`

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै, जोगिएला त पद ?

Nepal One HD २० असोज २०८० १०:५८
निर्वाचन विषेश

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतका हिसाबले मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले आज विश्वासको मत लिन लागेका हुन । तर, मुख्यमन्त्री कार्कीले विश्वासमा मत पाउने संभावना निकै कम छ ।

कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली काग्रेंसले कार्कीलाई विश्वासको मत नदिने निणर्य यसअघि नै गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी तथा तथा जसपाले पनि कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।
यसअघि निरन्तर साथ दिँदै आएको राप्रपा यसपालि भने तटस्थ रहने जनाएको छ । प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्र्कीले ४६ मत पाएका थिए । तर, यस पटक उपसभामुखले मत हाल्न नपाउने अवस्थामा एमालेसँग ३९ मत मात्रै रहनेछ ।

कोशी प्रदेशमा कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सिट छ । कुल ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको मत आवश्यक पर्छ ।


प्रतिक्रिया