आइसीसी टी–२० विश्वकप छनोट खेल, मलेसियाद्धारा नेपाललाई १६६ रनको चुनौति

खेलकुद

काठमाडौ– आइसीसी टी–२० विश्वकप छनोटमा मलेसियाले नेपाललाई १ सय ६६ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन बनाएको हो ।
पालका लागि अभिनास बोहराले ४, संदीप लामिछानेले, कप्तान रोहित पौडेल, गुल्सन झाले एक –एक विकेट लिए ।
समूह ‘ए’मा रहेको नेपालले यसअघि सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।
आज मलेसियालाई हराएमा नेपालले सेमिफाइनलको यात्रा तय गर्नेछ । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल ओमानसँग पर्सी खेल्नेछ । ओमान दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिमले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्नेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट