`

एमाले गण्डकी अधिवेशन : भोली बिहानदेखि मतदान हुने

Nepal One HD १७ असोज २०८० १७:४९
निर्वाचन विषेश

कास्की– नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि भोली बिहानदेखि मात्रै मतदान हुने भएको छ । आज साँझदेखि मतदान गर्ने कार्य तालिका रहे पनि दिनभर पानी परेकाले मतदानको समय बिहीबारलाई सारिएको हो । प्रदेश अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् । शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व छनोट गर्नेछ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ८ प्रतिनिधि सहभागी छन् ।


प्रतिक्रिया