`

नेपाल एक दशकपछि टी–२० विश्वकपमा छनोट

Nepal One HD १७ कार्तिक २०८० १४:१६
खेलकुद

काठमाडौ– नेपाल एक दशकपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । आज मूलपानी क्रिकेट मैदानमा युएईलाई ८ विकेटले हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट भनोट भएको हो । अब नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा खेल्नेछ ।

नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य नेपालले २ विकेटको क्षतीमा १७.१ ओभरमा पुरा गरेको हो । नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिएका थिए ।


प्रतिक्रिया