संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

राजनीति

काठमाडौँ / संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्नेछ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको जवाफ दिइने बताइएको छ । । सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।
त्यस्तै राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानूनहको अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट