नेपाल ओमानसंग ५ रनले पराजित

खेलकुद

काठमाडौ– विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसंग पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भयो ।
जितका लागि १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन मात्रै जोड्न सक्यो । नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए । रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट भएका थिए । आसिफ शेखले ५,गुल्सन झाले ३ रन मात्रै बनाए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट