`

जेन्जी आन्दोलनको भित्री रहस्य स्क्रिनमा भिडियो प्रमाण सार्वजनिक गर्छु : दुर्गा प्रसाई

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं प्रसाईले जेन्जी आन्दोलनको भित्री रहस्य सार्वजनिक गर्ने बताएका छन् ।

आज (शनिबार) साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले १६ कार्तिक गते (भोलि) बिहान ठिक ९ः३० बजे आफ्नै निजी निवास, भक्तपुरमा पत्रकार सम्मेलन गरेर उक्त रहस्य सार्वजनिक गर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘यस आन्दोलनको सुरुवात कहाँबाट भयो, कसरी परिचालित गरियो र अहिलेको सरकार कसरी बनेको हो–यी सबै भित्री रहस्यहरू अब सार्वजनिक हुँदैछन् । भोलि म यी सबै तथ्यहरू ३०० इञ्चको विशाल एलइडी स्क्रिनमा भिडियो प्रमाणसहित प्रस्तुत गर्दैछु ।’

उनले देशका ठुला मेनस्ट्रिम मिडियाका सम्पूर्ण पत्रकारहरूलाई यस कार्यक्रममा आउन आमन्त्रण समेत गरेका छन् । प्रसाईले यसअघि नै मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् । सात दल र माओवादी केन्द्रबीच दिल्लीमा १२ बुँदे सहमति भएको मंसिर ७ गतेको दिनबाट व्यवस्था परिवर्तनको आन्दोलन शुरू गर्न लागेको उनले बताइसकेका छन् ।

उनले आफूहरूको आन्दोलन मेचीदेखि महाकालीसम्म एकै पटक शुरू हुने बताएका छन् । प्रसाईंले आफूहरूको आन्दोलनको बेला पसल–व्यवसाय बन्द गरेर समर्थन गर्न आग्रह गरेका छन् । उनले देश शून्य अवस्थामा रहेको भन्दै व्यवस्था परिवर्तनको आन्दोलनमा कर्मचारी र प्रहरीको समेत समर्थनको अपेक्षा गरिएको बताए ।

 

आन्दोलन घोषणा गर्दै दुर्गा प्रसाईले भने–अब हिन्दु अधिराज्य पुनर्स्थापना गर्छौ

काठमाडौं । राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् । सात दल र माओवादी केन्द्रबीच दिल्लीमा १२ बुँदे सहमति भएको मंसिर ७ गतेको दिनबाट व्यवस्था परिवर्तनको आन्दोलन शुरू गर्न लागेको उनले जानकारी गराएका छन् । आज (बुधवार) राष्ट्रिय मानव अधिकार आयोगसँगको छलफलपछि प्रसाईंले मंसिर ७ देखि आन्दोलन घोषणा गर्ने बताएका हुन् । उनले आफूहरूको आन्दोलन मेचीदेखि महाकालीसम्म एकै पटक शुरू हुने उनले बताए ।

‘मानव अधिकार आयोगलाई आन्दोलनबारे जानकारी गरायौं । सिंहदरबारमा आगजनी गर्ने र घर जलाउने हाम्रो आन्दोलनको उद्देश्य हुँदैन,’ उनले भने, ‘दिल्लीमा १२ बुँदे सहमति भएको दिनमै व्यवस्था परिवर्तनको आन्दोलन शुरू हुन्छ । दिल्लीको सम्झौताकै कारणले राजसंस्था गयो, हिन्दु अधिराज्य गयो । अब पुनर्स्थापना गछौं ।’

प्रसाईंले आफूहरूको आन्दोलनको बेला पसल–व्यवसाय बन्द गरेर समर्थन गर्न आग्रह गरे । उनले देश शून्य अवस्थामा रहेको भन्दै व्यवस्था परिवर्तनको आन्दोलनमा कर्मचारी र प्रहरीको समेत समर्थनको अपेक्षा गरिएको बताए । बौद्ध र किरातसहितको सनातन हिन्दु राष्ट्र स्थापनाका लागि आन्दोलन गर्न लागिएको प्रसाईंले बताए ।

 

 

 

उपत्यकाका तीन सीडीओसँग दुर्गा प्रसाईको छलफल

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेका छन् । छ ठलगत्तै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताइरहेका प्रसाईंसँग तीनै जिल्लाका सीडीओले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छलफल गरेका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रसाईंले गर्ने भनेको आन्दोलनका विषयमा छलफल भएको जानकारी दिएका छन् ।

‘उहाँ (प्रसाईं) ले गर्ने भनेको आन्दोलनलाई लिएर सुरक्षाका दृष्टिकोणबाट छलफल गरियो । उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू थियौँ,’ उनले सुनाए, ‘हामीले शान्ति सुरक्षामा असर नपर्ने गरी प्रदर्शन गर्न पाइने अधिकार नै छ । सोहीअनुसार गर्न भनेर सुझायौँ ।’ उनले सरकारले आन्दोलनको तयारी गरिरहेको पक्षलाई वार्तामा बोलाइसकेको भन्दै घिमिरेले वार्ताबाट माग सम्बोधनको तयारीमा लाग्न सुझाव दिएको पनि बताएका छन् । सीडीओ र प्रसाईंबीच ४५ मिनेट छलफल भएको थियो ।

विदेशीको ‘ग्रान्ड डिजाइन’ ले देश भुङ्ग्रोमा गयो : दुर्गा प्रसाई

काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान’ का संयोजक दुर्गा प्रसाईले देशलाई विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ अन्तर्गत सुनियोजित रूपमा कमजोर बनाइएको दाबी गरेका छन् । आज (आइतबार) सम्पादकहरूसँग अन्तरक्रिया गर्दै उनले आफूले सुरु गरेको अभियान बैंकको ब्याज नतिर्ने बहाना नभई देशलाई लुटतन्त्रबाट बचाउने प्रयास भएको दाबी गरे ।

प्रसाईले देशमा राजसंस्था र हिन्दू राष्ट्र हटाउनु ‘ग्रान्ड डिजाइन’ को हिस्सा भएको दाबी गरे । उनले भने, ‘किन गिरिजाप्रसादले ‘ग्रान्ड डिजाइन’ भनिरहन्थे ? किन राजसंस्था र हिन्दू राष्ट्र हटाउनु परेको थियो ? यो खेल अहिले आएर प्रष्ट भयो ।’ उनले सिंहदरबार र सर्वोच्च अदालत जस्ता सम्पदामा आगलागी हुनुले व्यवस्था नै सकिएको संकेत गरेको टिप्पणी गरे । उनले हालैको ‘जेनजी’ आन्दोलनमा आफू सहभागी हुन खोज्दा रोकिएको र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिँदै भने, ‘उहाँले मलाई बचाउनु भयो, नत्र म थुनामा हुन्थें ।’ यद्यपि, उनले सिंहदरबारमा आगो लाग्दा बालेनका नगर प्रहरीले दमकल पठाउनुको साटो आन्दोलनकारीलाई पानी बाँडेको भन्दै आलोचना गरे ।

आफू ‘पढेलेखेको नभई भोगेको र बुझेको’ व्यक्ति भन्दै प्रसाईले एक रुपैयाँबाट आफ्नो व्यावसायिक साम्राज्य खडा गरेको बताएका छन् । ‘मलाई बैंकको ब्याज नतिर्न आन्दोलन गर्‍यो भनेर आरोप लगाइयो, तर आज म तपाईंका हातमा प्रमाण राखिदिन्छु,’ उनले भने, ‘म नेपालको सफल व्यवसायी हुँ, तर आफूलाई व्यापारी वा व्यवसायी भन्दिनँ ।’

उनले आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण प्रस्तुत गर्दै २०८२ सालसम्मको विवरण देखाएका छन् उनले आफ्नो लगानीको बीएन्डसी मेडिकल कलेजले सबैभन्दा बढी विद्युत् खपत गरी नियमित महसुल तिरेको भन्दै कोशी प्रदेशबाट उत्कृष्ट उपभोक्ताको सम्मान पाएको र त्यो सम्मान आफू प्रहरी हिरासतमा हुँदा पाएको बताएका छन् । प्रसाईले आफ्नो आक्रोश केही सीमित व्यापारी र समूहप्रति लक्षित रहेको बताए । उनले केही मारवाडी समुदायका व्यापारीले बिजुली बालेर पैसा नतिर्ने तर आफू जस्ता व्यवसायीले नियमित भुक्तानी गर्दा पनि राज्यबाट अपहेलित हुनुपरेको गुनासो गरे ।

‘देशमा ४१ हजार मारवाडी परिवार छन्, मेरो विरोध सबैप्रति होइन । बर्माबाट लखेटिएका १६ परिवार छन्, जसले बर्मालाई नाङ्गो बनाए, अब नेपाललाई पनि त्यही गर्दैछन्,’ उनले भने । उनले आफूले देशको पक्षमा बोल्दा र गलत कार्यको विरोध गर्दा विभिन्न लाञ्छना खेप्नुपरेको पनि बताएका छन् । प्रसाईले आफ्नो अभियानको मुख्य जड बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर भएको बताए । ‘बैंकहरूले ७ प्रतिशत भनेर कागज गराउँछन् तर १६–१७ प्रतिशत ब्याज असुल्छन् । यसले गर्दा आम नागरिक, डाक्टर, पत्रकार र व्यवसायी ऋणको पासोमा परेका छन्,’ उनले भने । आफ्नो आन्दोलनकै कारण ब्याजदर ६ प्रतिशतमा झर्न बाध्य भएको र यसको फाइदा सम्पूर्ण नेपालीलाई पुगेको उनको दाबी थियो ।

प्रसाईंले आफू सुध्रिन तयार भएको बताएका छन् । देश छोडेर जान भनियो भने पनि त्यसका लागि तयार भएको उनले बताए । प्रसाईंले भने, ‘तपाईंहरुले भन्नु हुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नु हुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’ आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए ।

‘ल हिजो जे भयो–भयो, आफैंले बाटो बिर्सियौं । सबैले भुल्यौं । अब त कमसेकम देश जोगाउने, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ ।’ आफू ‘रेण्डम टाइपको मान्छे’ भएको भन्दै उनले आफ्नोबारे मूलधारका मिडियाले कहिल्यै राम्रो नलेखेको गुनासो गरे । ‘जानेर यहाँ आएँ, नजानेर यहाँ आएँ । तपाईंहरुले गाली गर्दैगर्दा पनि यहाँ आएँ,’ सम्पादकहरु समेत सहभागी कार्यक्रममा प्रसाईंले भने, ‘तपाईंहरुसँग लडेर आएको हो नि त । मेन स्ट्रिमको मिडियाले त मलाई कहिल्यै राम्रो लेखेन नि, कहिल्यै लेखेन जीवनमा । मेरो नराम्रो लेख्यो, राम्रो कहिल्यै लेखेन ।’

सरकारलाई दुर्गा प्रसाईको सन्देश : वार्ताको स्वागत गर्ने, परिणाम चाहिने तर्क

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले सरकारले आधिकारिक वार्तामा बोलाए स्वागत गर्ने जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ ।’ उनले अगाडि भनेका छन्, ‘जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ ।’

प्रसाईले वार्ता गर्न बोलाउँदैमा मात्रै देशले निकास नपाउने पनि स्पष्ट पारेका छन् । राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको उनले उल्लेख गरेका छन् । प्रसाईंले १५ कात्तिकपछि घोषणा गरेको आन्दोलन र त्यससँग सम्बन्धित सुरक्षा चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूले हिजो (शनिबार) सरकारलाई ब्रिफिङ गरेका छन् ।

शनिबार बिहान चार वटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का प्रमुखहरूसँग प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालले छलफल गरेका थिए । करिब दुई घण्टासम्म चलेको उक्त छलफलमा सुरक्षा निकायका प्रमुखहरूले अहिलेसम्म संकलन गरेका विवरण र वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण सुनाएका थिए । सोही क्रममा प्रसाईं समूहले घोषणा गरेको आन्दोलन र सम्भावित चुनौतीबारे लामै छलफल भएको उच्च स्रोतले बताएको छ ।
स्रोतका अनुसार यसअघि पनि गत १५ चैतमा तीनकुनेमा भएको घटनाको उदाहरण दिँदै प्रसाईं समूहबाट फेरि पनि यस्ता गतिविधि हुन सक्नेतर्फ सचेत हुनुपर्ने सुरक्षा प्रमुखहरूको भनाइ थियो । ‘प्रसाईं समूहले विशेषगरी भाडामा मान्छे जम्मा पारेर ठूलो भिड जम्मा पार्नसक्ने देखिन्छ । गम्भीर समस्या पनि सिर्जना नहोला भन्न सकिँदैन,’ बालुवाटार बैठकमा एक सुरक्षा प्रमुखले भनेका छन्, ‘यो समूहको विशेष निगरानी आवश्यक छ ।’

प्रसाईं समूहको आन्दोलन व्यवस्थाकै विरुद्धमा भएकाले पनि घुसपैठ हुनसक्ने र अवस्था तनावपूर्ण बन्नसक्ने विश्लेषण बैठकमा सुरक्षा प्रमुखहरूले गरेका छन् । देश अहिले विषम परिस्थितिमा रहेको र यस्ता बेलामा अराजक आन्दोलनले थप क्षति हुँदा झनै संकट बढ्न सक्नेतर्फ प्रसाईंलाई सुरुमा सचेत गराउने तयारी सरकारको रहेको स्रोतको भनाइ छ । सोही विश्लेषण सुनेका गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक लगत्तै हिंसात्मक आन्दोलन नगर्न र संवादबाटै अघि बढ्न अपिल समेत गरेका थिए ।

दुर्गा प्रसाईंले भने- सिंहदरबार जलाए, अब देश टुक्राउँदैछन्

काठमाडौँ । राष्ट्र,राष्ट्रियता, धर्म, सांस्कृतिक, नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय संयोजक दुर्गा प्रसाईं आज तामाझामसहित त्रिभुवन विमानस्थलमा उत्रिएका प्रसाईंले देश टुक्रिन लागेको बताए छन् ।

विमानस्थलमा समसामयिक राजनीतिक विषयमा  पत्रकारहरुसँग कुराकानी गर्दै प्रसाईँले नेत्ररोग विशेषज्ञ सन्दुक रुइतसहितमाथि गम्भीर आरोप लगाए । उनले देश टुक्रिन लागेको भन्दै जेन-जीका नाममा अराजकता मच्चाइएको बताए ।

मधेशमा डा. सीके राउत र सुदूरपश्चिममा अर्को समूहले देश टुक्राउने बल गरिरहेको बताए । उनले जेन-जीका नाममा देश टुक्राउनेहरूले सिंहदरबारदेखि कयौँ स्थानमा आगो लगाएको बताए ।

नेताको घरमा आगो लगाउनु एक ठाउँमा भए पनि सरकारी संरचना जलाउनु आपराधिक कार्य भएको बताए । उनले कयौँ नेपाली सञ्चारमाध्यमको नाम लिँदै सिंहदरबार जलाएपछि अब देश टुक्राउने अभियान थालिएको बताए ।

साथै उनका अनुसार डा. गोविन्द केसीलाई अनशनमा राख्न थालिएदेखि शिक्षा र स्वास्थ्य ध्वस्त पारिएको उनको आरोप छ ।

 

दुर्गा प्रसाईको दाबी : यो सरकार पनि धेरै टिक्दैन, चुनाव गराउन सक्दैन

काठमाडौं । गत भदौ २३–२४ गतेको आन्दोलनको ‘स्टेक होल्डर’ को रूपमा सेनासँग वार्ता गरेका दुर्गा प्रसाईंले वर्तमान सरकार धेरै नटिक्ने दाबी गरेका छन् । यो सरकारले चुनाव गराउन नसक्ने उनले बताएका छन् । आज (सोमबार) त्रिभुवन विमानस्थल बाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले आगामी फागुन २१ गते कुनै हालतमा चुनाव हुन नसक्ने दाबी गरे । पश्चिमा शक्तिको डिजाइनमा बनेको सरकारले चुनाव गराउन नसक्ने उनको आरोप थियो ।

‘त्यो बेला जेनजीको हालिमुहाली थियो, सबै थाहा पाएको थिइनँ । अरु रक्तपात हुन्छ भनेपछि सेनासँग वार्ता गरेको हुँ’, प्रसाईंले भने, ‘तर, यो सरकार टिक्दै टिक्दैन, सरकारमा सत्यता छैन ।’ प्रसाईंले अब नयाँ चरणको आन्दोलन घोषणा गर्ने पनि बताएका छन् । ‘अबको लडाइँ पश्चिमा शक्ति र मेरो शक्तिबीच हुनेछ । गर्धन जाओस्, हिन्दु राष्ट्र कायम गराएर छाड्छु । आजै पशुपतिमा पूजा गरेर केही नयाँ घोषणा गर्दैछु’, उनले भने ।

पत्रकारको प्रश्नमा उनले पशुपतिनाथबाट एउटा महत्त्वपूर्ण घोषणा गर्न लागेको जानकारी दिए । ‘आज एउटा घोषणा गर्दैछौं,’ उनले भने, ‘सडकको सरकार घोषणा हुँदैछ । विस्तृत जानकारीका लागि पशुपतिमा आउनुहोस् ।’ यति भन्दै उनी पशुपतिनाथ मन्दिरतर्फ लागेका थिए।
उनले हिन्दु राष्ट्र स्थापनाका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको र सडकको सरकार घोषणा गर्ने बताए । प्रसाईंले वर्तमान संविधानप्रति असन्तुष्टि जनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह निवास पुग्ने दिन आउने दाबी गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरे ।

‘यो देशमा हिन्दु राष्ट्र, गर्दन जाओस्, कायम गराएर छाड्छु,’ प्रसाईले भने । उनले आफू प्रधानमन्त्री भएको भए २४ घण्टाभित्र ४०० जना भ्रष्टाचारीलाई कारबाही गरिसक्ने भन्दै कडा अभिव्यक्ति दिए । ‘राजा भनेको सबैलाई जोडेर राख्ने हो,’ उनले भने, ‘धर्म भनेको देशको संविधान जस्तै हो । हामीलाई यस्तो संविधान चाहिँदैन ।’ उनले वर्तमान संविधानले देशलाई केही नदिएको आरोप लगाउँदै अब नागरिकहरू पूर्वराजा ज्ञानेन्द्र शाह निवास निर्मल निवास पुग्ने दिन आउँदै गरेको दाबी गरे ।

 

एक्काको चाल म हो तर, अहिले चल्दिनँ : दुर्गा प्रसाई

विराटनगर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको अफर गरिएको दाबी गरेका छन् । काठमाडौंबाट गृह जिल्ला बिर्तामोड पुगेका उनलाई स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रसाईले प्रधान सेनापति अशोकराज सिग्देलले बोलाएर आफूलाई पहिलो पटक प्रधानमन्त्री बन्न अफर गरेको दावी गरे । चन्द्रगढी विमानस्थलमा उनलाई बाजागाजा र फूलमालासहित समर्थकले स्वागत गरेका थिए । उनले प्रधानसेनापतिको प्रस्ताव अस्वीकार गरेको पनि बताएका छन् ।

उनले भने, ‘मैले प्रधान सेनापतिलाई भने प्रधानसेनापति ज्यू ह्वाट नेक्स्ट ? यो सरकार फेलियर भएपछि सरकार थाम्ने को हो ? तासमा दहल, गुलाम, मिस्सी, बास्सा र एक्का हुन्छ । मिस्सी र बास्सा हुँदाहुँदै एक्का किन चलाउनु ?’ प्रसाईले आफू ‘एक्का’ भएको जिकिर समेत गरेका छन् । उनले अहिलेको राजनीतिको अन्तिम अस्त्र आफू नै भएको दाबी गरे । उनले भने, ‘दुर्गा प्रसाईले प्रधानमन्त्री सम्हालेको दिन २० लाख रूपैयाँभन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ । मेरा एजेण्डा लागू हुनुपर्छ । उनले देशले गरिबका घरमा बडीगार्ड बिना गएर गुन्द्रुक र भात खान सक्ने प्रधानमन्त्री खोजेको भन्दै त्यसो गर्न सक्ने आफू भएको दाबी गरे ।

प्रसाईले शीर्ष तीन दलका नेता राजनीतिक सुकुमबासी भएको समेत टिप्पणी गरेका छन् । प्रसाईले भने, ‘जेनजी आन्दोलनपछि उनीहरूको उनीहरूको पैसा डढेको छ, घर जलेर नष्ट भएको छ । राजनीति सुकुमबासी भएका छन् ।’ अब उनीहरूलाई कसैले नपत्याउने प्रसाईले टिप्पणी गरे । ‘बङ्गलादेशको बाछिटा नेपालमा छिर्‍यो भन्दा सुरूमा मलाई पत्याएनन् । मैले त्यही बेला भनेको थिएँ तिमीहरू कट्टु लगाएर भाग्न पाउँदैनौँ भनेर । आज नेताको कुन हविगत भएको छ ?’, उनले प्रश्न गरे । प्रसाईले ओलीलाई वाल्मिकी बन्ने अवसर रहेको, कार्यकर्ता समेतले गल्ती गरेको र अब सच्चिएर आफ्नो घरमा आए आश्रय दिने बताए ।

दुर्गा प्रसाईको दावी : प्रधानमन्त्रीको अफर आएको थियो, जान्नँ भनें

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले जेनजी आन्दोलन लगत्तै आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गरेका छन् । जङ्गी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको भेटका सन्दर्भमा आज (मंगलबार) सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गरेका हुन् ।

भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जुन विदेशीहरूको खेलमा सरकार बन्दैछ म जान्नँ भनेको हुँ । अनि मलाई किन चाहियो प्रधानमन्त्री ? मेरो घर छँदै छ, गाडी छँदैछ ।’ उनले देशलाई अप्ठ्यारो पर्दा दुर्गा प्रसाईको अभियान अघि बढ्ने समेत दाबी गरे ।
‘जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, निर्णायक आन्दोलन गर्छौं’
मेडिकल व्यवसायी दुर्गा प्रसाईले जेनजीहरुको आन्दोलन पश्चिमाहरुको खेल रहेको टिप्पणी गरेका छन् । उनले आन्दोलनमा युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन् । उनले भने, ‘हिजो हामीले उठाएका मुद्दाहरु जेनजीका बच्चाहरुले उठाउँदा सहयोग गर्नुपर्छ भनेर मैंले एउटा पोष्ट गरें । यो भष्ट्रचारविरुद्धको आन्दोलन, तस्कर लखेट्ने आन्दोलन भएको कारण म आफैं सरिक हुन्छु भनेर पवित्र मनले स्टाटस लेखें । त्यसको दुई घण्टापछि महानगरका प्रमुख बालेनजीको स्टाटस आयो । कस्तो आयो भने आन्दोलन २८ वर्ष मुनिको हो २८ वर्ष माथिका जानै हुँदैन ।

उनले भने, ‘कुनै राजनीतिक दल पनि जाने होइन, अभियन्ता पनि जाने होइन भनेर लेखेपछि त्यतिखेरै मेरो टिमलाई यो खेल पश्चिमाहरुको खेल हो है भनेको थिए । त्यो अब प्रष्ट भयो । बच्चाहरु उचालेर मर्ने काम हुँदैछ भनेर टिमसँग सल्लाह गरें ।’ उनले आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन हुँदा रमिते मात्रै हुनुप रेको भन्दै आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको बताए ।

‘आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन गरियो । कलिला बच्चाहरुको त्यो आन्दोलनको नेतृत्व गर्ने कोही भएन । हामी रमिते मात्र भयौं । भोलिपल्ट सबै भत्काउन मात्रै लागे । सिंहदरबारमा आगो लगाउन थाले । सर्वोच्च अदालतमा आगो लाग्यो । यो त हुँदै नहुने कुरा भयो । हामी पनि छक्क पर्‍यौँ ।’ उनले अहिले बनेको सरकार जेनजीको सरकार नभई विभिन्न विदेशी फाउन्डेसनको सरकार रहेको बताए । उनले भने, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’

प्रसाईले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने धारणा राख्दै दशैँपछि हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्ने बताए । ‘हामी दशैँ, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किराँत, बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौँ’, पत्रकार सम्मेलनमा उनले भने, ‘पुनस्र्थापना नभएसम्म आन्दोलन रोकिँदैन ।’

बालेन पश्चिमाले खडा गरेका पात्र्, देशलाई संकटमा पार्दैछन् : दुर्गा प्रसाई

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजी आन्दोलनको क्रममा भएका तोडफोड तथा आगजनीप्रति दुःख व्यक्त गरेका छन् । हिजो साँझ ७ मिनेट ११ सेकेण्डको भिडिओ सन्देशमार्फत सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, व्यक्ति, व्यापारीका घर, भाटभटेनीमा आगजनी र लुटपाट जसले गराएको त्यसले जिम्मा लिनुपर्ने उनले बताएका छन् ।

आन्दोलनमा आउन खोज्दा बालेनले नआउनू भनेकाले आफू र आफ्ना कार्यकर्ता नगएको उनले बताएका छन् । उनले भनेका छन्, ‘म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि । किनभने बालेनजीले नआउनू भनेर स्टाटस नै लेख्नु भएको थियो । यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ ।’

प्रसाईले नेपालमा पश्चिमाहरूको प्रभाव देखिन थालेको भन्दै यसको अन्तिम उद्देश्य भनेकै पश्चिमाहरूको डिजाइनमा यो देश कब्जा गर्ने रणनीति भएको दाबी गरेका छन् । उनले आन्दोलनका क्रममा घाइते भएका १५० जनालाई आफ्नो हस्पिटल बीएनसीमा निःशुल्क उपचार गरेर घर पठाउएको र अहिले पनि आईसीयूमा १५ जनाको सिरियस स्थितिमा बिना पैसा उपचार गरिरहेको पनि बताए । भिडिओमा प्रसाईले बुद्धिजीवीहरूका लागि भन्दै २०२८ सालदेखिका राजनीतिक घटनाक्रमबारे बोलेका छन् ।