`

टी–२० विश्वकप छनोट– सिंगापुरद्वारा नेपाललाई १४६ रनको लक्ष्य

Nepal One HD १३ कार्तिक २०८० १०:५६
खेलकुद

काठमाडौ– आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन जोडेको हो । सिंगापुरले पहिलो ओभरमै कप्तान अरित्रा दत्तलाई शून्य रनमा गुमाएको थियो ।

त्यसपछि सन्दीप लामिछानेले छैटौं ओभरको पाँचौ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेपछि सिंगापुर दवावमा परेको थियो । गुल्सन झाले आठौं ओभरमा २ विकेट लिएपछि नेपाल खेलमा हाबी भएको थियो । सिंगापुरका लागि सबैभन्दा बढी रन रोहनले बनाए ।

बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए । गुल्सन झा, करण केसी र सन्दीप लामिछानले २–२ विकेट लिन सफल भए। छनोटमा नेपालसंगै समूह ‘ए’ मा सिंगापुर, मलेसिया र ओमान छन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा जित हात पारे आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का हुनेछ ।


प्रतिक्रिया