टी–२० विश्वकप एसिया छनोट, नेपालले भोली युएईसंग खेल्ने

खेलकुद

काठमाडौ– समूह चरको अन्तिम खेलमा ओमानसंग ५ रनले पराजित भएको नेपाल उपविजेतामा सिमित भएको छ । नेपालले फाइनलका लागि भोली यूएइसंग खेल्नेछ । यूएईले मूलपानीमा भएको समूह ‘बी’ को अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गर्दै समूह विजेता बनेको हो । समूह ‘बी’ को विजेता युएई र समूह ‘ए’ को उपविजेता नेपालबीचको सेमिफाइनल शुक्रबार मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
आज १ सय ४६ रनको विजय लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४० रन बनाउन सकेको हो । अन्तिम ओभरमा विवेक यादवले पहिलो तीन बलमा लगातार छक्का प्रहार गरेपछि नेपाललाई अन्तिम ३ बलमा विजयका लागि ७ रन चाहिएको थियो । तर, यादव चौथो बलमा आउट भए । पाँचौं बलमा अविनाश बोहराले १ रन लिएपछि स्ट्राइकमा आएका करण केसीले लङ अफमा क्याच दिन पुगे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट