`

अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेट

Nepal One HD २९ असोज २०८२ ६:२२
प्रमुख खबर

वाशिङ्गटन डिसी (अमेरिका) २९ असोजः अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच मङ्गलवार यहाँ भेटवार्ता भएको छ ।

त्यस अवसरमा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न परियोजनाको प्रगति र चासोको विषयमा छलफल भएको थियो । भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा जाइकाका अन्य कर्मचारीहरुको समेत सहभागिता थियो ।

विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन यहाँ आउनु भएका मन्त्री खनालले साइडलाइन भेटघाटअन्तर्गत जाइकाका उपाध्यक्षसँग भेटवार्ता गर्नुभएको यहाँ स्थित राजदूतावासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *