`

मधेस प्रदेश जनलोकपाल आयोगद्वारा चौँथो वार्षिक प्रतिवेदन पेस

Nepal One HD २८ असोज २०८२ २१:२४
राजनीति

महेन्द्रनगर (धनुषा), २८ असोजः मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष मधेस प्रदेश जनलोकपाल आयोगले आर्थिक वर्ष २०८१/८२ को चौँथो वार्षिक प्रतिवेदन पेस गरेको छ ।

जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष रामसहाय राय यादवसहित प्रतिनिधिहरूले प्रदेश प्रमुख भण्डारीलाई वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

आयोगले प्रतिवेदनमार्फत प्रदेशभित्र सार्वजनिक निकायमा सुशासन प्रवर्द्धन, भ्रष्टाचार न्यूनीकरण तथा नागरिकको गुनासो समाधानका लागि चालु आर्थिक वर्षमा गरिएको कार्यहरूको विवरण प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख भण्डारीले जनलोकपाल आयोगको कामको सराहना गर्दै प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गर्ने बताउनुभयो । उहाँले आयोगले पारदर्शिता र जवाफदेहिता कायम गर्न थप प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जनलोकपाल आयोगले प्रत्येक वर्ष आफ्नो कार्यक्षेत्रभित्रका गतिविधिहरू सङ्कलन गरी प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *