौं : प्रदीप श्रेष्ठ

२२) जनकल्याण बहुमुखी क्याम्पस सल्यान – एकराज ओली

२३) पद्मोदय क्याम्पस दाङ —विष्णु गोराथोकी

२४) झिमरुक बहुमुखी क्याम्पस प्युठान – नरेश पुनमगर

२५) सिस्ने शिक्षा क्याम्प रुकुम (पूर्व) – जयमान बुढा मगर

२६) गुल्मीको जनज्योति बहुमुखी क्याम्पसमा जीवन पौडेल

२७) सोलुखुम्बु विपि कोईराला संस्कृत क्याम्पस मोहन बस्नेत

२८) नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस सिर्जना न्यौपाने

२९) भाषा क्याम्पस धनकुटा-सरोज थापा

३०) बौद्धबहुमुखीक्याम्पस काठमाडौं जीवन तिरुवा

३१) मार्क ईन्टरनेशनल क्याम्पस दाङ् समिरजंग मल्ल

३२) सिम्रुतु क्याम्पस रुकुम निर्मला बुढाथोकी

३३) दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुले-नवीन बिष्ट

३४) गोरखा क्याम्पस (मोडेल कलेज) तुल्सिपुर दाङ -नयमेसन चौधरी

३५) चन्द्रदोय बहुमुखी क्याम्पस ,धादिङ- संन्जित सुवेदी

३६) जय बागेश्वरी बहुमुखी क्याम्पस,धादिङ-नबराज

३७) अाँबु खैरेनी क्यामपस तनहुँ अध्यक्ष निशान मगर!

स्ववियु निर्वाचनः नेबिसंघ १९ वटा वटा क्याम्पसमा बिजयी (सुचीसहित)

काठमाडौं – नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ (नेबिसंघ)ले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा १९ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ ।

नेबिसंघका नेता दिपेन्द्र पोखरेलका अनुसार आईतवार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत नेबिसंघले १९ वटा क्याम्पसमा बिजयी हासिल गरेको हो ।

आइतवार राती १० बजेसम्म आएको परिणाम अनुसार तल उल्लेखित क्याम्पसमा नेबिसंघले बिजय हासिल गरेको हो । 

१. जनता क्याम्पस रुपन्देही, लिलाधर घिमिरे

२. गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत, सतिश रेग्मी

३. त्रिपुरा क्याम्पस नाम्दु दोलखा, सरोज थापा

४. थापाथली इन्जिनियरिङ क्याम्पस, पुष्कर शाही

५. केन्द्रीय क्याम्पस किर्तिपुर, श्यामराज ओझा

६. शहिदकृष्ण क्याम्पस तनहुँ, बिष्णु अधिकारी

७. रारा बहुमुखी क्याम्पस मुगु, राज तामाङ

८. शहीद स्मृति क्याम्पस ओखलढुंगा, सुरेश बाबु धमला

९. चामुण्डा क्याम्पस दैलेख, सुनिल शाही

१०. नन्दादेवी क्याम्पस कालिकोट, जुनिता बिष्ट

११. गुर्भाकोट क्याम्पस सुर्खेत, गोपाल खड्का

१२. डोल्पो क्याम्पस डोल्पा, खिमवहादुर रोकाय

१३. पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरान, नविन श्रेष्ठ

१४. तेह्रथुम बहुमुखी क्याम्पस तेह्रथुम

१५.रुकुमेली क्याम्पस रुकुम पश्चिम ,अबिसेश केसि

१६. जनज्योती बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुर, संगम श्रेष्ठ

१८.केदार ज्योतीपुन्ज बहुमुखी क्याम्पस, डोटीः निर्मल वम

१९.आरसी इञ्जिनियरिङ अध्ययन संस्था, सुनसरीः नवीन श्रेष्ठ

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिदैः ११ दल पक्षमा, ३ दल विपक्षमा

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको हुन । संविधान जारी भए पछि पहिलो पटक एकै कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन लागेको यो पहिलो घटना हो । 

विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डलाई ११ दलले समर्थन जनाउने यसअघि नै घोषणा गरेका छन, आइतवार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाए पछि दलको संख्या ११ पुगेको छ ।

जसअनुसार १० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका हुन । उता, गठबन्धन बाहिरको रास्वपाले पनि विश्वासको मत दिने आइतवार निर्णय गरिसकेको छ । 

यसैगरी, नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय लिएको छैन । सम्भवतः  यी दल विपक्षमा रहने छन् । 


संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि २६ पुसमा संसद्को विश्वास लिएका थिए ।


आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं, ६ चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

उता राती पनि  देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन, चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


नवनिर्वाचित उपराष्ट्रपति यादवको सपथ आज

काठमाडौं, ६ चैत । आज नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिदैछन् ।
उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने बिशेष समारोहका बिचमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने छन् ।

बारा– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले हिजो अर्थात आइतबार नै सांसद र जनता समाजवादी पार्टी नेपाल (जसपा) पार्टीको सबै  जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आफु उपराष्ट्रपतिमा निर्वाचित भएकाले बारा–२ को निर्वचान क्षेत्र रिक्त रहेकाे  जानकारी पनि गराईसकेका छन ।

गत चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित भएका थिए।