`

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको विमति छ : महामन्त्री शर्मा

Nepal One HD २० असार २०८० २१:२६
राजनीति

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्ति आलोचनायोग्य रहेको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको प्रष्ट रुपमा विमति रहेको बताए ।

प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलहरूले बुधबार संघीय संसद्का दुवै सदन अवरुद्ध पारेपछि संसद् भवनबाट बाहिरिने क्रममा महामन्त्री शर्माले प्रधानमन्त्री दाहालको अभिव्यक्ति आलोचनायोग्य भएको बताए ।

प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, म सत्तापक्षको एउटा सांसद भए पनि त्यसमा समर्थन जनाउनुपर्छ भन्ने हुँदैन । उहाँले दिएको अभिव्यक्ति आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ । त्यसमा मेरो प्रष्ट रुपमा विमति नै छ,’ उनले भने ।

उनले नेपालको प्रधानमन्त्रीले नेपालको संसदप्रति उत्तरदायी हुनुपर्ने र नेपालको राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्न सक्नुपर्ने बताए ।


प्रतिक्रिया