`

पुँजीगत खर्चबारे विषयगत मन्त्रालयहरूसँग अर्थ मन्त्रालयको छलफल

काठमाडौँ, १२ चैत : चालु आर्थिक वर्ष २०८१/८२ को पुँजीगत खर्चबारे अर्थ मन्त्रालयले अरू विषयगत मन्त्रालयहरूसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत ११ गतेसम्म पुँजीगततर्फ रु ८७ अर्ब ३३ करोड ४२ लाख मात्रै खर्च भएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च वृद्धिका लागि सक्रिय भएर लाग्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिनुभएको छ । “अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको सुरूदेखि नै गर्नुपर्ने काम र सहजीकरण गरेको छ । विषयगत मन्त्रालय पनि ‘प्रो एक्टिभ’ रूपमा प्रस्तुत हुनुहोस्”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “स्रोतको व्यवस्थापन र सहजीकरण अर्थले गर्ने हो । आउनुपर्ने परिणाम र गर्नुपर्ने काम सम्बन्धित मन्त्रालयको हो ।” अर्थमन्त्री पौडेलले बजेट निर्माण, बजेटको विनियोजन र कार्यान्वयनमा कुशलता प्रदर्शन गर्न जरूरी रहेको बताउनुभयो ।

अर्थ सचिव घनश्याम उपाध्यायले खर्च गर्ने क्षमताअनुसार आगामी वर्षको बजेटका लागि कार्यक्रम तथा योजना पेस गर्न आग्रह गर्नुभयो । राजस्व सचिव दिनेशकुमार घिमिरेले बजेटको सिलिङ बाँड्दा पुगेन भन्ने र खर्च नगर्ने शैलीमा सुधार हुनुपर्ने बताउनुभयो ।

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेट खर्च गर्न नसक्ने भए समयमै ‘सरेन्डर’ गर्न पनि विषयगत मन्त्रालयहरूलाई निर्देशन दिएको छ । छलफलमा सहभागी विषयगत मन्त्रालयका सचिवहरूले बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै पुँजीगत खर्च वृद्धिका लागि अन्तर मन्त्रालयबीच समन्वय, रकमान्तर, भुक्तानी प्रक्रिया, नीतिगत स्पष्टता गर्दै अघि बढिरहेको र चालु आर्थिक वर्षको अन्त्यसम्ममा गत वर्षको भन्दा बढी पुँजीगत खर्च हुने बताएका थिए ।

झापाको मेचीनगरबाट एक करोड बराबरको अवैध सामान बरामद

बनियानी, १२ चैतः झापाको मेचीनगर नगरपालिका–६ बाट आज दिउँसो करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरिएको छ ।मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब रू एक करोड बराबरको अवैध कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो ।

विषेश सूचनाको आधारमा सोही हेडक्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीको कमाण्ड तथा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको अनुसन्धान अधिकृत विधुर गौतमसहितको टोलीले उक्त सामान बरामद गरेको हो ।पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताउनुभयो ।

अध्यक्ष नेपालद्वारा नेता कोइरालाको निधनप्रति दुःख प्रकट

काठमाडौँ, १२ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दिवङ्गत नेता अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थी राजनीतिबाट मुलुकको राजनीति तथा कम्युनिष्ट आन्दोलनको विकास क्रममा कोइरालाले ठूलो योगदान पु¥याएको भन्दै स्मरण गर्नुभयो । पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह—इञ्चार्जको जिम्मेवारीमा रहनुभएका कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

सरल स्वभावका सादगी नेता कोइरालाको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताउँदै अध्यक्ष नेपालले पार्टीले उहाँको निष्ठा र आदर्शलाई अनुकरण गर्ने उल्लेख गर्नुभयो । यसैबीच पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा श्रद्धाञ्जलीका निम्ति राखिएको कोइरालाको पार्थिव शरीरमा अध्यक्ष नेपालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

कार्यक्रममा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत शीर्ष नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गर्नुभयो । कोइरालाको मष्तिस्कघातका कारण उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा सोमबार निधन भएको थियो ।

काठमाडौँको खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ

काठमाडौँ, १२ चैतः प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई आज सार्वजनिक गरिएको छ ।

काठमाडौँ महानगरपालिका–१४ खड्का गाउँस्थित सडकखण्डमा दुई समूहबीच भएको झगडामा दोलखा (साविकको भेड्पु गाविस) हाल मेलुङ गाउँपालिका–४ स्थायी घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ बस्ने २३ वर्षीय अभय भन्ने अबे तामाङको मृत्युभएको थियो । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ घर भई हाल काठमाडौँ नागार्जुन–१० स्युचाटार बस्ने २१ वर्षीय आशिष श्रेष्ठसमेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रड प्रहार गरी घाइते बनाएकामा निजको उपचारको क्रममा मृत्यु भएको थियो ।

सोही घटनाको अनुसन्धानका क्रममा १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेकालाई आज जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

पक्राउ पर्नेमा २१ वर्षीय आशिष श्रेष्ठ, धादिङको गल्छी गाउँपालिका–५ का २१ वर्षीय सुजन तामाङ, काठमाडौँको चन्द्रागिरि–१५ बस्ने २७ वर्षीय राज अर्याल, सिन्धुलीको कमलामाई–११ का २० वर्षीय डेनियल विश्वकर्मा, बागमती–५ सर्लाहीका २० वर्षीय निश्चल ब्लोन तामाङ, सुनसरीका १९ वर्षीय सुशान श्रेष्ठ, सिद्धलेक गाउँपालिका–७ धादिङका २३ वर्षीय विनय आलेमगर, ताप्ली गाउँपालिका–७ उदयपुरका २१ वर्षीय खेमराजबहादुर मगर, गोरखा गण्डगी गाउँपालिका–१ का २२ वर्षीय रन्जित श्रेष्ठ रहेका छन् ।

यसैगरी ताप्ली गाउँपालिका–७ उदयपुरका २० वर्षीय साङ्गे तामाङ, काठमाडौँ नागार्जुन–९ स्युचाटार बस्ने २५ वर्षीय अजित बुढाथोकी, सोही स्थानकै २५ वर्षीय रोहित खड्का, नवलपरासी पूर्व, देवचुली नगरपालिका–९ का २० वर्षीय प्रवीन झेडी, तनहुँको व्यास नगरपालिका–१० का १९ वर्षीय गौतमकमल जोगी, सुनसरीको धरान उपमहानगरपालिका–७ का २२ वर्षीय प्रवेश गुरुङ तथा काठमाडौँको दक्षिणकाली नगरपालिका–१ का २२ वर्षीय डेबिड घले रहेका प्रवक्ता बोहराले बताउनुभयो ।

पूर्ण बहादुरको सारङ्गी’का निर्माताको ‘अभिमन्यु’मा गौमाया

काठमाडौं । चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले चलचित्रका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ ।
‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माणपक्षले गुरुङ आफ्नो चलचित्रमा अनुबन्ध भएको जानकारी दिएको छ ।
‘हाम्रो चलचित्रका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ ।’अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौं ।’ निर्माता विनोद पौडेलले भने उनले सिनेमाको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने बताए ।

सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । उनले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिसकेका छन् । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ ।चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्नेछ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ ।यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशकीय सिनेमा हो ।
मुकेश खनालको लेखन रहेको चलचित्रको क्रियटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ’बाटो ः रोड टु डेथ’ निर्देशन गरेका थिए ।
यो चलचित्रमा शरद महतोको डिओपी रहने छ ।विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।

विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही

काठमाडौँ, १२ चैतः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका सबै मुलुक मिलेर कार्बन उत्सर्जन तत्काल घटाउनुपर्ने बताउनुभएको छ ।जर्मनीको बर्लिनमा आयोजित ‘पिटर्सबर्ग जलवायु संवाद’लाई सम्बोधन गर्दै पृथ्वीको तापक्रम वृद्धिलाई सन्तुलनमा राख्नुपर्ने, जलवायु वित्त परिचालनलाई तीव्रता दिनुपर्ने जस्ता विषयमा प्राथमिकता दिन अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री शाहीले नेपालले नगन्य कार्बन उत्सर्जन गरेपनि जलवायु परिवर्तनका अवसरबाट सबैभन्दा बढी प्रभावित हुनुपरेको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । सो अवसरमा उहाँले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ बारे जानकारी गराउनुभएको थियो ।

विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सबर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ । उक्त संवादमा विशेष गरी जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, जलवायु कूटनीति, सबैको सहकार्यबाट पृथ्वीको बढ्दो तापक्रमलाई कसरी नियन्त्रण गर्ने, र जलवायु जोखिममा परेका देशहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

जलवायु वार्तामा विशेष भूमिका रहेका देशलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलो पटक नेपाल सरकारका तर्फबाट वन तथा वातावरणमन्त्री शाही सहभागी हुनुभएको हो । कार्यक्रममा मन्त्री शाहीसँगै जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, जलवायु विज्ञ मञ्जित ढकाललगायत सहभागी हुनुहुन्छ ।

हुलाकी राजमार्ग आयोजना समयमा नै सम्पन्न गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ, १२ चैतः सांसदहरूले हुलाकी राजमार्ग आयोजना समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको ३९ औँ बैठकमा आज हुलाकी, बिपी र अरनिकोलगायत राष्ट्रिय राजमार्गहरूको वर्तमान अवस्थाबारे भएको छलफलमा सांसदहरूले आवतजावतमा सहज बनाउँदै तराईको अर्थतन्त्र सुधारका लागि पनि हुलाकी सडक समयमा नै सम्पन्न गर्न सुझाव दिएका हुन् ।

बैठकमा सांसद मोहनबहादुर बस्नेतले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्डमा रहेका ७० भन्दा बढी घरटहरा तथा मन्दिरका कारण  समयमा काम अगाडि बढाउन चुनौती रहेको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । “आगामी आर्थिक वर्षसम्ममा बजेट व्यवस्थापन हुन सकेन भने यो बाटो समयमा नै सम्पन्न नहुने र बर्खामा अझै भद्रगोल बन्नेछ । नागरिक आन्दोलनमा उत्रिसकेका छन् । यस विषयमा पनि सरकारले विचार गरोस्”, उहाँले भन्नुभयो । 

बैठकमा सांसद रामकृष्ण यादवले ठूलो जनसङ्ख्या बसोबास गरिरहेको तराई-मधेशको महत्वपूर्ण हुलाकी राजमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउन आग्रह गर्नुभयो । सो सडक राम्रो भएमा त्यहाँका नागरिकको जीवनस्तरमा सुधार हुने र त्यसले आर्थिक विकासमा टेवा पुग्ने उहाँको भनाइ थियो । “हुलाकी राजमार्ग मापदण्डअनुसार निर्माण भइरहेको छैन । यस विषयमा गम्भीर हुनुपर्छ । आयोजनालाई प्राथमितामा राखेर काम गर्नुपर्छ”, यादवले भन्नुभयो । 

सांसद अमनलाल मोदीले कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय गलत भएको भन्दै आपत्ति जनाउनुभयो । सांसद मनिष झाले हुलाकी राजमार्ग ७९ वर्षअघि परिकल्पना गरिए पनि हालसम्म सम्पन्न हुन नसकेको भन्दै ध्यानाकर्षण गराउनुभयो । “मधेसको अर्थतन्त्र सुधारका लागि हुलाकी राजमार्गको महत्व छ । निर्माण सुरु भएको सोह्र वर्ष बितिसक्दा पनि अझै सम्पन्न भएको छैन”, राजमार्गलाई प्राथमिकतामा राखिएको छैन । कुनै पनि नेताको नाम नराखेकोले प्राथमिकतामा नपरेको हो ?”, उहाँले प्रश्न गर्नुभयो । 

सांसद हरि ढकालले मुलुकका सडकहरू निर्माण तथा सुधारका लागि प्रशस्त बजेट नहुने तर अन्य अनावश्यक संरचना बनाउनका लागि राज्यको स्रोत खर्च भइरहेको भन्दै प्राथमिकताको आधारमा बजेट विनियोजन गर्नसुझाव दिनुभयो । सांसद जनार्दन शर्माले हुलाकी राजमार्ग निर्माणका लागि लामो समय लागेको भन्दै ऐन संशोधन गरेर भए पनि चाँडै सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो । “आयोजना समयमा नै टेन्डर दिएको भए रु ७० अर्बमा बन्थ्यो तर अहिले रु तीन खर्ब बजेट लाग्छ”, उहाँले भन्नुभयो, “खरिद ऐनले बाधा पुगेको भए संशोधन गरेर भए पनि ढिला नगरौँ ।”

सांसद गोकुल बाँस्कोटाले समयमा नै सडक निर्माणको काम सम्पन्न नहुँदा जनताले सास्ती भोग्नुपरेको बताउनुभयो । उहाँले बिपी राजमार्गसँग जोडिएका अवैध क्रसर उद्योगले विनाश निम्त्याइरहेको भन्दै उद्योग मन्त्रालयसँग समन्वय गरेर तिनको व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो । सांसद मञ्जु खाँडले कमलापुलको अवस्था निकै दयनीय रहेको भन्दै तत्काल निर्माणका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । सांसद तारा लामाले पनि हुलाकी सडकको सबै स्थानमा कालोपत्र हुन नसक्दा सडक दुर्घटनाको जोखिम बढिरहेको बताउनुभयो । 

सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय गौरवका २५ आयोजनामध्ये तीनवटा मात्रै सम्पन्न भएको र २२ वटा आयोजना अझै अलमलमा रहेको भन्दै सरकारले गम्भीर बन्नुपर्ने बताउनुभयो । “नुवाकोटको पासाङल्हामु मार्ग बजेटको अभावमा अलपत्र छ, यसमा सरकारले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “विपद्को हिसाबले जोखिम रहेका क्षेत्रको बारेमा अध्यायन गरेर विपद्मैत्री पूर्वाधार निर्माण गर्नुपर्छ ।” केसीले चार महिना कार्यकाल भएको घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताउनुभयो । 

सांसद श्यामकुमार घिमिरेले हुलाकी राजमार्ग समयमा नै सम्पन्न गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । सांसद देवप्रसाद तिमल्सेनाले मन्त्रीको क्षेत्रमुखी भन्दा आवश्यकताका आधारमा आयोजना छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रेम आलेले राज्यले काम गराएपछि समयमा नै ठेकेदारको भुक्तानी दिनुपर्ने बताउनुभयो । सांसद योगेश भट्टराईले हुलाकी राजमार्गलाई महत्वका साथ हेर्न अनुरोध गर्नुभयो । सांसदहरू अच्युत मैनाली, ज्वालाकुमारी साह, सञ्जयकुमार गौतम, दीपक गिरीले पनि आयोजना प्राथमिकताको आधारमा छनोट गरी प्रभावकारी कार्यन्वयन गर्न सुझाव दिनुभयो ।  

सांसदहरूको जिज्ञासाको उत्तर दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हुलाकी राजमार्ग भारत सरकारले बनाइदिने भने पनि ०७२ सालपछि धेरै रकम सरकारले विनियोजन गरेपछि मात्रै काम अगाडि बढेको बताउनुभयो । “प्रगति भएकै छैन । केही भएको छैन भनेर हामी निराशावादी बन्नुपर्ने अवस्था छैन । काम भइरहेको छ । गति बढाउनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । 

मन्त्री दाहालल विभिन्न सडकहरूको निर्माण प्रक्रिया अगाडि बढिरहेको भन्दै समयमा नै काम सम्पन्न गर्न सरकार प्रयासरत रहेकोे बताउनुभयो । ठेक्का सम्झौता भइसकेका आयोजनाको रु दुई खर्ब ५२ अर्ब भुक्तानीको दायित्व रहेकाले मन्त्रालयलाई प्राप्त स्रोत व्यवस्थापन गरेर भुक्तानी दिने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । “आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयको बजेट सिलिङ घटाइएको छ । यसले आयोजना समयमा नै सम्पन्न गर्नका लागि चुनौती थपिने छ”, मन्त्री दाहालले भन्नुभयो, “पूर्वाधार क्षेत्रको बजेट सिलिङ वृद्धि गर्न सांसदहरूले पनि पहल गरिदिनुपर्छ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हुलाकी राजमार्गको हालसम्मको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६६दशमलव ३७ प्रतिशत रहेको जानकारी दिनुभयो । आयोजनाको लक्ष्य १८५७ किलोमिटर तथा २५० पुल निर्माण सम्पन्न गर्ने रहेको छ ।

आव २०६६/०६७ मा सुरु भएको आयोजना आव २०८३/०८४ मा सम्पन्न गर्ने गरी म्याद थपिएको छ । आयोजनाको लागत करिब रु एक खर्ब दुई अर्ब रहेको त्यस अवसरमा जानकारी दिइयो ।

बाँकेको नरैनापुरमा आगलागी हुँदा १७ घर गोठ जलेर नष्ट

नेपालगन्ज (बाँके) १२ चैतः बाँकेको नरैनापुर गाउँपालिकामा आज दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिका–४ जयरामपूर्वामा भएको आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिनुभयो ।

स्थानीय जुमाई खाँको घरबाट लागेको आगो नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका दुई दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

खरले छाएका र एक आपसमा जोडिएका घरगोठमा लागेको आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो । क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलगायतको टोली घटनास्थलमा पुगेर आगलागी पीडितलाई राहत दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विभिन्न निकायसँगको समन्वयमा आगलागी पीडितका लागि त्रिपाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र जिल्ला विपद् व्यवस्थापन समितिलाई थप राहतको व्यवस्था गर्न माग गरिएको अध्यक्ष शाहले बताउनुभयो । उहाँले हावाहुरीको मौसममा आगलागीको सम्भावना अत्यधिक रहेकाले सचेत रहन आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीसँग नेपालका लागि थाइल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १२ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेट गर्नुभएको छ ।थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्याण्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले प्रधानमन्त्री ओलीलाई भेट्नुुभएको हो ।

यही चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन तथा थाइल्याण्ड औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही चैत १९ गते बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।   भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।

आर्थिक वृद्धि र खाद्य सुरक्षाका लागि पाकिस्तानले कृषि क्षेत्रलाई बलियो बनाउनेः पाकिस्तानी प्रधानमन्त्री सेहबाज

पाकिस्तानी प्रधानमन्त्री सेहबाज शरीफले आफ्नो देशले आर्थिक वृद्धि बढाउन, खाद्य सुरक्षा सुनिश्चित गर्न र बहुमूल्य विदेशी मुद्रा आर्जन गर्न कृषि क्षेत्रको प्रगतिमा बढी ध्यान दिने बताउनुभएको छ ।

“पाकिस्तानले देशको अर्थतन्त्रमा कृषिको हिस्सा बढाउनु पर्छ, किनकि हाम्रो जनसङ्ख्याको लगभग ६५ प्रतिशत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिसँग सम्बन्धित छ,” प्रधानमन्त्रीले एक कार्यक्रममा भन्नुभयो ।

उहाँले गुणस्तरीय बीउ, मल र औषधि समयमै उपलब्ध भएमा कृषि क्षेत्रमा क्रान्ति आउने र निर्यातमा वृद्धि हुने बताउनुभयो । सरकारले कम्बाइन हार्भेस्टरलगायत कृषि मेसिनरी स्थानीय उत्पादनका लागि पहल गरिरहेको उल्लेख गर्नुभयो ।

कृषि क्षेत्रलाई बलियो बनाउन विभिन्न उपायहरू प्रकाश पार्दै शरीफले केन्द्रको सहयोगमा यस क्षेत्रको थप विकास गर्न प्रान्तीय सरकार, किसान, अनुसन्धानकर्ता र वैज्ञानिक लगायत सबै सरोकारवालाहरूले हात मिलाउनुपर्ने बताउनुभयो ।

उहाँले पाम तेल आयातमा पाकिस्तानले बहुमूल्य विदेशी मुद्रा सञ्चिति बर्बाद गरिरहेको र स्थानीय उत्पादन बढाएर यो प्रवृत्तिलाई उल्टाउन आवश्यक रहेको बताउनुभयो । “देशको विकासम मिलेर काम गर्नुपर्छ । हाम्रो कृषि क्षेत्रको रूपान्तरण गर्न कडा मिहिनेत गर्नेछौँ ।”

“विश्व लगानीकर्ताका लागि चीन खुला”

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सबै देशका कम्पनीहरूलाई चीनमा लगानी गर्न आग्रह गर्दै अवसरको लाभ उठाउन अनुरोध गर्नुभएको छ ।
‘चीन विकास मञ्च’ सन् २०२५ को बारेमा थप जानकारी प्रदान गर्न अनुरोध गर्दा प्रवक्ताले उक्त टिप्पणी गर्नुभयो ।

‘विश्व अर्थतन्त्रको स्थिर विकासका लागि वृद्धिको गति अनलक गर्ने’ भन्ने नाराका साथ चिनियाँ विकास मञ्च सन् २०२५ मार्च २३ देखि २४ सम्म चलेको थियो । चिनियाँ प्रधानमन्त्री ली छ्याङले आइतवार बेइजिङमा आयोजित उक्त मञ्चको उद्घाटन समारोहमा भाग लिएर मुख्य सम्बोधन गर्नुभयो ।

गुओले आफ्नो सम्बोधनमा आर्थिक विशेषताहरू मार्फत चीनको विकास शक्तिलाई अवलोकन गर्न र विकसित अन्तर्राष्ट्रिय गतिशीलताको बीचमा सही मार्गको रेखाचित्र बनाउन सबै पक्षहरूलाई आह्वान गर्नुभएको छ ।

“यसले दिगो आर्थिक विकासका लागि चीनको विश्वास र दृढ सङ्कल्पलाई आधारभूत शक्तिको रूपमा सेवा गर्ने आफ्नो प्रतिबद्धतालाई जोड दिनुभएको छ ।”

उहाँले यस फोरममा ७५० भन्दा बढी विदेशी प्रतिनिधिहरूले भाग लिनुभएको बताउनुभयो । पहिलो पटक सहभागी हुने बहुराष्ट्रिय कम्पनीको सङ्ख्यामा पनि बृद्धि भएको छ, साथै उद्योगका वर्गको व्यापक कभरेज पनि भएको छ ।

“यसले विदेशी लगानीमा सञ्चालित उद्यमहरूले चीनमा आशावाद र व्यवसायहरूको लगानी उत्साह कायम राखेको सङ्केत गर्छ, जसले देशको आर्थिक विकास सम्भावनाहरूमा आफ्नो विश्वास व्यक्त गर्दछ,” गुओले थप्नुभयो ।

उहाँले चीनले उच्च गुणस्तरीय विकास र उच्च स्तरको खुलापनलाई दृढतापूर्वक प्रवद्र्धन गर्ने बताउनुभयो । “अवसरको फाइदा लिन चीनमा लगानी गर्न र भविष्यका लागि योजना बनाउन सबै देशका कम्पनीहरूलाई चीनले स्वागत गरेको बताउनुभयो । तिनीहरूको लक्ष्य स्थिर विश्वव्यापी आर्थिक वृद्धिलाई बढावा दिनु हो ।”

सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित

जनकपुरधाम, १२ चैतः दलहरूबीच सहमति नमिल्दा मधेस प्रदेशसभा बैठक अनिश्चित भएको छ । प्रदेशसभाको गतिरोध अन्त्य गराउन आज बिहान बसेको दलहरूबीचको बैठकमा सहमति नभएपछि आजका लागि बोलाइएको बैठकसमेत स्थगित भएको जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले बताउनुभयो ।

प्रदेशसभाको गत आइतबारको बैठकमा विभिन्न विषयमा छानबिनको माग गर्दै विपक्षी दलले अवरोध गरेका थिए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको संयुक्त बैठकमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरूले अडान राखेपछि सहमति जुट्न नसकेको जनमत पार्टीका संसदीय दलका नेता यादवले जानकारी दिनुभयो ।

मधेस प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले एक सूचना जारी गर्दै आज बिहान ११ बजे बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको बताउनुभयो ।

नौ महिनादेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध,स्थानीयवासी र पर्यटकलाई समस्या

म्याग्दी, १२ चैतः नौ महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भएको छैन ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा गत असारमा पहिराले भत्काएको सडक मर्मत नहुँदा स्थानीयवासी र पर्यटकलाई समस्या भएको छ ।

स्थानीयवासीले पहिरोले साँघुरिएको सडकको डिलतर्फ काठ राखेर जिप मात्र छिर्ने बनाएका छन् । काठको फल्याक र थाम भाँचिएर दुर्घटना हुने उच्च जोखिम छ । सडकअवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतका साथै होटल व्यवसायीलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको घोडेपानीका बासिन्दा जुली ठकुरी पुनले बताउनुभयो ।

घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकल बाहेक जिप, बस, ट्रक, ट्याक्टर वारपार गर्न सकेका छैनन् । पोखरेबगर–चित्रे–घोडेपानी सडकअन्तर्गत लुलिया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुनसकेको छैन ।

वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सो भन्दा बढी आन्तरिक पर्यटक आउँछन् । सडकको समस्याका कारण सवारी साधनमार्फत अपेक्षाकृत सङ्ख्यामा आन्तरिक पर्यटक भित्रन नसकेका घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताउनुभयो ।

पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल, गुराँसे जङ्गल, वन्यजन्तु, पक्षी, मगर संस्कृतिलगायत आकर्षण रहेको छ । १८ किलोमिटर पाँच सय ४० मिटर दुरीको पोखरेबगर–चित्रे सडक मार्ग खुलेको १५ वर्षपछि गतवर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत करिब रु ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पु¥याएको सडक मर्मतका लागि आयोजना कार्यालयले बेवास्ता गरेपछि गाउँपालिकालेनै मर्मत गर्न लागेको बताउनुभयो ।

विचाराधीन विधेयकलाई शीघ्र टुङ्गोमा पुर्‍याउने सत्तापक्षीय दलको निर्णय

काठमाडौँ, १२ चैत : सत्तापक्षीय दलहरुले संसद्मा विचारधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा आज बसेको सत्ता पक्ष दलका शीर्ष नेताको बैठकमा संसद्मा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिकमन्त्री शरतसिंह भण्डारीले जानकारी दिनुभयो ।

बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लब विजयी

देउखुरी (दाङ), १२ चैतः नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरूष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा कर्णाली प्रदेशलाई पराजित गर्दै पुलिस क्लब विजयी भएको हो ।

पुलिस क्लबको यो आठौँ जितसँगै फाइनलमा स्थान सुरक्षित गरेको छ । पुलिसले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले सुरुआत राम्रो गरे पनि प्रतिस्पर्धी टोलीका ललितनारायण राजवंशीको कसिलो बलिङमा २४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटियो । 

जारी प्रतियोगितामा राजवंशी सबैभन्दा धेरै विकेट लिन सफल ‘प्लेयर अफ द म्याच’ भए । उनी प्रधानमन्त्री कप क्रिकेटमा सय विकेट लिने पहिलो खेलाडी पनि बनेका छन् । राजवंशीले हालसम्म १०३ विकेट लिइसकेका छन् भने जारी प्रतियोगितामा आठ खेलमा ३६ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जोडे । उनले ६० बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ३६ रन बनाएर क्याच आउट भए । यस्तै, दिलीप नाथले ५९ बलमा दुई चौकासहित ३४ रन बनाएर दिवान पुनको बलमा एलबीडब्लु भए । दाङमा पहिलोपटक आयोजना गरिएको प्रधानमन्त्री पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।

कर्णाली प्रदेशको टिम पाँचौँ स्थानमा रहेको छ । हालसम्म आठ खेल खेलिसकेको पुलिस क्लब आठ खेलमा सत्प्रतिशत जित निकाल्दै १६ अङ्कका साथ शीर्ष स्थानमा रहँदा नौ खेल खेलिसकेको कर्णालीले चार खेलमा जीत र पाँच खेलमा हार बेहोर्दै आठ अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा छ । योसँगै दाङमा १४ खेल सम्पन्न भएका छन् । अबका बाँकी खेल रुपन्देहीको सिद्धार्थ रङ्गशालामा हुनेछन् । प्रतियोगिताको फाइनल खेल चैत १६ गते हुने जनाइएको छ ।

यातायात मन्त्री दाहालसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १२ चैत : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको मन्त्री दाहालको सचिवालयले जनाएको छ । भेटमा मन्त्री दाहालले राजदूत तोरुलाई नेपालको राजदूतको कार्यभार सम्हाल्नु भएकामा बधाई ज्ञापन गर्नुभएको थियो ।     सो अवसरमा दुवै मुलुकबाट विगतमा भएका उच्चस्तरका भ्रमणहरूको स्मरण गरिनुका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो । 

‘भूमीसम्बन्धी अधिकार प्रदेशलाई दिए तीन वर्षभित्र समस्या समाधान हुन्छ’ : मुख्यमन्त्री शाह

कैलाली, १२ चैतः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमिसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्षभित्र समस्या समाधान हुने बताउनुभएको छ ।

भूमि समस्या सामाधान आयोग कैलालीले आज धनगढीमा आयोजना गरेको आयोगका कामसम्बन्धी स्थानीय तहका पदाधिकारीहरूका लागि अभिमुखीकरणमा उहाँले प्रदेश सरकारलाई भूमिसम्बन्धी अधिकारप्राप्त भएमा यहाँका भूमिसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताउनुभयो । 

मुख्यमन्त्री शाहले एकैठाउँमा अधिकार भएका कारण समस्या भएको उल्लेख गर्दै सङ्घीय सरकारले अधिकारलाई विकेन्द्रीकृत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीयतासँग जोडिएका कानुन तत्काल बन्नुपर्ने र त्यसो भएमा प्रदेश सरकारलाई विविध समस्या समाधान गर्न सहज हुने बताउनुभयो ।  

स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण अभियान सुरु

काठमाडौँ, १२ चैतः काठमाडौँ महानगरपालिकाले आजबाट प्रजनन उमेरका महिलाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार अभियान सुरु गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ वैशाख १२ गतेसम्म सञ्चालन हुने गरी एक महिने अभियान सुरु गरिएको हो । महानगरपालिकाले गत वर्ष पनि यस्तै अभियान सञ्चालन गरेको थियो ।

गत वर्ष परीक्षण छुट भएका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला र परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएका महिलालाई थप लक्षित वर्गमा राखिएको महानगरको कार्यक्रमका सम्पर्क व्यक्ति चन्द्रा भट्टले जानकारी दिनुभयो । परीक्षण गराउन महानगर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गरेर विवरण टिपाउनुपर्ने र केन्द्रबाट दिएको ‘रेफरल स्लिप’ लिएर परीक्षण गराउन सकिने उहाँँले बताउनुभयो ।

अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डङ्गोलको उपस्थितिमा दुवै पक्षबीच आज नागरिकको निःशुल्क परीक्षणसम्बन्धी सम्झौता भएको छ । वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सबै नागरिकका लागि निःशुल्क सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरले आर्थिक सहयोग र वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्ने बताउनुभयो ।

स्तन क्यान्सरको परीक्षण गर्दा प्रारम्भिक जाँचका क्रममा शङ्कास्पद देखिएमा अल्ट्रासाउन्ड गरिने र यसपछि मेमोग्राफीका लागि पठाइने त्यस अवसरमा जानकारी दिइयो । पाठेघर मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० वर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण गरिनेछ । यसबाट पोजेटिभ रिपोर्ट आए कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।

‘जेरी अन टप’को छायांकन सकियो, ६ करोड लगानी भएको अनुमान

काठमाडौं । फिल्म ‘जेरी अन टप’को छायांकन सकिएको छ । निर्माण कम्पनी अनन्या फिल्मस् प्रालीले मल्टिस्टारर उक्त फिल्मको छायांकन सम्पन्न गरेको जनाएको छ ।सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा फिल्मको छायांकन सम्पन्न गरेर कलाकारसहितको निर्माण टिम काठमाडौं फर्किएको कम्पनीले जनाएको छ ।
फिल्ममा स्टार अभिनेता अनमोल केसी अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ, चर्चित हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ प्रमुख अभिनयमा छन् ।
फिल्ममा समावेश हुने दुई गीत बाहेकका सम्पूर्ण दृश्य छायांकन सकेर फर्केका छौं, निर्माता सरोज न्यौपानेले भने, ‘उत्कृष्ट फिल्म तयार हुनको लागि आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन्, गरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो फिल्म खिचिएको छ ’ फिल्मका केही दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको थियो ।

अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि यो फिल्ममा प्रमुख अभिनयमा छन् । अनमोल पिता अभिनेता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भुमिका निभाएका छन् । बाल कलाकार हुँदै कलाकारितामा प्रवेश गरेका अनमोलले ‘स्टार’को ट्याग पाइसक्दा अनमोल र भुवनलाई एकसाथ स्कृनमा देख्न आतुर दर्शकलाई यो फिल्म उपयुक्त अबसर बन्नेमा निर्माण टिम विश्वस्त छ ।

कलाकारको लाइनअपदेखि छायांकनसम्म पुग्दा फिल्मको बजेट झण्डै ६ करोड पुगेको निर्माता न्यौपानेले बताए । गत सातामात्रै यो फिल्मको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार बिक्री भएको थियो ।

हङकङमा स्थापना भएको एलजी एसोसिएट्सले तीन करोड बढि एमजी (मिनिमम ग्यारेन्टी) मा ‘जेरी अन टप’को विदेश राइट्स खरिद गरेको बताइएको छ । यद्यपि रकम भने दुबै पक्षले खुलाएका छैनन् । न्यौपानेले विदेश प्रदर्शन अधिकार बिक्री हुँदा फिल्मको आधा लगानी ‘कभर’ भइसकेको बताए ।
सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । वितरण कम्पनीसँगको सल्लाहमा केही दिनमै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता न्यौपानेले बताए । फिल्ममा समावेश हुने एक गीत नेपालमा र एक गीत भारतका छायांकन गरिने निर्माण टिमले बताएको छ ।

थारूको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुनुपर्छः सांसद गङ्गाराम चौधरी

काठमाडौँ, १२ चैतः प्रतिनिधिसभाको अनुभव मेरो लागि नयाँ हो । विसं २०७९ को निर्वाचनबाट निर्वाचित भएको हो । त्यो भन्दा पहिला सांसद भएको थिइनँ । सुरुमा सङ्घीय संसद् प्रतिनिधिसभाले गर्नुपर्ने काम, कर्तव्य, अधिकारका बारेमा अध्ययन गर्न समय लाग्यो । संसदीय नियमावली अध्ययन गर्न समय लाग्यो । हामी सांसदको काम भनेको कानुन बनाउने हो । तर जनताको बुझाइ फरक छ । जनताले सांसदबाट विकास अपेक्षा गरेका छन् । विकास सांसदले होइन सरकारले गर्ने हो । त्यो कुरा जनताको बुझाइमा फरक परेको छ ।

खासगरी जनताका मुद्दालाई संसद्मा उठाउँदै आएको छु । संसद्मा उठाएका कतिपय सवाल कार्यान्वयन पनि भएको छ । प्रतिनिधिसभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्त्वपूर्ण संस्था हो । शासन प्रणालीमा नीति निर्धारण तथा कानुन निर्माण गर्नेजस्तो महत्त्वपूर्ण कार्य व्यवस्थापन कार्यविधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ । संविधान केही हदसम्म कार्यान्वयन भएको छ । कार्यान्वयन हुन अझै बाँकी छ ।

शिक्षा ऐन, निजामती ऐन र प्रहरीलगायतका महत्त्वपूर्ण ऐनहरू बन्ने क्रममा छन् । सरकारले अध्यादेशमार्फत सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१ ल्याएको छ । त्यसैगरी निजीकरण संशोधन अध्यादेश–२०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ ल्याएको छ । यी अध्यादेशमध्ये कतिपय विधेयक प्रतिनिधिसभाबाट पारित भएका छन् ।

महिलाको हकबाट हेर्दा पनि संविधान केही मात्रामा कार्यान्वयन भएको छ । प्रतिनिधिसभाको सवालमा धारा ८४ उपदफा ८ मा व्यवस्था गरिएको ‘सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्याको कम्तीमा एकतिहाइ महिला हुनुपर्ने’ व्यवस्था कार्यान्वयन भएको छ । अहिले प्रतिनिधिसभामा ३४ प्रतिशत महिलाको सहभागिता छ । तर थारू समुदायका बारेमा संविधानमा उल्लेखित व्यवस्था कार्यान्वयन हुनसकेको छैन ।

‘संविधानको धारा १८ र धारा ४२ ले राज्यको हरेक तह र तप्कामा थारू समुदायको समानुपातिक समावेशीको सिद्धान्तअनुसार सहभागी हुने सनिश्चितता गरेको छ । तर त्यसको कार्यान्वयन हुनसकेको छैन । मौलिक हक कार्यान्वयनका लागि संविधानको धारा ४७ ले संविधान लागू भएको तीन वर्षभित्र कानुन बनाई कार्यान्वयन गर्ने बाध्यात्मक व्यवस्थासमेत गरेको छ । त्यसको पनि कार्यान्वयन हुनसकेको छैन । थारू समुदायलाई संविधानले दिएको अधिकारमा स्पष्ट ऐन, कानुन नहुँदा राज्यका हरेक निकायमा अवसर लिनबाट वञ्चित भएका छन् । राज्यले संवैधानिक आयोगका रूपमा संविधानको धारा २६३ मा थारू आयोगको व्यवस्था गरेको छ । थारु आयोग भने गठन भएको छ ।

नेपालको तराई क्षेत्रमा थारू समुदायको सबैभन्दा बढी जनसङ्ख्या रहेको छ । सुर्खेत, दाङ र चितवनलगायत जिल्लाका विभिन्न स्थानमा थारू समुदायको बसोबास छ । सरकारले थारू जातिलाई लोकजातिका रूपमा मान्यता दिएको छ । निजामती, नेपाल प्रहरी, नेपाली सेना र संस्थानलगायत सरकारी जागिरमा थारू जातिको जनसङ्ख्याका आधारमा आरक्षणको व्यवस्था गर्नुपर्छ ।

विसं २०७८ को जनगणनाअनुसार थारू समुदायको जनसङ्ख्या १८ लाख सात हजार एक सय २४ छ । त्यही जनसङ्ख्याका आधारमा उनीहरूको राज्यका निकायमा सहभागिताको सुनिश्चित हुनुपर्छ । ‘थरुहट प्रदेश’ हुनुपर्छ भन्ने हाम्रो माग रहँदै आएको छ । थारू सामुदायको बाहुल्य रहेका गाउँपालिका र नगरपालिकामा सरकारी कामकाजको भाषाको रुपमा थारू भाषालाई मान्यता दिलाउनुपर्ने हाम्रो अर्को माग हो । थारू र मधेसी समुदायका निम्ति संविधान संशोधन गर्न आवश्यक छ । संविधानमा उनीहरूको खास अधिकार सुनिश्चित हुनसकेको छैन । पार्टीहरूले आफ्नो स्वार्थका लागि संविधान संशोधन गर्नु हुँदैन । अधिकार नपाएका जनताको पक्षमा संशोधन गर्नुपर्छ ।

सुशासनका निम्ति सरकारले भ्रष्टाचारीलाई कानुनअनुसार कडा कारबाही गर्नुपर्छ । हाम्रो देशमा ठूलाठूला नेताले भ्रष्टाचार गर्दा सरकारले बचाइरहेको हुन्छ । त्यसरी आफ्ना नेता, कार्यकर्तालाई जोगाउने हो भने कसरी भ्रष्टाचार रोकिन्छ । कसरी देशमा सुशासन हुन्छ ? कानुन सबैका लागि समान हुनुपर्छ । देशको अवस्था वर्तमान सरकारले बिगारेको होइन । देशको अवस्था, जनताको अवस्था पहिलेदेखि बिग्रिँदै आएको हो । पहिलादेखि नै सरकारले सञ्चालन गरेका कलकारखाना र उद्योग बन्द हुँदै आएका छन् । तर यो सरकारले देशभित्र उद्योग र कलकारखाना खोल्नेतर्फ ध्यान दिनुपर्छ । देशभित्र नै रोजगारी निर्माण गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ । हामीले आयातलाई भन्दा निर्यातमा जोड दिनुपर्छ । अब आयातलाई कम गर्दै जानुपर्छ । उत्पादनमा जोड दिनुपर्छ । सरकारले पनि उत्पादनमा लगानी बढाउनुपर्छ ।

बजेट नेतामुखीभन्दा पनि जनतामुखी हुनुपर्छ । हाम्रोमा नेतामुखी बजेट भएर जनताको अवस्थामा परिवर्तन हुनसकेको छैन । सबै मन्त्रीहरुले आफू निर्वाचित क्षेत्रमा मात्रै बजेट दिने हो भने अरु ठाउँको विकास कसरी हुन्छ ? अरु देशमा पढ्दै काम गर्दै गर्न पाइन्छ । हाम्रो देशको शिक्षा प्रणाली त्यस्तो छैन । हाम्रो दशेका पढेर सकिसकेपछि पनि रोजगारी पाउन गाह्रो छ । त्यसैले सबैभन्दा पहिला शिक्षा प्रणाली नै परिवर्तन गरेर रोजगारमूलक शिक्षा प्रणाली बनाउनुपर्छ । रोजगारसँग सम्वन्धित शिक्षा प्रणाली हुनुपर्छ । नेपाली युवा विदेश जाने अध्ययनका लागि भने पनि कामै गर्न जाने हो । हो, त्यो काम हामीले दिन सक्नुपर्छ नेपालमै ।

प्रतिनिधिसभाका सांसद गङ्गाराम चौधरी डगौराको परिचय

नागरिक उन्मुक्ति पार्टीका महासचिव र संसदीय दलको नेतासमेत रहनुभएका गङ्गाराम चौधरी डगौरा प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । विसं २०५२ देखि नेपाली कांग्रेस पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नुभएका सांसद डगौरा २०७९ सालमा कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो । उहाँ राजनीतिमा प्रदेश गरेदेखि नै थारू समुदायको अधिकारका निम्ति सक्रिय हुँदै आउनुभएको छ ।

हुन्डाईले लुइसियानामा स्टिल प्लान्टमा पाँच अर्ब ८० करोड डलर लगानी गर्ने

दक्षिण कोरियाली अटो जायन्ट हुन्डाईले सोमबार संयुक्त राज्य अमेरिकामा अर्बौं डलरको लगानी घोषणा गर्ने ह्वाइट हाउसले घोषणा गरेको छ । यसमा लुइसियानाको स्टिल प्लान्टका लागि अर्बौं डलर समावेश हुनेछ ।

“हुन्डाईले आज पछि अमेरिकामा २० अर्ब डलरको लगानी घोषणा गर्नेछ, जसमा लुइसियानामा स्टिल प्लान्टका लागि पाँच अर्ब ८० करोड डलर समावेश छ”, ह्वाइट हाउसले आफ्नो सोशल मिडिया पोस्टमा थप विवरण नदिई भनेको छ ।सोमबार घोषणा हुने भनिएको कोषको कति हिस्सा नयाँ हो भन्ने बारे तत्कास स्पष्ट भएको छैन ।

हुन्डाईको अपेक्षित घोषणाले यसलाई जनवरीमा डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि संयुक्त राज्य अमेरिकामा अर्बौं डलर लगानी गर्ने योजना घोषणा गर्ने पछिल्लो कम्पनी बनाउनेछ ।अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशबाट संयुक्त राज्य अमेरिकामा उत्पादन रोजगारी स्थानान्तरण नगर्ने कम्पनीहरूमाथि पीडादायक भन्सार शुल्क लगाउने धम्की पटक–पटक दिनुभएको छ ।

यसको प्रतिक्रियामा एप्पल र ओरेकल लगायत घरेलु र विदेशी कम्पनीहरूले आगामी चार वर्षमा अमेरिकी परियोजनाहरूमा सयौँ अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेका छन् ।यससम्बन्धी पहिलो समाचार प्रकाशित गरेको सिएनबिसीका अनुसार लुइसियानामा लगानी नयाँ स्टिल प्लान्ट निर्माणको दिशामा जानेछ र यसले करिब एक हजार पाँच सयलाई रोजगारी दिनेछ ।हुन्डाईले ‘नेक्स्ट–जेनेरेसन स्टिल’ उत्पादन गर्नेछ जसलाई यसले आफ्नो अमेरिकी कारखानाहरूमा विद्युतीय वाहनहरू निर्माण गर्न प्रयोग गर्नेछ ।

आठ महिनामा आन्तरिक राजस्व कार्यालय हेटौँडाले चार अर्ब २५ करोड राजस्व सङ्कलन गर्यो

बागमती, १२ चैतः हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत सङ्कलन भएको हो ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१÷८२ को आठ महिनामा रु पाँच अर्ब १६ करोड ५२ लाख ३२ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु चार अर्ब २५ करोड २० लाख ३७ हजार सङ्कलन भएको छ ।

कार्यालयले अन्तःशुल्कतर्फ रु दुई अर्ब ४१ कारेड ७४ लाख ४७ हजार, आयकरतर्फ रु ७३ करोड ५२ लाख ९२ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ६१ करोड ४७ लाख ९९ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ४१ करोड १३ लाख ५१ हजार, ब्याजकरतर्फ रु छ करोड २५ लाख ९८ हजार र बहालकरतर्फ रु एक करोड २५ लाख ५० हजार सङ्कलन गरेको छ ।

कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्यअभिवृद्धितर्फ पाँच हजार नौ सय २३, अन्तःशुल्कतर्फ एक हजार छ सय चार, विथहोल्डतर्फ सात सय ११ र व्यक्तिगततर्फ ८३ हजार सात सय एक करदाता आबद्ध छन् ।

पूर्वप्रधानमन्त्री खनालद्वारा दुःख प्रकट

काठमाडौँ, १२ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइञ्चार्ज अशोक कोइरालाको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री खनालले आज शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।

मष्तिस्कघातका कारण ६३ वर्षीय कोइरालाको उपचारका क्रममा सोमबार शिक्षण अस्पतालमा निधन भएको हो । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आलोकनगरिस्थित पार्टीे केन्द्रीय कार्यालयमा अपराह्न १ः०० बजेसम्म राखिने छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा

बागमती, १२ चैतः सवारीसाधनको विद्युतीय अभिलेख सृजना (डिजिटाइजेसन)लगायत बागमती प्रदेशमा पछिल्लो सयम यातायात क्षेत्रमा भएका सुधारका कामबारे जानकारी लिन कोशी प्रदेशको टोली बागमती प्रदेश आइपुगेको छ ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था महाशाखा प्रमुख मानबहादुर देवकोटाको नेतृत्वमा आएको टोली तथा मातहतका यातायात व्यवस्था कार्यालयका पदाधिकारी तथा कोशी प्रदेश यातायात क्षेत्रको सेवा प्रवाहसम्बन्धी सुधारका लागि गठित कार्यदलको सदस्यले यातायात व्यवस्था कार्यालय हेटौँडा पुगेर अन्तरक्रिया गरेका छन् ।

यातायात व्यवस्था कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले बागमती सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालय र यस मातहतका कार्यालयले सवारीसाधनको विद्युतीय अभिलेख सृजना (डिजिटाइजेसन)लगायत सेवा प्रवाहबारे जानकारी दिनुभयो । यातायात क्षेत्रसँग सम्बन्धित सेवा प्रविधिसँग जोडिदै सेवाग्राहीले अब घरबाट नै सेवा लिन सकिने वातावरण बनाउँदै लगिने जानकारी दिनुहुँदै उहाँले बागमती प्रदेशले लागू गर्न लागेको लाइसेन्ससम्बन्धी नयाँ ‘इडिएल सिस्टम’बारे जानकारी दिनुभयो ।

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट सवारीसाधनको विवरण डिजिटलाइजेसन गर्ने कार्यको शुभारम्भसँगै यातायात व्यवस्था कार्यालय हेटौँडालगायत अन्य सवारी व्यवस्थापनसम्बन्धी कार्य गर्ने कार्यालयले सवारीसाधनको विवरण डिजिटलाइजेसनको कार्य भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सेवाग्राहीले आफ्नो सवारीको विवरण प्रविष्ट गरी अनलाइनबाट सवारी कर, नवीकरणलगायत पटकेसहित लिनसक्ने व्यवस्था रहेको तथा हालै मात्र बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्रालयले नागरिक एपमार्फत लाइसेन्स देखाउने तथा ट्राफिक नियम उल्लङ्घन गरेमा सोही एपको ड्राइभिङ लाइसेन्स सूचना प्रणालीअन्तर्गतको क्यूआरबाट जरिवाना गरिरहेको बताउनुभयो ।

आगामी दिनमा बागमती प्रदेश सरकारले राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी ड्राइभिङ लाइसेन्ससमबन्धी आवेदनलगायत अन्य सेवा अनलाइन गर्ने उद्देश्यले नयाँ प्रणाली विकास गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा कोशी प्रदेशका टोलीले बागमतीको यातायात मन्त्रालय र यस मातहतका कार्यालयले प्रवाह गरेका सेवा प्रविधिसँग जोडिदै प्रविधिमैत्री बनाउँदै लगेकामा खुसी व्यक्त गर्दै कोशी प्रदेशले पनि यस किसिमको अभ्यास गरेर अघि बढ्ने बताएको छ ।

यातायात व्यवस्था कार्यालय हेटौँडाले सवारीसाधनको तथ्याङ्क खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको डिजिटाइजेसन गर्न थालिएको छ । सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारी कर तिर्न सकिने तथा ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने प्रमुख श्रेष्ठको भनाइ छ । उहाँका अनुसार सो कार्यालयमा दुई पाङग्रे, तीन पाङ्ग्रे र चार पाङग्रे गरी ५१ हजार सवारी दर्ता छन् ।

बागमती, १२ चैतः सवारीसाधनको विद्युतीय अभिलेख सृजना (डिजिटाइजेसन)लगायत बागमती प्रदेशमा पछिल्लो सयम यातायात क्षेत्रमा भएका सुधारका कामबारे जानकारी लिन कोशी प्रदेशको टोली बागमती प्रदेश आइपुगेको छ ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था महाशाखा प्रमुख मानबहादुर देवकोटाको नेतृत्वमा आएको टोली तथा मातहतका यातायात व्यवस्था कार्यालयका पदाधिकारी तथा कोशी प्रदेश यातायात क्षेत्रको सेवा प्रवाहसम्बन्धी सुधारका लागि गठित कार्यदलको सदस्यले यातायात व्यवस्था कार्यालय हेटौँडा पुगेर अन्तरक्रिया गरेका छन् ।

यातायात व्यवस्था कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले बागमती सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालय र यस मातहतका कार्यालयले सवारीसाधनको विद्युतीय अभिलेख सृजना (डिजिटाइजेसन)लगायत सेवा प्रवाहबारे जानकारी दिनुभयो । यातायात क्षेत्रसँग सम्बन्धित सेवा प्रविधिसँग जोडिदै सेवाग्राहीले अब घरबाट नै सेवा लिन सकिने वातावरण बनाउँदै लगिने जानकारी दिनुहुँदै उहाँले बागमती प्रदेशले लागू गर्न लागेको लाइसेन्ससम्बन्धी नयाँ ‘इडिएल सिस्टम’बारे जानकारी दिनुभयो ।

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट सवारीसाधनको विवरण डिजिटलाइजेसन गर्ने कार्यको शुभारम्भसँगै यातायात व्यवस्था कार्यालय हेटौँडालगायत अन्य सवारी व्यवस्थापनसम्बन्धी कार्य गर्ने कार्यालयले सवारीसाधनको विवरण डिजिटलाइजेसनको कार्य भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सेवाग्राहीले आफ्नो सवारीको विवरण प्रविष्ट गरी अनलाइनबाट सवारी कर, नवीकरणलगायत पटकेसहित लिनसक्ने व्यवस्था रहेको तथा हालै मात्र बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्रालयले नागरिक एपमार्फत लाइसेन्स देखाउने तथा ट्राफिक नियम उल्लङ्घन गरेमा सोही एपको ड्राइभिङ लाइसेन्स सूचना प्रणालीअन्तर्गतको क्यूआरबाट जरिवाना गरिरहेको बताउनुभयो ।

आगामी दिनमा बागमती प्रदेश सरकारले राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी ड्राइभिङ लाइसेन्ससमबन्धी आवेदनलगायत अन्य सेवा अनलाइन गर्ने उद्देश्यले नयाँ प्रणाली विकास गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा कोशी प्रदेशका टोलीले बागमतीको यातायात मन्त्रालय र यस मातहतका कार्यालयले प्रवाह गरेका सेवा प्रविधिसँग जोडिदै प्रविधिमैत्री बनाउँदै लगेकामा खुसी व्यक्त गर्दै कोशी प्रदेशले पनि यस किसिमको अभ्यास गरेर अघि बढ्ने बताएको छ ।

यातायात व्यवस्था कार्यालय हेटौँडाले सवारीसाधनको तथ्याङ्क खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको डिजिटाइजेसन गर्न थालिएको छ । सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारी कर तिर्न सकिने तथा ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने प्रमुख श्रेष्ठको भनाइ छ । उहाँका अनुसार सो कार्यालयमा दुई पाङग्रे, तीन पाङ्ग्रे र चार पाङग्रे गरी ५१ हजार सवारी दर्ता छन् ।

कुलमानलाई पदबाट हटाउने निर्णयप्रति रविको सांकेतिक विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति साङ्केतिक विरोध गरेका छन् ।
मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् ।

लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै क्याप्सनमा ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् !’ भनेका छन । जहाँ उनले बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेका छन् । लामिछानेले कुनै भिडियोमा कुनै प्रतिक्रिया भनेका दिएका छैनन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको प्रतिपक्ष दलका शिर्ष नेताबाट विरोध भएको छ । कुलमानलाई पदबाट हटाउने सरकारको निर्णयको सत्तारुढ दलबाटै पनि विरोध सुरु भएको छ ।

आन्तरिक राजस्व कार्यालय चितवनले एक्काइस प्रतिशत बढी राजस्व सङ्कलनगर्यो

चितवन, १२ चैत : आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यस वर्ष २७ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो ।

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस वर्ष फागुन मसान्तसम्ममा रु १४ अर्ब ४६ करोड ६४ लाख राजस्व सङ्कलन भएको छ । गत वर्ष यसै अवधिमा रु ११ अर्ब ९१ करोड ६१ लाख राजस्व सङ्कलन भएको थियो ।

विभागले यस वर्ष रु १५ अर्ब ७० करोड १० लाख राजस्व सङ्कलनको लक्ष्य दिएकामा ९२ दशमलव १४ प्रतिशत राजस्व सङ्कलन भएको हो । विभागले गत वर्ष रु २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार राजस्व सङ्कलनका लागि लक्ष्य तोकेको थियो ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, १२ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु १२० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सलगम प्रतिकिलो रु ६० तथा भिण्डी प्रतिकिलो रु १२० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ७०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० तथा कुरिलो प्रतिकिलो रु ७०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी रु १२०, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १७०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुकको मूल्य प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १८०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ६०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १३०, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, सुर्खानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ६०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

वीरगञ्जबाट आठ महिनामा ५३ अर्ब २६ करोडका वस्तु निर्यात

वीरगञ्ज । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आर्थिक वर्षमा भटमासको तेल निर्यात बढेको छ ।

बितेका आठ महिनामा २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो ।

यसैगरी, चार अर्ब ८८ करोड बराबरको जुस र तीन अर्ब ६८ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।

दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौँ, १२ चैत : आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।

विशेषगरी अफ्रिकी मुलुकहरूबाट श्रमका लागि संयुक्त अधिराज्य, अमेरिकालगायत विकसित राष्ट्रले मानिसलाई दासका रूपमा काममा लगाएकाले त्यसको उन्मूलनका निम्ति उक्त ऐन पारित भएको सम्झना तथा सधैँ काममा जोतिनुपरेका ती श्रमिकको सम्मान एवं सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

उक्त ऐनले कुनै पनि व्यक्तिलाई दासका रूपमा बेच्न, स्थानान्तरण, प्रयोग वा दासका रूपमा व्यवहार गर्न, खरिद बिक्री र विनिमयलाई पूर्ण रूपमा निषेध गरेको छ । संसारभरिका श्रमिकलाई ससम्मान पारिश्रमिकसहित काममा लगाउनुपर्नेमा यो दिवसले जोड दिएको छ । न्युयोर्कस्थित राष्ट्रसङ्घीय प्रधान कार्यालयमा आज एक कार्यक्रम हुँदैछ । कार्यक्रममा नोबेल पुरस्कार विजेता ओल सोइन्काले प्रवचन दिने कार्यक्रम छ ।

जलविद्युत् आयोजनाको ‘मकिङ’ म्याग्दी नदीमा फाल्दा बाढीको जोखिम

म्याग्दी, १२ चैत : मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङबाट निस्किएको ‘मकिङ’ सिधै म्याग्दी नदीमा फाल्दा जलचर सङ्कटमा पर्नुका साथै तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ ।

धवलागिरि कालिका हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको मालिका गाउँपालिका–६ कमेरेस्थित अडित नम्बर २ मा विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्दा निस्किएको ढुङ्गा, माटो नीतिगत व्यवस्थाविपरीत धार नै परिवर्तन हुने गरेर म्याग्दी नदी र किनारमा फालेको हो ।

खोलामा मकिङ फाल्न थालेपछि म्याग्दी नदीमा माछालगायत जलचर पाइन छाडेको र बर्खायाममा बाढीको आयतन बढेर दरवाङ, बाबियाचौर, तातोपानी, सिङ्गा र बेनीमा कटानको जोखिम सृजना गरेको स्थानीयले गुनासो गरेका छन् ।

विस्फोटक पदार्थ मिसिएको ढुङ्गा माटोमा हुने रासायनिक पदार्थ जलचरका लागि प्रतिकूल हुने भएकाले नदीभन्दा बाहिर छुट्टै जग्गामा थुपार्नुपर्ने कानुनी व्यवस्था छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले खोलामा फालेको र किनारमा थुपारेको मकिङ अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयो । “जलविद्युत् आयोजनाको मकिङ जथाभावी फाल्दा वातावरणमा असर पर्छ, फोहर हटाउन निर्देशन दिएको छु”, उहाँले भन्नुभयो ।

दरवाङ म्याग्दीखोलाको सुरुङबाट निस्किएको मकिङ गोज्जा, कमेरे, दरवाङ र ढाँडखर्कको पाखो, नदी किनार र सिधै खोलामा फाल्ने गरेको छ । आयोजनाका निर्देशक तेजेन्द्र रोकाले खोलामा मकिङ फाल्नु कमजोरी भएको स्वीकार गर्दै जग्गा खोजेर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बागलुङमा आठ महिनामा १७९ जना क्षयरोगी भेटिए

ढोरपाटन (बागलुङ), १२ चैतः यहाँ हरेक वर्ष क्षयरोगका सङ्क्रमित बढ्दै गएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदै गएपछि सङ्क्रमितको सङ्ख्या पनि बढेको हो ।

दूरदराजका बस्तीमा क्षयरोगसम्बन्धी जनचेतनाको कमीका कारण सङ्क्रमण बढ्दै गएको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । जिल्लाभर चालु आर्थिक वर्षको आठ महिनामा १७९ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले दिनुभयो ।

घिमिरेका अनुसार अघिल्लो वर्ष मात्रै ३१० जनामा सङ्क्रमण देखिएको थियो । क्षयरोगको ‘स्क्रिनिङ’ र ‘कन्ट्र्याकट्रेसिङ’ गर्न बाँकी रहेकाले क्षयरोगी अझै बढ्ने अनुमान गरिएको उहाँले उल्लेख गर्नुभयो । 

सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको सरकारले खोजी अभियानलाई पनि तीव्रता दिइरहेको घिमिरेको भनाइ छ । अघिल्लो वर्ष बडिगाड गाउँपालिकामा सबैभन्दा बढी २२७ सङ्क्रमित भेटिएका बताउँदै यस वर्ष बडिगाडमा खोजी गर्न बाँकी रहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार गत वर्ष क्षयरोगका कारण जिल्लाका १० जनाले ज्यान गुमाएका छन् । यस वर्ष सबैभन्दा बढी ढोरपाटनमा ४३ सबैभन्दा कम तमानखोलामा तीन जना सङ्क्रमित भेटिएका जनाउँदै घिमिरेले पछिल्लो समय खोजपड्ताल पनि बढाइएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “क्षयरोग समयमा पत्ता लगाएर उपचार गरे निको हुन्छ, जिल्लामा जनचेतनाको अभावले सङ्क्रमण फैलँदो छ, बागलुङमा निको हुने दर ९० दशमलव चार प्रतिशत छ । उपचारसँगै नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ”, निरीक्षक घिमिरेले भन्नुभयो, “हामीले यहाँका नागरिकलाई सचेत गराइरहेका छौँ, सम्भावित सङ्क्रमितमध्ये ६८ प्रतिशत मात्रै भेटिएकाले खोजपड्ताललाई तीव्रता दिएका छौँ । बागलुङमा देशभरको तुलनामा मृत्युदर कम छ ।”

सङ्क्रमण नियन्त्रणका लागि बढी सङ्क्रमित भएको ठाउँबाट खोजपड्ताल अभियानलाई तीव्रता दिइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा जिल्लाका गलकोट नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकालाई क्षयरोगमुक्त बनाउने अभियान सञ्चालन गरिएको छ ।

लौका बेचर मासिक ४० हजार आम्दानी

मङ्गलबारे (इलाम), १२ चैतः जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आउनुभएको छ । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उहाँ परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बन्नुभएको छ । भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिनुहुन्छ । दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उहाँको दैनिकी हो । सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उहाँले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राख्नुभयो ।

भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताउनुभयो । “अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन् । आफ्नो छ कट्ठा मात्र जमिन छ ।बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
बारीमा अधिकांश समय लौका हुने उहाँको भनाइ छ । गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ । सुरुमा प्रतिलौका रु १७० बिक्री जनाउँदै उहाँले अहिले भने रु ५० मा बिक्री हुने बताउनुभयो ।

उहाँले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्नुहुन्छ । करिब सात किलोमिटरमा पर्ने यो बजारमा उहाँ दैनिकजसो जाने गर्नुहुन्छ ।
भण्डारीले मासिक रु ४० हजार बढी लौकाबाट आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन ।” छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण रु १५ लाख तिरिसक्न लागेको उहाँले उल्लेख गर्नुभयो ।

लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताउनुभयो । घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उहाँले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उहाँले बजार लगेर बिक्री गर्नुहुन्छ । “दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन् । कर्मले दहीवाली दिदीसमेत बनाएको छ । यो नामले बोउँदा झन खुसी लाग्छ”, भण्डारीले भन्नुभयो ।

उहाँका श्रीमान् भुपूप्रहरी हुनुहुन्छ । श्रीमान्ले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गर्नुभएको भण्डारीको भनाइ छ । “बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन । डुलाएर बेच्दा भने मूल्य महँगो पर्दछ”, उहाँले भन्नुभयो ।
भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताउनुभयो । हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उहाँले जानकारी दिनुभयो ।

दीपज्योति कृषि फार्म सञ्चालन गर्नुभएकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाउनुभयो । कृषिमा अग्र्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उहाँले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिनुभयो । आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताउनुभयो । प्रेसर, सुगर भएकाहरूले लौका खोज्दै घरसम्म आउने उहाँको भनाइ छ ।

एउटै लौकाको पाँच हजार

भण्डारीले एउटै लौकाबाट रु पाँचदेखि रु सात हजारसम्म आम्दानी गरेको जानकारी दिनुभयो । लौका तरकारीका रूपमा बेच्दा रु दुई सयसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उहाँले बताउनुभयो । रु ५० को तीन वटा बीउ घरबाट बिक्री हुने उहाँले जानकारी दिनुभयो । “ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ । यसको बजारीकरणमा समस्या छैन । ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौँ । सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ । लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ”, भण्डारीले भन्नुभयो ।

नयाँ पुस्तालाई उत्पादनसँग जोडेर अर्थतन्त्र सबल बनाउनुपर्छ: महासचिव पोखरेल

लेखनाथ (कास्की – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई कृषि उत्पादनमा जोड्दै अर्थतन्त्रलाई सबल बनाउनुपर्ने बताउनुभएको छ ।

कृषि विकास बैंक कर्मचारी सङ्घ नेपालको १०औँ केन्द्रीय परिषद्को पोखरामा उद्घाटन गर्दै उहाँले युवा विदेश पलायनबाट रोक्न कृषिलाई केन्द्रबिन्दुमा राखेर सँग कृषिको व्यवसायीकरण गर्न बैंकले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले पराम्परागत कृषि पद्धतिलाई परिवर्तन गरी वैज्ञानिक कृषि प्रणाली अवलम्बन गर्न जरुरी रहेको भन्दै बैंकले पनि आफ्नो प्राथमिकता बुझ्न आवश्यक रहेको बताउनुभयो ।

कृषि विकास बैंकले पछिल्लो समय आफूलाई सुधार गर्दैै लगेकामा प्रशंसा गर्दै उहाँले बचतकर्ताको संरक्षण गर्ने दायित्व नबिर्सन आग्रह गर्नुभयो । “ऋणीहरू इमानदार नहुँदा बैंक तथा वित्तीय संस्था सङ्कटमा पर्नु हो । ऋणीलाई स्रोत र प्रविधि हस्तान्तरण गर्दै उनीहरूसँग नजिक रहनुपर्छ । ऋण प्रवाह गर्दा काज र मनोविज्ञान पनि बुझ्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले पछिल्लो समय लोकतन्त्रमाथि प्रहार गर्न केही मानिसहरू मक्किएका राजालाई बोकेर हिडेको आरोप लगाउनुभयो । “लोकतन्त्रको विकल्प छैन । कतिपयले विसं २०४६ को परिवर्तनपछि के भयो भनेर टिप्पणी गर्छन् तर त्यसअघि देशको अवस्था कस्तो थियो भनेर हेरौँ । शिक्षा, स्वास्थ्य, सडक, सञ्चार तथा प्रविधि, पुल निर्माणले लोकतन्त्र स्थापनापछि नै तीव्रता पाएको हो”, उहाँले भन्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले जनताको जीवनस्तर माथि उकास्न बैंकले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा बैंकले उद्यमशीलता र उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । एमाले नेता एवं पूर्वमन्त्री किरण गुरुङले राजतन्त्र गणतन्त्रको विकल्प हुन नसक्ने बताउनुभयो ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पछिल्लो समय बैंक मुनाफा गर्नेतर्फ अगाडि बढेको र खराब कर्जा घटाउने अभियानमा आफूहरू लागेको बभताउनुभयो । उहाँले ८२ हजार किसानलाई रु ६७ अर्ब लगानी गरेको जानकारी दिनुभयो ।

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १२ चैतः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

चैत्रकृष्ण एकादशीः पापमोचनी एकादशी व्रत गरिँदै

काठमाडौँ, १२ चैतः जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो ।

यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताउनुभएको थियो । पहिला वसन्त ऋतुका बेलामा अप्सराहरूले विहार गर्ने चैत्ररथ नाम गरेको वन थियो । त्यो वनमा च्यवन ऋषिको आश्रममा मेधावी नाम गरेका ऋषि तपस्या गरेर बस्नुभएको थियो । मञ्जुघोषा नामकी अप्सराले ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाउनुभयो । ऋषिको तपस्या समाप्त पार्दै आचार–विचार, तपस्या, नियम–आचरण सबै लोप बनाउनुभयो । स्वर्ग जान मेधावी ऋषिलाई बिन्ति गर्न लाग्नुभयो र ऋषि मोहमा पर्दै ‘तिमी आजै आएकी हौँ । अहिले मसँग बस र भोलि बिहान उज्यालो भएपछि जाउली’ भन्न थाल्नुभयो । ती दुवैको ५५ वर्ष, नौ महिना, तीन दिनसम्म रमण गर्दै बितेछ । अप्सराले जान्छु भनेपछि ऋषिले सन्ध्या गरुञ्जेल बस भनेको कथा विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटाले राससलाई जानकारी दिनुभयो ।

ऋषिले ध्यान गरेर हेर्दा तिनीसँग ५५ वर्ष बितेको र आफ्नो जपतप, तपस्या, आचार, विचार सबै कर्म लुप्त भएको देखेर ‘स तां शशाप मेधावी त्वं पिशाची भवेति च’ अर्थात् तँ पिशाचिनी होइजा भनेर श्राप दिएको प्रसङ्ग रहेको देवकोटाले सुनाउनुभयो । “मञ्जुघोषाले हात जोड्दै बिन्ति गरेर हे प्रभु यो श्राप के गर्यो भने नाश हुन्छ ? भनेपछि ऋषिले चैत्र महिनाको कृष्णपक्षको पापमोचनी नाम गरेको एकादशीको व्रत गर्नाले पाप नाश हुनेछ भन्नुभयो”, उहाँले उल्लेख गर्नुभयो ।

चैत्रको कृष्णपक्षमा पापमोचनी नामको एकादशी पर्दछ । त्यस एकादशीको व्रत गर्दा समस्त पाप नाश हुन्छ भनेको सुनेर मेधावी ऋषिले पापमोचनी एकादशीको व्रत गर्नुभएको थियो । मञ्जुघोषा अप्सराले पनि व्रत गरेर श्रापबाट मुक्त भई स्वर्ग जानुभयो । मेधावी ऋषि पनि फेरि पुण्यवान् हुनुभएको कथा पनि वर्णन गरिएको छ ।

सम्पूर्ण मानवले जानी नजानी गरेका पाप नाश गर्न यो व्रत लिनुपर्ने विधान छ । यसबाट पाप नाश भई यो माहात्म्य श्रवण मात्र गर्नाले पनि एक हजार गाई दान गरेको फलका साथै धेरै पुण्य प्राप्त हुने विश्वास गरिने नातन विद्वत् परिषद्का सदस्य पण्डित देवकोटाले बताउनुभयो ।

संविधानविरोधी गतिविधिप्रति संविधानसभा परिषद्को आपत्ति

काठमाडौँ, ११ चैत: संविधानसभाबाट विसं २०७२ असोज ३ गते जारी संविधानविरुद्ध गतिविधि हुन थालेपछि संविधानसभा परिषद् नेपालले आपत्ति जनाएको छ ।

परिषद्ले आज सङ्घीय संसद् सार्वजनिक लेखा समितिको हलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधानविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जानकारी गराएको हो । परिषद्को आइतबार बसेको बैठकले भ्रष्टाचार नियन्त्रण, कानुनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली जनतालाई आश्वस्त एवं विश्वस्त बनाउने कार्यमा दलहरू जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ ।

नेपाली जनताको अपेक्षा, आकाङ्क्षा र आवश्यकताअनुसार सबै पक्षसँग बृहत् छलफल गरी संविधानमा रहेका कमजोरी हटाएर आवश्यकताअनुसार संविधान संशोधन गर्नुपर्ने परिषद्को ठहर छ । पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष अनन्तप्रसाद पौडेलले ७० वर्ष लामो सङ्घर्षबाट बनेको संविधानमाथिको प्रहार सह्य नहुने बताउनुभयो । परिषद्ले सङ्घीय संसद् सचिवालयको निकट रहेर संविधान रक्षाका लागि काम गर्ने उहाँको भनाइ थियो ।

परिषद्का महासचिव दीपकप्रसाद कुइँकेलले राजनीतिक द्वन्द्व नगरी संसद्मै बहस गरेर समस्याको समाधान गर्न सकिने बताउनुभयो । कानुन बनाउने र जनआवाज सम्बोधन गर्ने माध्यम पनि संसद् नै भएकाले यहीबाट समस्याको समाधान गरिनुपर्ने उहाँले सुनाउनुभयो । लोकतान्त्रिक शासन व्यवस्थामा आवधिक निर्वाचन प्रक्रियाबाट नै परिवर्तन गर्न सकिने सांसद कुइँकेलको भनाइ थियो ।

परिषद्का सहअध्यक्ष कल्पना धमलाले नीति र संविधानले नभई कार्यशैली एवं कार्यान्वयनका क्रममा समस्या आएकाले छिटो सुधार गरिनुपर्नेमा जोड दिनुभयो । परिषद्का कोषाध्यक्ष सांसद सीता गुरुङले जनभावनाअनुरुप आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै दिगो र उपयुक्त हुने बताउनुभयो ।

संविधानसभा सदस्य एवं राष्ट्रियसभाका पूर्वसांसद रामनारायण बिडारीले विसं २०६३ पछि बनेका सरकार र राजनीतिक दलको बेवास्ताले संविधानविरुद्ध प्रश्न उठ्न थालेकाले जनभावनाअनुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो ।

‘टिआरसी’सँग जोडिएका आयोगमा नियुक्तिका लागि सिफारिस समिति गठन, बिमेस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्री जाने

काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको हो ।

समितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्ति, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य तोकिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आजै संक्रमणकालीन न्याय (टिआरसी) सँग जोडिएका आयोग गठनका विषयमा छलफल भएको थियो ।

सोही छलफलका आधारमा सिफारिस समिति गठन गरिएको हो । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न सरकारले समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ ।

सिफारिस समिति गठन भएको बढीमा दुई महिनाभित्र दुवै आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्नुपर्ने छ ।

वाको किक बक्सिङका लागि पाच खेलाडी छनोट

काठमाडौँ, ११ चैतः नेसनल किक बक्सिङ ऐसोसिएसन नेपालले वाको किकबक्सिङ वल्र्ड कपमा सहभागिताका लागि पाँच खेलाडी छनोट गरेको छ ।

दशरथ रंगशालामा भएको छनोट प्रतियोगिताबाट चार पुरुष र एक महिला खेलाडी छनोट गरेको सङ्घले जनाएको छ ।

पुरुष ५७ केजीमुनि सुदूरपश्चिम प्रदेशका आसिक कोली, ६७ केजीमुनि बागमती प्रदेशका सागर दर्जी, ६९ केजीमुनि बागमतीका सुनिम श्रेष्ठ र ७१ केजीमुनि बागमतीका कोशिस श्रेष्ठ छानिए । महिला ५१ केजीमुनि बागमतीकी सन्जु सुम्बा तामाङ सहभागी हुने छिन् ।

थाइल्यान्डमा हुने प्रतियोगिताका लागि खेलाडीको बन्द प्रशिक्षण चैत १२ गतेदेखि सुरु हुने सङ्ले जनाएको छ ।

मुख्यमन्त्री सिंहद्वारा जनकपुरका होटल अनुगमन

महेन्द्रनगर (धनुषा), ११ चैत : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका होटलको अनुगमन गर्नुभएको छ । यहाँका केही होटलमा सफा, तथा स्वस्थ खाना उपलब्ध नहुने गुनासाका आधारमा मुख्यमन्त्री सिंहले आज होटल अनुगमन गर्नुभएको हो ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीसँगै मुख्यमन्त्री सिंहले जनकपुरधामस्थित होटल जानकी भ्यू, हंसराज स्वीट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको अनुगमन गर्नुभयो ।

सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले बताउनुभयो । उहाँले होटल अनुगमनलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने जानकारी दिनुभयो ।

अनुगमनका क्रममा अधिकांश होटललाई मापदण्डअनुसार भान्सा कोठालाई सफा तथा व्यवस्थित राख्न निर्देशन दिइएको छ । साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहका अनुसार हंसराज स्वीटबाट उत्पादकको नाउँ, उत्पादन तथा म्याद गुज्रिने मिति नभएका ११ प्याकेट मम जफत गरी नष्ट गरिएको छ । न्यू जानकी भ्यू होटल र लक्ष्मी मिष्ठान्न भण्डारबाट अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ ।

अमेरिकी सहायताको अचानक फिर्ताले लाखौँको जीवन जोखिममा : युएनएड्स प्रमुख

युएनएड्स प्रमुखले सोमबार अमेरिकी विदेशी सहायता कोषको अचानक रोकावट ‘विनाशकारी’ भएको बताउनुभएको छ । उहाँले थप कोष बिना लाखौँ मानिस मर्ने र विश्वव्यापी एड्स महामारी पुनः फैलिने चेतावनी दिनुभयो ।

संयुक्त राज्य अमेरिका ऐतिहासिक रूपमा मानवीय सहायताको विश्वकै सबैभन्दा ठूलो दाता रहेको तर राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महिनाअघि ह्वाइट हाउस फर्केपछि अन्तर्राष्ट्रिय सहायता कटौती गर्नुभएको छ ।

“संयुक्त राज्य अमेरिकाले समय–समयमा आफ्नो कोष घटाउन चाहनु उचित छ तर जीवन बचाउने समर्थनको अचानक फिर्ताले विनाशकारी प्रभाव पारिरहेको छ”, युएनएड्सकी कार्यकारी निर्देशक विनी ब्यान्यिमाले जेनेभामा पत्रकारहरूलाई भन्नुभयो, “हामी पुनर्विचार र जीवन रक्षा गर्ने सेवाहरूको आकस्मिक पुनःस्थापनाका लागि आग्रह गर्दछौँ ।”

उहाँले थप कोष बिना आगामी चार वर्षमा थप ६३ लाख एड्स–सम्बन्धित मृत्यु हुने चेतावनी दिनुभयो ।पछिल्लो गणनाअनुसार सन् २०२३ मा लगभग छ लाख एड्स–सम्बन्धित मृत्युहरू विश्वव्यापी रूपमा दर्ता गरिएको उहाँले बताउनुभयो ।

“त्यसोभए तपाईं १० गुणा वृद्धिको कुरा गर्दै हुनुहुन्छ”, उहाँले भन्नुभयो ।त्यसै समयमा ब्यान्यिमाले उहाँको एजेन्सीले ‘थप ८७ लाख नयाँ सङ्क्रमण’ देख्ने अपेक्षा गरेको बताउनुभयो । “तपाईं पछिल्लो २५ वर्षमा हामीले हासिल गरेका लाभहरू गुमाउने कुरा गर्दै हुनुहुन्छ । यो धेरै गम्भीर छ”, उहाँले भन्नुभयो ।

“आगामी चार वर्षभन्दा पनि अघि हेर्दा यदि सहायता कोष पुनःस्थापित नभएमा लामो अवधिमा हामी एड्स महामारी पुनः फैलिएको र विश्वव्यापी रूपमा पुनः फैलिएको देख्नेछौँ”, ब्यान्यिमाले भन्नुभयो, “यो अहिले केन्द्रित भएका देशहरूमा मात्र होइन, अफ्रिकाका कम आय भएका देशहरूमा मात्र होइन, तर पूर्वी युरोप, ल्याटिन अमेरिकामा हामी मुख्य जनसङ्ख्या भन्ने समूहहरूमा पनि बढिरहेको छ । हामी यस रोगमा वास्तविक वृद्धि देख्नेछौँ । हामी यसलाई फिर्ता आएको देख्नेछौँ र हामीले मानिसहरूलाई सन् १९९० र २००० को दशकमा देखेको जस्तै मरेको देख्नेछौँ ।”