प्रदेशसभा बैठकः प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित
राजनीति
मकवानपुर, २६ माघः बागमती प्रदेशसभाको आजको बैठकले ‘प्रदेश खेलकुद विकास ऐन २०७५, लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिबाट पारित गरेको छ । उक्त विधेयक पारित गरियोस् भनी प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बैठकमा पेस गर्नुभएको थियो ।
सोही विधेयकमाथि दफावार छलफलका क्रममा सांसद रत्नप्रसाद ढकाल र छिरिङदोर्जे लामाले विधेयकमाथि प्रश्न उठाउनुभएकामा मन्त्री महर्जनले उत्तर दिनुभएको थियो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
