`

युएईका दुबै ओपनर आउट

Nepal One HD १७ कार्तिक २०८० ११:४२
खेलकुद

काठमाडौ– आइसिसी टी–२० विश्वकप अन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपाल युएइबीच खेल भइरहेको छ ।

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले दुई विकेट गुमाएको छ । युएईका दुवै ओनपर आउट भएका छन् । चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका खालिदलाई ३ रनमा रनआउट गरेका हुन् ।
सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वासीमालाई २६ रनमा करण केसीबाट आउट गरेका छन् ।


प्रतिक्रिया