मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

खेलकुद

काठमाडौ– आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज दोस्रो खेल मलेसियासँग खेलिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो ।
नेपाली टिममा कप्तान रोहितकुमार पौडेल सहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, विवेक यादव, सन्दीप लामिछाने, कुशल मल्ल छन् । समूह ‘ए’ मा रहेको नेपालले हिजो भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल ओमानसँग खेल्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट