`

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला,५ भदौ : अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत – जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिनुभयो । सो ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ ।

छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ। विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा बर्षेदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेका छन् ।

सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौं यात्रुहरू अलपत्रमा परेका

मनग्य आम्दानी हुने भएपछि ‘ड्रागनफ्रुट’ खेतीप्रति किसानको आकर्षण बढ्दै

फिक्कल (इलाम), ५ भदौः पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् ।

जिल्लाको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु १२ लाख आम्दानी गर्नुभएको छ । एक बिघामा लगाइएका तीन हजार बिरुवाबाट उहाँले फलेका फल बेचेर रु आठ लाख र बिरुवा बिक्रीबाट रु चार लाख आम्दानी गर्नुभएको हो । “गत वर्षसम्म फल र बिरुवाबाट रु १२ लाख आम्दानी गरेको थिएँ”, उहाँले भन्नुभयो, “यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानी बढ्ने अपेक्षा गरेको छु ।”

उद्यमी लिम्बूले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागनफ्रुटको फल र बिरुवा उत्पादन गर्दै आउनुभएको छ । तीन वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी सुरु गर्नुभएका उहाँले मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट रोप्नुभएको छ । उहाँले उत्पादन गर्नुभएको ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या छैन । व्यापारीहरु बगानमा नै आएर खरिद गरी लैजाने गरेका छन् । उहाँले उत्पादन गर्नुभएको ड्रागनफ्रुट झापाको दमकमा खपत हुने गरेको छ ।

“उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, फल किन्न झापाका व्यापारी बगानमा नै आउँछन्”, उहाँले रासससँग भन्नुभयो, “बगानबाट प्रतिकलोग्राम रु दुई सयदेखि रु तीन सय सम्ममा बिक्री हुने गरेको छ ।” उहाँले उत्पादन गर्नुभएको बिरुवा भने गाउँपालिका, वडा कार्यालय, स्थानीय फार्म तथा किसानले नै खरिद गर्ने गरेका छन् । बिरुवा सरकारी मूल्यअनुसार प्रतिगोटा रु एक सयका दरले बिक्री हुने गरेको उहाँले बताउनुभयो । उहाँले सुरुमा परीक्षणका लागि केही बिरुवा रोप्नुभएको थियो । त्यसबाट राम्रो फल उत्पादन भएपछि फार्म दर्ता गरी परम्परागत खेतीलाई विस्थापन गरी व्यावसायिक रुपमा ड्रागनफ्रट खेती सुरु गर्नुभएको हो । अहिले लिम्बूको व्यावसायिक ड्रागनफ्रुट खेतीले पाँच जनाको परिवारलाई स्वरोजगार बनाएको छ । आगामी दिनमा खेती विस्तार गर्ने योजनामा रहेको बताउनुभयो ।

राम्रो आम्दानी हुने भएपछि चुलाचुली गाउँपालिका–२ का अर्का किसान माइतराज लिम्बूले पनि व्यावसायिक ड्रागनफ्रुट खेती थाल्नुभएको छ । उहाँले छ कठ्ठा जमिन भाडामा लिएर चार सय बोट ड्रागनफ्रुट रोप्नुभएको छ । उहाँले लगाएका सबै बोटबाट उत्पादन हुन थालेका छन् । ‘छथरे ड्रागनफ्रट कृषि फार्म’ दर्ता गरी व्यावसायिक ड्रागनफ्रुट खेती सुरु गर्नुभएको हो । “मैले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु दुई लाख ५० हजार आम्दानी गर्दै आएको छु”, उहाँले भन्नुभयो, “अन्य परम्परागत खेतीको तुलनामा मेहनत कम र फाइदा पनि बढी हुनेरहेछ ।”

ड्रागनफ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ । ड्रागनफ्रुट फलेको ३०औँ दिनमा खानयोग्य हुन्छ । टिपेर राख्दा १०–१५ दिनसम्म नबिग्रने हुन्छ । ड्रागनफ्रुट वर्षमा छ महिनासम्म निरन्तर फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । गर्मी समयको जेठ दोस्रो सातादेखि मङ्सिर दोस्रो सातासम्म मुख्य रुपमा फल दिने गर्दछ । ड्रागनफ्रुटको बिरुवा रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ ।

समथर जमिनमा ड्याङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागनफ्रुट पूर्वी नेपालमा नौलो फल हो । यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरु बिरुवा वृद्धि गर्न सकिन्छ । एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूले बताउनुभयो ।

ड्रागनफ्रुटका लागि उष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुद्री सतहबाट एक हजार पाँच सय मिटर उचाइसम्म भएको जमिनमा गर्न सकिन्छ । यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालमा यो फललाई सिँचाइ भएको ठाउँ तराई, भित्री मधेस र मध्यपहाडी क्षेत्रमा खेती गर्न सकिने कृषिविज्ञहरु बताउँछन् ।

हुप्सेकोटमा २५६ छोरीलाई पाँच हजारसहितको बैङ्क खाता उपहार

मध्यविन्दु (नवलपरासी), ५ भदौः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले हालसम्म दुई सय ५६ जना बालिकालाई रु पाँच हजारसहितको बैङ्क खाता उपहार दिएको जनाएको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चार वर्षमा सो सङ्ख्यामा बालिकाको बैङ्क खातामा रकम जम्मा गरिदिएको हो ।

आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको उक्त कार्यक्रममार्फत गाउँपालिकामा जन्म लिने छोरीहरूको बैङ्क खातामा रकम जम्मा गर्न सुरु गरिएको थियो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले हालसम्म त्यसप्रकारका बैंक खातामा रु १२ लाख ८० हजार जम्मा भइसकेको जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०७७/७८ मा ३८, आव २०७८/७९ मा ५९, आव २०७९/८० मा ९७ जना र आव २०८०/८१ मा ६२ जना बालिकाको बैङ्क खातामा रकम जम्मा गरिएको छ”, उहाँले भन्नुभयो, “वडा कार्यालयमा जन्मदर्ता गराएपछि छोरीका नाममा बैङ्क खाता खोल्ने र त्यसमा गाउँपालिकाले रु पाँच हजार र अभिभावकलाई पनि रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेका छौँ ।”

छोरीका नाममा हुने बैङ्क खाताको संरक्षक अभिभावक हुनेछन् । उक्त रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

“यसरी बैङ्कमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा छ”, उहाँले भन्नुभयो, “छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।”

उक्त कार्यक्रम सञ्चालनपछि शिशुको नामकरणपछि समयमै जन्मदर्तासँगै बैङ्क खाता खोल्न जुट्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताउनुभयो ।

“छोरी जन्माउने अभिभावक खुसी हुँदै गाउँपालिका र बैङ्क जाने गरेको पाएका छौँ”, उहाँले भन्नुभयो, “छोरीप्रतिको सम्मान र भविष्यको सुनिश्चितताका लागि पनि यसले केही सन्देश दिएको छ ।”

हुप्सेकोट गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम कार्यविधिमार्फत यसका लागि केही सर्तहरू पूरा गर्नुपर्ने मापदण्ड पनि बनाएको छ । कार्यक्रमबाट सुविधा लिनका लागि हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका गर्भवतीले नियमित स्वास्थ्य परीक्षण गरेको, अस्पतालमा सुत्केरी भएको हुनुपर्ने छ । उक्त कार्यक्रमपछि उमेर पुगेपछि बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भ परीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सुरु भएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीलले बताउनुभयो ।

लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता, दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन

दमौली (तनहुँ), ५ भदौ : बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर रु दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो ।

केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकामा एक हजार दुई सय ७३ ग्राहकले बक्यौतावापतको रकम बुझाएका छन् । एक हजार चार सय ३६ ग्राहकबाट रु तीन करोड ५० लाख ५६ हजार छ सय ७४ बक्यौता उठ्नुपर्ने थियो तर, ७६ दशमलव ५७ प्रतिशत बक्यौता असुली भएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा कार्यालयले नौ सय १८ ग्राहकको लाइन काटेकामा रु एक करोड ८४ लाख ६५ हजार चार सय ५२ बक्यौता सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा सात सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो । त्यतिबेला रु तीन करोड ६४ लाख ५७ हजार छ सय ८२ बक्यौता उठ्नुपर्ने थियो ।

केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा रु ५३ करोड ९४ लाख ३१ हजार छ सय १३ बराबरको विद्युत बिक्री गरेको छ । रेग्मीका अनुसार त्यस अवधिमा रु ५४ करोड २० लाख ६० हजार दुई सय ७८ विद्युत रकम सङ्कलन भएको थियो । केन्द्रले त्यस वर्ष सात दशमलव ९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२ दशमलव ७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो ।

विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नाङ्गो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताउनुभयो ।

सोमालियालाई राष्ट्रसङ्घबाट २ करोड ८६ लाख अमेरिकी डलर मानवीय सहायता

संयुक्त राष्ट्र सङ्घीय राहत एजेन्सीले सन् २०२४ को मानवीय आवश्यकता र प्रतिक्रियाका लागि सोमालियालाई दुई करोड ८६ लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ ।

सोमालिया मानवीय कोष (एसएचएप) ले यो रकम विशेषगरी समाजबाट अवहेलित र दुरदराजमा रहेकाहरुको सहायताका लागि प्रयोग गरिने मानवीय मामिला समन्वयको लागि राष्ट्रसङ्घीय कार्यालय (ओसीएच) ले बताएको छ ।

यस कोषले ओसीएच र आफ्ना ५४ साझेदारलाई सोमालियामा बाढी, पहिरो, खडेरीजस्ता सम्स्याहरुबाट सुरक्षा र समन्वय बढाउनको लागि तत्काल सहयोग प्रदान गर्न सक्षम बनाएको जनाएको छ ।

कोषले रकमलाई आपतकालिन परियोजना र एक विशिष्ट परियोजनाका लागि विनियोजन गरेको छ । साथै केन्द्रीय आपतकालीन प्रतिक्रिया कोषका लागि २० लाख अमेरिकी डलर विनियोजन गरिएको छ ।

“सबै परियोजनामा महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा सुनिश्चित गरिएको छ । साथै, ९० प्रतिशत परियोजनाले लैङ्गिक समानताका विभिन्न क्षेत्रहरुमा योगदान पुर्याउनेछ” ओसीएचले उल्लेख गरेको छ ।

गाजाको विद्यालयमा इजरायली आक्रमण हुँदा १२ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार आश्रय शिविरको रुपमा प्रयोग भइरहेको एक विद्यालयमा इजरायली आक्रमण हुदाँ कम्तिमा १२ जनाको मृत्यु भएको बताएको छ ।इजरायली सेनाले भने हामासको कमाण्ड सेन्टरमा आक्रमण गरेको बताएको छ ।

“हाम्रो टोलीले गाजा सहरको पश्चिममा इजरायली सेनाले बम प्रहार गरेको मुस्तफा हाफिज विद्यालयबाट १ जनाको शव फेला पारेका छौँ”, विभागका प्रवक्ता महमुद बस्सालले बताउनुभयो ।

गाजापट्टीमा जारी इजरायल–हमास युद्धकाबीच हजारौं विस्थापित प्यालेस्टिनी नागरिकले विद्यालयमा शरण लिइरहेको उहाँले बताउनुभयो ।इजरायली सेनाले भने हमासले विद्यालयलाई ‘ कमाण्ड–एन्ड–कन्ट्रोल’को रुपमा प्रयोग गरिरहेको र कमाण्ड सेन्टर लक्षित आक्रमण गरेको बताएको छ । “हमास लडाकु समुहले इजरायली सेना र इजरायल राज्यमाथि आक्रमणको योजना बनाउन र कार्यान्वयन गर्न विद्यालयलाई कमाण्ड–एन्ड–कन्ट्रोल सेन्टरको रुपमा प्रयोग गरिरहेका थिए”, सेनाले एक विज्ञप्तिमार्फत जनाएको छ ।

इजरायली सेनाले विद्यालयभित्र सक्रिय रहेका आतङ्ककारीहरूमाथि सटीक आक्रमण गरेको बताएको छ । एएफपीले प्रसारण गरेको तस्बिरहरूमा विद्यालय भग्नावशेषमा परिणत भएको र आक्रमणपछि विस्थापित प्यालेस्टिनी पुरुष र महिलाहरु बच्चा बोकेर उक्त स्थानबाट भागिरहेको देखाइएको छ । हालैका हप्ताहरूमा इजरायली सेनाले हमासले कमाण्ड सेन्टरको रुपमा प्रयोग गरिरहेको बताउँदै गाजाभरका धेरै विद्यालयहरूमा आक्रमण गरेको छ ।

भारतमा चिकित्सक सुरक्षा सुनिश्चित गर्ने राष्ट्रिय कार्ययोजना बनाउन कार्यदल गठन

भारतको सर्वोच्च अदालतले चिकित्सकहरुका लागि हिंसामुक्त र सुरक्षित कार्यस्थल सुनिश्चित गर्ने राष्ट्रिय कार्ययोजना बनाउन मङ्गलबार १० सदस्यीय कार्यदल गठन गरेको छ । कोलकातामा दुई हप्ताअघि भएको एक चिकित्सकको बलात्कार र हत्या प्रकरणपछि चिकित्सकहरुले देशव्यापी विरोध प्रदर्शन गरिरहेका छन् ।

सर्वोच्च अदालतले कार्यदललाई तीन हप्ता भित्र अन्तरिम प्रतिवेदन र दुई महिना भित्र अन्तिम प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) लाई बलात्कारको घटनाको अनुसन्धान रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ । साथै, पश्चिम बङ्गाल सरकारलाई अगस्त १५ मा आरजी कर अस्पतालमा भएको आक्रमणको विषयमा पनि विस्तृत विवरण पेश गर्न आदेश दिएको छ ।

सुनुवाइको क्रममा भारतका मुख्य न्यायाधीश डीवाई चन्द्रचुडले भन्नुभयो, “कोलकाताको घटनाले देशभरका चिकित्सकको सुरक्षामा प्रश्न खडा गरेको छ । कोलकाता बलात्कार पीडितको नाम, फोटो र भिडियो क्लिप भारतभर प्रकाशित भइरहेकोमा हामी चिन्तित छौँ । कानूनले पीडितको नाम प्रकाशित गर्न निषेध गर्दछ ।”

सर्वोच्च अदालतले विहानको समयमा भएको घटनाको राति अबेरसम्म कुनै पनि जाहेरी दर्ता नभएको भन्दै कोलकाता प्रहरीमाथि पनि प्रश्न उठाएको छ ।

हामी एक राष्ट्रिय कार्यदलको गठन गर्दैछौँ । उनीहरूले चिकित्सकहरुका लागि हिंसामुक्त र सुरक्षित कार्यस्थल सुनिश्चित गर्ने राष्ट्रिय कार्ययोजना तयार पार्नेछन्“, मुख्य न्यायाधीश डीवाई चन्द्रचुडले बताउनुभयो ।

भोजपुरको आमचोकको चौध सय रोपनीमा चियाखेती

भोजपुर, ५ भदौः पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोेकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो ।

गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार चार सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय क्षेत्रको रुपमा स्थापित गराउने सोचका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ देखि योजनाबद्ध रुपमा चियाखेती गरिरहेको छ ।

हालसम्म चियाखेतीका लागि गाउँपालिकाले रु चार करोड ५ं० लाख लगानी गरिसकेको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । उक्त पालिकाका वडा नं १ २, ३ र ६ मा खेती विस्तार थालिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । यी वडामा प्रशस्त खाली जमिन छभने यहाँको प्राकृतिक छटाले पर्यटनको राम्रो सम्भावना बोकेको अध्यक्ष राईले बताउनुभयो ।

“गाउँपालिकाले योजनाबद्ध रुपमा चियाखेती विस्तार गरिरहेको छ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँका खाली जमिनको सदुपयोग गर्दै आयस्तरमा सुधारसँगै पर्यटनको विकास गर्ने लक्ष्यले काम गरिरहेका छौँ । हालसम्म करिब एक हजार चार सय रोपनी क्षेत्रमा खेती विस्तार भइसकेको अवस्था छ ।” आमचोक गाउँपालिकाको माथिल्लो भेगमा धेरै खाली चौर रहेकोले त्यहाँ चियाखेतीको राम्रो सम्भावना भएको उहाँले बताउनुभयो । गाउँपालिकासँगै स्थानीयलाई पनि निजी खाली जमिनमा चियाखेती विस्तारमा प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । “यहाँका खाली निजी जमिनमा पनि खेती विस्तारमा स्थानीयलाई उत्प्रेरित गराउन यो वर्षबाट प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दैछौँ ।”

स्थानीयको जनसहभागिता बढाउँदै व्यवस्थित र प्रणालीगत रुपमा अघि बढाउन आमचोक चिया तथा कफी सहकारी गठन गरिएको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले यहाँका स्थानीयको आयस्तरको वर्गीकरण गरेर कमजोर आर्थिक क्षमता भएका स्थानीयलाई शेयरको व्यवस्था गरेको उहाँले बताउनुभयो । वर्गीकरणमा ‘घ’ वर्गमा परेका गरिब तथा विपन्न परिवारलाई गाउँपालिकाले रु नौ हजार र स्वयम व्यक्तिले रु एक हजार गरी १० हजार बराबरको शेयर वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो । यहाँका अतिगरिब विपन्न एक हजार एक सय ६३ परिवारलाई शेयर वितरण गरिएको उहाँले बताउनुभयो ।

गाउँपलिकाले ऐन निर्माण गरेर चिया विकास संस्था सञ्चालन गर्ने उहाँले बताउनुभयो । यो संस्थाले गाउँपालिकाको मातहातमा रहेर भावी दिनमा चिया र कफीको क्षेत्रमा बृहत्तर रुपमा थप काम गर्ने उहाँले बताउनुभयो । उत्पादित चियाको प्रशोधन गर्नका लागि वडा नं २ मा चिया कारखाना स्थापना भइरहेको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले बताउनुभयो । गाउँपालिकाको रु ४५ लाख र कोशी प्रदेश सरकारको रु एक करोड लागतमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको उहाँको भनाइ छ ।

“गाउँपालिका क्षेत्रको चियाखेतीको सम्भवनालाई मूर्तरुप दिन बृहत रुपमा चियाखेती विस्तारको काम भइरहेको छ”, प्रशासकीय अधिकृत राईले भन्नुभयो, “उत्पादित चियाको प्रशोधनका लागि कारखाना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पछिल्लो समयमा आफ्नै नर्सरी स्थापना गरेर खेती विस्तार भइरहेको छ । यसबाट स्थानीयलाई रोजगारीसमेत प्राप्त भइरहेको अवस्था छ ।”

दीर्घकालीन सोचका साथ चिया विस्तार तथा उत्पादित चियाको बजारीकरणसँगै थप व्यवस्थापन गर्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो । चिया नर्सरीमा अर्को सिजनमा रोप्नका लागि करिब पाँच लाख बिरुवा उत्पादन भइरहेको गाउँपालिकाले जनाएको छ । चियासँगै कफीखेतीको विस्तारका लागि समेत काम भइरहेको छ । कफीको नर्सरी स्थापना गरेर विस्तारको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

वीरगञ्ज भन्सारको राजस्व सङ्कलनको लक्ष्य २७ अर्बले घटाइयो

वीरगञ्ज (पर्सा), ५ भदौः वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य घटाइदिएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्य दिएपनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन् । विभागले आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलन गर्ने लक्ष्य रु २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजारले घटाइदिएको हो ।

विभागले वीरगञ्ज भन्सार कार्यालयलाई आव २०८०/८१ मा रु दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । तर, कार्यालयले गत आवमा मुस्किलले रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार  राजस्व सङ्कलन गरेको थियो । विगतका वर्षमा लक्ष्य र सङ्कलनबीच ठूलो अन्तर देखिएसँगै चालु आवमा राजस्व सङ्कलनको लक्ष्य घटाइएको हो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ताले भन्सार विभागले भन्सार कार्यालयलाई समयसापेक्षभन्दा पनि महत्वाकाङ्क्षी लक्ष्य दिने परिपाटीको कारणले पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन नभएको बताउनुयो । “सरकारले आयात खुम्चिरहेको अवस्थामा महत्वाकाङ्क्षी लक्ष्य राखेपछि कहिल्यै पनि लक्ष्यअनुसार भेट्टाउन सकिन्न”, उहाँले भन्नुभयो, “गत आव सङ्कलन भएको राजस्वको १० देखि १५ प्रतिशत बढाएर लक्ष्य राख्ने हो भने सहजै लक्ष्य भेट्टाउन सकिन्थ्यो ।”

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले भन्सार विभागले निर्धारित गरेअनुसारको राजस्व सङ्कलन नभएसँगै राजस्व सङ्कलनको लक्ष्य घटाइएको हुनसक्ने बताउनुभयो । “विगत केही वर्ष यता लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको यथार्थ हो । त्यसैले विभागले घटाएको होला”, उहाँले भन्नुभयो, “विभागले कार्यालयलाई चालु आव रु दुई खर्ब १८ अर्ब रुपैयाँको लक्ष्य निर्धारण गरेको छ ।” सूचना अधिकारी कर्णले विभागले चालु आवमा तोकिएको लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न कार्यालय सक्रिय भएर लाग्ने उल्लेख गर्नुभयो ।

कार्यालयले आव २०७९/८० मा रु दुई खर्ब ६० अर्ब ९७ करोड राजस्व सङ्कलनको लक्ष्य पाएकामा ६० दशमलव २२ प्रतिशत अर्थात् रु एक खर्ब ५७ अर्ब १५ करोड ४९ लाख २२ हजार राजस्व सङ्कलन गरेको थियो । साथै आव २०७८/७९ मा भने लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सफल भएको थियो ।

आव २०७८/७९ मा रु दुई खर्ब तीन अर्ब राजस्व सङ्कलनको लक्ष्य रहेकामा १०० दशमलव ५४ प्रतिशत अर्थात रु दुई खर्ब चार अर्ब १२ करोड राजस्व सङ्कलन गरेको थियो ।

खोला छेउमा हातखुट्टा धोइरहेका बेला बगेका ६ वर्षीय बालक मृत फेला

भरतपुर- चितवनको कालिका नगरपालिका–७ स्याउली बजार हुँदै बग्ने बुङ खोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला परेका छन् । कालिका–७ बस्ने उत्तम अर्यालका छोरा हरिराम खोला छेउमा हातखुट्टा धोइरहेका बेला बगेका थिए ।

घटनास्थलबाट करिब चार किमी तल कालिका–६ मुलिजुली चोकस्थित कुलोमा बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । मृत बालकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

विपद् जोखिम पूर्वतयारी र प्रतिकार्यसम्बन्धी १० बुँदे कर्णाली घोषणापत्र जारी

कर्णाली-पर्वतीय क्षेत्रमा विपद् उत्थानशीलताका लागि मानवीय सहायतादेखि उत्थानशील संरचना र प्रणाली निर्माणमा जोड दिनुपर्नेलगायत १० बुँदे विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी कर्णाली घोषणापत्र जारी गरिएको छ ।

किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा सुर्खेत वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको ‘विश्व मानवीयता दिवस–२०२४’ सम्बन्धी राष्ट्रिय सम्मेलनबाट आज ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको हो ।

घोषणा पत्रमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र पुनःस्थापनासम्मका काममा सङ्कटासन्न समूहको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सङ्घ, प्रदेश, स्थानीय सरकार र साझेदारबीच नीतिगत तथा कार्यान्वयन तहको समन्वय एवं सहकार्य गर्ने कुरामा प्रतिबद्धता व्यक्त गरिएको छ ।

विसं २०७२ मा गएको ‘गोरखा भूकम्प’ देखि २०८० को जाजरकोट बारेकोट भूकम्प प्रतिकार्यका लागि पूर्वतयारी, मानवीय सहायतादेखि उत्थानशील, पुनःनिर्माण र पुनर्लाभबाट अमूल्य सिकाइ भएको तथा त्यसका आधारमा तीनै तहका सरकारले समन्वयात्मक रूपमा एकद्धार प्रणालीमार्फत राहत वितरणको प्रभावकारितामा अभिवृद्धि गरिने घोषणापत्रमा उल्लेख छ ।

यस्तै, नेपालको खाद्य प्रणालीको आधारशीलाका रूपमा रहेको कृषि क्षेत्रमा विपद्को समयमा उल्लेख्य अवरोध हुने गरेको सन्दर्भमा खाद्य सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न सङ्घ, प्रदेश र स्थानीय तहले विपद्को तयारीदेखि प्रतिकार्यसम्मका योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, स्थानीयस्तरमा रैथानेबाली प्रवद्र्धनमा जोड दिँदै कृषिमा हुन सक्ने जोखिमको क्षतिलाई न्यूनीकरण गर्न बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उल्लेख छ ।

जलवायु परिवर्तनका कारण चुनौतिपूर्ण बनेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यमा सबै संस्थाहरूको नीतिगत, संस्थागत र कार्यक्रमगत सहकार्य र साझेदारी आवश्यक भएको ठहर गर्दै नेपाल जस्तो पर्वतीय र भूपरिवेष्ठित मुलुकमा जलवायु परिवर्तनबाट हुन सक्ने नोक्सानीको क्षतिपूर्तिका लागि जोखिमको अध्ययनका साथै तथ्याङ्क प्रणालीलाई बलियो बनाउँदै अन्तर्राष्ट्रिय जगत्मा सशक्त आवाज उठाउनेलगायतका १० बुँदा घोषणापत्रमा समावेश गरिएका छन् ।

विपद् जोखिमका क्षेत्रमा राज्यको पूर्वतयारी पर्याप्त नभएकाले यसमा सबै क्षेत्रको समन्वय, सहकार्य र सहभागिता आवश्यक ठानी ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । जोखिममा काम गर्नेलाई सम्मान, सुरक्षा र पुरस्कृत गर्ने मार्गनिर्देशन निर्माण गरिने बताउनुहुँदै कार्यकारी प्रमुख पोखरेलले कर्णाली प्रदेशमा जोखिम न्यूनीकरणका लागि प्राधिकरणले प्राविधिक काम गर्न छलफल अगाडि बढाएको जानकारी दिनुभयो ।

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ५ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम रहेकाले सम्भावित क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बेनीमा एक दशकपछि नागिनी लुकाउने नाच देखाइयो

म्याग्दी, ४ भदौः म्याग्दीको बेनीमा एक दशकपछि नागिनी लुकाउने नाच देखाइएको छ । नेपाल भाषा मंका खःल र ल्याम पुुचको अगुुवाइमा जनैपूर्णिमा तथा गाईजात्रा पर्वको अवसरमा करिब एक दशकपछि नाच देखाइएको ल्यामः पुचका पूर्वअध्यक्ष सुवीन श्रेष्ठले जानकारी दिनुभयो । “नागानागिनी नाच बर्सेनि देखाउँदै आए पनि नागिनी लुकाएपछि नागाले देखाउने चरित्रलाई प्रदर्शन गर्ने नृत्य भने एक दशकपछि यसपाली देखाइएको हो”, उहाँले भन्नुभयो, “नयाँ पुस्ताले यसको महत्व बुझून् र सिकून् भनेर धेरै वर्षपछि नाच देखाएका हौँ ।”

नागानागिनी नाचमा दुुईजना कलाकार आवश्यक पर्छ । दुुवै जना पुुरुषमध्ये एकजनाले महिलाको कपडा पहिरिएर अभिनय गर्छन् । अनुुहारमा मुुखुुन्डो लगाएका पुुरुष कलाकारले धोती लगाउँछन् । जनैपूर्णिमा र गाईजात्राका दिन दिवङ्गत नेवार समुुदायको घर अगाडि सापारुसँगै नागानागिनी नाच प्रदर्शन गर्ने चलन छ । नेवार भाषाको गीत गाएर नाच प्रस्तुत गरिन्छ । 

बेनीका संस्कृतिकर्मी प्रकाशकुमार श्रेष्ठकानुसार नागानागिनी नाचले पारिवारिक विश्वासको सन्देश प्रवाह गर्छ । “नागा र नागिनीले एकअर्कालाई माया प्रेममा परीक्षण गर्न खोजेको अभिनय गर्छन्”, उहाँले भन्नुुभयो, “श्रीमान श्रीमतीबीच विश्वास भयो भने परिवार सफल हुन्छ भन्ने सन्देश नागानागिनी नाचमार्फत प्रवाहको प्रयास हुुन्छ ।”

नाचका क्रममा नागालाई अरू नागिनीहरूले एकअर्कालाई परीक्षण गर्न आकर्षित गर्न खोज्ने र नागिनी पनि अरू पुुरुषसँग नजिकिएको अभियन गर्छन् । नाचको अन्तिम समयमा नागिनीलाई लुकाइन्छ । दुवै जनाले पारिवारिक अविश्वास सिर्जना भएको महसुस गर्छन् र सम्बन्धलाई सुधार गरेर विश्वास कायम गर्दै नाचको अन्त्य हुने संस्कृतिकर्मी श्रेष्ठले बताउनुुभयो ।

नेवार संस्कृतिमध्ये बर्खे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तीजसम्म बेनी बजारमा विभिन्न नाच देखाउने प्रचलन छ । एक महिनासम्म देखाइने बर्खे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई बर्खे नाचमा देखाउने गरिन्छ ।

बर्खे नाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देश यो नाचबाट दिने गरिएको जानकारहरू बताउँछन् । बेनी बजारमा तीन सय वर्षअघि बस्ती बसेदेखि नै बर्खे नाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायको अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ ।

काठमाडौंका दर्शक नचाउँदै धिरज राई

काठमाडौंँ । लोकप्रिय गायक धिरज राईले काठमाडौंँका दर्शक नचाउँने भएका छन् । आगामी शनिबार (भदौ ८ गते) आयोजना हुने ‘धिरज राई लाइभ वीथ जात्रा ब्याण्ड’ कार्यक्रममा उनले ‘लुकी लुकी’, ‘साई ढोले सोई’ लगायत आफ्ना आधा दर्जनबढी लोकप्रिय गीतसंगीत प्रस्तुत गर्नेछन् ।

मोडलिङ संघ नेपाल र रसलाइट मिडियाको संयुक्त आयोजनामा आलिसान लन्च एण्ड क्लबमा हात्तिसारमा आयोजना हुने कार्यक्रममा गायिका तथा मोडल रमिता भण्डारीको समेत विषेश प्रस्तुति रहनेछ । कार्यक्रम होष्टको रुपमा एनी कुवँर रहेकी छन् । कार्यक्रममा जात्रा ब्याण्डको समेत विशेष प्रस्तुति रहनेछ ।
कार्यक्रम मार्फत राजधानीका दर्शकसँग जोडीन नपाएको धेरै भएकोले पनि आफु कार्यक्रम देखिन लागेको गायक राइले बताए ।

कार्यक्रममा सुशिल नेपाल, चेतन सापकोटा, भ्वाई अफ नेपालका निर्देशक लक्ष्मण पौडेल लगायतको पनि सहभागीता रहनेछ । गायक धिरज राईको कार्यक्रमले काठमाडाँैका दर्शकलाई खुसी दिने बिश्वास आफुले लिएको आयोजक नेपाल मोडलिङ संघका प्रवत्ता प्रवेश गिरीले बताए ।

स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुनुहुँदैन: नेता डा कोइराला

काठमाडौँ, ४ भदौः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुन नहुने बताउनुभएको छ ।सुनकोशी ईन्द्रवाती सेवा समाज सिन्धुपाल्चोकले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुन नहुनेमा जोड दिनुभयो ।

नेता डा कोइरालाले स्वास्थ्य शिक्षा सर्वसाधारणको पहुँचबाट टाढा रहेको र सरकारी शैक्षिक संस्थामा पैसा नभए पढ्नै नसक्ने अवस्था आएको बताउनुभयो । “मेडिकल शिक्षा अत्यन्त महङ्गो र हुनेखानेले मात्र पढ्ने खालको बनेको छ, स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको वातावरण सहज बनाउनुपर्छ”, डा कोइरालाले भन्नुभयो ।

  उहाँले सरकारी अस्पतालमा समेत जनताले सेवा लिन नसक्ने अवस्थामा आएको बताउनुभयो । “त्रिभुवन शिक्षण अस्पताल, वीर अस्पतालमा समेत जनताले पैसा तिरेर उपचार गर्न सक्ने अवस्था छैन, अन्य निजी अस्पतालबाट झन् जनताले कसरी सेवा लिनु”, उहाँले प्रश्न गर्नुभयो ।      स्वास्थ्य प्रणालीलाई सरल र सहज कसरी बनाउन सकिन्छ त्यतातिर सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । 

बाढी, पहिरोलगायतका विपद्मा परी परी आजसम्म १९३ को मृत्यु

काठमाडौँ, ४ भदौः अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ९३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३४, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३  र सुदूरपश्चिम प्रदेशमा १५ गरी एक सय ९३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २४, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ४१ जना घाइते भएका छन् । 

बाढी, पहिरोका कारण काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चििम प्रदेशमा पाँच गरी एक सय १४ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना वेपत्ता भएका छन् । 

बाढीको कारण आज दिउँसोसम्म जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । बाढी पहिरोले तीन सय ३३ वटा घर, एक सय १६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । 

विपद्मा परी आठ सय ७० वटा पशु चौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार आठ सय ४२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले बताउनुभयो ।

कमला नदीमाथिको पुल निर्माणको माग गर्दै स्थानीय सामूहिक आमरण अनशनमा

धनुषाधाम, ४ भदौः हुलाकी राजमार्ग आयोजनाअन्तर्गत धनुषा र सिरहा सीमामा रहेको कमला नदीमाथिको पुल निर्माणको माग गर्दै स्थानीय सामूहिक आमरण अनशनमा बसेका छन् । उक्त खण्डको अधिकांश ठाउँमा सडक निर्माणको काम सम्पन्न भए पनि कमला नदीमाथिको पुल निर्माण अधुरै छ । ठेकेदारले निर्माण अन्तिम चरणमा रहेको भनिरहेका बेला तीन वर्षअघि बाढीले पुल भासिएपछि पुनःनिर्माणका लागि पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि १० जना अभियन्ता आजदेखि सामूहिक आमरण अनशनमा बसेका हुन् ।

इञ्जिनियर प्रवीणकुमार यादवको नेतृत्वमा जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि आमरण अनशन सुरु भएको हो । हुलाकी सडकअन्तर्गत कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका इञ्जिनियर यादवको नेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका¬–६ का अध्यक्ष इन्द्रजीत यादव, वडा नं ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका–४ का अध्यक्ष सुरेन्द्रकुमार यादव, वल्र्ड फर नेपालका मनिषकुमार यादव, इञ्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका–८ का सदस्य इञ्जिनियर रुपेश यादव र इञ्जिनियर शिवशङ्कर यादव र सोही गाउँपालिका—३ का वडाध्यक्ष जीवछ यादव आमरण अनशनमा बसेका हुन् ।

गत साउन २७ गते पुल निर्माणका लागि मधेस प्रदेशका मुख्यमन्त्रीलाई सातदिने ‘अल्टिमेटम’सहित एक सूत्रीय माग राख्दै ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएपछि सामूहिक अनशन बस्नुपरेको सङ्घर्ष समितिका संयोजक यादवले बताउनुभयो । प्रदेश र केन्द्र सरकारलाई पुल निर्माणका लागि बजेटको सुनिश्चितता तथा अन्य समस्या भए तत्काल समाधानका लागि ध्यानाकर्षण गराउन यस्तो कदम उठाउनुपरेको उहाँको भनाइ छ । “हामीले सात दिनभित्रै पुल निर्माण गर्नुपर्छ भनेका थिएनौँं, त्यो सम्भव पनि छैन । यहाँ त कुनै तहका सरकारले पुलका समस्या समाधानका लागि चासो नै देखाएनन् । नजिकको प्रदेश सरकारले पनि हाम्रो मागलाई गम्भीरतापूर्वक लिएन । त्यसैकारण हामी अनशनमा बसेका हौँ”, संयोजक यादवले भन्नुभयो । 

करिब १३ वर्षअघिदेखि निर्माणाधीन कमला नदीमाथिको पुल सञ्चालनमा नआउँदै तीन वर्षअघि भासिएपछि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । भासिएको पुल पुनःनिर्माण गर्दा लाग्ने रकम बीमा कम्पनी वा कसले बेहोर्ने भन्ने विवाद रहेकाले काम अगाडि बढ्न नसकेको ठेकेदार कम्पनीको दाबी छ । जसले गर्दा यहाँका नागरिक कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।  

अनशनमा बसेकाहरूले यसअघि निर्माण थालिएको पुलको ‘डिजाइन’ नै गलत भएकाले भासिएको भन्दै नयाँ पुल नै बनाउनुपर्ने माग गरिरहेका छन् । “पुलको पाइल डेप्थ, स्कोर डेप्थ नमिलेको र रिवर टे««निङको डिजाइन गलत रहेकाले समस्या भएको हाम्रो ठहर छ । त्यसैले यहाँ पुरानो पुललाई नै टालटुल गरेर काम अगाडि बढाउनेभन्दा पनि नयाँ पक्की पुल नै बन्नुपर्छ । सरकारले यसको सुनिश्चितता गर्नुपर्छ”, संयोजक यादवले भनाइ छ ।

यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनशनकारीहरूको मागप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । उहाँले यस वर्ष केन्द्र सरकारले पुलको विषयमा ठोस निर्णय नगरे अगामी आर्थिक वर्ष प्रदेशकै बजेटबाट भए पनि पुल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हुलाकी राजमार्गअन्तर्गतको कमला पुल केन्द्र सरकारको योजना हो, त्यसैले केन्द्र सरकारले नै यसको समस्या समाधान गर्नुपर्छ भन्ने हाम्रो पनि भनाइ हो”, उहाँले भन्नुभयो, “सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएपछि सोही दिन नै प्रदेश सरकारले केन्द्र सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आवश्यक कारबाहीका लागि भनेर लेखि पठाइएको छु तर जवाफ आइसकेको छैन ।”

मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारले भासिएको पुल र नयाँ पुल निर्माण गर्नुपर्ने अवस्थाका बारेमा अध्ययन गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरिसकेको जानकारी दिनुभयो । “प्रदेश सरकारका तर्फबाट गर्न सकिने कामका लागि हामीले अध्ययन गर्ने निर्णय गरिसकेका छौँ । सङ्घर्ष समितिको मागलाई पनि गम्भीरतापूर्वक लिएका छौँँ, सोहीअनुसार केन्द्र सरकारका निकायलाई लेखी पठाएका थियौँ तर उहाँहरूले हाम्रो कुरा नबुझेर अनशन सुरु गर्नुभयो, यो राम्रो भएन”, उहाँले भन्नुभयो । 

आन्दोलनमा यसअघि गठित हुलाकी राजमार्ग सङ्घर्ष समितिका संरक्षक रामरिझन यादव, पूर्वमन्त्री रामचन्द्र झा, सिरहा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य प्रमोदकुमार यादवलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूले समर्थन जनाएका छन् ।

यसअघि तत्कालीन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र रघुवीर महासेठले स्थलगत निरीक्षण गर्दै पुल पुनःनिर्माणका लागि ठेकेदारलाई निर्देशन दिनुभएको थियो । 

पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, ढोरबराह मन्दिर पूजा गरेर फर्किने भक्तजन अलपत्रमा

ढोरपाटन (बागलुङ), ४ भदौ : अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा भक्तजन अलपत्र परेका छन् । सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–७ धारबोटस्थित सडक माथिदेखि पहिरो खस्दा आज दिउँसोदेखि सडक ठप्प भएको हो ।

सडक पूर्ण रूपमा अवरुद्ध हुँदा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित ढोरबराह मन्दिरमा पूजा गरेर फर्किने सयौँ भक्तजन समस्यामा परेको ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । सोमबार रातिदेखि परेको वर्षाले सडकका धेरै ठाउँमा पहिरो झरेकाले खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । “रातिबाट नै ठूलो पानी परेको थियो, भारी वर्षा हुँदा सडक पूर्ण रूपमा बन्द भएको हो ।

सडक अवरुद्ध हुँदा धेरैलाई समस्या परेको छ । हामीले सडक खुलाउने प्रयास गरिरहेका छौँ”, उपप्रमुख कायतले भन्नुभयो, “जनैपूर्णिमामा ढोरबराह मन्दिरमा पूजाआजाका लागि देशभरबाट आउनुभएका भक्तजन फर्कन थाल्नुभएको थियो । सडक अवरुद्ध हुँदा उहाँहरू समस्यामा पर्नुभएको छ ।”यस सडकको विभिन्न ठाउँ भूजीखोलाले कटान गरेको छ । भारी वर्षा भएपछि सडकको ठाउँठाउँमा पहिरो गएकाले यात्रा गर्दा सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।

नागढुङ्गाबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

काठमाडौँ, ४ भदौ : प्रहरीले एक सय एक दशमलव सात ग्राम लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा झापा, बारदसी गाउँपालिका–३ घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–५ पचुर्की बस्ने ३५ वर्षीय सुरेश थापा र नुवाकोटको साविक सुर्यमति–२ बस्ने ३६ वर्षीय रामकुमार थपलिया रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उनीहरूलाई आज बिहान ७ः३० बजे चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट पक्राउ गरिएको हो । “आज बिहान७ः३० चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा धरानदेखि काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ५८८४ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थसहित निजलाई पक्राउ गरिएको हो”, प्रवक्ता अधिकारीले भन्नुभयो ।

उक्त बसको स्टाफ सिटमा सवार भई आएका सुरेश थापालाई शङ्का लागि जाँच गर्दा निजले बोकेको कालो रङको झोलाभित्र लुकाइछिपाइ गरी ल्याएको अवस्थामा प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये थापाबाट ९७ दशमलव सात ग्राम तथा थपलियाको साथबाट चार ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ र नगद नेपाली रु ७५ हजार पाँच सय बरामद गरी प्रहरी वृत्त, थानकोटबाट थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

एमपक्स कोभिड भाइरसको नयाँ रुप होइन – डब्लुएचओ

मङ्किपक्स ’एमपक्स’ भाइरस र यसको नियन्त्रणबारे पूर्वजानकारी रहेकोका जोड दिँदै यसको प्रकोप अर्को कोभिड–१९ भेरियन्ट नभएको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार बताएको छ ।

एमपक्स ‘क्लेड १ बी’ भेरियन्टको थप अनुसन्धान आवश्यक रहेको बताउदै संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो । एमपक्स प्रकोपलाई नियन्त्रण गर्न सकिन्छ“, डब्ल्यूएचओका युरोपेली निर्देशक हान्स क्लुगेले भन्नुभयो ।

सन् २०२२ जुलाईमा, डब्ल्यूएचओले एमपक्सको कम गम्भीर भेरियन्ट ’क्लेड २बी’ लाई पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

“एमपक्स कोभिड भाइरसको नयाँ रुप होइन”, क्लुगेले बताउनुभयो ।

“हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने भन्ने थाहा छ । र युरोपेली क्षेत्रमा यसको सङ्क्रमणलाई पूर्ण रूपमा उन्मूलन गर्न आवश्यक अनुसन्धान भइरहेको छ ”,उहाँले जेनेभामा भिडियो–लिङ्क मार्फत बताउनुभयो ।

“के डब्लुएचओ युरोपेली क्षेत्रमा लकडाउन गर्न जाँदैछ, यो कोभिड–१९ को नयाँ रुप हो ? भन्ने प्रश्नको जवाफ स्पष्ट छः ‘होइन’ ”, उहाँले भन्नुभयो ।

क्लुगेले व्यक्तिबीच छालाको सम्पर्क एमपक्स सङ्क्रमण फैलिने मुख्य कारक रहेको बताउनुभयो । “सङ्क्रमण फैलिने अन्य कारण अझै अलि अस्पष्ट छन् । यस विषयमा थप अनुसन्धान आवश्यक छ ।”

डब्लुएचओले मास्क प्रयोग गर्न सिफारिस नगरेको डब्लुएचओका प्रवक्ता तारिक जसारेभिकले बताउनुभयो ।

“हामी अहिले विश्वव्यापी खोप अभियान सिफारिस गरिरहेका छैनौँ । हामीले हाल सबैभन्दा बढी जोखिममा रहेका समूहलाई खोप प्रयोग गर्न सिफारिस गर्दैछौं, ”उहाँले भन्नुभयो ।

पाइलट बाबाको निधन

काठमाडौँ, ४ भदौः भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा आज निधन भएको छ ।

मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उहाँले सन् १९७४ मा दीक्षा लिनुभएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले राससलाई जानकारी दिनुभयो ।

नेपाली गुरुसँग शिक्षा लिनुअघि उहाँ भारतीय वायुयान सेवामा पाइलट रहनुभएकाले उहाँलाई पाइलट बाबा भनिएको हो । यही नामले उहाँ प्रसिद्ध हुनुभयो ।

पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाउनुभएको छ । आश्रममा उहाँ बेला बेलामा आएर बस्ने गर्नुभएको थियो ।

नेपालमा उहाँका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् । भारतको प्रयोगमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उहाँले आश्रय दिने गर्नुभएको पनि उहाँले बताउनुभयो ।

पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मनुभएको थियो । हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उहाँले जुना अखडा नामका आश्रम चलाउने गर्नुभएको थियो । उहाँलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो ।

जुना अखडाका सबै आश्रममा आजैदेखि तीन दिनसम्म शोक मनाउने जनाइएको छ । उहाँलाई उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

काठमाडौँ, ४ भदौः प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यकालगायत देशभरका मुख्य सहरमा दिवङ्गत आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सीपल्ट जयबागेश्वरीमा रोपाइँजात्रा मनाउने गरिन्छ । गाईजात्राको भोलिपल्ट जयवागेश्वरीमा खड्ग जात्रा मनाउने गरिएको छ । यसैगरी अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्लकालेखि शुरु भएको हो ।

एक वर्षयता दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ ।

गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साजसज्जाका साथ गाईको भेषमा बालबालिकाको ¥याली निकालिएको थियो । यस्तो झाँकी हेर्न सडकको नरनारीको उल्लेख्य उपस्थिति थियो ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइन्छ । मृत्यु भएकाको सम्झनामा नगरपरिक्रमा गर्नाले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको ऐतिहासिक तथ्य छ । त्यति गर्दा पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।

यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनकता हुन्छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।

जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय मानिन्छन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गरिन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित हुने गरेको छ ।

यो पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरा लगायतका शहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।

महावाणिज्य दूतावास बन्द हुँदा पोर्चुगलका नेपाली समस्यामा

लिस्बन (पोर्चुगल), ४ भदौ : पोर्चुगलको राजधानी लिस्बनस्थित अवैतनिक महावाणिज्य दूतावास बन्द हुँदा यहाँ रहेका नेपालीले समस्या खेप्नुपरेको छ । महावाणिज्य दूतावास बन्द हुँदा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणमा सास्ती खेप्नुपरेको पोर्चुगलवासी नेपालीले गुनासो गरेका छन् ।

उहाँहरूले पोर्चुगलमा दूतावास स्थापना नभएसम्मका लागि लिस्बनबाटै कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा सञ्चालन गर्न माग गरेका छन् । कागजात प्रमाणीकरणको समस्याले पोर्चुगल बसाइको वैधानिकताको प्रक्रियामा रहेका हजारौँ नेपाली प्रभावित भएका छन् ।

लिस्बनबाटै प्रवाह हुँदै आएको सेवा बन्द भएपछि विशेषतः यहाँको आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड) का लागि आप्रवासी मामिला हेर्ने निकाय (आइमा) मा बायोमेट्रिकको तयारीमा रहेका नेपाली बढी मारमा परेका छन् । यहाँको कागजी प्रक्रियाको प्रयोजनका लागि नेपालबाट ल्याइने प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्ता लगायतका कागजात प्रमाणीकरणको सेवा लिस्बनबाट नपाउँदा यहाँ रहेका नेपालीले सास्ती भोग्नुपरेको हो ।

महावाणिज्य दूतावास बन्द हुँदा कागजात प्रमाणीकरणका लागि समस्या झेल्नुपरेको इलामका हरिबहादुर मुखियाले बताउनुभयो । आवास अनुमतिपत्रका लागि पेस गर्नुपर्ने प्रहरी रिपोर्टको प्रमाणीकरणको झन्झटले तनाव बनाएको मुखियाले गुनासो गर्नुभयो । “यही सेप्टेम्बरको पहिलो साता मेरो बायोमेट्रिक छ । मेरा धेरै साथीहरूको पनि यही सेप्टेम्बरमै बायोमेट्रिक छ । दुई वर्षदेखि कार्डको पर्खाइमा थिए । अब त कार्ड बन्ने भयो भनेर खुसी भएको कागजात प्रमाणीकरणको झमेलाले हैरानी खेप्नुपरेको छ”, मुखियाले रासससँग दुःख व्यक्त गर्नुभयो ।

उहाँले थप भन्नुभयो, “अहिले नेपाली दूतावास पेरिसले प्रमाणीकरण गरिदिने भएपछि केही राहतको अनुभूति गरेको छु । दस्तुर त साह्रै महँगो रहेछ । १२ युरोमा हुने कामको लागि एक सय युरो तिर्नुपर्ने भएछ । प्रमाणीकरण भएपछि फेरि मगाउनु प¥यो । त्यसमाथि कुरियर खर्च पनि थपिने भयो । साह्रै झन्झट हुने भयो ।”

बुटवलका हरिप्रसाद पाण्डेको समस्या पनि उस्तै छ । फ्रान्स हुँदै दुई वर्षअघि पोर्चुगल आउनुभएका पाण्डेको पनि यही सेप्टेम्बरमा बायोमेट्रिकको मिति तय भएको छ । पेस गर्नुपर्ने सबै कागजपत्र तयार भए पनि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरण रोकिँदा दुई साता रनभुल्लमै बितेको पाण्डेले सुनाउनुभयो । “प्रमाणीकरणको काम रोकिएपछि नेपालबाट मगाएको प्रहरी रिपोर्ट दुई सय युरो खर्चेर केही दिनअघि दलालमार्फत भारत पठाउन बाध्य भए । रू दुई हजारमा हुने कामलाई रू ३५ हजार खर्च गर्नुपर्‍यो । यो त साह्रै झन्झटिलो र खर्चिलो भयो । त्यसमाथि प्रमाणीकरणको तनावले हैरानी खेप्नुपर्‍यो । वाणीज्य दूतावास बन्द हुँदा हामीले पो सास्ती भोग्नुपर्‍यो,” आफ्ना पीडा सुनाउँदै पाण्डेले भन्नुभयो ।

मुखिया र पाण्डेको जस्तै कागजात प्रमाणीकरणको समस्याले सर्लाहीका बिक्रम आले पनि तनावमा पर्नुभयो । दूतावास बन्द हुँदा कागजात प्रमाणीकरणमा समस्या भएको आलेले गुनासो गर्नुभयो । आवास अनुमतिपत्रका लागि बायोमेट्रिकको तयारीमा रहनुभएका आलेले पनि एक साता अघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न दलालमार्फत भारत पठाएको बताउनुभयो । सबै कागजात तयार नै थियो । “अकस्मात् महावाणिज्य दूतावास बन्द हुँदा प्रमाणीकरण कहाँ गएर कसरी गर्ने भन्ने अन्योलमा पारियो”, उहाँले भन्नुभयो । कागजात प्रमाणीकरणका लागि भारत पठाउनु पर्दा धेरै खर्चिलो भएको आलेले दुःखेसो गर्नुभयो ।

यसैबीच फ्रान्सको पेरिसस्थित रहेको नेपाली दूतावासले शुक्रबार एक सूचना जारी गर्दै पोर्चुगलका नेपालीलाई कागजात प्रमाणीकरणको सेवा दिने जानकारी दियो । जसमा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरे बापतको दस्तुर एक सय युरो अर्थात् झण्डै १४ हजार सात सय रूपैयाँ लाग्ने दूतावासले उल्लेख गरेको छ । दूतावासले भने सोही प्रकृतिको प्रहरी रिपोर्टको भाषा अनुवादसहित प्रमाणीकरण गरेवापत दस्तुर १२ युरो अर्थात् झन्डै रू एह हजार आठ सय लिने गरेको थियोे । दूतावासले प्रहरी रिपोर्ट प्रमाणीकरणवापतको दस्तुर चर्को तोकेको भन्दै पोर्चुगलका नेपालीले असन्तुष्टि जनाएका छन् भने लिस्बनबाटै कन्सुलर सेवा पाउनुपर्ने माग गरेका छन् ।

नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । त्यसमाथि विश्वको जुनसुकै मुलुकमा रहेका नेपालीले सहज र सरल रूपमा अनलाइनको माध्यमबाट प्रहरी चारित्रिक प्रमाणपत्रका लागि आवेदन दिन र अनलाइनबाटै पाउन सक्ने व्यवस्था समेत गरेको छ भने उक्त प्रमाणपत्रलाई काठमाडौँस्थित रहेको कन्सुलर विभागले समेत जम्मा पाँच सय रूपैयामै प्रमाणीकरणगरी अनलाइनबाटै सहज र सरल रूपमा सेवा उपलब्ध गराउँदै आएको छ ।

महावाणिज्यदूतावास बन्द हुँदा बायोमेट्रिकको तयारीमा रहेका हजारौँ नेपाली मारमा परेको गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापाले बताउनुभयो । पछिल्लो समय आप्रवासीका लागि पोर्चुगलले समेत कडाइ गरेको अवस्था छ । कागजात प्रमाणीकरणको झमेलाले नेपालीहरू थप मारमा परेका छन् । पोर्चुगलबासी नेपालीको सहजताका लागि लिस्बनबाटै कन्सुलर सेवा सुचारू हुनुपर्ने थापाको भनाइ छ । फ्रान्समा रहेको नेपाली दूतावासले कागजात प्रमाणीकरणको सेवा दिने भए पनि चर्को सेवा शुल्कका कारण पोर्चुगलका नेपाली मारमै परेको थापाले बताउनुभयो ।

गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले महावाणिज्यदूतावास बन्द हुँदा कागजात प्रमाणीकरणमा समस्या देखिएको बताउनुभयो । लिस्बनबाटै पाइँदै आएको सेवा बन्द हुँदा कागजात प्रमाणीकरणका लागि नेपाली दूतावास फ्रान्स र भारतको नयाँ दिल्लीस्थित रहेको पोर्चुगिज दूतावास र नेपाली दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने बाध्यता सिर्जना भएको सापकोटाले बताउनुभयो । “यसले धेरै नेपालीलाई गाह्रो भएको छ । दूतावास नआउन्जेलसम्मका लागि महावाणिज्य दूतावासको सेवालाई नै निरन्तरता दिएको भए यो खालको समस्या नै आउने थिएन”, सापकोटाले भन्नुभयो ।

सूचनाविना नै अकस्मात् महावाणिज्य दूतावास बन्द हुँदा यहाँ रहेका हजारौँ नेपालीले समस्या भोग्नुपरेको नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगरले बताउनुभयो । कागजात प्रमाणीकरणको समस्याले पोर्चुगलमा नेपालीको अवस्था विकराल बनेको उहाँले बताउनुभयो । दूतावास आएको छैन । भएको महावाणिज्य दूतावास पनि बन्द गरिएको छ । त्यसमाथि पेरिस दूतावासले चर्को शुल्क तोकेको छ । १२ युरोमा हुने कामको लागि दुई–तीन सय युरो खर्च हुने देखियो । दूतावासको सेवा त धेरै महँगो पर्नेभयो । आक्रोश पोख्दै मगरले भन्नुभयो, “पोर्चुगलवासी नेपाली माथि राज्यले अन्याय गरेको छ । यसको तत्काल समाधान गरिनुपर्छ । सहज र सुलभ ढङ्गले यहाँका नेपालीले लिस्बनबाटै सेवा पाउनुपर्छ ।”

यता पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले भने पोर्चुगलमा देखापरेको समस्याका विषयमा आफू जानकार रहेको र सो सम्बन्धमा समाधानका लागि प्रयास भइरहेको बताउनुभयो । “त्यहाँ देखापरेको समस्या समाधानका लागि टोली खटाएरै भए पनि कन्सुलर सेवा दिने योजना बनाएका छौँ । जतिसक्दो छिटो लिस्बनबाटै कन्सुलर सेवा दिने तयारी गरिरहेका छौँ”, राजदूत भट्टराईले भन्नुभयो ।

दूतावासले बायोमेट्रिकको तयारीमा रहेका नेपालीलाई लक्षितगरी प्रहरी रिपोर्टको प्रमाणीकरणका लागि आएका कागजात सकेसम्म छिटो उपलब्ध गराउने गरी काम गरिरहेको उहाँले बताउनुभयो । प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणवापत दस्तुर अत्यधिक बढी भयो भन्ने गुनासोका सन्दर्भमा राजदूत भट्टराईले दस्तुर दूतावासले तोकेको नभई राज्यले तोके बमोजिम नै उल्लेख गरिएको स्पष्ट पार्नुभयो ।

गत साउन १५ गते महावाणिज्य दूतावास बन्द भएपछि दुई साताभन्दा बढी कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा ठप्प भएको थियोे । कागजात प्रमाणीकरण के–कसरी र कहाँबाट गर्ने भन्ने अन्योल सिर्जना भएको थियोे । पोर्चुगलको आवास अनुमतिपत्र, पारिवारिक पुनःमिलन वा अन्य कागजी प्रक्रियाको प्रयोजनका लागि नेपालबाट ल्याइने जन्मदर्ता, प्रहरी चारित्रिक प्रमाणपत्र, विवाह दर्ता, नाता प्रमाणित लगायतका कागजातलाई नेपाल सरकारको आधिकारिक निकायले प्रमाणिकरण गर्नुपर्ने हुन्छ ।

पोर्चुगलमा नेपाली दूतावास नभए पनि हालसम्म कागजात प्रमाणीकरण लगायतका कन्सुलरसम्बन्धी काम लिस्बनस्थित रहेको दूतावासले गर्दै आएको थियो । दूतावास बन्द भएपछि पोर्चुगलको आवास अनुमतिपत्र र पारिवारिक पुनःमिलनका लागि नेपालबाट ल्याइने जन्मदर्ता, प्रहरी चारित्रिक प्रमाणपत्र, विवाह दर्ता, नाता प्रमाणित लगायतका कागजातलाई फ्रान्सस्थित रहेको नेपाली दूतावास र भारतको नयाँ दिल्लीस्थित रहेको पोर्चुगिज दूतावास र दिल्लीस्थित रहेको नेपाली दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

पोर्चुगलका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति भने तय भइसकेको छैन । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि राजदूत सिफारिस गरेको छ । यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस भएका सनिल नेपाल भने पोर्चुगल आउन नपाइ फिर्ता बोलाइएका थिए । हाल उहाँ स्पेनका लागि राजदूत सिफारिस हुनुभएको छ ।

हालसम्म नेपाली दूतावास नभएको पोर्चुगलमा अवैतनिक महावाणिज्य दूतावासले विगत १० वर्षदेखि कागजात प्रमाणीकरण लगायतका कन्सुलरसम्बन्धी सेवा दिँदै आएको थियो । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ५० देखि ६० हजारको हाराहारीमा रहेको अनुमान छ ।

यसैबीच केहीदिन अघि मात्रै राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले राजधानी लिस्बनमा घुम्ती शिविर सञ्चालन गरेर तीन हजार आठ सय बढी नेपालीलाई राहदानी सेवा दिएको थियो ।

कांग्रेस र एमालेबीचको सहमति अरु दलविरुद्ध होइनः सभापति देउवा

काठमाडौँ, ४ भदौः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठूला दलबीच भएको सहमति अरु दलविरुद्ध नभई देशलाई अघि बढाउन भएको बताउनुभएको छ । कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बहुलवादका आधारमा लोकतान्त्रिक समाजवाद उन्मुख संविधान बनेकाले त्यसलाई सफल बनाउन पनि दुई ठूला दलबीच सहमति भएको बताउनुभयो । स्वर्गीय गिरीको भावनालाई सम्मान गर्न पनि संविधान संशोधन गरिनुपर्नेमा उहाँको जोड थियो ।

संविधान कार्यान्वयनका क्रममा आएका समस्या समाधान हुने गरी संविधान संशोधन हुनुपर्नेमा पनि सभापति देउवाले जोड दिनुभयो । “देशलाई अघि बढाउने सोच विचार गरिकन दुई दलबीच सहमति भएको हो, यो सहमतिलाई कुनै दल विशेषले आफ्नाविरुद्ध भएको हो भनी बुझ्नु गलत हुनेछ, दुई ठूला दलबीच भएको सहमति लुकाएका छैनौँ, यसलाई लिखित रुपमै सार्वजनिक गरेका छौँ”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०६३ वैशाख ८ गते प्रदीप गिरीले आफूलाई फोन गरी त्यस दिनको राजा ज्ञानेन्द्रको सम्बोधनलाई मान्यता नदिन सात दलका नेताबीच सहमति जुटाउन पहल गर्न भनेको स्मरण गर्नुभयो । गिरीजस्ता नेताको भूमिकाले नै त्यसबेला शीर्ष नेतालाई लोकतान्त्रिक गणतन्त्रको दिशामा अघि बढ्न सहयोग पुगको उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँग तर्क गर्ने भएकाले प्रदीप गिरी र दुर्गा सुवेदीलाई प्रवासकालीन राजनीतिक समयमा विद्रोही नेता भन्ने गरिएको स्मरण गर्नुभयो ।

प्रदीप गिरीलाई भावी पुस्ताले पनि लोकतान्त्रिक समाजवादका एक चिन्तकका रुपमा सम्झने उहाँको विचार थियो । वामपन्थका रचना नपढ्ने कांंग्रेसका नेता, कार्यकर्ताको संस्कारकाबीच गिरी अपवाद हुनुभएको पनि महासचिव पोखरेलले बताउनुभयो । यसैकारण पनि गिरीसँग आफूहरुले नियमित भेटघाट गर्ने स्मरण पनि उहाँले गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले राजनीतिक चिन्तनका कारण गिरी सबै दलबीच लोकप्रिय बन्नुभएको उल्लेख गर्नुभयो । यसैले अहिले सबै दलले गिरीको रिक्तताको अनुभूति गरेको पनि उहाँले बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीं (लोसपा) का नेता डा सुरेन्द्र झाले जमिन्दार परिवारमा जन्मिएर पनि गिरीको ध्यान धन सम्पत्तिमा नगएको जानकारी दिनुभयो । गिरीकै राजनीतिक छत्रछायाँमा हुर्किएको उल्लेख गर्नुहुँदै उहाँले त्यही ज्ञानबाट अहिले आफू राजनीतिक रुपमा अघि बढिरहेको बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले लोकतन्त्रलाई जनताबाट नभई माथिल्लो तहका नेताबाट नै खतरा छ भन्ने गर्नुभएको विषय अहिले सही सावित हुँदै गएको बताउनुभयो । कांग्रेसभित्र दलित, महिला, जनजाति, मधेशीलाई समावेशी रुपमा अघि बढाउनुपर्ने विचार गिरीले नै अघि सार्नुभएको उल्लेख गर्नुहुँदै उहाँले त्यसमा सभापति देउवाले कर्णाली जोडेर कदमजमको अवधारणा अनुसार विसं २०५८ देखि नै काम गर्दै आएको जानकारी गराउनुभयो ।

स्वर्गीय गिरीकी धर्मपत्नी भारती सिलवाल गिरीले राजनीति व्यवसायीकरण भएको भन्ने गर्नुभएको विषय अहिले अझै बढ्दै गएको देखिएको बताउनुभयो । विचार र प्रतीकका सेतुका रुपमा रहनुभएका प्रदीपको अभाव नेपाली राजनीतिमा खड्किएको पनि उहाँले सुनाउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले गिरीले नेपाली राजनीतिमा पु¥याउनुभएको योगदानको स्मरणका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । विसं २००४ असोज २४ गते सिरहामा जन्मनुभएका गिरीको २०७९ भदौ ४ गते निधन भएको थियो ।

तनहुँ अदालतमा दुई वर्ष नाघेका मुद्दा शून्य

दमौली (तनहुँ), ४ भदौ : तनहुँ जिल्ला अदालतले दुई वर्ष म्याद नाघेका मुद्दा शून्यमा झारेको छ । जिल्ला अदालतमा दर्ता भएर लामो समयसम्म फैसला हुन नसकेका मुद्दाहरू छिटोछरितो न्याय सम्पादन गर्ने नीति अनुरुप दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झारिएको हो ।

अदालतमा अब दुई वर्ष म्याद नाघेका कुनै पनि मुद्दा नरहेको जिल्ला श्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतमा हाल सात सय ३८ थान मुद्दा फर्छ्योट हुन बाँकी छ । त्यसमध्ये छ महिनाभित्रका पाँच सय नौ, छ महिनादेखि एक वर्षभित्रका एक सय ३५, एक वर्षदेखि १८ महिनाभित्रका ८९, १८ महिनादेखि दुई वर्षभित्रका पाँच थान मुद्दा फर्छ्योट हुन बाँकी छ ।

उहाँले भन्नुभयो, “पुराना मुद्दालाई टुङ्गो लगाउने नीति अनुरुप दुई वर्षमाथिका सबै मुद्दा फर्छ्योट भएका छन् । यो एउटा ऐतिहासिक सफलता हो ।” अदालतले आव २०८०/८१ मा दुई हजार २८ थान मुद्दा फर्छ्योट गरेको छ । त्यस आर्थिक वर्षमा जिम्मेवारी सरिआएका एक हजार एक सय एक र नयाँ दर्ता एक हजार छ सय ६५ गरी कूल दुई हजार सात सय ६६ मुद्दा रहेका थिए । त्यसमध्ये दुई हजार २८ थान मुद्दा फर्छ्योट भइ सात सय ३८ थान मुद्दा बाँकी रहेको श्रेस्तेदार पौडेलले बताउनुभयो ।

अदालतले अघिल्लो आव २०७९/८० मा एक हजार आठ सय २३ मुद्दा फर्छ्योट गरेको थियो । त्यस आवमा जिम्मेवारी सरी आएका एक हजार एक सय ३५ र नयाँ दर्ता एक हजार सात सय ८९ गरी कूल दुई हजार नौ सय २४ मुद्दा थियो ।

अदालतमा गत आर्थिक वर्षदेखि तीन न्यायाधीशको दरबन्दी कायम भएसँगै पुराना मुद्दालाई शून्यमा झार्ने नीति लिइएको जिल्ला न्यायाधीश कमलराज विष्टले बताउनुभयो ।

अदालतमा आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरिआएका र नयाँ दर्ता समेत गरी सम्बन्धविच्छेदका सात सय ८४ मुद्दा रहेकामा छ सय ७२ फर्छ्योट, अंशका चार सय ५५ मुद्दा रहेकामा तीन सय एक फर्छ्योट, चेक अनादरका एक सय ८४ मुद्दा रहेकामा एक सय ३४ फर्छ्योट, लेनदेनका एक सय २१ मुद्दा रहेकामा ७८ फर्छ्योट, लागुऔषधका एक सय २२ मुद्दा रहेकामा ९४फर्छ्योट, चोरी डाँका नकबजनिका एक सय छ मुद्दा रहेकामा ८४ फर्छ्योट, जालसाजीका एक सय ६० मुद्दा रहेकामा एक सय ११ थान मुद्दा फर्छ्योट भएका छन् ।

बैंकिङ कसुरका ४३ मुद्दा रहेकामा तीन फर्छ्योट, जबरजस्ती करणीका ६७ मुद्दा रहेकामा ३९ फर्छ्योट, सवारी ज्यान अङ्भङ्गका ४५ मुद्दा रहेकामा ३८ फर्छ्योट, घरेलु हिंसाका १३ मुद्दा रहेकामा तीन फर्छ्योट र अन्य छ सय ६६ मद्दा रहेकामा चार सय ७१ मुद्दा फर्छ्योट भएको जिल्ला श्रेस्तेदार पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अदालतले लगतको तुलनामा ७३.३१ प्रतिशत मुद्दा फर्छ्योट गर्न सफल भएको छ ।”

अदालतमा सरल मार्गका एक हजार छ सय १० मुद्दा रहेकामा एक हजार दुई सय १९, सामान्य मार्गका आठ सय १७ मुद्दा रहेकामा पाँच सय ४७, विशेष मार्गका तीन सय सात मुद्दा रहेकामा दुई सय ३५ थान मुद्दा फर्छ्योट गरेको जनाएको छ ।

फैसला कार्यान्वयनतर्फ दुई सय ६४ मुद्दा रहेकामा एक सय ५८ फर्छ्योट भएको अदालतले जनाएको छ । दण्ड जरिवानातर्फ रु ५२ करोड आठ लाख ६४ हजार नौ सय ७८ उठाउन बाँकी रहेकामा रु तीन करोड ८० लाख १४ असुल भएको छ । कैदतर्फ दुई हजार दुई सय ३९ वर्ष असुल गर्न बाँकी रहेकामा एक हजार एक सय ७७ वर्ष कैद असुल भएको छ ।

अदालतका अनुसार बालबालिका प्रतिवादी भएका मुद्दा ७५ थान रहेकामा ६१ फर्छ्योट भएको छ । त्यस मुद्दामा छ बालबालिकालाई पुर्पक्षका लागि बालसुधार गृह पठाइएको छ भने १६ जनालाई अभिभावकको जिम्मा लगाइएको छ ।

संसारबाटै लोप हुन लागेको एम्ब्लिसेप्स अरुणाचलेन्स माछा कोशीमा भेटियो

बेलबारी (मोरङ), ४ भदौः कोशीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । कोशी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि जनाइएको छ ।

क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ । जसको तत्काल संरक्षण नगरे लोप हुने उल्लेख गरिएको छ । 

अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले उक्त माछा नेपालमा भेटिएको पुष्टि गर्नुभयो । 

पाँच जनानेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरु वाङ हुई, जिनक्वान याङ र चेनहोङ् लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४, अगष्टमा सोसम्बन्धी लेख प्रकाशित छ । 

अनुसन्धानकर्ता जसहाङ लिम्बू भन्नुभयो, “माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमूना सङ्कलन गरेका थियौँ । सोही क्रममा उक्त माछा कोशी ब्यारेज क्षेत्रमा विस्तारै बगिरहेको पानीमा भेटिएको थियो । यसको बाहिरी तथा आणविक बनावटका साथै वंशवृक्षको अध्ययनबाट यो नेपालको लागि नयाँ र विश्वबाटै लोप हुन लागेको प्रजाति रहेछ पाइएको छ ।”

उहाँहरुले अध्ययनका लागि तमोर र कोशीदेखि पूर्वका स्थायी प्रकृतिका सबैजसो नदीमा कम्तीमा ४५ स्थानबाट सात सय वटा नमूना सङ्कलन गरिएको जानकारी दिनुभयो । उक्त नमूनामध्ये एउटा सङ्कटापन्न प्रजातिको माछा भेटिएको हो । 

अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले २९ वटा प्रजातिको पञ्जीकरण गरिएको र एउटा प्रजाति नेपालका लागि नयाँ भएको पाइएको बताउनुभयो । 

नेपालका लागि नयाँ भनिएको अर्को प्रजातिको वैज्ञानिक नाम  इरेथिस्टेस सिकुलाहो । यो पनि कोशी नदी र मोरङको लोहन्द्रा नदीमा पाइएको थियो । यो माछा नदीको तीव्र गतिमा बग्ने भागमा पाइएको उहाँले बताउनुभयो । 

उक्त सिकुला माछालाई पनि आइयुसिएनले ‘तथ्याङ्क अभाव’ भएको सूचीमा राखेको छ । यी दुवै माछा कोशी नदीमा प्रशस्त पाइने र स्थानीय व्यवसायीले दोहन गरिरहेको अवस्था रहेको उहाँले बताउनुभयो । 

अनुसन्धानकर्ता लिम्बूले भन्नुभयो, “यस्तो दुर्लभ माछालाई करेन्ट लगाएर मार्ने गरेको पाइयो । यी दुवै माछा खानका लागि लोकप्रिय मानिन्छन् ।”

अनुसन्धानकर्ता अधिकारीका अनुसार लोपोन्मुख प्रजाति नेपालमा प्रशस्त सङ्ख्यामा पाइनु खुसीको कुरा भएको बताउनुभयो । उहाँका अनुसार एमब्लिसेप्स जातिका तीन प्रजाति मङ्गोइज, अरुणाचलेन्स् र वाइखोमी नेपालमा पाइने पुष्टि भएको छ । अरुणाचलेन्सलाई पहिला मङगोइज हो भनेर विश्वास गरिएको थियो । 

एक दशक अघि नेपालमा पाइने भनेर लेखिएका प्र्रजातिको पहिचानमा त्रुटि भेटिएकाले अहिले डिएनए बारकोडिङबाट यथार्थता पहिचान गर्ने प्रयास गरिएको लिम्बूको भनाइ छ ।

तथ्याङ्कअनुसार नेपालमा पाइने माछामध्ये यस अघिसम्म तीन वटा प्रजाति अति सङ्कटापन्न र शहर माछा सङ्कटापन्नको सूचीमा थियो । अब एम्ब्लिसेप्स अरुणाचलेन्स् पनि सङ्कटापन्नको सूचीमा थपिएको होे ।    खोजकर्ताको उक्त टोलीले दुई वर्षमा माछाका यी दुईसहित छ वटा प्रजाति नयाँ प्रजाति पत्ता लगाइसकेको छ । 

चर्चित हाँस्य कलाकार बुद्धि तामाङ बाबु बन्दै

चर्चित हाँस्य कलाकार बुद्धि तामाङ बाबु बन्दैछन् । ‘हैट’ थेगोका कारण चर्चित अभिनेता तामाङ पिता बन्न लागेको खबर उनीहरुले नै सार्वजनिक गरका हुन् । मंगलबार सामाजिक सञ्जाल मार्फत तामाङ दम्पतीले ‘प्रेगनेन्सी’को घोषणा गरेका छन् । ‘लभ हार्ट इमोजी’ सहित बुद्धिले आफ्नो फेसबुक पेजमा पत्नी अनुसँगको रोमान्टिक तस्वीर सेयर गरेका छन् ।

बाबु आमा बन्न् लागेको खबर उनीहरुले सार्वजनिक गरेसँगै यो जोडीलाई उनीहरुका शुभचितक फ्यानहरुले बधाइ दिइरहेका छन् ।
फोटोमा उनीहरुले बच्चाको लुगा र प्यासिफायरको प्रतीकात्मक तस्वीर पनि देखाएका छन् । बुद्धिकी पत्निी अनु अस्ट्रेलियाबाट नेपाल आएकी हुन् । उनी अस्ट्रेलियामा अध्ययन गर्दै आएकी थिइन् । उनी ‘बेबी प्लान’का लागि भनेरै नेपाल आएकी हुन् । बुद्धि र अनु २०७९ असोज ७ गते विवाह बन्धनमा बाँधिएका थिए । पत्नी गर्भवती भएपछि उनको हेरचाहका लागि बुद्धिले एक महिना फिल्मबाट विश्राम लिने भएका छन् ।

‘काठमाडौंमा सुटिङ हुन्छ भने भ्याउँछु होला अन्तको सक्दिनँ । केही समय फिल्म खेल्दिनँ,’ उनले भने ।कबड्डी, छक्कापञ्जा जस्ता फिल्मबाट एकाएक चर्चामा आएका बुद्धिलाई अहिले फिल्ममा काम गर्न भ्याइ नभ्याइ रहेको छ । उनी अहिले दुःखी आत्मा, झड्केलो, मायाका रंगहरु र गाउँ रमाइलो फिल्मको तयारीमा छन् । उनी निर्देशित नाटक ‘मासिन्या’ हालै मण्डला नाटक घरमा मञ्चन भएको थियो । बुद्धि मण्डलाका कार्यवाहक अध्यक्ष पनि हुन् ।

कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गरिने

काठमाडौँ, ४ भदौः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दे उहाँले भन्नुभयो, “कृषि मन्त्रालयले पछिल्लो पाँच÷सात वर्षमा अर्बौ रुपैयाँ अनुदान दिएको रहेछ । सबै विवरण सार्वजनिक गर्नुपर्छ भनिसकेको छु । केही दिनमा यो पनि सार्वजनिक हुन्छ ।”

आफूले मन्त्रालय सम्हाल्दा कर्मचारी आन्दोलनदेखिका यावत समस्या रहेको चर्चा गर्दै उहाँले दुग्ध किसानको वक्यौतादेखि उखु किसानको पैसा दिने गरी काम गरिरहेको बताउनुभयो । मन्त्री अधिकारीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रु २५ करोड  दूग्ध किसानको हातमा गइसकेको जानकारी दिनुभयो । डेढ अर्ब रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाउँदै उहाँले भन्नुभयो, “बाँकी रकम पनि निकासका लागि प्रयास भइरहेको छ । उखु किसानलाई गत वर्षको भुक्तानी दिन नसक्ने हो भने दसैँको बेलामा जुलुस निस्कँदैछ । त्यो पनि जानकारी छ । रकम निकासका लागि प्रयास गरिरहेको छु ।” मन्त्री अधिकारीले कृषि मन्त्रालय र असली किसानको बीचमा ठूलो खाडल रहेको र त्यसलाई कसरी पुर्ने भनेर आफू लागि परेको बताउनुभयो । 

फरक प्रसङ्गमा उहाँले राजनीतिक दलप्रति जनताको वितृष्णा रहेको स्वीकार्दै नेपाली कांग्रेस र नेकपा (एमाले) को वर्तमान गठबन्धनले जनतामा उत्साह जगाउने गरी काम गर्नुपर्ने र गर्ने बताउनुभयो ।

“राज्यप्रति जनताको भरोसा टुटेको छ, त्यसमा उत्साह जगाउन सबैले भूमिका खेल्नुपर्ने छ”, उहाँले भन्नुभयो, “जिम्मेवारीबाट भाग्न सकिने अवस्था छैन । भागिदैन ।” आफूबाट कुनै गल्ती गरे र भए सञ्चारमाध्यम र सञ्चारकर्मीले औँल्याइदिन आग्रह गर्दै मन्त्री अधिकारीले त्यसलाई आफूले सकारात्मक रुपमा ग्रहण गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । 

भोटखोला जाने सडक डेढ महिनादेखि अवरुद्ध, बिरामी र सर्वसाधारण मार्कामा

किमाथाङ्का (सङ्खुवासभा) ४ भदौ : उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जोड्ने एकुवा खोलाको पक्की पुल बगाएपछि डेढ महिनादेखि यातायात सेवा अवरुद्ध भएको छ ।

उत्तर दक्षिण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा बिरामी र सर्वसाधारण मार्कामा परेका छन् । मकालु गाउँपालिका–३ स्थित एकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोलाका बिरामी र सर्वसाधारण मार्कामा परेको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो । 

पहिराले मकालु गाउँपालिका–३ र भोटखोला गाउँपालिका–४ को बीचमा रहेको एकुवा खोलाको पुल बगाएको हो । पहिराले पक्की पुल र सडक बगाएपछि जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता, बिरामीलाई कठिन भएको गाउँपालिका अध्यक्ष भोटेले बताउनुभयो । 

 गत असारको पहिलो साता मुसलधारे वर्षापछि आएको बाढीपहिराले पुल बगाएको थियो । एम्बुलेन्स चल्न नसक्दा बिरामीलाई उपचारको लागि सदरमुकाम खाँदबारी लैजाने स्थानीयहरूले सास्ती खेप्नुपरेको छ । 

उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड बन्द हुँदा यहाँका बिरामी र सर्वसाधारण सदरमुकाम खाँदबारी आउन समस्या भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो । हिउँदमा खाँदबारीदेखि भोटखोलाको गोलासम्म दैनिक बोलेरो र बसले यात्रुहरू ओसार्छन् । उक्त सडक अवरुद्ध हुँदा करिब १० हजार नागरिक सडक सञ्जालमा जोडिन सकेका छैन । 

पहिराले इकुवा खोलाको २० मिटर लामो पक्की पुल र पिलरसहित बगाउँदा रु चार करोड बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । उक्त क्षेत्रमा यातायात सञ्चालन गर्न अझै दुई महिना लाग्ने उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । उक्त पुल विसं २०७९ मा निर्माण गरिएको थियो । पक्की पुल बगाएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ । 

यसअघि सदरमुकाम खाँदबारीदेखि भोटखोलाको बरुणसम्मको ८० किलोमिटरसम्म यातायात चल्दै आएको थियो । पहिराले उत्तर–दक्षिण राजमार्गमा पर्ने विभिन्न सडकखण्डमा क्षति पुर्‍याएको छ । डेढ महिनादेखि यातायात सेवा बन्द हुँदा भोटखोलामा खाद्यान्न सङ्कट आउने अवस्था रहेको गाउँपालिकाले जनाएको छ । भोटखोलाको किमाथाङ्का उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ कोदो, मकै र आलुबाहेक खाद्यान्न उत्पादन हुँदैन । 

ताप्लेजुङ गोल्डकपः सिरहा सेमिफाइनलमा

फुङ्लिङ । सलहेस युवा क्लब सिरहा ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा पाँचथर फुटबल क्लबलाई १–० ले पराजित गर्दै सिरहा सेमिफाइनलमा पुगेको हो ।

लाखेजात्राका अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा भानुजन माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोतितामा आठ टोली सहभागी छन् । सेमिफाइनलमा सिरहाले यही भदौ ६ काठमाडौँ र झापाबीचको बिजेतासँग खेल्नेछ ।

प्रतियोगिताको बिजेताले  पाँच लाख र उपबिजेताले दुई  लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै विभिन्न बिधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।

अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

मध्यविन्दु (नवलपरासी), ४ भदौः पहिरोका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली–३ जन्तीपहिरोमा पहिलो जाँदा सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाउने काम साँझसम्म सकिएपछि सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

पानी पर्न बन्द भएपछि सडक मर्मत सुरु गरिएको थियो । कालीगण्डकी कोरिडोर सञ्चालन भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जातर्फ जाने सवारी गन्तव्यतर्फ लागेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गए रातिदेखि अत्यधिक वर्षा भएको थियो ।

गण्डकी प्रदेशमा ९८ प्रतिशत रोपाइँ

गण्डकी, ४ भदौ : गत आइतबारसम्म गण्डकी प्रदेशमा ९७ दसमलव ७८ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ९३ हजार नौ सय २२ हेक्टरमा रोपाइँ भइसकेको छ ।

म्याग्दी, तनहुँ र लमजुङमा रोपाइँ सकिएको र सबैभन्दा कम गोरखामा ९४ दशमलव ३० प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

कास्की, पर्वत र स्याङ्जामा ९९ प्रतिशत रोपाइँ भइसकेको उहाँको भनाइ छ । यस्तै नवलपुरमा ९५ र बागलुङमा ९७ प्रतिशत रोपाइँ भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । यस वर्ष बर्खे धान खेतीले ९६ हजार ५३ हेक्टर ओगटेको निर्देशनालयका प्रमुख रेग्मीले बताउनुभयो ।

गतवर्ष ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको निर्देशनालयले जनाएको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ ।

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।

गण्डकीमा ९८ प्रतिशत रोपाइँ

गण्डकी, ४ भदौ : गत आइतबारसम्म गण्डकी प्रदेशमा ९७ दसमलव ७८ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ९३ हजार नौ सय २२ हेक्टरमा रोपाइँ भइसकेको छ ।

म्याग्दी, तनहुँ र लमजुङमा रोपाइँ सकिएको र सबैभन्दा कम गोरखामा ९४ दशमलव ३० प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

कास्की, पर्वत र स्याङ्जामा ९९ प्रतिशत रोपाइँ भइसकेको उहाँको भनाइ छ । यस्तै नवलपुरमा ९५ र बागलुङमा ९७ प्रतिशत रोपाइँ भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । यस वर्ष बर्खे धान खेतीले ९६ हजार ५३ हेक्टर ओगटेको निर्देशनालयका प्रमुख रेग्मीले बताउनुभयो ।

गतवर्ष ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको निर्देशनालयले जनाएको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ ।

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।

गण्डकीमा ९८ प्रतिशत रोपाइँ

गण्डकी, ४ भदौ : गत आइतबारसम्म गण्डकी प्रदेशमा ९७ दसमलव ७८ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ९३ हजार नौ सय २२ हेक्टरमा रोपाइँ भइसकेको छ ।

म्याग्दी, तनहुँ र लमजुङमा रोपाइँ सकिएको र सबैभन्दा कम गोरखामा ९४ दशमलव ३० प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

कास्की, पर्वत र स्याङ्जामा ९९ प्रतिशत रोपाइँ भइसकेको उहाँको भनाइ छ । यस्तै नवलपुरमा ९५ र बागलुङमा ९७ प्रतिशत रोपाइँ भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । यस वर्ष बर्खे धान खेतीले ९६ हजार ५३ हेक्टर ओगटेको निर्देशनालयका प्रमुख रेग्मीले बताउनुभयो ।

गतवर्ष ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको निर्देशनालयले जनाएको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ ।

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।

0

गण्डकी, ४ भदौ : गत आइतबारसम्म गण्डकी प्रदेशमा ९७ दसमलव ७८ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ९३ हजार नौ सय २२ हेक्टरमा रोपाइँ भइसकेको छ ।

म्याग्दी, तनहुँ र लमजुङमा रोपाइँ सकिएको र सबैभन्दा कम गोरखामा ९४ दशमलव ३० प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

कास्की, पर्वत र स्याङ्जामा ९९ प्रतिशत रोपाइँ भइसकेको उहाँको भनाइ छ । यस्तै नवलपुरमा ९५ र बागलुङमा ९७ प्रतिशत रोपाइँ भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । यस वर्ष बर्खे धान खेतीले ९६ हजार ५३ हेक्टर ओगटेको निर्देशनालयका प्रमुख रेग्मीले बताउनुभयो ।

गतवर्ष ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको निर्देशनालयले जनाएको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ ।

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।

विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन

विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मङ्गलबार ११७ वर्षको उमेरमा निधन भएको उहाँको परिवारले जनाएको छ ।

गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो ।

“मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो”, उहाँको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् । “हामी उहाँको सम्झना सधै रहनेछ ।”

क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आउनुभएका ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताउनुभएको थियो ।

“मेरो समय आइसकेको छ । मेरा लागि कोही नरुनु, मलाई आँसु मन पर्दैन । मेरा लागि दुःख नमान्नुहोस्। म जहाँ रहेपनि खुसी रहनेछु”, उहाँले आफ्नो परिवारद्वारा सञ्चालित सामाजिक सञ्जाल एक्समा बताउनुभएको हो ।

अमेरिकास्थित जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार ब्रान्यासको मृत्युपछि विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति जापानकी टोमिको इटुका हुनुहुन्छ । सन् १९०८ मे २३ मा जन्मनुभएका टोमिको हाल ११६ वर्षको हुनुहुन्छ ।

सन् १९१८ को फ्लू, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र स्पेनको गृहयुद्धबाट गुज्रिनुभएको ब्रान्यासलाई सन् २०२० मा ११३औँ जन्मदिनको केही हप्तापछि कोभिड–१९ भएको थियो । तर उहाँ पूर्ण रूपमा निको हुनुभएको थियो ।

तीन सय वर्ष पुरानो ‘ग्वलः दे फल्चा’ र ‘नरसिंह’ पाटी पुनःनिर्माण

काठमाडौँ, ४ भदौ : काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरी नवालीटोलमा रहेको तीन सय २४ वर्ष पुरानो ग्वलःदे फल्चा एवं भूकम्पले क्षति पुर्‍याएको ध्वाखा छें (नरसिंह) पाटीको पुनःनिर्माण गरिएको छ ।

आज आयोजित एक समारोहका बीच काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाध्यक्ष आशामान सङ्गतले पुनःनिर्मित फल्चाको उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न पाटी पौवा तथा इनारको पुनःनिर्माणको काम अगाडि बढाइरहँदा आज नसिंह पाटी एवं ग्वलः दे फल्चा’ समुद्घाटन गरिएको बताउनुभयो । “काठमाडौँ महानगरपालिका–८ मा रहेको तीन सय २४ वर्ष पुरानो फल्चा एवं भूकम्पले भत्काएर भग्नावशेष मात्र बाँकी रहेको ध्वाखा छें (नरसिंह) पाटी उद्घाटन गरिएको हो”, संयोजक सङ्गतले भन्नुभयो,“वडा ८ मा रहेको तीन सय २४ वर्ष पुरानो नेपाल संवत् ८२० मा निर्माण भएको फल्चाको पुनः निर्माण नेपाल संवत् ८७३ मा भएको शिलापत्रमा उल्लेख छ । यस्तै ९० सालको भूकम्पभन्दा अगाडिसम्म रहेको फल्चासमेत पुनः निर्माण गरिएको हो ।” उहाँले ध्वाखा छें (नरसिंह) पाटी ३४ लाख र ‘ग्वलः दे फल्चा’ १५ लाखको लागतमा पुनःनिर्माण गरिएको बताउनुभयो ।

हाल वडा नं ८ मा ग्वलः दे फल्चा पुुनःनिर्माण भइरहेको र रावण पाटी पनि पुनःनिर्माणका लागि भग्नावशेष भत्काउने काम अगाडि बढेकाले चाँडै पुनःनिर्माण गरिने महानगरले जनाएको छ ।

दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने छु: स्वास्थ्यमन्त्री पौडेल

दमौली (तनहुँ), ४ भदौ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउना साथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दमौली अस्पतालको स्तरोन्नतिका लागि आग्रह गर्न मन्त्रालय पुगेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेसहितको टोलीसँग आज मन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

गत साता अस्पतालको निरीक्षण गरिसक्नुभएका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालका नाममा रहेको साढे तीन रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाए लगत्तै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर जग्गा व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो । “दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे म जानकार छु । प्रदेशबाट स्वीकृति आउना साथ विस्तारको काम अघि बढ्नेछ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेललाई अस्पतालको क्षमता विस्तार गरेर ५० शय्यामा स्तरवृद्धि गर्ने काममा सहयोगका लागि समितिका अध्यक्ष वाग्ले र संविधानसभा सदस्य रामचन्द्र पोखरेलले आग्रह गर्नुभएको थियो ।

दमौली अस्पताल व्यवस्थापन समितिले केही दिन अगाडि मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर अस्पतालको स्तरोन्नति प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराइएकाबारे जानकारी गराएको अध्यक्ष वाग्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पताल स्तरोन्नति गर्न अति आवश्यक भइसकेको छ । यसबारेमा मन्त्री पनि सकारात्मक हुनुहुन्छ ।”

पन्ध्र शय्या क्षमताको स्वीकृति भए पनि अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ । अस्पतालसँग हाल १५ रोपनी जग्गा रहे पनि कृषि ज्ञान केन्द्रको दुई रोपनी र भेटेरीनरी अस्पतालको डेढ रोपनी जग्गा अस्पतालका नाममा प्राप्त भएमा विस्तार गर्न सकिने प्राविधिक समितिले प्रतिवेदन दिएको छ ।

अस्पतालले गत वर्ष ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालका प्रमुख डा परिवर्तन बरालले प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेकाले अस्पताललाई ५० देखि एक सय शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता भइसकेको बताउनुभयो । यस्तै, अस्पतालमा सर्पदंश उपचार केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेण्टरको रूपमा विकास गर्नुपर्ने आवश्यकता खड्किएको उहाँको भनाइ छ ।

यो अस्पताल विसं २०३४ मा स्वास्थ्य चौकीको रूपमा स्थापना भई विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्र र विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो ।

वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध

गलेश्वर (म्याग्दी), ४ भदौः अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो ।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिङ्गा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

“बेनी–दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, अध्यक्ष रोकाले भन्नुभयो, “म्याग्दी नदी किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।” उहाँका अनुसार सडकबाट करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

डेढ दशकदेखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँपटक मर्मत गरिए पनि सो सडकखण्डको फापरखेतको पहिरो झन्झन् समस्या बन्दै गएको छ । बेनी –४ र मङ्गला–२ को सिमानाको पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै वर्षा नहँुदासमेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ । पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सीमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आवतजावत गर्न समस्या हुने गरेको यात्री बताउँछन् ।

काँक्रोखेतीबाट मनग्य आम्दानी गर्दै रमेस गड्तौला

इलाम, ४ भदौः सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा रु ३० देखि ९० सम्ममा बिक्री हुन्छ । वरपर अरू किसानबाट जम्मा गरेर पनि त्यहीँ मूल्य हामीले दियौँ ।”

काँक्रो लगाउँदा रु एक लाख ५० हजार खर्च भएको उहाँले बताउनुभयो । “रु छ–सात लाख आम्दानी भयो होला”, उहाँले भन्नुभयो, “हाम्रो गाउँमा धेरै किसानले काँक्रो लगाएका थिए । प्रायः सबैजसो किसानले कम्तीमा चार–पाँच सय काँक्रो बिक्री गरेका छन् ।”

काँक्रोबाट आम्दानी राम्रो हुने भएकाले यो क्षेत्रका धेरै किसानले हरेक वर्ष खेती गर्ने गरेको किसान गड्तौलाले बताउनुभयो । सूर्योदय–१२ कै योगेन्द्र राई र सञ्जय राईले पनि काँक्रोखेती गर्नुभएको छ । “सुरुमा खडेरीले अलि सतायो, सिँचाइ कम भयो तर पनि दुई हजारजति काँक्रो फल्यो होला”, उहाँले भन्नुभयो ।

अहिले सूर्योदयका वडावडामै कच्ची भए पनि बाह्रै महिना सवारीका साधन सञ्चालन हुनसक्ने सडक भएकाले गाउँगाउँबाट किसानलाई तरकारी बिक्री गर्न धेरै सजिलो छ । उत्पादन भए पनि ढुवानी गर्न नसक्दा बारीमै कुहिने बाध्यता भने किसानलाई धेरै टरेको पाइन्छ ।

अघिल्लोपटकको स्थानीय सरकारले नै नगरका १४ वटै वडामा ‘एक वडा–एक सडक’ को नीति लिएर थालेको कम्तीमा तीन किलोमिटर कालोपत्र सडक निर्माणको काम अहिले पनि भइरहेको छ । दोस्रो कार्यकालमा आएको नगर कार्यपालिकाले पनि अघिल्ला काम र योजनालाई निरन्तरता दिइरहेको छ । सबै वडाका सडकमा अहिले पनि नाली, ग्राभेल, पर्खाल र केही ठाउँमा कालोपत्रको काम भइरहेको छ ।

अठार किलोमिटर कालोपत्रको काम भइसकेको सूर्योदय नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताउनुभयो । यस्तै, अहिलेसम्ममा एक सय ३० किलोमिटर ग्राभेल सम्पन्न भएको संयोजक शर्माले जानकारी दिनुभयो ।

बाह्मासे सडकका लागि प्रत्येक वडाले बर्सेनि कम्तीमा रु ५० लाख बजेट विनियोजन गर्ने गरेका छन् । आवश्यकतानुसार वडाले रु एक करोडसम्म बजेट छुट्याउने र त्यसमा नगरपालिकाले पनि थप गर्दै गएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।

“कृषिजन्य उत्पादन गाउँमा छ, त्यसलाई बजारसम्म ढुवानी गर्न बाटो छैन, आफूले उत्पादन गरेको कृषि उपज कुहिएर नाश हुँदा सर्वसाधारणले आर्थिक क्षति व्यहोर्नुपरेको छ । अब विस्तारै गाउँमा सहज यातायातको पहुँच पुग्न थालेको छ”, उहाँले भन्नुभयो, “यातायात र ढुवानी अभावमा अब सूर्योदयका किसानले उत्पादन गरेको कृषि उपज नोक्सान हुन पाउने छैन, किसानले सहज रूपमा बजारसम्म पुर्याउन सक्ने भएका छन्, यसमा हामीलाई गौरव छ ।”

वर्षायाम सुरु भएपछि विगत वर्षमा सडक हिलाम्मे भएर यातायात सुविधा नहुँदा यहाँका किसानले उत्पादन गरेको गोलभेँडा, इस्कुस, अकबरे, काँक्रो, बन्दालगायत कृषि उत्पादन बारीमै कुहिने गरेको थियो । सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन् । मलिममा अहिले गोलभेँडा राम्रो रहेको र आफैँले ढुवानी सेवा दिँदै आएको अर्का किसान राम राईले बताउनुभयो ।

“मलिम पुछार, बिरिङखोला नजिकसम्मै गाडी जान्छ, असारेटार, लेप्चा गाउँदेखिका गोलभेँडा र अन्य तरकारी उठाउने गरेको छु”, उहाँले भन्नुभयो, “यस वर्ष त कसैको तरकारी कुहिएन, सबै किसानले फलाएको तरकारी राम्ररी बिक्री गर्न पाएका छन् । हामीले यो तरकारी झापा पुर्याएर बिक्री गरेर आएर, पैसा दिने गरेका छौँ ।” यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउली, इस्कुसका टुप्पा, फर्सीका टुप्पालगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन् ।

अभिनेत्री नीता ढुंगानाको ‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति घोषणा

सिनेमा ‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको प्राविधिक काम नसकिने भएपछि रिलिज सार्दै कार्तिक ३० मा पुगेको हो ।

अभिनेत्री नीता ढुंगानाको निर्माण भएको सिनेमा कार्तिक ३० बाट नेपालभरका सिनेमा घरमा रिलिज हुने जानकारी निर्माण कम्पनिले दिएको छ । हाल सिनेमाको पोष्ट प्रोडक्सनको काम मुम्बईमा भैरहेको छ । दर्शकलाई एउटा पुर्ण रुपमा मनोरञ्जन दिने सिनेमा पस्किने उद्देश्यले प्राविधिक काममा कुनै कम्प्रमाइज नगरिएको अभिनेता हरिहर अधिकारीले बताए ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनबढि नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानीमा निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

लेदोसहितको पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, गैँडाकोट हुँदै पहाडी क्षेत्रमा जाने सवारी रोकिए

त्रिवेणी (नवलपरासी), ४ भदौः बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

जन्तीपहिरोमा गए रातिदेखि परेको अविरल वर्षका कारण लेदोसहितको पहिरो खसेको हो । पहिरो खसेपछि उक्त स्थानमा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

अरुणिमा लम्सालले कांग्रेस नेतासँग कसिन् लगनगाँठो

अभिनेत्री अरुणिमा लम्साल विवाह बन्धनमा बाधिएकी छन् । लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी हुन् । सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा यी दुईले लगनगाँठो कसेका हुन् ।श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनी बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् ।

उनीहरुले मागी विवाह गरेको बताइएको छ । । निकट आफन्त र परिवारको उपस्थितिमा उनीहरुले मन्दिरमा विवाह गरेको जनाइएको छ ।केही दिनअघि यी दुईजनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज समेत गरिसकेका छन् । अदालती विवाहपछि मन्दिरमा धार्मिक विधिअनुसार पूजा गरेका हुन् ।अरुणिमाको यो दोस्रो विवाह हो । उनी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् ।

उनले धेरै नेपाली फिल्ममा सफल अभिनय गरेकी छन् । उनकी एक छोरी पनि छन् । उनी विाह बन्धनमा बाधिएपछि बधाइको ओइरो नै लागेको छ ।केही समयअघि एक अन्तर्वार्तामा उनकी आमा भावु लम्सालले छोरीको विवाह हुन लागेको संकेत गरेकी थिइन् । उनको विवाहबारे थोरै व्यक्तिमात्र जानकार थिए ।रुणिमा करिब एक महिना अगाडि नेपाल आएकी हुन् । नेपाल आएर उनी परिवारसँग घुमघाम गरिरहेकी थिइन् । विवाहपश्चात फेरि अमेरिका फर्किनेछिन् ।

यसअघि उनको विराटनगरका अमित अर्यालसँग प्रेम विवाह भएको थियो । विवाहको ६ वर्षपछि पहिलो सन्तानका रुपमा अरुणिमाले एक छोरीलाई जन्म दिएकी थिइन् । छोरी जन्मिएपछि उनीहरु अमेरिका पलायन भए । अमेरिका गएको केही समयमा उनीहरुबीच सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो ।