`

ओमानले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य

Nepal One HD १६ कार्तिक २०८० १०:५७
खेलकुद

काठमाडौ– टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो ।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

नेपालका लागि करण केसीले ३, सोमपाल कामी र सन्दीप लामिछानेले २/२ र गुल्शन झा र अविनाश बोहोराले एक एक विकेट लिए । ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रनको योगफल बनाए ।


प्रतिक्रिया