`

मुस्ताङमा फूलफूलखेती सिक्दै १४ जिल्लाका किसान

Nepal One HD २९ असोज २०८२ ९:४६
समाज

मुस्ताङ, २९ असोज ः यहाँको फूलफूलखेती सिक्न १४ जिल्लाका किसान मुस्ताङ आएका छन् । यहाँ आयोजित शीतोष्ण बागवानी विकास केन्द्रले मङ्गलबारदेखि सञ्चालन गरेको ‘नर्सरी धनीहरूलाई गुणस्तरीय बिरुवा प्रसारण तथा नर्सरी व्यवस्थापन’सम्बन्धी तीनदिने सिकाइ कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाका १८ जना किसान टोली मुस्ताङ आइपुगेका हुन् ।

मुस्ताङको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र फलफूत तथा तरकारी उत्पादन तथा जिल्लाभित्र र बाहिरका किसानका लागि महत्त्वपूर्ण कृषि पाठशालाका रूपमा स्थापित हुँदै आएको छ । केन्द्रको आयोजनामा मङ्गलबारदेखि बिहीबारसम्म जिल्ला बाहिरका सहभागी किसानलाई कृषिसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक फिल्ड अभ्यास तालिम दिन सुरु गरिएको हो ।

केन्द्रले बर्सेनि जिल्ला बाहिर र जिल्लाभित्रका किसानको प्रतिनिधित्व रहनेगरी यसप्रकारको फूलफूल तथा नर्सरी व्यवस्थापनसम्बन्धी अभ्यास तालिम सञ्चालन गर्ने गरेको केन्द्रले जनाएको छ ।

यस वर्ष पनि पूर्वको सङ्खुवासभादेखि सुदूरपश्चिम दार्चुलासम्मका किसानको सहभागी रहेको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । यस वर्ष पनि म्याग्दीबाट तीन, बाग्लुङबाट दुई, सल्यानबाट दुई र धादिङ, बझाङ, दैलेख, कालिकोट, दार्चुला, नुवाकोट, उदयपुर, रुकुमपश्चिम, गोर्खा, सङ्खुवासभा र रसुवाका समान एकएक जना किसान नर्सरीधनीको सहभागिता रहेको केन्द्र प्रमुख आत्रेयले बताउनुभयो ।

केन्द्रमा भएका कृषि प्रविधिको हस्तान्तरणका साथै जिल्लाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक चिनारी पस्किँदै मुस्ताङको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने केन्द्रको लक्ष्य रहेको केन्द्र प्रमुख आत्रेयले बताउनुभयो । यहाँको मौलिकता संस्कृति र परम्परालाई तालिम अवसरले उनीहरूका लागि महत्त्वपूर्ण अनुभूति दिलाउन योगदान पुर्याउने केन्द्र प्रमुख आत्रेयको भनाइ छ ।

यहाँ आयोजित बिरुवा प्रसारण तथा गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापनसम्बन्धी सिकाइ तालिम र प्रसारणका विविधिकरणका बारेमा सहभागीलाई जानकारी गराइनेछ । साथै किसानलाई केन्द्रमा अवस्थित विभिन्न फलफूल तथा तरकारी बगैँचा ब्लकहरूको अवलोकन भ्रमण गराइने छभने यहाँको शीतोष्ण हावापानीमा उत्पादन हुने हाइचिलिङ फूलफूलहरूका बारेमा दक्षता अभिवृद्धि गराइने लक्ष्य रहेको छ ।

केन्द्रले यहाँ उपस्थित भएका विभिन्न जिल्लाका किसानलाई गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन तथा प्रसारणका विधि सिकाउन केन्द्रमा कार्यरत प्राविधिक सहायक लक्ष्मण बुढालाई तालिम संयोजकको जिम्मा दिइएको केन्द्रले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *