टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप पनि टीममा समेटिए

खेलकुद

काठमाडौ– टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी–२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल र सागर ढकाल टिममा अटाएका छैनन् ।
एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ । कुल ८ टिम सहभागी हुने छनोट खेलबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुनेछ । नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट