`

आँबुखैरेनीमा बस दुर्घटना हुँदा ६ जना घाइते

गोरखा – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६  जना घाइते भएका छन् ।

लम्जुङ सदरमुकाम बेशीसहरबाट नारायणगढ जाँदै गरेको ना ६ ख ३९६३ नम्बरको मिनिबस आँबुखैरेनीको ऐनापहरास्थित सडकपेटीमा पल्टेर दुर्घटना भएको हो । 

दुर्घटना हुँदा ६ जना घाइते भएका इप्रका आँबुखैरेनीले जनाएको छ । बसमा ३२ जना सवार रहेको र अन्यको अवस्था समान्य छ । 

घाइते छ जनाको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । 

पाँच वर्षे कार्यकालमा ५३ विधेयक प्रमाणीकरण 

सुर्खेत – २१७ पटक वैठक बसेको कर्णाली प्रदेशसभामा पाँच वर्षे अवधिमा ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन् । त्यस्तै ६ वटा विद्येयक विषयगत समितिमा छलफलका लागि पठाएको छ । ३ वटा विद्येयक प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी र दुइवटा प्रक्रियामा रहेका छन् । 

 कर्णाली प्रदेशसभाले जनसरोकारसँग सम्बन्धी निर्मित १३ वटा विधेयक र कर्णाली प्रदेश सरकार सञ्चालनसम्बन्धी ४० वटा  विधेयक बनाएको छ। ८३ वटा विधेयक दर्ता भएका भएकोमा अध्यादेश ८ वटा, फिर्ता विधेयक ८ वटा र निष्क्रिय विधेयक ३ वटा रहेको छ। अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयक बाहेक खुद विधेयक ६४ वटा रहेको छ। 
 ४० जना माननीय सदस्यहरू प्रतिनिधित्व गर्ने गरेका छन्। जसमा २४ प्रत्यक्ष चुनावबाट र १६ जना समानुपातिक प्रतिनिधित्व  छ।  प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसी प्रदेश सभाले २०७४ माघ २८ गते सभामुखमा राजबहादुर शाही र २०७४ फागुन ५ गते उपसभामुखमा पुष्पा घर्ती (विष्ट) लाई निर्वाचित गरेको थियो। पहिलोदेखि दशौं अधिवेशनसम्म पुग्दा ५ वर्षको अवधिमा २ सय ८४ घण्टा ५२ मिनेट ५९ सेकेण्ड सभा चलेको  प्रदेश सभा  अन्तिम बैठक २०७९ श्रावण १८ गते बसेको थियो । 

५ वटा दलहरूले प्रतिनिधित्व गर्छन्। २०७४ माघ २१ गते पहिलो प्रदेश सभा बसेको दिनलाई प्रदेश सभा स्थापना दिवसका रुपमा बनाउँदै आएको छ। यस अवसरमा पूर्व माननीय पदाधिकारी र सदस्यहरुलाई सम्मान कार्यक्रम समेत गरिएको प्रदेश सभा सचिवालयका सचिव जीवनराज बुढाथोकीले बताए।

 कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, सभामुख नन्दा गुरुङ, उपसभामुख यशोदा न्यौपाने, प्रदेशका मन्त्रीहरु, माननीयहरू, पूर्व माननीयहरू, सचिवहरू तथा सुरक्षा निकायका प्रदेश प्रमुखहरू सहभागी रहेका थिए ।

रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउने महाअभियान चलिरहेको भीम रावलको आरोप

काठमाडौं – सत्तारूढ नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको बताए ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको बताए ।

वैदेशिक रोजगार कम्पनी भएकाहरू श्रममन्त्री, एकदम महंगो निजी स्कुल भएकाहरू शिक्षामन्त्री रहेको र नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धितलाई गृह मन्त्री बनाउन खोजिएको उनको आरोप  छ । ‘के देशमा साँच्चै सुशासन आउन लागेको हो? हामीले बहुदली व्यवस्था ल्यायौं। गणतन्त्र ल्यायौं । यसको अभिष्ट के थियो ? यत्रो मानिसहरूले रगत बगाए,’ उनले प्रश्न गरे ।

उनले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गरे ।

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

धनगढी – सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शपथ लिएको तीन हप्ता बितिसके पनि विश्वासको मत लिने दिनको टुंगो अझै लाग्न सकेको छैन । मुख्यमन्त्री बनाउँदा समर्थन गर्ने चार मध्यको एक दल नागरिक उन्मुक्ति पार्टीले बिश्वासको मत दिने वातावरण बनिनसकेको भनेपछि बिश्वासको मत लिने दिनको टुंगो लाग्न नसकेको हो । 

विश्वासको मतका लागि वातावरण तयार गर्न  सुदुरपश्चिमका मुख्यमन्त्री राजेन्द्रबहादुर रावल दोश्रो पटक काठमाण्डौं गएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको लगत्तै मुख्यमन्त्री रावल काठमाण्डौ गएर नागरिक उन्मुक्तिका नेता, प्रधानमन्त्री र एमाले अध्यक्षसंग भेट गर्दै विश्वासको मतका लागि वातावरण बनाउन आग्रह गरेका थिए । तर अझै पनि विश्वासको मत पाउने वातावरण नभएपछि मुख्यमन्त्री रावल बिहीबार दोश्रो पटक संघिय राजधानी गएका हुन् ।

प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्रमा मुख्यमन्त्रीले बिश्वासको मत लिइसक्नु पर्ने कानुनी व्यवस्था छ । नेकपा एमालेका प्रदेश अध्यक्ष एवम प्रदेश सांसद राजेन्द्र रावलले पुस २८ गते सुदुरपश्चिमको मुख्यमन्त्रीको रुपमा शपथ लिएका  थिए ।  मुख्यमन्त्री रावलले माघको २७ गतेसम्म सपथ लिइसक्नु पर्ने हुन्छ ।  

नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठक कानुनले तोकेको समय भित्रमा नै मुख्यमन्त्रीले बिश्वासको मत लिइसक्ने बताउँछन् । ‘सुदुरपश्चिमको मुख्यमन्त्री बनाउँदा जुन चार दलका बीचमा साझेदारी भएको थियो,’ एमालेका प्रदेश सचिवसमेत रहेको पाठक भन्छन्,  ‘ती चार दलकै समर्थनमा  मुख्यमन्त्री ज्युले बिश्वासको लिनु हुन्छ ।  सही गर्नु भनेको बाधिनु हो भन्दै पाठकले मुख्यमन्त्रीमा नियुक्त गर्दा सही गरेका चार वटै दलको समर्थामा बिश्वासको मत लिने दावी गरे ।’

सुदुरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा  प्रदेश प्रमुख समक्ष पुस २७ गते मुख्यमन्त्रीको दावी  पेश गरेका थिए ।  बहुमत सदस्यको दावी पेश गरेपछि प्रदेश प्रमुखले पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

मुख्यमन्त्रीमा नियुक्त भएको लगत्तै रावलले नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता खगराज भट्ट र नेकपा एमालेका प्रदेश सभा सदस्य सन्तोष थापालाई बिना बिभागीय मन्त्री नियुक्त गरेका थिए । सरकारले बिश्वासको मत नपाइसकेका कारण  भट्ट र शर्मा  तीन सातादेखि कुनै जिम्मेवारी पाउन सकेका छैनन् । मन्त्रालय नतोकिएपछि बिना विभागीय मन्त्रीका रुपमा रहेका भट्ट र शर्माले सरकारबाट गाडी र सुरक्षाकर्मी बाहेक सुविधा लिएका छैनन् । मन्त्रालय नतोकिएको हुदा सरकारी निवासको सुविधा नलिएका कारण सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई समेत दुवै मन्त्रीले निजी निवासमै व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।

नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदिय दलका नेता रामेश्वर चौधरी प्रदेश सरकारलाई बिश्वासको  मत दिने वातावरण बनिनसकेको बताउँछन् ।  ‘पद र सरकार हाम्रो प्राथमिकताको कुरा हैन, दोश्रो कुरा हो,’ संसदिय दलका नेता  रामेश्वर चौधरी  भन्छन्, ‘सरकार प्राथमिकतामा नै नरहेपछि र बिश्वासको वातावरण बनि नसकेका कारण यस्तै अवस्थामा बिश्वासको मत दिने कुरै भएन ।’

केन्द्रमा भएका वार्ताहरुमा रेशम र अरु जेलमा रहेकाहरुलाई छुटाउँछु भने पनि  त्यसको बिश्वास गर्ने वातावरण बनिनसकेको चौधरी बताउँछन् । ‘सरकारले छुटाउछु, छुटाउछु भन्दै आएको छ,’ चौधरी भन्छन्, ‘छुटाउनुको साटो हाम्रै नेतालाई पक्राउ गर्ने काम भएको छ । अनि मत दिने वातावरण कसरी बन्छ ?’

रावलले एमालेका दश, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरि २९ जना  प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गरेका थिए । नागरिक उन्मुक्तिले समर्थन नगरेसम्म बिश्वासको मत पारित हुने अवस्था सुदुरपश्चिम प्रदेशमा छैन । 

 कांग्रेसमा हुदासम्म अरुणलाई केही कारवाही नगरिएको उल्लेख गर्दै चौधरीले भने ‘तर अहिले उन्मुक्तिमाा लागेपछि पक्राउ गर्ने, कारवाही गर्ने ? अब हामी सडक आन्दोलनमा जान्छौं ।’

एमालेका प्रदेश सभा सदस्य पाठक सरकारलाई समर्थन गर्दा नागरिक उन्मुक्तिले  रेशम चौधरी सहितको मुद्धा फिर्तालाई मुख्य मागको रुपमा अघि सारेको बिषयमा छलफल भैरहेको र चाडै सम्वोधन हुने बताउँछन् । ‘रेशमजी सहितका लाई राजनैतिक रुपमा सम्वोधन गर्ने बिषयमा राजनैतिक रुपमा त सहमति नै छ,’ पाठक भन्छन्, ‘प्राविधिक रुपमा मिलाउन केही समय लागेको हो, त्यो मिल्ने बित्तिकै उन्मुक्तिका साथीहरु प्नि बिश्वासको मत दिनु हुन्छ ।’

‘सुदूरपश्चिम प्रदेश सभामा बिश्वासको मत पाउन २७ मत पाउनु पर्छ ।  प्रदेश सभामा ५३ सदस्य छन् ।
 

किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, २१ माघ -उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्वोधनको आवश्यक पहल लिन निर्देशन दिएका छन ।

शुक्रबार चितवनका किसानहरूले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराउँदै निर्देशन दिएका हुन ।

चिवतनमै रहनुभएका मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका छन
। प्रधानमन्त्री दाहालको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानहरूसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएकी छिन । कृषिमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारीहरू बोलाएर थप छलफल गर्नेसमेत प्रधानमन्त्रीको रहेको छ ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित

काठमाडौं, २१ माघ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवासमा आज भएको भेटवार्तामा सत्तारुढ दल भित्र देखिएको बिमतिलाई हल गर्ने बारेमा दुवै नेता बिच छलफल भएको छ ।

सत्तारुढ दलको मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भागबन्डा अनुरुप गृह मन्त्रालय नदिएका सरकार छाडने दुई दिने अल्टिमेटम सकिन लागेको बेला दुई शिर्ष नेताका बिचमा भेटवार्ता भएको हो । रास्वपाले माग गरे बमोजिम उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमार्फत उक्त मन्त्रालयको बिबाद हल गर्नुपर्ने रास्वपाको अर्को माग रहे पनि सो बैठक बोलाउने नबोलाउने बारेमा दुवै नेताले केही जनाएका छैनन । यद्धपी, रास्वपाको सत्ता बर्हिगमनको चेतावनीलाई लिएर दुवै नेताका बिचमा गम्भिर छलफल भएको बुझिएको छ ।

लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई

भैरहवा, २१ माघ -उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्र सेवक कर्मचारी नै स्थायी सरकार रहेको बताएका छन । गृह जिल्ला रुपन्देही आएका मन्त्री पौडेलले जिल्ला स्थित सरकारी कार्यालयहरुको प्रमुखसँगको छलफलमा बोल्दै हामी आउने जाने भएपनि राष्ट्रसेवक कर्मचारी धेरै समय रहिरहने भएकोले यो स्थायी सरकार रहेको र राज्यको अति महत्वपूर्ण स्तम्भ रहेको बताए । राष्ट्रसेवकको रुपमा सम्मान गर्दै उनले राष्ट्रसेवक कर्मचारी र उनको व्यवहारबाट सरकारको मुल्याङकन हुने हुदा जनता प्रति नम्र भएर मिठो भाषमा हुने काम गर्न र नहुने काम यो यो कारणले हुदैन भनेर राख्न निर्देशन दिए । उनले सेवाग्राहीलाई सेवा प्रवाहमा हुदैन भन्ने शब्दको सुरुवात पनि रुपन्देहीबाट राष्ट्रसेवक कर्मचारीले गनै सकुन भन्ने उल्लेख गरे ।

जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न यहाँहरुको महत्वपूर्ण भूमिका हुने भएकोले अर्थमन्त्री पौडेलले कार्यालय प्रमुखहरुलाई अन्तरचेतनाद्वारा निर्देशीत भई आफ्ना जिम्मेवारी प्रभावकारी ढंगले पुरा गर्न निर्देशन दिए । सविधान, कानुन निर्णय र निर्देशनहरुको सिमामा रहेर कर्यान्वयन कसरी गर्ने भन्ने विषयमा केन्द्रित भई जिम्मेवारी पुरा गर्न उनले भने ।

मन्त्रालय सम्बन्धमा बोल्दै अर्थमन्त्री पौडेलले आइसीपी भन्सारको महत्वपूर्ण प्रबन्ध हो, बेलहियाको आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने चाहाना भएकोले भन्सारमा आइसीपीको लागि नेपालको तर्फ साइड क्लीयरेन्सको काम अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीको सहयोगमा भन्सार प्रमुखलाई निर्देशन दिए । साइड क्लीयर गरी समकक्षीहरुको संवादमा शिलान्यासको मिति तय गर्ने र काम सुरु गर्ने परिस्थिती छिटो भन्दा छिटो निर्माण गर्न आग्रह गरे ।

गौतमबुद्ध विमानस्थलले सेवा पनि दिने, रिटर्न पनि दिने र आवश्यकता रहेकोले सेतो हात्तीको रुपमा भन्ने कुरा उठेपनि अहिले व्यवस्थित रुपमा संचालन गर्न केही समस्या छन । सम्बन्धित कार्यालयहरु एक ठाउ बसेर कसले कुन काम कहिले सम्म गर्ने भन्ने विषयमा प्रभावकारी रुपमा व्यवस्थापन गर्नुपर्ने बताए ।

यस्तो रहेको छ आज हरियो तरकारी र फलफूलको मुल्य

काठमाडौ, २१ माघ-कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार शनिबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको न्युनतम मूल्य हो ।नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैया, सेतो आलु १९ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम रहेको
समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी र बचुवा माछा २५० रुपैयाँ साथै मंगुरी माछा २८० रुपैयाँ केजी र रहु माछा ३५० रुपैयाँ केजीमा पाइन्छ ।

त्यस्तै, शनिबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ ११० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ३७ रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ५० रुपैयाँ रहेको छ ।

सुर्तिजन्य सेवनका कारण बिश्वमा वार्षिक २४ लाखको मृत्यु

खोटाङ, २१ माघ-खोटाङको केपिलासगढी गाउँपालिकाले सुर्तीजन्य पदार्थ सेवन न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम गरेको छ ।सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतीबाट नागरिकलाई बचाउने लक्ष्यका साथ गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार सुर्य माबि सुंदेलमा सुर्तीजन्य पदार्थ सेवन न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, वाल क्लव, समाजसेवी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधि लगायतलाई सहभागी गराएर सचेतना कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

युवा, महिला तथा वालबालिका अवस्थाका नागरिकलाई सुर्तिजन्य पदार्थको प्रयोगबाट बचाउन, धुम्रपान तथा सुर्ति सेवनले आर्थिक, सामाजिक र साँस्कृतिक क्रियाकलापमा पर्ने नकरात्मक असर नियन्त्रण गरी नागरिकको स्वास्थ्य र आर्थिक हित अभिबृद्धि गर्न, सुर्तिजन्य पदार्थको आयत, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनीकरण, नियन्त्रण र नियमन गर्ने लक्ष्यका साथ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागीलाई धुम्रपान तथा सुर्ति सेवन गर्न छाडे हृदयघात, क्यान्सर, मधुमेहको जोखिम कम हुने, फोक्सो र श्वासप्रश्वास सम्वन्धी समस्या कम हुने, मुख, दाँत, गिँजा स्वस्थ रहने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना कम हुने, आँखाको दृष्टि कमजोर हुनबाट जोगिने, श्रवण शक्ति कमजोर हुनबाट जोगिने, गर्भावस्थामा हुने जोखिम कम हुने लगायतका विषय वारे जानकारी दिइएको छ ।

कार्यक्रम गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवकुमार राईको अध्यक्षता एबं सुर्य माबिका प्रअ ललितचन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । स्वास्थ्यचौकी सुंदेलका प्रमुख रामप्रसाद आचार्यले सञ्चालन गरेको कार्यक्रममा हेल्थअसिस्टेन्ट मुडामणी जैसीले स्वागत मन्तव्य दिएका थिए ।

सन् २०२० को बिश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सुर्तिजन्य पदार्थको सेवनका कारण बिश्वमा वार्षिक २४ लाख मानिसको मृत्यु हुने गरेको छ । सन् २०१८ को तथ्यांक हेर्दा ९६ लाख मानिसको क्यान्सरबाट मृत्यु भएको छ । बिश्वभर मृत्यु हुने कारणमध्ये क्यान्सर दोश्रो नम्बरमा पर्छ ।

राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए

काठमाडौं, २१ माघ -राष्ट्रियसभा उपाध्यक्ष चयनमा बिपक्षी दलहरुले साझा उम्मेदवार उठाउने बिषयमा छलफल जारी राखेका छन । सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा बैठकमा बिपक्षी दलवाट साझा उम्मेदवार चयन गर्ने बिषयमा छलफल गरिरहेका हुन । सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफनो पार्टीवाट उम्मेदवार नहुने जानकारी दिएका छन ।

्बिपक्षी गठबन्धनवाट उठने नेतालाई समर्थन गर्ने प्रतिवद्धता जनाएर बैठकवाट फर्केका छन । उनी पार्टीले आयोजना गरेको द्धि दिवसीय बैठकमा सहभागी हुन हिडेका छन ।

कांग्रेसले भने यसअघि नै राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिईसकेको छ । जसको समर्थनका लागि बिपक्षी दलका नेताहरुलाई बैठकमा बोलाएर धारणा मागिरहेको हो ।यद्धपी, कांग्रेसले उम्मेदवार भने तोकेको छैन । निर्वाचन २३ माघमा हुदैँछ ।

मलेसियाली गृहमन्त्री आज फर्कदै, मलेसियामा कामदार अनुकुल कानुन बनाइदै

काठमाडौं, २१ माघ -मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कने भएका छन ।
बिहिवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुनले शुक्रवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालववाट मलेसिया पठाईने श्रमशक्तिका बारेमा छलफल गरेका थिए । मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच काठमाडौँको एक होटलमा भेटवार्ता भएको थियो ।

सो भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ।‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ। श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ। हामीले त्यसलाई अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गरेर आवश्यक्ता अनुसारको सुधार गर्नेछौँ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भने “नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ। हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ।’

उताः मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरु मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको जानकारी दिए ।

मलेसियाली गृहमन्त्री नासुसन मलेसियाले कामदार अनुकूलको नीति निर्माण गरिरहेको जानकारी दिए । उनले भने, ‘कामदारहरुका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौँ। मलेसियामा भइरहेका नेपालीहरुको लागि हामी रि क्यालिब्रेशन प्लान अघि सारेका छौँ।’ उनका अनुसार मलेसियाललाई हाल अपुग ५ लाख कामदार मध्ये धेरैजसो नेपालवाट लानका लागि आफुहरु तयार रहेकाले नेपाल भ्रमण गरेको जानकारी दिएका थिए । सोही अनुसार नेपाल प्राथमिकतामा परेको गृहमन्त्री सामसुनले जनाए ।

दुई महिना नपुग्दै प्रचण्ड सरकार अप्ठयारोमा, सत्तारुढ पाँच दल नै असन्तुष्ट

काठमाडौं, २१ माघ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार गठन नभएको दुई महिना पनि नबित्दै विश्वासको मत दिने सत्तारुढ पाँच दल नै असन्तुष्ट बनेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको दुई दिने ‘अल्टिमेटम’ शनिबार सकिँदै गर्दा सत्तारुढ पाँच दलले प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

मुख्यत: राष्ट्रपति निर्वाचन र गृह मन्त्रालय बाँडफाँट गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले प्रपञ्च रचेको भन्दै सत्ता सहयोगी दलले नै औपचारिक र अनौपचारिक रुपमा असन्तुष्ट जाहेर गर्न थालेका छन् ।

सुरुमा नै पूर्ववत सहमतिअनुसार मन्त्रालय नदिएको भन्दै चन्द्रकान्त राउत (सिके) राउतले असन्तुष्टि जनाएका थिए । पूर्ववत: सहमतिअनुसार उद्योग मन्त्रालयको जिम्मेवारी नदिएर खानेपानी मन्त्रालय दिएपछि सो पार्टीका सांसद अब्दुल खानाले मन्त्रालयमा गएर तीन दिनसम्म पदभार नै ग्रहण गरेनन् । सहमतिअनुसार उद्योग मन्त्रालय आफूले पाउनुपर्नेमा एमालेका दामोदर भण्डारीलाई दिएपछि जनमत पार्टीले सुरुमा नै प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्टि जाहेर गरेको थियो । अन्तत: लामो रस्साकस्सीपछि जनमतबाट प्रतिनिधित्व गर्ने मन्त्री खानले खानेपानी मन्त्रालयमा गएर पदभार ग्रहण गरेका थिए ।

उता, प्रचण्ड सरकारका मुख्य सहयोगी नागरिक उन्मुक्ति पार्टीले पनि प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । कैलाली–२ वटा प्रतिनिधित्व गर्ने सांसद अरुणकुमार चौधरीलाई ट्याक्टर जलाएको मुद्दालाई लिएर बिहीबार पक्राउ गरेपछि उन्म्ुक्ति पार्टी प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेको छ ।

चौधरीलाई बिहीबार पक्राउ गरेपछि सो पार्टीले बिहीबार नै प्रेस विज्ञप्ति जारी गरेर २४ घन्टाभित्र रिहाई नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । पूर्वसांसद रेशमलाल चौधरीलाई रिहा गर्ने सर्तमा प्रचण्ड सरकारलाई समर्थन जनाएको उन्मुक्ति पार्टीका सांसद चौधरीलाई पक्राउ गरेपछि थप आक्रोशित भएको छ ।

केन्द्र्रको विवादले सुदूरपश्चिमको सरकार पनि संकटमा परेको छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिने तथा लुम्बिनी प्रदेशमा २५ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन बाहिरबाटै उम्मेदवार दर्ता गरेपछि थप सत्तासाझेदार दलबीच संकट गहिरिएको छ ।

उता, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोध गर्ने मन्त्रीलाई कारवाही गर्ने चेतावनी संसदवाटै प्रधानमन्त्री दाहालले दिए पछि उनको समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आक्रोशित हुन पुगेको अवस्थामा छ ।

राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र घोषणा र संघीयता खारेजीको माग गर्दै आएको राप्रपाका सांसदले प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण सोध्ने चेतावनीको बिरोध गर्दै बुधवार बसेको प्रतिनिधिसभा बैठकबाट असहमति जनाइसकेका छन् । सांसद धवलशमशेर राणा र ज्ञानेन्द्र शाहीलगायतले प्रधानमन्त्री प्रचण्डको सो चेतावनीप्रति आक्रोश पोख्दै मौजुदा सदनबाट नै राजसंस्था फर्काउने, हिन्दु राज्य घोषणा गर्ने र संघीयताको विरोध निरन्तर रुपमा गर्ने ‘काउन्टर अभिव्यक्ति’ दिए । राप्रपाको सांसदहले आफ्नो माग सम्वोधन गर्नका लागि मौजुदा संसद उपयुक्त स्थल भएको भन्दै सदनबाट नै प्रधानमन्त्री प्रचण्डको चेतावनीलाई काउन्टर दिएर आफ्नो पार्टीको धारणा राखिसकेका छन् ।

उता, गृह मन्त्रालयका विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका बीचमा लफडाबाजी सुरु भइसकेको छ । रास्वपालाई गृह मन्त्रालय नदिने संकेत गरेपछि सो पार्टीको बिहीबार बसेको बैठकले सरकार छाड्ने निर्णयमा पुग्नुअघि नै अन्तिम अवस्थामा आएर रोकिन पुगेको थियो । प्रधानमन्त्री प्रचण्डले दुई दिन भित्रमा गृह मन्त्रालयको बारेमा निर्णय नलिए शनिवारबाट सो पार्टी सत्ता साझेदार दलको रुपमा नहुन सक्ने बिहीवार नै रास्वपाले घोषणा गरिसकेको अवस्थामा छ ।

प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको फोनवार्ताका कारण दुई दिन रोकिन पुगेको जनाएको रास्वपाले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट गृह मन्त्रालयलगायत विवाद टुंगाउनु पर्ने निर्णय पनि लिएको छ ।

बैठक सुरु हुनुभन्दा पहिले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भएको टेलिफोन वार्ताका कारण दुई दिनसम्म ‘धैर्य’ गर्ने निष्कर्षमा पुगेको रास्वपाले शनिवार अचानक अर्को निर्णय लिन सक्ने चेतावनीका बीचमा प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच टकराव चुलिएको अवस्था छ ।

उता, प्रचण्ड सरकारको मुख्य सहयोगी नेकपा एमाले पनि ‘सहमतीय राष्ट्रपति’ र रास्वपालाई दलीय सहमतिअनुसार गृह मन्त्रालय नदिएका कारण असन्तुष्ट बनेको छ । आफुलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको भन्दै पूर्व सहमतिविपरीत ‘सहमतिको राष्ट्रपति’ खोजी गरेपछि एमाले पनि प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट छ ।

‘सहमतिय राष्ट्रपति’ को तरङ्गले गम्भीर सोचमा परेको एमाले प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार रास्वपालाई झन गृह मन्त्रालय नदिने संकेत गरेपछि थप सशंकित बनेको छ । सर्वाेच्च अदालतले रास्वपा सभापति लामिछानेलाई उप्रप्रधान तथा गृहमन्त्री र सांसद पद खारेज गरिदिए पछि सोही बाहनामा प्रधानमन्त्री प्रचण्डले भन्ने गरेको अर्थात् सर्वोच्च अदालतको ‘फैसलाको पूर्णपाठ’ नआएसम्म उसलाई गृह मन्त्रालय नदिने अडान राखेपछि एमाले अध्यक्ष ओली आक्रोशित बनेका छन् ।

बिहीवार विराटनगरमा ओलीले ‘फैसलाको पूर्णपाठ कण्ठ गर्नका लागि हो र ?’ भन्ने प्रश्न गर्दै ओलीले पुर्व सहमति अनुसार रास्वपालाई गृह मन्त्रालय दिनु पर्ने धारणा सार्वजनिक रुपमा नै राखिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय तत्काल नदिने अडान राखिरहेको बेला सत्ता साझेदार मुख्य घटक एमाले अध्यक्ष ओलीको सो अभिव्यक्तिले पनि प्रधानमन्त्री प्रचण्ड संकटमा परेको प्रष्ट देखिन्छ ।

पटक- पटक स्थगित माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजेवाट

काठमाडौं, २१ माघ -नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक पटक सरेर शनिवार अपरान्ह १ बजेका लागि बोलाईएको छ । समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय बिभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक शुक्रवार बस्न नसके पछि शनिवार १ बजे बोलाईएको हो ।

रास्वपाले बिहिबान नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि अन्तत: पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहिवार स्थगित हुन पुगेको थियो । त्यसपछि शुक्रवार अपरान्ह ३ बजेको बैठक पनि बस्न नसके पछि शनिवार अर्थात आज १ बजे बोलाईएको हो ।बैठकले मुख्यत: रास्वपासँगको बिबाद र केन्द्रिय बिभागहरुको कार्यबिभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ ।

रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटनाबाट गम्भीर घाइते, तिलोत्तमा सडकमा बढी दुर्घटना

विकास निर्माणको पहिलो सूचक नै सडक हो । तीनै तहको सरकार पनि यसैलाई प्राथमिकता दिदै विकास तथा समृद्धिलाई पछाइरहेका छन ।गाँउलाई शहर र मुख्य राजमार्गसँग जोड्न महत्वाकांक्षी योजना पनि यिनै सरकारको छ । रुपन्देहीमा पनि पछिल्लो वर्ष यता बढ्दो शहरीकरण र पूर्वाधार विकासले सडकको स्तरोन्नती, विस्तार र नयाँ–नयाँ बाटो खोल्ने काम भइरहेका छन । बढ्दो सडक सुधारले रुपन्देहीलाई विकसित शहरतर्फ लैजादै छ भने अर्कोतर्फ सवारी दुर्घटनाबाट गम्भिर घाइते र मृतकको संख्यामा समेत उकालो चढ्दै छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको त्रि-वर्षिय सवारी दुर्घटनाको तथ्याङ अनुसार रुपन्देहीमा हुदै गरेको सडक विस्तार र स्तरोन्नतीसँगै सवारी दुर्घटनाको संख्या पनि बढेको हो । दुर्घटना बढेसँगै दुर्घटनामा घाइते हुने अधिकांस गम्भिर प्रकृतिको र मृतक हुने गरेका छन । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम संचालन गरे पनि दुर्घटना र मृतकको संख्यामा भने न्यूनिकरण हुन सकेको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथ्याङक अनुसार रुपन्देहीमा आर्थिक वर्ष २०७७/७८मा १६२ वटा दुर्घटना भएकोमा ८२ जनाको मृत्यु र १८४ जना घाइते भएका थिए । घाइतेमध्ये १०५ जना पुरुष र ११ जना महिला गरी ११६ जना गम्भिर घाइते भएका थिए ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा १७२ वटा दुर्घटना भएकोमा ९४ जनाको मृत्यु भएको थियो । २३० जना घाइते मध्ये १३७ जना पुरुष र ३४ जना महिला गरी १७१ जना गम्भिर घाइते भएका थिए ।

पछिल्लो २ वर्षमा दुर्घटनामा कमि आए पनि मृतक र गम्भिर घाइतेको संख्या भने बढ्दो छ । चालु आर्थिक वर्षको ६ महिनामा रुपन्देहीमा ८५ वटा दुर्घटना भएको छ जसबाट ४४ जनाको मृत्यु भएको छ भने ५९ जना गम्भिर घाइते र २० जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा सवारी दुर्घटना पनि बढ्दो छ । यस अवधिमा भएको दुर्घटना मध्ये सबै भन्दा तिब्र गतीको कारणले दुर्घटना भएको छ, यस्तै चालकको लापरवाही र यात्रुको गल्तीले पनि केही दुर्घटना भएका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख ट्राफिक प्रहरी निरिक्षक साकार राज पन्तका अनुसार रुपन्देहीमा सबै भन्दा बढि दुर्घटना सिद्धार्थ राजमार्गको तिलोत्तमा नगरपालिकाको सडक खण्डमा भएको बताए । सडकको अवस्था स्तरीय र भरपर्दो भएकोले त्यस क्षेत्रमा अत्याधिक गतिकै कारण दुर्घटना बढि भएको देखिएको छ, पहिलाको तुलनामा सडकहरु स्तरीय बन्दै गएकोले लेन अनुशासन र गतिमा ध्यान नदिदा पनि उच्च गतिकै कारण दुर्घटनाबाट गम्भिर घाइते र मृतक हुनेको संख्या बढेको देखिएको छ । पहिला बाटोहरु साघुरो र स्तरीय नहुदा सवारी साधान विस्तारै जाने गरेकोमा अहिले तोकिएको भन्दा बढि गतिमा सवारी हाक्दा अधिकांस साझ ६ बजे पछि नै दुर्घटना भएको देखिन्छ । भएको दुर्घटना मध्ये धेरै जसो मोटरसाइकलबाट भएको छ भने केही ट्रक,टयाङकर,बस र अन्य सवारी साधनहरुबाट सवारी दुर्घटना भएको ट्राफिक प्रमुख पन्तले भने ।

पछिल्लो समय सडकमा बढ्दो सवारी चाप, सिमित बाटो, क्षमता भन्दा बढी यात्रु बाक्ने, सडकको अवस्था मौसमको कारण र हरेक वर्ष सवारी साधनको संख्या वृद्धि हुदैं जानुले दुर्घटना बढ्दै गएको छ । दुर्घटना तथा त्यसबाट हुने क्षति न्युनिकरणका लागि बिभिन्न कार्य गर्दै आए तापनि सडक सञ्जाल बिस्तार संगै ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ खाएर सवारी चलाउनु चालकको लापरबाही, तिब्र गति, ट्राफिक शिक्षा नअपनाउने जस्ता कारणले सवारी दुर्घटना बढी रहेको छ । सवारी दुर्घटनाहरूमा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ ।

हालै मात्रै कार्यालय प्रमुखको जिम्मेवारीमा आएका प्रहरी निरिक्षक पन्तले लेन अनुशासनको पालन नदेखेपछि पहिलो चरणमै यहाँस्थित संस्था, विद्यालय,यातायात व्यवसायी, उद्योगी व्यवसायी र संचारकर्मी लगायतको सहकार्यमा ट्राफिक सचेतनामुलक कार्यक्रम सडकमै गर्न लागेका छन । लेन अनुशासन सिकाउन र लेनको प्रयोगमा बानी विकास गर्न यो सप्ताहले केही सहयोग पुग्ने उनको अपेक्षा छ । ट्राफिक नियमको पालना गरौ सभ्य नागरिकको परिचय दिउँ भन्ने नाराका साथ ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन लागेको कार्यालयले शुन्य सहिष्णुता कायम गर्दै मातहतका कुनै युनिट र प्रहरीले गल्ती गरेको पाए त्त्काल सुधार गर्ने प्रमुख पन्तको दाबी छ । बजारमा यातायात पार्किङ्गको लागि चुनौती हुदाहुदै पनि व्यवस्थापन भइरहेको छ । सिमित सडक तथा बाटोहरूमा दिनहँ बढीरहेका असिमित सवारी साधनहरूको व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण रहेको छ । हामीहरूको उद्धेश्य नै दुर्घटना र क्षति न्युनिकरण हो, भरसक दुर्घटना नै नहोस भन्ने चाहना हो, त्यही अनुसार सचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने छौ ।

सडक दुर्घटनालाई कम गराउन राजमार्गलाई वान वे गराई निश्चित लेनमा निश्चित गतिमा सवारी हाक्ने मापदण्ड अनिवार्य लागु गर्नु पर्छ । सडकको बीचमा डिभाइडर र छेउमा मान्छे छिर्न नमिल्ने बारहरू व्यवस्थापन गरेर अवरोधहरुलाई हटाउन सके अघिल्लो भागबाट ठोक्किएर हुने दुर्घटना र ओभर्टेक बाट हुने दुर्घटना रोक्न सकिन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले नियम विपरित सवारी चलाउनेलाई कारवाही पनि गर्ने गरेको छ ।

बिना लाइसेन्स सवारी साधन चलाए, क्षमताभन्दा बढी यात्रु बोके, यात्रुबाहकमा सामान ओसार पोसार गरे, बिना कागजात सवारी चलाए, तोकिएको सवारीसधान भन्दा बढी मालबस्तु बोके जरिवाना गर्ने व्यवस्था भए अनुरुप ट्राफिक प्रहरीले कारवाही गर्ने गर्छ । रुपन्देहीमा पछिल्लो तीन वर्षमा कारवाही हुनेको संख्यमा पनि बृद्धि भएको देखिएको छ । अर्थिक वर्ष २०७६÷७७मा २२ हजार २ सय ३७ सवारीसाधनलाई कारवाही गरेर १ करोड ८० लाख जरिवाना बुझेको छ ।

यस्तै आर्थिक २०७७÷७८मा यो संख्यामा बृद्धि भई ५८ हजार १ सय ८४ सवारीसधानलाई कारवाही गर्दा ५ करोड ७३ लाख राजश्व जरिवाना स्वरुप संकलन भएको छ भने आर्थिक वर्ष २०७८÷७९मा ६५ हजार ९सय ५० वटा सवारीसाधनलाई कारवाही गर्दा ६ करोड ९१ लाख राजश्व संकलन भएको छ ।

जति भौतिक पूर्वाधार व्यवस्थित हुदै गएका छन सोही अनुसार नियम मिच्ने पनि बढि रहेका छन, यो चेतनाको अभाव र मनोमानीकै कारण भएको छ । कारवाही नै समाधान नभएपनि सचेत गराउनका लागि तोकिएको मापदण्ड अनुसार नै ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्म पनि कार्यालयले २२ हजार २ सय पचास सवारीसाधनलाई कारवाही गरेर २ करोड १३ लाख राजश्व जरिवाना वापत संकलन गरिसकेको छ । कारवाही हुनेमा सबै भन्दा बढि ओभरलोडका ट्रक हुने गरेको छ, अधिकांस ओभरलोड ट्रकलाई ट्राफिक प्रहरीले बेलहिया बाइपासमै जरिवाना गरेर नेपाल भित्राउने गरेको छ ।

लमजुङमा फागुन ११ गतेदेखि १४औं पटक हात्तीपाइले विरुद्धको औषधी खुवाइने

काठमाडौं, २१ माघ-लमजुङमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले विरुद्धको आम औषधी खुवाइने भएको छ । लमजुङका वासिन्दालाई १४ औं पटक औषधी खुवाइने भएको हो ।

हात्तीपाइले रोग निवारण हुन नसकेका जिल्लामा औषधी खुवाउने कार्यक्रम अन्तर्गत यसको तयारीका लागि स्वास्थ्य कार्यालयले जिल्ला स्तरीय योजना तर्जुमा गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । लमजुङको धमिलिकुवा र चक्रतीर्थमा गत मंसिरमा गरिएको हात्तीपाइले रोगको सर्वेक्षणमा प्रकोपदर १ प्रतिशतभन्दा कम देखिएको छ ।

निवारणका लागि फागुनमा औषधी खुवाइने र त्यसपछि ६ महिनामा पुनः परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । ६ महिनामा प्रकोपदर १ प्रतिशत भन्दा बढी देखिए अर्को वर्ष पनि औषधी खुवाइने र कम देखिए २ वर्षपछि परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सिंहदरवारमा कांग्रेससहित प्रतिपक्ष दलको बैठक

काठमाडौं, २१ माघ-राष्ट्रियसभा उपाध्यक्षको चयनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको बैठक ११ बजेका लागि बोलाएको छ । शनिवार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरुको बैठक आब्हान गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।

नेकपा एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहिवार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराईसकेको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसहमत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो । तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निक्र्यौलमा कांग्रेस भने पुगिसकेको छैन । सत्तारुढ दलले पनि यसवारेमा निर्णय लिईसकेका छैनन ।

स्वतन्त्र पार्टीको अल्टिमेटम आज सकिँदै, के गर्लान् प्रधानमन्त्री ?

काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अल्टिमेटमा शनिबार सकिँदै छ । गृह मन्त्रालय आफ्नो पार्टीलाई पुनः दिनका लागि प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि सरकारमा बस्ने या नबस्ने भन्नेबारेमा रास्वपाको बिहीबार बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनसम्म प्रतिक्षा गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका सभापति रवि लामिछानको फोन वार्ता सकारात्मक भएपछि अन्ततः दुई दिन कुर्ने निर्णय गरिएको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिएका थिए ।सर्वाेच्च अदालतले १३ माघमा लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्रलाई अवैध ठहर गर्दै उनको मन्त्री र सांसदबाट पदमुक्त गरेको थियो ।

यसपछि १५ माघमा जिल्ला प्रशासन कार्यालयमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएरर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्रलाई ब्युँताए । यसपछि उनले पुनः आफूलाई उप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ दलका शीर्षनेताहरुसँग लविङ गरे ।

प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन सकारात्मक देखिए पनि प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरे । जसकारण रास्वपाले गत बिहीबार दुईदिने अल्टिमेटम दिँदै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको हो । उक्त अल्टिमेटम शनिबार सकिँदै छ ।

यता लामिछानेको नेपाली नागरिकता अवैध ठहर गर्ने सर्वाेच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल फर्कन आग्रह गरेका प्रधानमन्त्री प्रचण्डले रास्वपाको मागबारे कुनै निर्णय गरिसकेका छैनन् ।प्रधानमन्त्री प्रचण्ड रास्वपालाई गृहमन्त्रालय दिन अस्वीकार गरेर पार्टीको बैठक बसेर सरकारमा रहने या नरहने निर्णय गरिने रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

आजको मौसम: तराई मधेसमा हुस्सु लाग्ने

काठमाडौं, २१ माघ-हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं. १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी, राती प्रदेश नं. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

अवतार-३ मा चार्ली च्याप्लिनकी नातिनी

लसएन्जल्स । फिल्म ‘अवतार द वे अफ वाटर’ गत वर्ष १६ डिसेम्बरमा रिलिज भयो । फिल्मले गत वर्ष रिलिज भएर सर्वाधिक कमाउने फिल्मको चौथो स्थानमा आफूलाई उभ्यायाये । फिल्मले विश्वस्तरमा २ दशमलब १३ बिलियन डलर कमाई गरेको थियो ।

हालैमात्र फिल्मका निर्देशक जेम्स क्यामरुनले ‘अवतार ३’ र ‘अवतार ४’को सुटिङ पुरा गरेको बताएका छन् । उनले भविष्यमा ‘अवतार ५’ पनि बन्न सक्ने जनाउ दिएका छन् । यही बीचमा फिल्मका निर्माता जोन लेन्डोले ‘अवतार ३’मा चार्ली च्याप्लिनकी नातिनीले अभिनय गर्ने गरेका छन् ।

‘‘अवतार ३’मा नावीको नयाँ रेसको बारेमा देखाइनेछ । जसको धेरै विरोधी हुने सम्भावना छ । यसमा चार्ली च्याप्लिनकी नातिनी ओना च्याप्लिनले पनि महत्वपूर्ण भूमिका निभाउनेछिन्’, जोनले भनेका छन् ।

सन् २०१८ मा च्याप्लिनले ‘अवतार’ फ्रेञ्चाइजीको तारिफ गरेकी थिइन् । उनले यसलाई ‘ट्रोजन हर्स फिल्म’का रुपमा बताएकी थिइन् । जोनले फिल्मको चौथो फ्रेञ्चाइजीमा समयको ठूलो छलाङ देखाउने खुलासा पनि गरेका छन् । ‘जसले दर्शकलाई ‘अवतार ५’ तिर लैजानेछ । जुन फिल्म धर्तीमा बनेको हुनेछ’, उनले भनेका छन् ।

लागूऔषध ओसारपसारमा संलग्न प्रहरी सहायक निरीक्षक पक्राउ

मोरङ – विराटनगरमा लागूऔषध खैरो हेरोइन ओसारपसारका क्रममा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।

विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका अनुसार विराटनगरको रानीस्थित १ नम्बर ढाटबाट असई घनश्याम लाखे १ दशमलव ५२ ग्राम हेरोइनसहित पक्राउ परेका हुन् ।

बिहीबार अपराह्न साढे ४ बजे प्रदेश १–०३–००१ प १३५९ नम्बरको मोटरसाइकलमा आएका ३० वर्षीय लाखेलाई शंका लागेर चेक गर्ने क्रममा लागूपदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

लाखेको घर उदयपुरसिथत कटारी नगरपालिका भएको खुलेको छ। प्रहरीले लाखेसँगै मोटरसाईकलमा सवार इलामको माङ्सेबुङ गाउँपालिका–२ का २३ वर्षीय मनोज अधिकारीलाई पनि पक्राउ गरेको छ।

पक्राउ परेका दुवैजनालाई लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रहरीको भनाइ छ ।

च्याम्पियनमा आमिर र सलमानको जुगलबन्दी

मुम्बई। करिब २९ वर्ष अघि सन् १९९४ मा रिलिज फिल्म ‘अन्दाज अपना अपना’मा आमिर खान र सलमान खानको कमेडी जुगलबन्दीलाई दर्शकले निकै रुचाएका थिए । उनीहरुको अभिनय, कमेडी, कमिक टाइमिङ उत्कृष्ट थियो । अब यो जोडी पुनः दर्शकमाझ आउने भएको छ ।

आमिरले निर्माण गर्न लागेको फिल्म ‘च्याम्पियन्स’मा सलमान प्रमुख भूमिकामा देखिँदैछन् । आमिरले अभिनय नगर्ने यो फिल्म स्पेनिस फिल्मको हिन्दी रिमेक हो । यसअघि आमिरले हलिउड फिल्म ‘द फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्डा’ बनाए पनि बक्सअफिसमा यो फिल्म असफल भइसकेको छ ।

आमिर ‘लाल सिंह चड्डा’ पछि ‘च्याम्पियन’ बनाउने तयारीमा थिए । तर बक्सअफिसमा ‘लाल सिंह चड्डा’ फ्लप भएपछि आमिरले अभिनयबाट नै ब्रेक लिए । आमिर अब अभिनय भन्दा पनि निर्माणबाट भाग्य चम्काउन चाहन्छन् । त्यहीकारण सलमानलाई लिएर उनले ‘च्याम्पियन’ बनाउन लागेका हुन् ।

आमिर खान प्रोडक्सनको व्यानरमा बन्ने फिल्ममा आरएस प्रसन्नाको निर्देशन रहनेछ । फिल्मका लागि आमिरले सलमानसँग प्रारम्भिक छलफल गरिसकेका छन् । आमिरले आरएससँग मिलेर ६ महिनाअघिदेखि स्क्रिप्टको काम गरिरहेका छन् । ‘लार्जर देन लाइफ ड्रामा’ शैलीमा बन्ने फिल्मका लागि सलमान नै उपयुक्र्त हुनेमा आमिर ढुक्क छन् ।

उल्टियो सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय

खोटाङ – उच्च अदालत पाटनले खोटाङ र उदयपुर जोड्ने गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगतका दुई प्याकेज कालोपत्रेको ठेक्का तोड्ने निर्णय उल्टाइदिएको छ । उच्च अदालतले सगरमाथा राजमार्ग अन्तरगत खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्ड डिबीएसटी कालोपत्रे योजनाको ठेक्का तोड्ने निर्णय हाललाई कार्यान्वयन नगर्नका लागि अन्तरिम आदेश दिएको हो ।

ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगर्दा सडक कालोत्रेको काम वर्षौंसम्म अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले गत पुस ८ गते फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्डको ठेक्का तोड्ने निर्णय गरेको थियो ।

ठेक्का तोड्ने निर्णय विरुद्ध ठेकेदार कम्पनी अदालत पुगेपछि अदालतले अन्तिम फैसला नआएसम्मका लागि सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न, निर्माण कम्पनीलाई कालोपत्रेको नियमित काम गर्न दिन र समय–समयमा कामको प्रगती वारे अनुगमन गर्न अन्तरिम आदेश दिएको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।

ठेक्का तोड्ने निर्णय भएपछि ठेकेदार रिट हाल्न उच्च अदालत पुगेको थियो । ठेक्का तोड्ने निर्णयलाई अदालतले अन्तरिम आदेशमार्फत उल्टाइदिएपछि निर्माण कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभी, काठ्माडौंले फोक्सिङटार–सिमपानी (राजापानी) सडक खण्डमा काम सुचारु गराएको छ । अदालतको अन्तरिम आदेशमा ठेक्का कायम राख्न सफल निर्माण व्यवसायीले बाँकी काम सरासर गर्नेमा बिश्वस्त हुने ठाउँ भने नभएको खोटाङका प्रदेशसभा सदस्य पाँचकर्ण राईले बताए ।

२७ किलोमिटर लम्बाई भएको फोक्सिङटार–सिमपानी (राजापानी) सडक डिबीएसटी कालोपत्रे गर्ने ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभी र अँधेरी खोला–फोक्सिङटार सडकको जिओटेक्निकल एण्ड क्रस ड्रेनेज वर्कको ठेक्का मैनाचुली/सिद्धिसाई प्रकाश जेभी, काठ्माडौंले लिएको थियो । ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्य सम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै कार्यालयले दुई खण्डको ठेक्का तोडेको सुचना जारी गरेको थियो ।

परेसलाई कठोर कारबाही नगर्न आदेश

मुम्बई । कलकत्ता हाई कोर्टले बलिउड अभिनेता तथा भाजपा नेता परेश रावललाई बोलीकै कारण कठोर कारबाही नगर्न आदेश दिएको हो । उच्च न्यायालयले तलातला प्रहरीलाई परेशले बोलेको ‘बंगालियो के लिएर मछली पकाओ’ लाई लिएर कुनै पनि कठोर कारवाही नगर्न आदेश दिएको हो ।

अदालतले परेशले यो विषयमा पहिला नै माफी मागिसकेकाले कारबाही गर्न आवश्यक नरहेको ठहर गरेको छ । अदालतले भिडियो कन्फ्रेन्समार्फत यो मामलामा परेशलाई सोध्न सकिने जनाएको छ । यो मामलाको अर्को सुनुवाई फेब्रुअरी ५ मा हुनेछ ।

गत वर्ष गुजरात चुनावको समयमा परेशले पनि भाजपाको तर्फबाट राज्यको चुनावी र्‍यालीमा सहभागिता जनाएका थिए । यो समयमा उनले बंगालीका विषयमा भाषण गरेपछि उनी विवादमा तानिएका थिए । उनीमाथि बंगालीलाई अपमान गरेको आरोपसमेत लागेको थियो । पछि उनले सामाजिक सञ्जालमार्फत माफी मागेका थिए ।

१७ चैतमा प्रेमकथाको ‘प्रेमा’, फस्टलुक सार्वजनिक

काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्मित फिल्म आगामी चैत १७ मा रिलिज हुँदै छ ।

फस्टलुकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । पोस्टरमा अरुण र शुभेक्क्षा तथा सृष्टि र अरुणलाई रोमान्टिक भावमा देखाइएको छ । अर्को फस्टलुकमा शुभेक्क्षा, अरुण र सृष्टिलाई खुशीको मुडमा देख्न सकिन्छ । तेस्रो पोस्टरमा शुभेक्क्षा र अरुण रोमान्टिक हुँदा छेउमा अरुण र सृष्टिको खुशी मुड देखाइएको छ।

निर्देशक भण्डारीले फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताए । फिल्म ‘मञ्जरी’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’, ‘गाँजाबाजा’ र ‘चिनी कम रङ कडा’ जस्ता फिल्ममा सह निर्देशकका रुपमा काम गरेका निर्देशक भण्डारीको पूर्ण निर्देशकीय डेब्यू फिल्म ‘रणवीर’ हो । यो फिल्ममा उनकै लेखनसमेत थियो । यो फिल्मबाट उनले कामको राम्रो तारिफ पाएका थिए ।

फिल्म ‘प्रेमा’मार्फत गोविन्दले फिल्म निर्माणमा पनि पाइला चालेका छन् । गोविन्दसँग लेखक तथा निर्देशक विवेक घिमिरेले ‘प्रेमा’ निर्माणमा सहकार्य गरेका छन् । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने घिमिरे फिल्म ‘चिनी कम रङ कडा’का निर्देशकसमेत हुन् ।

फिल्म ‘प्रेमा’ काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको हो । फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को अभिनय छ ।

सामर्थ विक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, अमिषा शाहीको मेकअप, मेघराज पौडेलको प्रोडक्सन, डुकराज घिमिरेको कला, कृष्णबहादुर थापाको सहायक छायांकन, कुलदीप शर्मा, जगदिश न्यौपाने र अनुप केसीको सहायक निर्देशन छ ।

फिल्ममा चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, रिवाज कार्की र गडरेज पिक्चरको भीएफएक्स, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल(वाइका) को डीओपी छ । महेश ‘मञ्जरी’ र ‘रणवीर’का डीओपीसमेत हुन् । फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

भालुको आक्रमणबाट वीरगञ्जमा दुई जना घाइते

वीरगञ्ज – भालुले आक्रमणबाट पर्साको ठोरी गाउँपालिकामा दुई जना घाइते भएका छन् ।ठोरी गाउँपालिका-३ रामनगर बस्ने बिबिलाल लोप्चन र सुकमाया तामाङ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू श्रीमान श्रीमती हुन् ।

शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमाया तामाङलाई भालुले आक्रमण गरेको थियो । सुकमायालाई बचाउन गएका बिबिलाल पनि घाइते भएको प्रहरीको भनाइ छ ।

जंगल क्षेत्रबाट निस्किएका तीन वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा चोट लागेको छ भने बिबिलाल सामान्य घाइते छन् ।घाइते दुवैजनालाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ ।

चुरेबाट भरूवा बन्दुकसहित एक जना पक्राउ

धनगढी – कैलालीको चुरेबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाउँपालिका–४ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ४८ वर्षीय जब्बर रोक्का मगरलाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो ।

प्रहरीले मगरको घर नजिकैको रूखको टोडकामा लुकाई छिपाई राखिएको अवस्थामा बन्दुक फेला पारेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त

सुर्खेत – मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्का नियुक्त भएका छन् ।

खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो । उनलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधव प्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

कर्णालीमा कुष्ठरोगीको संख्या घट्दो, लागूऔषध दुव्यर्सन बढ्दो

सुर्खेत – कर्णाली प्रदेशमा सात वर्षमा ६ सय ४४ नयाँ कुष्ठरोगी फेला परेका छन् भने हाल ८४ जना कुष्ठरोगका विरामी उपचारमै रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

आर्थिक वर्ष २०७२/०७३ देखि आर्थिक वर्ष २०७८/०७९ सम्म सात वर्षको अवधिमा प्रदेशभर सो संख्यामा कुष्ठरोगका बिरामी फेला परेको समेत निर्देशनालयले जानकारी दिएको छ । प्रदेशका दश जिल्लामा गरी ८४ जनाले उपचार गराउँदै आएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

जुम्लामा १०, कालिकोटमा ८, हुम्लामा २,  सुर्खेतमा १५ जना, दैलेखमा १२, सल्यानमा ११, रुकुमपश्चिममा ११, जाजरकोटमा ११, डोल्पामा २ र मुगु जिल्लामा २ जना बिरामी रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका क्षयकुष्ठ अधिकृत पदमबहादुर केसीले जानकारी दिए ।

संक्रमितहरूको जिल्लाका स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य चौकीलगायतमा उपचार भइरहेको छ । हाल कर्णालीमा कुष्ठरोग निवारणकै अवस्थामा रहेको समेत निर्देशनालयको भनाइ छ । प्रति दश हजार जनसंख्यामा १ जनाभन्दा कम बिरामी भएको अवस्थालाई निवारणको अवस्था मानिन्छ ।

लागूऔषध दुव्यर्सनी बढ्दो क्रम्मा  

प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिकको हालसम्म लागूऔषधको ओसारपसार, प्रयोग र बिक्री वितरणका ५५ मुद्दा प्रहरीमा दर्ता भएका छन् । उक्त घटनामा एक सय दुई जनालाई प्रतिवादी बनाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए । त्यसमा ९८ पुरुष र सात महिला संलग्न रहेका छन्।

गत आव २०७८/७९ मा ९५ मुद्दा प्रहरीमा दर्ता भएका थिए । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले एक सय ७२ जनालाई मुद्दा दायर गरी पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता श्रेष्ठले बर्सेनि लागूऔषध दुव्यर्सनी बढेको भन्दै नियन्त्रणका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने बताए ।

महोत्तरीको बर्दिबासमा राष्ट्रिय खेलको तयारी

महोत्तरी – एन्फाको स्वीकृति लिएर बर्दिबासमा जिल्लामा नै  पहिलो पल्ट राष्ट्रिय फुटवल खेल आयोजना हुने भएको छ ।राष्ट्रियस्तरमा चर्चित कलवलाई सहभागि गराएर २६ माघबाट सुरु हुने खेलमा देशभरका ८ वटा कलव सहभागि हुने छन् ।

बिरगञ्ज युनाइटेड, क्यामरुन एसी, पेमा युवा कलव, व्याइज युनियन, धरान फुटबल कलव, झापा-११ फुटबल कलव र आयोजकको तर्फबाट बर्दिबास युथ कलवसहित ८ वटा टिम खेलमा सहभागी हुने आयोजक पक्षले जनाएको छ ।

बर्दिबास नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिद्वारा आयोजित उक्त खेलको अनुमानित लागत ४५ लाख लाग्ने अनुमान गरिएको छ ।

बर्दिबास नगरपालिकाले यसअघि नै ३० लाख बजेट छुट्याइसकेको र वाकी रकम स-प्रायोजन गर्ने कम्पनी र संस्थाहरुवाट व्यवस्थापन गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र कुमार शिवभक्तीले जानकारी दिए ।

मेयर गोल्डकप नामाकरण गरिएको उक्त खेलमा पहिलो र दोश्रो हुने टिमलाइ क्रमशः ५ लाख र ३ लाख पुरुस्कारको राषि र सवै विद्यामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही १० हजार राशीको पुरुस्कारको व्यवस्था गरिएको छ ।

४ फाल्गुनसम्म जारी रहने खेलमा हरेक दिन म्यान अफ म्याचको लागी पनि पुरुस्कारको ब्यवस्था गरिएको छ । म्यान अफ द म्याचको लागि ५ हजार प्रदान गर्ने खेलकुद विकास समितिका सचिव अर्जुन बस्नेतले बताए ।

सवैभन्दा महत्त्वपूर्ण त आयोजक टिमको तर्फबाट सहभागी हुने बर्दिबास युथ कलवले वाहिरी खेलाडी समावेश गरेको छैन । यसअघि हुने खेलहरुमा वाहिरबाट खेलाडी किनेर ल्याएको बिषयमा चर्को आलोचना हुने गरेको थियो ।

नगरको १४ वटै वडावाट उत्कृष्ट ३४ जना खेलाडी चयन भएका छन् । प्रशिक्षक कुल वहादुर श्रेष्ठले दिइरहेको उक्त प्रशिक्षणपछि २२ जनावाट खेलको लागी छनोट हुने बताइएको छ ।

राष्ट्रियस्तरका चर्चित कलवसगँ प्रतिस्पर्धा गर्ने तयारी गरेको आयोजक टिमलाइ महत्वपूर्ण ढंगले हेरिएको छ । आयोजक टिमले नाम चलेका कलवसगँ सुखद प्रतिस्पर्धा गर्ने आयोजक पक्षको विश्वास छ ।

`हाम्रा खेलाडीले कलवहरुसगँ प्रतिस्पर्धा गर्न निक्कै गृहकार्य गरिरहेका छन् ।

यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं, २० माघ-नेपाल राष्ट्र बैंकले शुक्रबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ।आज अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ १८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको खरिद १३० रूपैयाँ ७८ पैसा र बिक्री १३१ रूपैयाँ ३८ पैसामा भएको थियो।

युरोपियन युरो आज एक रुपैयाँ ६७ पैसाले वृद्धि भएको छ । यसको खरिदमा १४४ रूपैयाँ ९ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७५ पैसा कायम गरिएको छ। यसअघि युरोपियन युरोको खरिददर १४२ रूपैयाँ ४३ पैसा र बिक्रीमा १४३ रूपैयाँ ८ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्डको खरिददर १६१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रूपैयाँ ३१ पैसा तोकिएको छ। यसअघि बिहिबार यसको खरिददर १६१ रूपैयाँ ५ पैसा र बिक्रीदर १६१ रूपैयाँ ७९ पैसा तोकीएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९३ रूपैयाँ ३७ पैसा र बिक्रीमा ९३ रूपैयाँ ७९ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिदमूल्य ९२ रूपैयाँ ५७ पैसा र बिक्रीमा ९३ पैसामा कारोबार भएको थियो ।

क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ६६ पैसा र बिक्रीमा ९९ रूपैयाँ १२ पैसा तोकिएको छ।

शुक्रबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रूपैयाँ १२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८८ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिह्बिार ३० रूपैयाँ ८९ पैसा र बिक्रीमा ३१ रूपैयाँ ४ पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ १७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १४ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ५७ पैसा तोकिएको छ ।

सुनको भाउ ६ वर्षमा दोब्बर !

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपियाँ पुगेसँगै हालसम्मकै उच्च मूल्यको रेकर्ड राखेको हो ।बुधबार तोलामा ५ सय रुपियाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपियाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय तथा तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपियाँमा कारोबार भएको थियो ।

यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । सो दिन प्रतितोला १ लाख ६ हजार ९ सय रुपियाँ पुगेको थियो । त्यसै गरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपियाँमा कारोबार भएको थियो । बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपियाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो ।

पछिल्लो ६ वर्षमा सुनको मूल्य दोब्बर वृद्धि भएको छ । २०७३ माघ महिनामा सुनको मूल्य प्रतितोला ५५ हजार रुपियाँको हाराहारीमा कारोबार भएको थियो । त्यति बेलासम्म सामान्य उतारचढाव रहेको भाउ त्यसपछि भने निरन्तर बढ्दै गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७४ माघ महिनामा सुनको मूल्य प्रतितोला ५७ हजार रुपियाँको आसपासमा कारोबार भएको थियो । त्यस्तै, २०७५ साल माघ महिनामा प्रतितोला ६२ हजार रुपियाँमा कारोबार हुँदै आएको सुन २०७६ माघसम्म आइपुग्दा ह्वात्तै बढेर प्रतितोला ७५ हजार रुपियाँसम्म पुग्यो । कारोना महामारीका कारण अर्थतन्त्र ठप्प हुँदा पनि सुनको भाउ उर्लिरह्यो । यो क्रमले २०७७ माघमा पनि निरन्तरता पायो, त्यतिबेला सुन प्रतितोला करिब ९३ हजार रुपियाँसम्ममा कारोबार भएको थियो ।

अघिल्ला दुई वर्षको तुलनामा २०७८ माघमा सुनको भाउ खासै वृद्धि भएन यस वर्ष प्रतितोला ९४ हजार रुपियाँसम्म कारोबार भएको थियो । त्यसपछि भने सुनको भाउले १ लाख रुपियाँ नाघेर कारोबार हुँदै आएको छ । तीन महिना अघिसम्म ९५÷९६ हजार रुपियाँ प्रतितोला सुनको कारोबार हुँदै आएकोमा दुई महिनादेखि भने निरन्तर बढ्दै गएको छ ।नेपाल समाचार पत्रमा खबर छ ।

मंसिरमा विवाहको सिजन भएकाले मूल्य बढे पनि कारोबार धेरै भएको व्यवसायीहरू बताउँछन् । तर, माघमा लगन धेरै भए पनि नयाँ सुनको माग भने तुलनात्मकरूपमा कम रहेको व्यवसायीहरू बताउँछन् । पुराना गहनालाई मर्मत गर्नेदेखि बिक्रीसमेत गर्ने ग्राहक बढिरहेको न्युरोडका सुन व्यापारीहरूको भनाइ छ ।

यस्तो छ आज हरियो तरकारी र फलफूलको मूल्य

काठमाडौ, २० माघ-कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिकाअनुसार शुक्रबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको न्युनतम मूल्य हो ।

नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम रहेको छ ।
यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा र मंगुरी २६० रुपैयाँ र रहु माछा ३६० रुपैयाँ केजीमा पाइन्छ ।
त्यस्तै, शुक्रबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ ११० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैया, भारतीय सुकेको प्याज ३८ रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ७० रुपैयाँ रहेको छ ।

आज लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक

बुटवल, २० माघ -लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजवाट सुरु हुने भएको छ ।

लुम्बिनी प्रदेश अधिवेसनको पाँचौ बैठक अपरान्ह १ बजेवाट सुरु हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन ।

सांसदहरुलाई अभिमुखीकरण तालिम आज पनि

काठमाडौं – प्रतिनिधि सभा सदस्यहरूका लागि दिईएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा हिजोवाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउन लागेको हो ।

प्रतिनिधिसभामा बिजयी भएका सांसदहरु के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरुले जानकारी दिने तथा अनुभव साटने कार्यक्रम रहेको छ  । जसअनुसार आइतवारको अभिमुखीकरण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटालगायतले आ आफना अनुभव साटेका थिए ।

आज हुने बैठकमा दोस्रो सत्रको बैठकमा पुर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पुर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष बिष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

संसद सचिवालयको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई संसदबारे जानकारी गराइनेछ।

मलेसियाली गृहमन्त्री औपचारिक भेटवार्ता आजवाट सुरु हुने

काठमाडौं – तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आज देखी औपचारिक भेटवार्ता सुरु गर्ने छन ।

हिजो साँझ नेपाल आएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका समकक्षि  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तय भएको हिजो जानकारी दिएका छन ।

पराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग सम्वाद गर्न सक्नेछन ।

आजवाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने !

काठमाडौं – नावालिग बलात्काकार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ ।

हिजो देखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएको लामिछाने त्यसका लागि हिजो त्रिवि मैदानमासमेत पुगेका थिए । तर, बिहिवार बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएको क्रिकेट संघका एक कर्मचारीले जानकारी दिएका छन ।

उनका अनुसार नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवत: आजवाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

नेपालले आगामी महिना आईसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

एक महिना नबित्दै प्रचण्डमाथि अविश्वास

काठमाडौं । विश्वासको मत पाएको एक महिना नपुग्दै गृहमन्त्रीविहीन बनेको सात दलीय गठबन्धनमा अविश्वास बढेको छ ।सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रति अविश्वास बढाएका हुन् ।

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले सांसद र मन्त्री पद नरहने निर्णय गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः नागरिकता प्रमाणपत्र लिएर गृह मन्त्रालयका लागि दौडधुपमा लागेका थिए ।

उनले गृहमन्त्रालय आफैंले पाउनुपर्ने अडान राख्दै प्रधानमन्त्री प्रचण्डलाई सरकार छाड्ने चेतावनी दिएका थिए ।गैर सांसदलाई पुनः मन्त्री दिन नसकिने तर्कसहित नेकपा माओवादीले गृह मन्त्रालय आफैँले राख्ने बताएसँगै लामिछाने गृह मन्त्रालयकै लागि भौतारिँदै नेकपा एमाले अध्यक्ष केपी ओलीकहाँ पुगेका थिए।

ओलीले गठबन्धनमा गत पुस १० मा भएको सहमतिअनुसार गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने र रवि लामिछाने नै गृहमन्त्री हुनुपर्ने दाबी गर्दै आएका छन् ।

रविको सांसद र मन्त्री दुवै पद खारेज हुने फैसला गरेपछि विगत एक सातादेखि मन्त्रीविहीन भएको गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हालेका छन् ।यो खबर आजको नेपाल समाचार पत्र दैनिकमा छ ।

बजेट संशोधनको तयारीमा अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष (आव) २०७९–८० को बजेटको आकार घटाउने तयारी थालेका छन् ।तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको चुनावलक्षित बजेट पूर्णरूपमा कार्यान्वयनमा जान नसक्ने निष्कर्ष निकाल्दै त्यसलाई संशोधन गर्ने तयारीमा पौडेल लागेका हुन् ।

अर्थ मन्त्रालयले छिट्टै चालू आवको बजेटको अर्धवार्षिक समीक्षा गर्दै छ । माघभित्रै अर्धवार्षिक समीक्षा हुने र सोही बेला बजेट संशोधनको तयारी भएको अर्थमन्त्री निकट स्रोतले बतायो ।

‘विगतमा पनि बजेटको आकारदेखि लक्ष्यसम्म पुनरवलोकन गरिएको थियो, अहिले पनि घटाइँदै छ,’ स्रोतले भन्यो । यस आवको मङ्सिरमा चुनाव थियो ।चुनावका कारण चालू बजेट अधिकतम खर्च भए पनि विकास बजेट खर्च हुन सकेको छैन । सरकारले ल्याएको पूँजीगततर्फको बजेटमध्ये अहिलेसम्म १६ दशमलव १३ प्रतिशत मात्रै खर्च भएको छ ।

त्यसो त आगामी वर्षको बजेटसमेत अहिलेको भन्दा कम आकारको ल्याउन सरकारलाई योजना आयोगले सिफारिश गरेको छ । सोहीअनुसार अधिकारीहरूले बजेट बनाउन थालिसकेका छन् ।

आगामी बजेट घट्ने अर्थमन्त्री पौडेलले समेत बताएका छन् । बुधवार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास नदोहोर्‍याउने बताए । ‘ठूलो आकारको बजेट ल्याउने विगतको अभ्यास छ । तर, हामी त्यस्तो पक्षमा छैनौं ।अर्थतन्त्रको संरचनागत परिवर्तन गर्नेमा हाम्रो जोड रहनेछ,’ उनले भनेका छन् ।

विगतदेखि नै बजेट ठूलो आकारको ल्याउने तर कार्यान्वयन कमजोर हुँदा सरकारी अधिकारीको क्षमतामा प्रश्न उठाउने गरिएको छ ।मध्यकालीन खर्च संरचनाअनुसार आगामी वर्ष १९ खर्बको बजेट सरकारले ल्याउनुपर्ने हो तर त्यसअनुसार बजेट बनाउन राष्ट्रिय योजना आयोगले अनुमति दिएको छैन ।यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

अपराध काण्डमा तानिँदै सांसद

काठमाडौं । काठमाडौं अदालतबाट दोषी ठहर भई ‘फरार सूची’मा रहेका सांसद एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरि“दै गर्दा ‘फरार सूची’मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् ।

पछिल्लो समय हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’मा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रहरीको खोजीमा छन् । उनलाई पक्राउ गर्न प्रहरीले देशभरका संयन्त्रलाई ‘सर्कुलर’ नै गरिसकेको छ ।

त्यस्तै, अदालतबाटै दोषी ठहर भई ‘ फरार सूची’मा रहेका अर्का सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य (सांसद)निर्वाचित चौधरीलाई प्रहरीले बिहीबार कैलालीबाटै पक्राउ गरेको हो ।

चौधरी गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र २ बाट निर्वाचित सांसद हुन् ।उनीमाथि कैलाली गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको लु२त २११ नम्बरको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी गरेको आरोप छ ।

त्यसबखत ट्याक्टर मालिक महादेव बजगाईंले ‘आफ्नो ट्याक्टरमा आगो लगाइदिएको’ भन्दै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध २ भदौ २०६७ मा मुद्दा दायर गर्दै उजुरी दिएका थिए ।उजुरीमा महादेवले ८ लाख ७५ हजार क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।यो खबर आजको राजधानी दैनिकमा छ ।

रवि लामिछानेकै कारण विवादमा रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार एउटा आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गरे।फेसबुकमार्फत उनले घेराबन्दीमा हाल्न आफू अभिमन्यु नभएको बताए। उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

कुरुक्षेत्रको युद्धमा कौरव पक्षका प्रधानसेनापति द्रोणाचार्यले पाण्डव पक्षलाई कमजोर पार्न चक्रव्यूहको रचना गरेका थिए। उक्त चक्रव्यूहभित्र पस्ने र छिचोल्ने सामथ्र्य पाण्डव पक्षतर्फ अर्जुनमा मात्र थियो।

यसकारण अर्जुनलाई अल्झाएर टाढा पुर्‍याइयो। अर्जुनपुत्र अभिमन्यु चक्रव्यूहभित्र छिर्न त सक्थे तर बाहिर निस्कने सीप उनमा थिएन। यही कमजोरीमा कौरव पक्षको समस्त महारथीले अभिमन्युलाई घेराबन्दीमा हालेर हत्या गरेका कथा महाभारतमा पाइन्छ।

रास्वपा सभापति लामिछानेले यही कुरालाई इंगित गर्दै आफू अभिमन्यु नभएको टिप्पणी गरेका छन्। तर आफूलाई कसले घेराबन्दीमा हाल्यो रु त्यो भने उनले पूर्ण रूपमा खुलाएका छैनन्। उनी पछिल्ला केही दिनयता आलोचनाको केन्द्रमा छन्।

आफ्नै पार्टीभित्रबाट आलोचना हुन थालेपछि सम्भवतः उनको यस्तो अभिव्यक्ति आएको हुनसक्छ। लामिछानको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलापछि रास्वपा पनि विवादको भुमरीमा परेको छ। पार्टीका नेताहरू ‘अब के गर्ने ?’ भन्ने विषयमा तीन समूहमा विभक्त भएका छन्। नेतृत्वका विषयमा नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका छन्।

सर्वोच्च अदालतको फैसलाले गुमेको उपप्रधान तथा गृहमन्त्री पद पाउन लामिछानेले गरेको दौडधुप र त्यसले सिर्जना गरेको राजनीतिक तरंग नै अहिले रास्वपाभित्र विवादको मूल कारण बनेको छ। लामिछानेले लिएको राहदानी पनि विवादमा परेको छ।यो खबर आजको नागरिक दैनिकमा छ ।