`

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश सपना प्रधानको इजलासमा

Nepal One HD २७ असार २०८० ११:११
प्रमुख खबर

काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै दायर भएको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा परेको छ ।

थापालाई मुख्यमन्त्री नियुक्त गर्दा बहुमत पुरर्याउन सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की अदालत गएका थिए ।

कार्कीले संविधानको धारा १६८ (३) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् ।


प्रतिक्रिया