`

प्रधानमन्त्रीको अभिव्यक्ति संसद् र संविधानमाथिको अपमान :एमाले

Nepal One HD २० असार २०८० १४:१७
राजनीति

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधामनमन्त्री बनाउन प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले भन्नुभयो, “प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य छ, संसद् र संविधानमाथिको अपमान हो । उहाँले मुलुकको सार्वभौम सत्ता र सार्वभौमिकतामाथि पनि अपमान गर्नुभयो, यो विषयलाई एमालेले गम्भीरताका साथ अगाडि बढाउँछ ।”

यही विषयमा छलफल गर्न आज दिउसो १ः३० बजे एमालेले संसदीय दलको बैठक बोलाएको छ ।


प्रतिक्रिया