टी–२० विश्वकप छनोट, नेपालले पायो १३५ रनको लक्ष्य

खेलकुद

काठमाडौ–टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको हो ।
युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ४, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाल कामीले १–१ विकेट लिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट