टी–२० विश्वकप एसिया छनोट, ओमानको लगातार दोस्रो जित

खेलकुद

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया छनोटमा ओमानले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो ।
पहिलो खेलमा मलेसियालाई ३२ रनले पराजित गरेको ओमान सेमिफाइनल नजिक पुगेको छ । समूह ‘ए’ मा रहेको ओमान २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र जोड्न सक्यो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट