प्रतिनिधिसभाको बैठक स्थगन

राजनीति

काठमाडौं / आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सोमबारका लागि सारिएको छ ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सोमबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचना टाँसेर आइतबारको बैठक स्थगित गरिएको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक दुई घण्टा पछि सारेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका थिए ।
तर, महासचिव डा. गौतमले टाँसेको सूचनामा भने सोमबार अपरान्ह ३ बजे बस्नेगरी आइतबारको बैठक सारिएको उल्लेख छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट