`

फागु पर्व सुरु, हनुमानढोकामा चीर ठडयाईयाे (फोटोफिचर

काठमाडाै‌, १५ फागुन । फागु अर्थात् होली पर्व सुरु भएको छ । वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो ।

आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।


आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौ, १५ फागुन । आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो । उक्त आईपीओमा आवेदकहरुले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ ।

लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । जसअनुसार प्रतिसेयर १०० अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर कम्पनीले निष्कासन गरेको छ । यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर निष्कासन गरिसकेको छ ।

यस्तै, कर्मचारीहरुका लागी जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 

आवेदकहरुले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । 

क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तको आइपीओलाई ‘केयर एनपी बी प्लस’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जाउँछ ।
 

परराष्ट्र मन्त्रीको स्थगित भ्रमण वारे एमाले सचिवालयमा छलफल हुने

काठमाडौं, १५ फागुन । नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ ।आइतवार अन्तिममा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट अन्तिम समयमा रोकेपछि एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।

 बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ ।मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिए पछि बैठक बस्न लागेको उपमहासचिव बिष्णु रिजालले जानकारी दिए ।

परराष्ट्रमन्त्रीको भ्रमण रोकेर प्रधानमन्त्रीले पुर्व कानुन मन्त्री हरि बन्दीलाई जेनेभा पठाए पछि प्रधानमन्त्रीसँग एमालेको थप क्तितता बढेको छ ।

यस्तो छ आजको हरियो तरकारी र फलफूलको मुल्य

काठमाडौ, १५ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजकाे फलफूल तथा तरकारीकाे मुलय सार्वजनिक गरेकाे छ ।

जस अनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ७० रुपैयाँ, किवि ३५० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

आज नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु १७ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, कागती २१० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम रहेको समितिले जनाएको छ ।


उता, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँ केजीमा पाइन्छ ।

 
सोमबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, तितो करेला १२० रुपैयाँ मुल्यमा खरिदबित्रि भईरहेकाे छ । 

तोरीको साग २० रुपैया, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ३० रुपैयाँ, पुदीना २५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, ब्रोबाउली ३५ रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी ११० रुपैया केजी र हरियो धनिया ३० रुपैयाँ रहेको विकास समितिले जनाएकाे छ ।

अमेरिकी डलर स्थिर, युरोको भाउ घट्यो


काठमाडौं, १५ फागुन । नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।सोमबार अमेरिकी डलरको करोबार स्थिर रहेको छ । यसको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। यसअघि आइतबार पनि सोहि भाउमा अमेरिकी डलरको कारोबार भएको थियो । 

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ३५ पैसा र बिक्रीमा १३९ रूपैयाँ ९८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५१ पैसा घटेको हो।  आइतबार युरोको खरिदमूल्य १३९ रूपैयाँ ८५ पैसा र बिक्रीमा १४० रूपैयाँ ४९ पैसा कायम गरिएको थियो। 

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रूपैयाँ २६ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा १ रुपैयाँ १४ पैसाले घटेको छ । आइतबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रूपैयाँ ६३ पैसा र बिक्रीमूल्य ९० रूपैयाँ ४ पैसामा कारोबार भएको थियो । 

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको सोमबारको खरिदमूल्य १५७ रूपैयाँ ८२ पैसा र बिक्रीमूल्य १५८ रूपैयाँ ५४ पैसा तोकिएको छ। आइतबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रूपैयाँ ६४ पैसा तोकिएको थियो । 

सोमबार क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ ६ पैसा र बिक्रीमूल्य ९७ रूपैयाँ ५० पैसामा कारोबार भइरहेको छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७ पैसा र बिक्रीमा ३६ रूपैयाँ २३ पैसा कायम गरेको छ ।

यता, साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ । 

सोमबार साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा र मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ९२ पैसा तोकिएको छ। 

आइतबार पनि सोही मूल्यमा साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार भएको थियो

सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ २ पैसा तोकिएको छ।
 

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल हुनेछ । एमालेले राष्ट्रपति निर्वाचनमा पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

केपी ओली कप: आर्मी र सातदोबाटो ५३ मिनेट पछिको भिडन्तमा

काठमाडौं, १५ फागुन । वर्षाले रोकिएको केपी ओली कपको सेमिफाइनलको बाँकी समयको खेल आज हुदैँछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल जारी रहदाँ मेघ गर्जनसहित पानी परे पछि त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लब बिच रोकिएको सेमीफाइनल खेल आज हुन लागेको हो ।

खेलको सकिन लाग्दा वर्षा सुरू भए पछि आजसम्मका लागि खेल गरिएको थियो ।  आयोजकका अनुसार दुवै टिमसँगकोसल्लाहपछि आज ११ बजे पछि बाँकी ५३ मिनेटपछिको खेल हुनेछ ।

आइतवार भएको खेलमा ५३ मिनेटसम्म कुनै टोलीवाट गोलसम्म हुन सकेको थिएन ।दोस्रो सेमिफाइनलमा भने दिउँसो ३ बजे मछिन्द्र र आयोजक केपी ओली एफसीबीच हुँदैछ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागि छन ।

फागुन २० भित्रै विश्वासको मत लिन तयारीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

धनगढी, १५ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन  २० गते भित्रै विश्वासको मत लग्ने तयारी गरेका छन् ।

दोश्रो पटक काठमाण्डौं गएका मुख्य मन्त्री शाहले विश्वासका मत पाउने सुनिश्चितता भए पछि धनगढी फर्केर विश्वासकाे मत लिन तयारी गरेका हुन् । 

मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिन पछि काठमाण्डौं गएका शाहले सो क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहति नेता कार्यकर्तासँग भेट गरेका थिए तर विश्वासको मत पाउने शुनिश्चितता भने सो क्रममा हुन सकेको थिएन । तर, गठबन्धन फेरिएसँगै उनले  विश्वासकाे मत  लिन खाेजेका हुन ।

‘उहाँले अब फागुन २० गते भित्रै विश्वासको मत लग्ने गरी तयारी थाल्नु भएको छ, कांग्रेसका एक प्रदेश सभा सदस्यले भने, ‘त्यसका लागि छिट्टै प्रदेश सभा बैठक आह्वा गर्ने तयारी पनि गरिएको छ ।’

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि भएको नेकपा एकिकृत समाजबादी पार्टीका कैलाली संयोजक दिर्घ सोडारीले विश्वासकाे मत लिन अब अप्ठयाराे नभएकाे बताए । ‘मुख्यमन्त्रीज्यूलाई विश्वासको मत पाउन अव कुनै सकस हुनेछैन,अब हामी करिव दुई तिहाइ मतका साथ सरकार सञ्चालन गर्नेछौं, र अब यो सरकार दिगो पनि हुने छ ।’

नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य रमेस सिंह धामीले पनि अव सुदूरपश्चिम प्रदेश सुरकारलाई विश्वासको मत पाउन सकस नहुने बताए । उनले राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा ८ दलीय गठबन्धन बनेको बताउँदै प्रदेश सभा सदस्य धामीले सोही गठबन्धनको जोडबलमा अव प्रदेशमा पनि सरकार बन्ने बताए ।

तर यही सरकारलाई विश्वासको मत दिने वा अर्को मुख्यमनत्री बनाउने भन्ने निर्णय अहिलै नभइसकेको उनकाे भनाइ छ ।

राष्ट्रपति निमर्वाचनका लागि केन्द्रमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओबादी केन्द्र सहितको गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाहले सजिलै विश्वासको मत पाउने परिस्थिती बनेको हो ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेससँग १९, नेकपा माओबादी केन्द्रका११, नेकपा एसका ४ जना प्रदेश सभा सदस्य रहेका छन् । तीन वटै दल मिलेर सरकार बनेको स्थितीमा पनि सुदूरपश्चिम प्रदेश सभामा सरकारसंग ३४ जना प्रदेश सभा सदस्य हुने छन् । जुन सम्मानजनक बहुमत हो । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन आवश्यक पर्ने बहुमत संख्या २७ हो । 

घरेलु टाेली टोटनहमसँग चेल्सी २–० ले पराजित

काठमाडौं, १५ फागुन । टोटेनहम हटस्परले चेल्सीलाई पराजित गरेको छ । इंग्लिस प्रिमियर लिगमा टोटेनहमले घरेलु मैदानमा चेल्सीलाई २–० ले पराजित गरेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा ओलिभर स्किप र कप्तान ह्यारी केनले ले गोल गदैै चेल्सीलाई २–० ले पराजित गरेको हो । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

दोस्रो हाफको शुरुमै ओलिभर स्किपले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए भने ८२औं मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनहमको जित पक्का गरिदिए । 

यस जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २५ खेलबाट ४५ अंकमा छ भने चेल्सी २४ खेलबाट ३१ अंकसहित १०औं स्थानमा छ ।

आइसिसी विश्वकप छनोट: नेपाललाई पपुवा न्युगिनीमाथी जित्नै पर्ने दबाब

काठमाडौं, १५ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग सोमबार खेल्दैछ ।

त्रिकोणात्मक ओडिआई सिरिज सोमबार देखि दुबई इन्टरनेशलनल क्रिकेट स्टेडियममा  हुने खेलमा नेपाल पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसै साता स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिजमा सबै खेल जितेकाले नेपाली खेलाडीको मनोबल उच्च छ ।  नेपाल उच्च प्रदर्शन गर्ने सोचसहित मैदानमा उत्रदै छ । तर, बिदेश जान रोक लगाएका कारण क्रिकेटर सन्दिप लामिछाने बिनाको यो खेलमा नेपाललाई जीत हासिल गर्न भने निकै सकस हुनेछ । यस अघिका चारवटै खेलमा सन्दिपले कुल ११ बिकेट लिएको स्मरण भने दुबईमा गरिनेछ । लामिछाने बिनाको यो खेललाई लिएर क्रिकेट प्रेमी धेरैको नजर परेको छ । यद्धपी, लगातार चार खेल जीतेका नेपाली खेलाडी पपुवा न्यगिनीलाई सहजै हराउने विश्वासमा छन् ।

तर, पपुवा न्युगिनीलाई कमजोर भने नेपालले आँक्नु हुँदैन् किनभने गतवर्ष पपुवा न्युगिनीले नेपाललाई टियु मैदानमा दुवै खेलमा पराजित गरेको इतिहास छ । त्यसैले यो खेलमा नेपालले धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।      

दुबईमा हुने यो प्रदर्शनसँगै नेपाली क्रिकेटको आगामी चार वर्षको भविष्य निर्धारण हुनेछ  । यो खेलमा जीत हासिल गर्ने नेपाल, युएई र नामिबिया मध्य एक टोली सोझै विश्वकप छनोटमा पुग्दैछन् ।

यस समुहका स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् भने अब तीन देश मध्ये एक बिश्वकपमा जाने भएकाले दुबईमा हुने खेललाई महत्वका साथ हेरिएको छ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । उसको विश्वकप यात्रा यसअघि नै रोकिसकिएको भए पनि नेपाललाई भने जीत्नु पर्ने दबाब छ ।

प्रचण्ड नेतृत्वको सरकारका ८ मन्त्रालय खाली

काठमाडौं, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजिनामा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेका छन ।

प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण , युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालि रहेका छन ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ । 

बन तथा वातावरण खेलकुद मन्त्रालय दुई महिना देखी रिक्त हुदैँ आएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारवाट बाहिरिने निर्णय गरेसँगै यसअघि गृह मन्त्रालय, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन पुगेको थियो ।आइतवार राप्रपाका मन्त्रीहरुले राजिनामा दिए पछि उर्जा, जलस्रोत, सहरी बिकास र संसदीय मामिला मन्त्रालय रिक्त हुन पुगेको हो ।  

राप्रपाका मन्त्रीहरुका राजिनामा स्विकृत भएसँगै दुई महिना भित्रमा प्रचण्ड सरकारका ८ मन्त्रालय रिक्त हुन पुगेको छ ।

नेम्वाङलाई मत माग्दै एमालेको १७ ठाउँ पत्र

काठमाडौं – यही फागुन २५ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्तासँगै आफ्ना उम्मेदवारलाई मत माग्न नेकपा (एमाले) ले १७ ठाउँ पत्र पठाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै दल र स्वतन्त्र सांसदलाई पत्र पठाएका हुन् ।

संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई समेत पत्र लेखेर मत दिन अनुरोध गरिएको नेकपा एमालेले जनाएको छ । कांग्रेसको आफ्नै उम्मेदवार भएकाले उक्त दलबाट मत विभाजन नहुने भएपछि पत्र नपठाएको एमालेको भनाइ छ ।

एमाले सचिव पद्मा अर्यालले भने- ‘हामीले आफ्नै उम्मेदवार कांग्रेसबाहेक सबै दल र स्वतन्त्र सांसदहरूलाई समेत गरेर १७ वटा पत्र लेखेका छौं । विश्वास छ, उहाँहरूले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिनुहुन्छ ।’ यो संविधान र लोकतन्त्रको रक्षाका लागि कानुनका ज्ञातासमेत रहेका नेम्वाङलाई उठाएका कारण गठबन्धनमा आबद्ध सबै दलहरूले उनलाई नै साझा उम्मेदवार मानेर मतदान गर्नुपर्ने अर्यालको भनाइ छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

जहाज निरन्तर भारततर्फ नै डाइभर्ट

काठमाडौं । गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प भएको बताएका थिए ।

कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाज भैरहवामा अवतरण हुने उनको भनाइ थियो ।त्यस्तै गत पुस १७ गते उद्घाटन गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका क्रममा पनि उनले अब विदेशबाट आएका जहाज सिधै पोखरा विमानस्थलमा अवतरण गर्नसक्ने बताएका थिए । तर वैकल्पिक विमानस्थलका रूपमा देशभित्रै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा रहे पनि काठमाडौँमा अवतरण हुन नसकेका विमान भने भैरहवा वा पोखरामा अवतरण नभई भारततर्फ ‘डाइभर्ट’ हुँदै आएका छन् ।

विगतमा नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा कुनै अवरोध भए विमानहरू भारतको पटना र लखनउमा अवतरण हुने गरेका भए पनि हाल देशमा तीनवटा विमानस्थल तयारी अवस्थामा रहँदासमेत महानिर्देशक अधिकारीले भनेजस्तो समाधान नभई समस्या ज्युँका त्युँ छ । अहिले पनि जहाज घण्टौँ आकाशमा फन्को लगाएर निरन्तर भारततर्फ डाइभर्ट हुने क्रम रोकिएको छैन ।आजको गोरखापत्र दैनिकमा समाचार छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

विकास निर्माणका कार्यमा भ्रष्टाचार गर्नेविरुद्ध कठोर बन्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ ।विकास निर्माणका कार्यमा भ्रष्टाचार गर्नेविरुद्ध अख्तियार कठोर बन्न थालेको पाइएको छ ।

अख्तियारले आइतबार मात्रै डोल्पा जिल्लास्थित ठूलीभेरी नगरपालिकाले सञ्चालन गरेका विभिन्न खालका विकास निर्माण र योजनामा व्यापक अनियमितता भएको ठहर गर्दै नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वार्डका वडा अध्यक्ष, उपभोक्ता समिति र अनुगमन समितिका गरी २९ जनाविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको हो ।

यसैगरी गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालयका सचिवलगायत तीन जनाविरुद्ध आइतबार नै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियारका अनुसार डोल्पा, ठूलीभेरी नगरपालिकाका–१ देखि वडा नम्बर ११ सम्मका विभिन्न वडामा आव २०७४÷७५ मा सञ्चालन भएका योजना तथा सडक निर्माण कार्यमा अनियमितता भएको पाइएको छ ।

ठूलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवबहादुर सुनार, तत्कालीन इन्जिनियर वसन्त रोकाया, सब इन्जिनियर शिवराज शाहीलगायत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

उनीहरूले ठूलीभेरी नगरपालिका–८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण कार्यको वास्तविक भएको कामभन्दा बढी काम भएको नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ सिफारिस गरी भ्रष्टाचार गरेको पाइएको हो ।उनीहरूविरुद्ध २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।यो समाचार राजधानी दैनिकमा छ ।

अब इन्टरनेट नचले क्षतिपूर्ति पाइने

काठमाडौं । इन्टरनेट नचले अबदेखि त्यसको क्षतिपूर्ति पाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डेटा अथवा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट तोकिएको समयमा नचले क्षतिपूर्ति दिने व्यवस्था लागू गरेको हो ।

‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९’ जारी गर्दै प्राधिकरणले इन्टरनेट नचले सेवाप्रदायकले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था गरेको हो ।

यस्तो व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ ।इन्टरनेट सेवा खरिद गरे पनि नचल्ने र चले पनि न्यून गतिमा चल्ने ग्राहकको व्यापक गुनासो रहँदै आएको छ ।

प्राधिकरणले त्यसलाई सम्बोधन गर्ने उद्देश्यसहित यो कानुनी व्यवस्था गरेको हो । यसअघि २०७३ सालमा पनि यस्तै विनियमावली जारी गर्दै प्राधिकरणले फोन कल भइरहँदा काटिए त्यसको क्षतिपूर्ति गर्नुपर्ने व्यवस्था लागू गरेको थियो ।

पछिल्लो पटक जारी गरिएको विनियमावलीमा प्राधिकरणले इन्टरनेट नचले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था थप गरेको हो ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिनिधिसभा बैठक १ बजे

काठमाडौं, १५ फागुन । संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ ।

राष्ट्रपति कार्यालयवाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताब पारित गरिने बुझिएको छ।

सन्दिपको मुद्धाको पेशी आज, बिदेश जान पाउने कि नपाउने निर्णय हुने

काठमाडौं, १५ फागुन । नाबालिग माथी बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको सुनवाई आज पनि हुने भएको छ ।

आइतबार आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिए पछि आज पनि सुनबाइ हुन लागेको हो । 

नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो भने त्यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

एक नाबालिग माथी बलात्कार गरेको आरोप पछि फरार रहेका लामिछानेले गत असोज २० मा प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए । उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भए पनि उनलाई बिदेश जान भने उच्च अदालतले रोक लगाएको थियो । सो आदेशका बिरुद्ध क्रिकेटर लामिछाने सर्वोच्च गएका हुन । जस बिरुद्ध परेका रिटमा सर्वोच्चमा सुनवाई भईरहेको हो ।

सरकार र लामिछानेको दुबै मुद्दामा गत शुक्रबार देखी भएको सुनवाई नसकिए पछि सोमबारका लागि पेशी तोकिएकाे हाे । सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाई पछि क्रिकेटर लामिछाने बिदेश जान पाउने कि नपाउने फैसाल हुने निर्णय हुनेछ । 

कलाकार पल शाह आज जेलमुक्त हुदैँ (आदेश पत्रसहित)

काठमाडौं, १५ फागुन । एक बर्ष देखी तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुटदैछन् । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुटन लागेका हुन । 

जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनी बिरुद्धको अभियोगमा दावी नपुग्ने ठहर गरेको हो । उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको बिरुद्ध उनी उच्च अदालत गएका थिए ।

यसअघि उनले तनहुँ जिल्ला अदालतवाट सफाई पाई सकेका छन । नावालिग माथी बलात्कार गरेको आरोपमा उनी गत बर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाह माथी झुटा मुद्धा भएको भन्दै अदालतमा बकपत्र गरेकी छिनु । 

उच्त अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परिक्षण गरी तनहुँ जिल्ला अदालतवाट छुटने तनुहँ कारागार प्रशासनले जनाएको छ ।

आजको मौसम: प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु–भागमा बर्षा हुने

काठमाडौं, १५  फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली  देखि मौसम सामान्यतया सफा रहनेछ। 

उता, देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती भने देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन शाखाले अनुरोध गरेको छ ।

प्रचण्ड दाम्लो चुँडाएर जान खोजे, मैले रोक्न सकिन – ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाम्लो चुँडाएर जान खोज्नेलाई रोक्न नसकिने बताएका छन् । राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल प्रचण्डतर्फ संकेत गर्दै यस्तो बताएका हुन् । उनले भने ‘प्रचण्डजी एक थरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै। उहाँसँग अस्ति भएको भेटमा मलाई भन्नुभयो– दुई महिना गाह्रो भयो है। नहोस् पनि कसरी उहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिन त सक्दिन, कतिञ्जेल रोक्ने रु’

आफनो बचनमा प्रधानमन्त्री प्रचण्ड पक्का नरहदाँ  राजनीतिक अस्थिरता बढेको बताए । ओलीले बचन फेर्ने पुरानो बानी नसुध्रिएको पनि आरोप लगाए । प्रचण्ड धोका दिने मान्छे भनेर आफूले पहिला देखी नै चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डले व्यवहार नसुध्रिएको आरोप लगाए ।‘तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नु पर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्कि हाल्नुहुन्छ’ ओलीले भने ।

उनका अनुसार १० पुसमा भएको सहमति तोडेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन खोजेको बताउँदै ओलीले २५ फागुनसम्म सहमतिमा आउन सक्ने भन्दै प्रतिक्षा गरिरहेको बताए ।

कुकुर जथाभावी नछाड्न ब्रिटनीलाई चेतावनी

लसएन्जल्स, १४ फागुन । पप आइकन ब्रिटनी स्पीयर्सको कुकुरले एक वृद्धलाई टोकेपछि एनिमल कन्ट्रोलले कुकुर जथाभावी नछोड्न चेतावनी दिएको छ ।

गायिका ब्रिटनी र उनका पति सेम असगरीको डोबर्मन कुकुर गत साताको सुरुवातदेखि नै क्यालिफोर्नियास्थित घरबाट फरार भएको थियो । ब्रिटनीले प्रहरीमा एनिमल कन्ट्रोलमा उजुरी दिएपछि घरबाट पाँच माइल टाढा कुकुर रहेको पत्ता लागेको थियो ।

कुकुरलाई उनको पतिद्वारा स्पीयर्सलाई सुरक्षा गर्नका लागि प्रशिक्षित गरेपछि दिइएको थियो । यद्यपि कुकुर हालै स्पीयर्सको घरबाट बाहिर निस्किएको थियो । कुकुरले ७० वर्षका एक साइकल चालकलाई टोकेको थियो ।

कुकुरले वृद्धलाई टोकेपछि स्पीयर्सको सुरक्षा टिमको सदस्यले कुकुरलाई पक्रेको छ । पशु नियन्त्रकले स्पीयर्स उनका पति असगरी र सुरक्षा टिमलाई सम्पर्क गरेर कुकुरले पुनः घरबाट भाग्ने अवस्था नआओस् भनी चेतावनी दिएको छ ।

माल्टाको समुन्द्र जहाँ पानीको सतह घटेर ढुंगा दोखिन थाले

माल्टा, १४ फागुन । माल्टाको तटमा समुन्द्रको पानिको सतह घटन थाले पछि धेरैलाई चिन्ताको कारण बनेको छ ।

यो माल्टाको गजो तट पर देखा परेको दृश्य हो ।

सञ्चारमाध्यमहरुका अनुसार अनुसार गत जनवरी देखी अहिलेसम्म ५० सेमी पानीको सतहमा कमी आइसकेको छ । पानी यति धेरै कम हुन थाले पछि समुन्द्री किनार लामो देखिन थालेको छ भने उसको चौडा पनि बढीरहेको छ । र, क्रमश: समन्द्री चटानहरु पानी बाहिर देखा पर्न थालेका छन ।

सञ्चारमाध्यमहरुका अनुसार बार्षिक औसत भन्दा भन्दा निकै कमीले यो समुन्द्री किनारमा पानीको मात्र घटेको हो । गएको महिना देखी अहिलेसम्म यो १५ सेमी घटिसकेको छ । गएको मार्चमा समुन्द्रमा पानी स्तर सबैभन्दा कमी थियो र जबकी यो नोभेम्बर त्यो भन्दा ज्यादा हुन पुग्यो र, यो अहिले पनि क्रमश घटिरहेको छ । जो यसअघि अक्टुबर १९९९ र मार्च १९९३ मा यस्तो अन्तर रेकर्ड गरिएको थियो ।

यो अन्तरलाई बैज्ञानिकहरु ऐतिहासिक त मान्छन र साथै चिन्ता पनि उत्तिकै प्रकट गर्छन । उनीहरुको भनाई छ केही दिनमा यो पानीको स्तर क्रमश: आफनो ठाउँमा आउनेछ । 

आर्टस, साइन्स तथा टेक्नोलजी माल्टा कलेलका समुन्द्र बैज्ञानिक प्रोफेसर एल्डो ड्रैगो भन्छन कि अहिले धरतीमा केही परिवर्तन भईरहेका छन, जसका कारण माल्टाको समुन्द्र किनारमा पानीको सतह घटिरहेको हाे । उनी भन्छन, ‘चिन्ता गर्ने कुनै कारण छैन, यो केही दिनमा समस्या हल हुनेछ ।’ 

बैकिङ कसुरमा पक्राउ परेका पाण्डे जेल चलान

काठमाडौं, १४ फागुन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका–३ घर भइ काठमाडौं टोखा नगरपालिका–४ बस्ने ५२ वर्षीय डुण्डराज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।     

उच्च अदालत पाटनको २०७९ पुस १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २० लाख २० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदातलको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाएको प्रहरीले जनाएकाे छ ।

पल शाह जेलबाट छुट्ने भएपछि पूजा शर्माले भनिन् – आज पानी पर्‍यो, सबै फोहोर पखालियो

काठमाडौं – कलाकार पल शाह सोमबार जेलबाट छुट्नो भएका छन् । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको छ । 

पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका हुन् । शाह जेलबाट छुट्ने भएपछि अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेकी छिन् । उनले पलसँगको तस्किर शेयर गर्दै पानी परेसँगै सबै फोहोर पखालिएको बताएकी छिन् । उनले लेखेकी छिन् ‘आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । अब सबै कुरा सुन्दर भएर आयो । धन्य भगवान’

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो भने यसअघि तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो। शाह एक वर्षयता कारागारमा छन्। आदेशसँगै उनी अब जेलमुक्त हुने भएका छन 

रिर्सोटमा लगेर बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक पक्राउ

भक्तपुर, १४ फागुन ।  २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम मेल्लेख गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–१ बस्ने २१ वर्षीय उमेश रावललाई प्रहरीले पक्राउ गरेको छ । 

रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका–८ स्थित एक रिसोर्टमा सोही दिन राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
    

यस सम्बन्धमा  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रधानमन्त्री निवासमा ८ दलीय नयाँ गठबन्धनको बैठक जारी 

काठमाडौं, १४ फागुन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ८ दलीय गठबन्धनको सयुक्त बैठक बैठक जारीे छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने दलहरुको उपस्थिति रहेको छ ।

सो बैठकमा नेकपा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस,  नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रि समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन ।

नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनमा सहयोग माग्दै पत्र पठाएको देखी अन्य समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने बताईएको छ ।

१६ किलो चरेससहित कपिलबस्तुमा एक पक्राउ

कपिलबस्तु, १४ फागुन । कपिलवस्तुको शिवराज नगरपालिकामा १६ किलो चरेशसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार पक्राउ पर्नेमा शिवराज नगरपालिका– ९का मेघराज घर्ती रहेका छन् ।

घर्तीको घरमा  चरेस लुकाइ छिपाइ राखेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

घर्ती मगरको बिजौरीस्थित घरमा खानतलासि गर्दा घर भित्र लुकाई छिपाई राखेको १६ किलो लागु औषध चरेशजस्तो देखिने हल्का कालो गिलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

उनी माथी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नेभाडा,अमेरिका १४ फागुन ।  वेश्यालयमा काम गर्ने जस्मिनले आफू ग्राहकसँग प्रेममा परेको बताएकी छिन् । जैस्मीनले भनिन्– प्रेमीले मलाई यतिबेला सपोर्ट गरिहेका छन कि अरुहरु त्यसलाई सहजसै सहज महसुस गर्न सक्दैनन् ।

कानुनी रुपमा सञ्चालन भइरहेको वेश्यालयमा काम गर्ने जैस्मीन यतिखेर आफ्नो एक ग्राहकको प्रेममा परेकी  छिन ।  जस्मिनले आफ्नो प्रेमी वेश्यालयमा नै भेटेको बताएकी छन् । उनी त्यहाँ प्रायः ग्राहक भएर आउने गर्दथे । पछि दुवै प्रेममा परे ।

याे घटना अमेरिकाको नेभाडाको हो, जहाँ वेश्यालयहरू कानुनी छन्। त्यसैले नेभाडालाई ‘रेड लाइट डिस्ट्रिक्ट’ पनि भनिन्छ।

जैस्मीन मूल रूपमा कोस्टारिकाकी हुन्। जस्मिन सम्बन्धविच्छेदबाट गुज्रिएपछि र परिवारबाट कुनै सहयोग नपाएपछि जानाजानी यौन कार्यका लागि अमेरिका आएकी थिइन् । प्रसिद्ध युट्युबर ‘म्याट कलेन’ सँगको कुराकानीमा जैस्मीनले आफ्नो कथा बाँडेकी छिन् ।  उनले भनिन् कि उनका प्रेमी प्राय: वेश्यालयमा आउँथे, जाे हाल उनकाे गहिराे प्रेममा छन् ।  

उनी साे वेश्यालयका नियमित ग्राहक थिए । नियमित वेश्यालयमा भएकाे सम्पर्क पछि दुबै नजिक आए । सन्देशबाट कुराकानी सुरु भयो। त्यसपछि अनलाइन गेम खेल्न थाले । त्यसपछि उनीहरु एकअर्कालाई डेट गर्न थाले ।

भारतीय मिडिया आजतकका अनुसार अन्ततः जैस्मीन र उनको प्रेमी दुबै वेश्यालयमा सँगै काम गर्न थाले।

जब जैस्मीनलाई वेश्यालयमा काम गर्ने व्यक्तिसँग डेटिङ गर्दा कस्तो लाग्छ भनेर सोधिएको थियो, उनले जवाफ दिइन्- यो फरक छ। धेरै फरक अनुभव। धेरै फरक अनुभव।

आफ्नो प्रेमीका बारेमा उनी भन्छिन्– कहिलेकाहीँ ग्राहकले मलाई तनाव दिन्छन् । तिनीहरूले भावनात्मक रूपमा ब्ल्याकमेल पनि गर्छन, तर यो मेरो प्रेमी..मेरो प्रेमीले शान्त हुन सिकाउँछन ।

उनी अरु जस्तो थिएनन् । उनी सबैभन्दा इमान्दार छन र मेरो पेशा प्रति निकै सम्मान गर्छन । त्यसकारण म पनि उनीलाई धेरै प्रेम गर्छु ।

युटयुब अन्तार्वार्ता हेरेका धेरैले मलाई सोध्ने गर्छन, के यो सम्भब छ । मैले भनेको छु, याे यो प्रेम हो, बेश्याबृति होइन । 

र, हामीले वेश्याबृति भित्र पनि प्रेम हुन्छ भनेर देखाएका छौं । धेरैलाई यो कुरा नपच्न सक्छ तर यो मैले अनुभव गरिरहेको छु । यो मेराे जीवनको सबैभन्दा मिठो पल हो । उनी मलाई धेरै सहयोग गर्छन त्यसैले त म अझै बढी उनीसँग मोहित हुन्छु । 

उनले आफनो प्रेम कथा भने पनि उनले आफनो प्रेमि भने सार्बजनिक गर्न मानिन । तर, उनले यु टयुबमा अन्तवार्ता दिने क्रममा आफनो प्रेमीलाई पनि साथै राखेकी थिइन । उनको अन्तावार्ता हेरेर उनका प्रेमी मुस्काईरहेका थिए ।

तर, उनले पारिवारिक कारण सार्वजनिक हुन मानेनन । यति मात्रै भने, ‘हामी एकदिन सँगै अन्तावार्तामा देखिनेछौं । याे दिन आउनेछ । 

कलाकार पल शाह भोलि जेलमुक्त हुदैँ

पोखरा, १४ फागुन । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको छ । 

पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् ।

उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । शाहले नवलपरासी अदालतकाे आदेश  बिरुद्द पाेखरा उच्च अदालतमा पुनरावेदन गरेका  थिए । 

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो भने यसअघि तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो। 

शाह एक वर्षयता कारागारमा छन्। आदेशसँगै उनी अब जेलमुक्त हुने भएका छन 

बिकास निर्माणमा सहजीकरण गर्न पुगेका मध्यपुर थिमिका उप्रप्रमुख श्रेष्ठमाथि आक्रमण

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि आक्रमण भएको छ ।आइतवार बिकास निर्माणमा सहजीकरण गर्न पुगेका उपप्रमुख श्रेष्ठमाथि स्थानीयले नगरबासीले आक्रमण गरेको हो । नेकपा एमाले) मध्यपुर थिमि नगर कमिटी सचिव मध्यपुर थिमि नगरपालिका वडा नं. ५ का सुमन जोशीको नेतृत्वको टोलीले आक्रमण गरेको आराेप लगाईएकाे छ ।

नगरको बालकुमारी हात्तीमहाकाल सडक अन्तर्गत वडा नम्बर ४ को दुईपोखरीमा ढुंगा बिछ्याउने कार्यमा अवरोध गरेपछि भएको विवादमा आक्रमण भएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मध्यपुर थिमि नगर शिवसुन्दर श्रेष्ठले आइतबार नै विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको छ । 

नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बिकास विरोधीहरु बिकास निर्माण रोक्न तल्लोस्तरमै उत्रिएको आरोप लगाए । जनताको प्रतिनिधिमाथि आक्रमण गर्नु जनतामाथिकै आक्रमण भएको भन्दै नगर प्रमुख श्रेष्ठले उनीहरुलाई उन्मुक्ति दिन नसकिने बताए । नगरपालिकाले कानुनी कारवाही अघि बढाएको उनले जनाए ।

जिल्ला प्रहरी वृत्त थिमिका डिएसपी रविन्द्र श्रेष्ठले घटनाको पुष्टि गर्दै वृत्तमा नगरपालिकाले उजुरी दर्ता भएकाे नकारी दिए । आरोपीलाई वृत्तमा ल्याउन र अनुसन्धान अघि बढाउँन आफूले निर्देशन दिइसकेको उनको भनाइ छ ।

उपप्रमुख विजयकृष्णले बिकास बिरोधीहरु भौतिक आक्रमण मै उत्रनु गुण्डागर्दीको पराकाष्टा भएको बताएका छन् । आफूलाई यसले बिचलित बनाउन नसक्ने र गुण्डागर्दीदेखि नडराई अविचलितरुपमा जनसेवामा जुटिरहने उनको भनाई छ ।

एक्कासी परेको पानीले सर्बसाधारणमा अन्यौल (फोटो फिचर)

काठमाडौं । आइतबार काठमाडौंमा भारी वर्षा भएसँगै  सर्बसाधारणलाई असहज भएको छ ।अचानक आएको मेघ गर्जनसहित आएको बर्षाका कारण कार्यालयवाट घर फर्किरहेकाहरुलाई रोकिदिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हो ।काठमाडौं उपत्यकासहित  पोखरालगायतका बाग्मती र गण्डकीका पहाडी भुभागसहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।


सन्दिपको मुद्धा हेर्दा हेर्दैमा, सोमवारका लागि पेशी तोकियो

काठमाडौं, १४ फागुन । नाबालिग माथी बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। 

नाबालिग बलात्कार मुद्दामा उच्च अदालतले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो भने त्यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

दुबै मुद्दामा आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा सुनुवाइ भएको थियो । इजलासले सन्दीपको मुद्दामा सोमबार लगातार सुनुवाइ हुनेगरी पेशी तोकेको छ। 


माउन्ट ग्लोरी इन्टरनेशनले मनायो २४ औँ वार्षिकोत्सव, व्यवहारिक शिक्षामा जोड

काठमाडौं । साना साना नानीहरुले राष्ट्रिय झण्डा उठाउँदै राष्ट्रिय गीत गाउँदा अविभावकहरुले आँखा तानी तानी स्टेजतिर हेरिरहेका थिए । चर्चित कलाकारहरु कन्सर्टमा जाँदा जसरी दर्शकहरुले हेर्छन् त्यसरी दर्शक दिर्घा हेरिरहेका अविभावकहरुले एकैसाथ ताली बजाउँछन् । प्रसंग हो टोखास्थित माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलको । जहाँ अविभावकको ताली बजिरँदा स्टेजमा अभिनय गरिरहेका बालबालिकाहरुले चन्द्र र सूर्य बोकेर छाती फुलाइरहेका देखिन्छन् ।

जुन दृश्यले धेरैको ध्यान तानेको थियो । शनिबार माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलको २४ औँ वार्षिक उत्सब तथा अविभावक दिवस विभिन्न कार्यक्रमको आयोजना गरे धुमधामका साथ मनाइएको छ । २०५५ सालमा स्थापना भएको माउन्ट ग्लोरी आफ्नो नाम र शानका कारण पनि टोखामा स्थापित छ । २ दिन लगाएर धुमधामले आयोजना गरिएको वार्षिक उत्सब तथा अविभावक दिवसमा ठूलो संख्यामा अविभावकहरुको उपस्थिती रहेको थियो । करिब ७ सय बिद्यार्थीहरुले अध्ययन गर्दै आएको यस स्कुलमा अहिले ५२ जना शिक्षक शिक्षिका र कर्मचारीहरु रहेको प्रिन्सिपल गणेश श्रेष्ठले जानकारी दिए ।

प्रोफेसर समेत रहेका श्रेष्ठका अनुसार वार्षिक उत्सब तथा अविभावक दिवसमा बालबालिकाहरुले वर्षभरीमा पढेका, सिकेका र जानेका सबै कुराहरुलाई मञ्चन गर्दाको माहोल निकै उत्साहाजनक थियो । प्रिन्सिपल श्रेष्ठले गतवर्षदेखि माउन्ट ग्लोरीमा अन्तराष्ट्रिय स्तरको फ्रेन्सचाइजसहित मन्टेश्वरी पनि संचारलनमा आएको बताए । उनले भने हामी वैज्ञानिक युगमा छौँ ।

बिद्यार्थी र अविभावकको रुचि, परिवर्तित समयको माग अनुसार बदलिँदो समयसँगै वैज्ञानिक र व्यबहारिक शिक्षा पद्र्धती अनुसार स्कुल अघि बढ्ने कुरामा प्रिन्सिपल श्रेष्ठ प्रतिवद्ध छन् । सभ्य र भव्य रुपमा सम्पन्न कार्यक्रमकै अवसरमा माउन्ट ग्लोरीमा नै अध्ययनरत बिद्यार्थीहरुले सिगिंङ सुपरस्टारको फाइनलमा समेत आफ्नो प्रस्तुती दिए ।

जसमा कक्षा ८ मा अध्ययनरत छात्रा सारा राई सिनियरतर्फ प्रथम भइन् भने जुनियर तर्फ श्रेयान्स पुडासैनी प्रथम भए । पुडासैनी कक्षा ४मा अध्ययनरत छन् । हरेक वर्षको एसईईमा राम्रो नतिजा ल्याउँदै आएको स्कुलले अध्ययनसँगै प्रयोगात्मक अभ्यासहरुलाई पनि विशेष रुपमा प्रयोगमा ल्याउँदै आएको छ ।

विद्यार्थीहरुले पढेका, सिकेका शिक्षामुलक प्रगतिहरुलाई व्यवहारमा उतार्ने कामहरु समय–समयमा अविभावक, साथीभाई र शिक्षकहरुका माझमा देखाउँदा विद्यार्थीहरुको आनीबानी सुधारिने, निखारिने र उनीहरु झनै व्यहारिक बन्दै जाने भएकाले आफूहरुले पछिल्ला दिनमा यस्तो अभ्यासलाई बढी जोड दिएको संगीतका गुरु तथा गायक सञ्जिव पुडासैनीले जानकारी दिए । ४ वटा विद्यालयमा आफूले म्यूजिकका कक्षाहरु लिँदै आएकोमा माउन्ट ग्लोरीले पछिल्ला दिनमा एक्स्ट्रा करिकुलम एक्टिविटिज (ईसीए) गतिविधिहरुलाई अझै जोड दिएकोमा आफू निकै खुशी भएको उनी बताउँछन् ।

२०५५ सालमा स्थापना भएको स्कुलमा शुक्रबार सयौँको संख्यामा अविभावकहरुको उपस्थिति थियो । स–साना विद्यार्थीहरुले पाका र परिपक्व मानिसहरुले जसरी विभिन्न गतिविधिहरु देखाइरहँदा अविभावकहरु पनि खुशी देखिन्थे । बालबालिकालाई उत्प्रेरणा दिँदै हाल आफ्नै भवनमा सञ्चालनमा आएको विद्यालयभित्र परिवार मैत्री वातावरण रहेको अविभावक दिवसमा उपस्थित अविभावकहरुले बताए । स्कुलले नियमितरुपमा नै यस्ता किसिमका गतिविधिहरु सञ्चालन गर्दै आएको विद्यालय प्रशासनका प्रमुख चिज कुमार गुरुङ बताउँछन् ।

पल शाहकाे मुद्वाकाे सुनवाई सकियाे, सफाईको आशामा पल शाह

पोखरा, १४ फागुन ।   कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ ।

उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासमा भएको बहसको सुनवाई सकिएको हो ।

अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले आजै आदेश आउने सक्ने जानकारी दिए । अदालत परिसरमा सञ्चारकर्मीकाे भीड लागेकाे छ । 


कलाकार पल शाह सफाईको आदेश आउने प्रतिक्षामा रहेका छन् । उनलाई तनह्ँ जिल्ला अदालतले यसअघि सफाई दिइसकेको छ ।

उनी यस आदेशवाट सफाई पाए भने डेढ बर्ष पछि कारागार मुक्त हुनेछन, पाएनन भने थप डेढ बर्ष कारागारमा रहनु पर्ने छ ।

राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी 

काठमाडौं, १४ फागुन । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रिय संयोजकमा सुजित केसीलाई सर्वसम्मत चयन भएका छन ।

काठमाडौंमा फागुन १३ र १४ गते आयोजित संगठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रिय संयोजकको रूपमा काठमाडौंका केसीलाई सर्वसम्मत चयन गरेको हो । 

संगठनको महाधिवेशन सम्पन्न गर्ने गरी अधिवक्ता समेत रहेका केसीलाई नेतृत्वको रूपमा चयन गरिएको हो ।

संगठनको केन्द्रिय पदाधिकारीमा रहेर केसीले ९ वर्ष काम गरिसकेका छन् । केसी राजनीति शास्त्र, कानुन तथा समाज शास्त्रमा स्नातकोत्तर अध्यनरत हुन भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनैतिक विषयमा विधाबारिधी अध्यनरत छन् ।

बाटो नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा सचिवबिरुद्ध मुद्धा दायर

काठमाडाै, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिवसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ। 

गोरखामा बाटो नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा प्रदेश सचिव ईश्वरचन्द्र मरहट्टासहित तीनका बिरुद्ध बिशेष अदालत काठमाडौंमा आरोप पत्र दर्ता गरिएको छ ।

अख्तियारका अनुसार गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध अन्तियारले बिशेष अदालत आरोपपत्र दायर गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट गोरखा नगरपालिका– ३ जरेवरस्थित दरौंदी नदीमाथि बाटो नभएको स्थानमा पुल राखेर उनीहरुले  राज्यको स्रोत दुरुपयोग गरेको आरोपपत्रमा उल्लेख छ 

तत्कालीन सचिव मरहट्टाविरुद्ध पाँच करोड ४५ लाख बढी बिगो तोकिएको छ ।

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् ।

 आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।

‘आज जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो। २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिदहरू हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ। त्यसैले वर्तमान सरकार जनयुद्ध लगायत सबै आन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । 

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्रीले शान्तिप्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गरिने बताए ।

उनले भने, ‘संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्य निरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ। यो छिट्टै टुंगोमा पुग्छ। जनयुद्धका सहिदहरूको सम्मान, उनीहरूको परिवारका लागि परिपूरण, सन्ततिहरूको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ। त्यसका लागि विधेयक महत्वपूर्ण छ।’ 

अन्तरक्रियामा सहिद तथा बेपत्ता परिवारको तर्फबाट बोल्दै अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरिका सहिद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे ।

अघिल्लो वर्षको भुक्तानी दिँदा पनि कर्णालीको बजेट खर्च १६ प्रतिशत

सुर्खेत / दोस्रो चौमासिक सकिन लाग्दासम्म कर्णालीमा १६ प्रतिशत बजेट खर्च भएको छ । सात महिनामा आर्थिक वर्ष २०७९-८० को साउनदेखि माघसम्ममा चालु र पुँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको हो । 

३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा सात महिनामा पाँच अर्ब ३२ करोड ५८ लाख ४६ हजार २९१ रुपियाँ खर्च भएको छ । अघिल्लो वर्षको भुक्तानी दिन बाँकी रकम यो वर्षमा भुक्तानी गरेपछि मात्र विकास बजेट खर्च भएको भोलुम बढेको देखिन्छ । 

अघिल्लो वर्षको झण्डै ३० प्रतिशतभन्दा बढी रकम भुक्तानी बाँकी रहेको थियो । विकासे कार्यालयले अझैँ यो आर्थिक वर्षको विनियोजित रकमबाट आएका योजनाहरु सम्झौता गर्न बाँकी रहेको देखिएको छ । हिमाली जिल्लाका कर्मचारीहरु कार्यालयमा नहुँदा सम्झौता हुन नसकेको हो ।

मन्त्रालयबाट कति योजना सम्झौता भए, कति भएनन् भनि सोधिएको पत्रको जवाफ समेत जिल्ला कार्यालयले नपठाएको मन्त्रालयका सचिवहरुले समीक्षा कार्यक्रममा समेत गुनासो गरेका छन् । मन्त्रालयले पत्र पठाइरहने, जिल्ला कार्यालयले जवाफ नपठाउँदा आफूहरु हैरान भएको एक मन्त्रालयका सचिवले बताएका छन् । 

चालुतर्फ २२ दशमलव २५ प्रतिशत र पुँजीगतमा १२ दशमलव ३२ प्रतिशत बजेट खर्च भएको हो । चालूतर्फको १३ अर्ब १६ करोड ५६ लाख ३८ हजार बजेटमध्ये दुई अर्ब ९२ करोड ८८ लाख ५१ हजार नौ सय ८७ रुपियाँ खर्च भएको छ ।

यो अवधिमा विकास बजेट खर्चको अवस्था झनै निराशाजनक छ । पुँजीगततर्फ १९ अर्ब ४५ करोड पाँच लाख २४ हजार बजेट विनियोजन गरेकामा दुुई अर्ब ३९ करोड ६९ लाख ९४ हजार ३०४ रुपियाँ खर्च भएको छ ।

भदौ र असोज महिना भित्र योजना सम्झौता गरि सक्ने भनि मन्त्रालयहरुले दिएको निर्देशन जिल्ला कार्यालयले नटेर्दा विकास बजेट खर्च हुन नसकेको हो । तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्मचारीले काम नगरेर असहयोग गरेको समेत गुनासो गरेका थिए ।

विकास निर्माणका कामदेखि जनसरोकारका काममा ध्यानभन्दा पनि अन्य कुरामा ध्यान कर्मचारीले लगाउँदा समस्य हुँदै आएको उनले खुलेरै समीक्षामा बताएका थिए । अहिलेका मुख्यमन्त्री राजकुमार शर्माले लिखित निर्देशन दिँदै काममा गति दिन निर्देशन दिएका छन् । तर, अधिकांश जिल्लाका कर्मचारीहरु कार्यालयको कामभन्दा पनि व्यक्तिगत काममा बढी ध्यान दिएको प्रमुख जिल्ला अधिकारीहरु गुनासो गर्छन। 

विकासे बजेट कम खर्च 

विस्तृत योजना प्रतिवेदन निर्माण नै नगरी जथाभावी योजना छनोट गर्दा विकासे बजेट खर्च गर्न कर्णालीमा समस्य देखिने गरेको छ । त्यस्तै डिपिआर गर्दा आफूले चाहेकै व्यक्तिलाई दिनुपर्ने र त्यहाँबाट आर्थिक लाभ लिन मन्त्रालय देखि जिल्ला कार्यालयका प्रमुखहरुको ध्यान जाँदा समयमै काम पूरा नहुने गरेको छ । 

मन्त्रालयका सचिव, महाशाखा प्रमुखदेखि सबै शाखाका प्रमुखले कुन योजनाको डिपिआर कसले गर्ने भन्ने भाग बण्डाका कारण काममा ढिला हुने गरेको छ । भाग मिलाउँदा, मिलाउँदै दुई महिना भन्दा बढी खर्च हुने गरेको छ । डिपिआर निर्माण नभई योजनाको सम्झौतासमेत नहुने भएकाले धेरै समय लग्ने गर्दछ ।

मन्त्री र मन्त्रीको सचिवालयलाई समेत बिचौलियले डिपिआरदेखि अन्य कुरामा समेत आवश्यकताभन्दा बढी दबाब दिनुका साथै सेटिङमा ध्यान दिन बाध्य पार्ने गरेको पाइन्छ । कर्मचारीले सचिवालयलाई नटर्ने र मन्त्रालयका सचिवसँग बढी हेलमेल गरेर आर्थिक रुपम बाँडीचुँडी खाने गरेको आरोपसमेत समय, समयमा लाग्दै आएको छ । राजनीतिक कर्मबाट आएका सचिवालय प्रविधिक कुरामा खासै ज्ञान नहुँदा कर्मचारी र मन्त्रीको सचिवालयको बीचमा द्वन्द्व समेत हुने गरेको छ ।  

प्रदेशको सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रहेको हो । यो मन्त्रालयले सात महिनाको अवधिमा चालू र पुँजीगत गरी जम्मा १० दशमलव ८२ प्रतिशत मात्र खर्च गरेको छ । यो मन्त्रालयले चालूतर्फ ३५ दशमलव ७२ प्रतिशत र पुँजीगततर्फ १० दशमलव २३ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

अहिले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय गाभिएर भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय बनाइएको छ तर चालू आर्थिक वर्षको बजेट भने साविककै मन्त्रालयअनुसार छुट्टाछुट्टै कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयअनुसार काम भइरहेको छ । 

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १४ दशमलव ३० प्रतिशत बजेट खर्च गरेको छ । उक्त मन्त्रालयले चालुतर्फ ३३ दशमलव ९८ प्रतिशत र पुँजीगतमा १२ दशमलव ९२ प्रतिशत बजेट कार्यान्वयन गरेको छ ।

यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु र पुँजीगत गरी १३÷१३ प्रतिशत बजेट खर्च गरेका छन् । 

चालू आर्थिक वर्षको यो अवधिसम्म भौतिक मन्त्रालयपछि कम बजेट खर्च गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन् ।

मुख्यमन्त्री कार्यालयले चालु र पुँजीगत गरी १३ दशमलव ९ प्रतिशत बजेट खर्च गरेको छ । बितेका सात महिनामा मुख्यमन्त्री कार्यालयले पुँजीगततर्फको ४ दशमलव ९४ प्रतिशत र चालूतर्फ १४ दशमलव ५५ प्रतिशत बजेट कार्यान्वयन गरेको हो । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १३ दशमलव ३५ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । पुँजीगततर्फ ४ दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको छ भने चालूतर्फ १७ दशमलव २३ प्रतिशत बजेट खर्च गरेको छ । 

मन्त्रालयको कुल बजेट दुई अर्ब ४१ करोड २५ लाख रहेकामा त्यसमध्ये ३२ करोड २० लाख २९ हजार ४७४ रुपियाँ मात्र खर्च भएको छ । यो मन्त्रालयले यो अवधिमा पुँजीगततर्फ तीन करोड ३७ लाख ७८ हजार ८२४ रुपैयाँ बजेट खर्च गरेको छ । 
सामाजिक विकास मन्त्रालयले २८ दशमलव ७२ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १६ दशमलव ६० प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १७ दशमलव ९७ र आर्थिक मामिला तथा योजना मन्त्रालयले ३५ दशमलव ९३ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कमल राईको ‘के छ त्यस्तो’मा अभिनेत्री करुणा श्रेष्ठ

काठमाडौं, १४ फागुन । गायक कमल राईको ‘के छ त्यस्तो’ बोलको गीतमा नायिका तथा मोडल करुणा श्रेष्ठ समाजसेवीको भूमिकामा देखापरेकी छिन् ।  

भिडियोमा करुणासँगै गायक राईको पनि अभिनय देख्न सकिन्छ । करुणाको सामाजिक कर्म, सहयोगी भावना र सफा मन देखेर कमलले गरेको एकतर्फी प्रेमलाई भिडियोमा देखाइएको छ ।  गायक कमलकै शब्द, संगीत तथा एरेन्जमा तयार के छ त्यस्तोको छायांकन र सम्पादक विनोद याक्ख्याले गरेका हुन् । 

जसको प्रोडक्सन म्यानेजर बुद्धि तामाङ हु्न् । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक राईले आफ्नै निर्देशनमा ३ दर्जन बढी भिडियो बजारमा ल्याइसकेका छन् । सार्वजनिक भिडियो काठमाडौँ आसपासका रमणीय क्षेत्रहरुमा  छायांकन गरिएको हो ।

जसको निर्माण नक्षेत्र फाउडेसनले गरेको हो । सामाजिक काममा सक्रिय नक्षेत्र फाउडेसनले गरिब, असहाय र निमुखा बालबालिकाहरुको शक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

अपी पावर कम्पनीको आज साधारणसभा

काठमाडौ, १४ फागुन । अपी पावर कम्पनीको आज आइतबार साधारण सभा बस्दैछ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने भएको छ। 

साधारण सभामा कम्पनीले बोनस सेयर ७.५० प्रतिशत र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव पेस गर्नेछ । 
सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने हुनेछ । 

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को एजेन्डा भने लेखापरीक्षक नियुक्ति गरी पारिश्रम पनि निर्धारण गर्ने प्रस्तावमा छलफल हुनेछ। 

कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ भने ३ फागुनसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउने र प्रस्तावित लाभांश पनि पाउन सक्नेछन् ।