`

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा सरकार गम्भिर छ: मन्त्री शर्मा

Nepal One HD १५ असोज २०८० १७:३९
विज्ञान-प्रविधि

काठमाडौ– संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी छन् । सोमबार सिंहदरवारमा सञ्चारमाध्यममा देखिएको समस्याका बारेमा नेपाल पत्रकार महांसंघ र श्रमजीवी–पत्रकार संघको ध्यानाकर्षण कार्यक्रममा मन्त्री शर्माले ऐन कार्यान्वयनमा देखिएको समस्याप्रति सरकार गम्भीर रहेको र आवश्यक परे समाधान गर्न सकिने बताएकी हुन् ।

उनले ऐन कार्यान्वयन हुन नसक्नुको कारण पहिचान गर्नुपर्ने र ऐनमा कमी कमजोरी देखिए पूर्ण बनाउनुपर्ने धारणा राखिन् । उनले सञ्चारमाध्यममा देखिएको श्रमका समस्याप्रति मन्त्रालय जानकार रहेकाले सूचना तथा प्रसारण विभागलाई समाधानका लागि आग्रह गरिएको जानकारी दिइन् । मन्त्री शर्माले सहज रुपमा श्रम सम्बन्धी बिषय हल हुन नसके कानूनी बाटो खुला गर्नुपर्नेमा मन्त्रालय प्रष्ट रहेको बताइन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सबै कानून लागू भएपनि श्रमजीवी–पत्रकारसम्बन्धी कानून लागू हुन नसकेको बताए । श्रमजिवी पत्रकारको हित र सम्पादकीय वा प्रेस स्वतन्त्रता बाहेक अन्य बिषयमा ऐन परिमार्जन गर्न महासंघ तयार रहेको उनको भनाइ छ ।


प्रतिक्रिया