`

लगातार दोस्रो जित निकाल्दै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

Nepal One HD १४ कार्तिक २०८० १६:२४
खेलकुद

काठमाडौ– टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनल पुगेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको मलेसियाले १६६ रनको चुनौती दिएको थियो । उक्त चुनौति नेपालले चार विकेटको क्षतिमा भेटाएको हो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरेका थिए । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएर आउट भएका थिए । समूह ‘ए’ बाट ओमान सेमिफाइनल पुगेको छ । बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।


प्रतिक्रिया